Thursday, August 26, 2021

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

११ भदौ, धनगढी । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् ।

डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।

 



from Online Khabar https://ift.tt/2WppsG4

No comments:

Post a Comment