Saturday, July 3, 2021

सिर्सियाको बाढीले पर्साका बस्ती डुबानमा

२० असार, पोखरा । सिर्सिया खोलाको बाढी पस्दा पर्साका बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँवस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।

रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक छ । उनीहरु आफन्तको घरमा बसेका छन् ।

डुबानमा परेको रानीघाट क्षेत्रबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्धार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गौतमले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3jNNJPA

No comments:

Post a Comment