Sunday, October 31, 2021

Do exercise to keep fit


Health is wealth

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल चयन

१५ कात्तिक, बार्सिलोना । अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको अध्यक्षमा पुन: दीपक खरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न समाजको दोस्रो महाधिवेशनबाट स्पेन निवासी ब्यबसायी खरेल पुन: निर्विरोध निर्वाचित भएका हुन् ।

समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनबाट उपाध्यक्षहरूमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) चयन भएका छन् । महासचिवमा मोहन बिष्ट(यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ(दक्षिण कोरिया) र सचिवमा सिरी सत्याल(दक्षिण कोरिया) निर्वाचित भएका हुन्।

यस्तै,मध्यपूर्व क्षेत्रीय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रीय संयोजकमा कान्छाराम बुढाथोकी(यूके), अमेरिका क्षेत्रीय संयोजकमा नवीन सापकोटा(यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया) र अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा(सिसेल्स) चयन भएका छन्। समाजको कार्यसमितिका सदस्यहरुमा विजय बस्नेत(अष्ट्रेलिया), अशोक उप्रेती(इटाली) र उद्धवराज गौतम(बेल्जियम) रहेका छन्।

निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीले पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिको रुपमा लोक सेवा आयोगका पूर्व अध्यक्ष मैनालीले विदेशमा काभ्रेलीहरुले संस्थाको माध्यमबाट गृह जिल्लामा धेरै खालका सहयोग पुर्याएकोमा खुशी ब्यक्त गरे। उनले कोभिड-१९ संक्रमण फैलिएको बेलामा जिल्लामा समाजले पुर्‍याएको सहयोग प्रसंशायोग्य रहेको बताए ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल,चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल,नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशका सदस्य कैलाश पलाञ्चोके लगायतयले नयाँ निर्वाचित कार्यसमितिलाई शुभकामाना व्यक्त गरे।

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका संस्थापक अध्यक्ष कपिलदेव थापाले संस्थाको स्थापनाको माध्यमबाट विदेशी मुलुकमा रहेका काभ्रेलीहरुलाई संगठित गर्न सकिएको र जिल्लावासीको दुःख सुखमा सहयोग गर्न सकिएकोमा खुशी ब्यक्त गरे।

विदेशमा बस्ने काभ्रेलीहरुको तथ्याङ्क खोज्छौं : अध्यक्ष खरेल

नवनिर्वाचित अध्यक्ष खरेलले बिदेशमा रहेका काभ्रेलीहरुको यकिन तथ्याङ्कबारे आफूहरुले अध्ययन गर्ने बताएका छन्। ‘विश्वभरका काभ्रेलीहरुको खोजि अभियान सम्बृद्व काभ्रेपलाञ्चोक हाम्रो पहिचान’ भन्ने हाम्रो मूलमत्र नै भएकाले हामी डाटा संकलन अभियानको सुरुआत गर्दैछौं,’ अध्यक्ष खरेलले भने। सो अभियानलाई सफल पार्न महादेशस्तरीय रुपमा क्षेत्रीय संयोजकको व्यवस्था गरेको उनले बताए ।

काभ्रेपलाञ्चोकका मेयरहरुसँग पनि अधिवेशनमा ब्यापक छलफल गरेको बताउँदै खरेल भने, ‘विश्वभर रहेका सुन्दर सहरहरूसँग जिल्लाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्न पनि पहल गर्नेछौं।’ कम्तिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गर्ने उनले बताए।

सात काभ्रेलीलाई समाजको सम्मान

दोस्रो महाधिवेशनकै अवसरमा जिल्लामा रहेर विभिन्न बिधामा उल्लेखनीय योगदान गर्ने सात व्यक्तित्वहरुलाई समाजले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले उनीहरूलाई सम्मानपत्रसहित अभिननन्दन गरेका हुन्।

सम्मानित हुनुहुनेहरूका साहित्य विधातर्फ प्राज्ञ डा. गीता त्रिपाठी, कला-संस्कृति विधातर्फ चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाल, सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, खेलकुद विधातर्फ एनआरएनए स्पोर्ट्स कोअर्डिनेटर राजन खत्री, स्वास्थ्य विधातर्फ अन्तर्राष्ट्रिय रक्तदाता अर्जुन मैनाली, महिला कृषि उद्यमशीलतातर्फ झ्यम्भल कृषि फर्म लघु उद्यमकी सञ्चालक कमला लामा र समाजसेवातर्फ बौद्धिक अपाङ्गता पुनर्स्थापना केन्द्रकी सचिव सुधा सिलवाल रहेकी छिन् ।



from Online Khabar https://ift.tt/3w2g0pS

Do exercise to keep fit


Health is wealth

मेस्सीले भने- म बार्सिलोनामै फर्किन चाहन्छु

१५ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् ।

प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।

बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।

‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।

उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’



from Online Khabar https://ift.tt/3ByJEEr

एकीकृत समाजवादी खोटाङ इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई

१५ कातिक, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन् । जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।

बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागाईं, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन् ।

यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले)मा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईंहरूको दाबी रहन्छ कि रहन्न ? भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिए ।

“एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उहाँले भने, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”



from Online Khabar https://ift.tt/2ZERUG7

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, आजै कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

१५ कात्तिक, स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार र मंगलबार (यही नोभेम्बर १ र २) मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वर्ल्ड  लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइगेका हुन् ।

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् ।

भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप-२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।



from Online Khabar https://ift.tt/3mykv8G

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

सामलिङ्ग पावरको आईपीओ करिब २२ लाखले नपाउने

१५ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ ।

कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो । कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका लागि शेयरमा सर्वसाधारणले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा ३९.६७ गुणा धेरै अर्थात २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।

दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।



from Online Khabar https://ift.tt/3mxd41n

Saturday, October 30, 2021

टी-२० विश्वकप : इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हरायो

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । गएराति अष्ट्रेलियालाई हराएको इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो ।
अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जोस बटलरले अविजित ७१ रन योगदान गरे । जासन रोय २२ रन बनाएर आउट हुँदा जोनी बेयरस्टो १६ रनमा अविजित रहे ।

अष्ट्रेलियाका अष्टन अगर र अडन जाम्पाले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए ।

तीन विकेट लिंदा १७ रन खर्चिएका इंग्ल्याण्डका क्रिस जोर्डन प्लेयर अफ द म्याच भए ।

तीन खेल खेलेको इंग्ल्याण्ड तीनै खेलमा जित निकाल्ल्दै ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । तीन खेल नै खेलेको अष्ट्रेलिया २ खेल जित्दै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । तीनमा दुई खेल नै जितेको दक्षिण अफ्रिकाको पनि ४ अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।



from Online Khabar https://ift.tt/3jTxjEF

क्रिस्टल प्यालेससँग म्यानचेष्टर सिटी पराजित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटी क्रिस्टल प्यासलेससँग स्तब्ध बनेको छ । प्रशिक्षक पेप ग्वार्डिओलाको २००औं खेलमा १० खेलाडीमा मसेटिएको सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो ।

सिटीको घरेलु मैदान एतिहास स्टेडियममा भएको खेलको छैटौं मिनेटमा विलफ्रड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा एमरेक लापोर्टे रातो कार्ड पाउ मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटियो ।

८८औं मिनेटमा कोनोर कालेघरले गोल गर्दै क्रिस्टल प्यालेसलाई २-० को जित दिलाए ।

जितपछि क्रिस्टल प्यालेस १० खेलबाट १२ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

पराजित सिटी १० खेलबाट २० अंकसहित तेस्रो स्थानमै यथावत छ ।



from Online Khabar https://ift.tt/3CxtmNp

सुजिता बस्नेतले जितिन् मिस युनिभर्सको उपाधि

१४ कात्तिक, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा. केशु खड्का घोषित भए ।

उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।

 



from Online Khabar https://ift.tt/3EtTKZ1

Do exercise to keep fit


Health is wealth

बराबरीमा रोकियो लिभरपुल 

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिबार ब्राइटनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा दुई गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले बराबरीमा चित्त बुझाउनु परेको हो ।

एनफिल्डमा भएको खेलमा चौथो मिनेटमै जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा मानेले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन ।

४१औं मिनेटमा ब्राइटनका एनोक मवेपुले गोल गर्दै गोल अन्तर घटाए । ६५औं मिनेटमा ब्राइटनका लागि आन्द्रे ट्रोसार्डले दोस्रो गोल गरेका थिए ।

बराबरीपछि १० खेलबाट २२ अंक जोडेर लिभरपुल दोस्रो स्थानमै छ । शीर्ष स्थानको चेल्सीभन्दा लिभरपुल ३ अंकले पछि छ । ब्राइटन १० खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3CvdISJ

नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो ।

शनिबार बेलुका काठमाडौं आइपुगेका अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए ।

अलमुताइरीले नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ‘म खुशी छु किनकि म घर फर्किएको छु ।’ अलमुताइरीले विमालनस्थलमा सञ्चारकर्मीसँग भने ।

उनले पछिल्लो तीन/चार महीना गाह्रो भएको सबैले बुझेको र नेपाली फुटबल मन पराउनु नै सबैभन्दा ठूलो कुरा भएको बताए ।

अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको धेरै आग्रह गरेपछि बफू नेपाल आउन सहमत भएको बताए ।

उनले पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु रहेको बताए ।

सबैलाई पछिल्लो ३-४ महिनाधेरै गाह्रो छ । चार महीना नेपालीले फुटबल मन पराउँछन् त्यो सबैभन्दा महत्वपूर्ण हो पैसा भन्दा ।

यस्तै अलमुताइरीले साफ कपपछि राम्रो फिडब्याक पाएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको बताए । ‘मेरो विचारमा अब उनीहरूले फुटबल खेलाडीमा लगानी गर्नेछन् । हामी फुटबलमा केही गर्न सक्छौँ,’ उनले भने, ‘धेरै नसोच्नु । हामी विश्वकपमा छनोट हुनुपर्छ भन्दिन । स्टेप बाइ स्टेप जानुपर्छ । हाम्रो टार्गेट अर्को साफ कप हो । यस पटक हामी फाइनल पुग्यौ । अब एसिया क्वालिफायर खेल्नेछौँ ।’

उनले सन् २०२७ मा नेपाल एसिया कपमा पुग्ने पनि बताए ।

अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत हुँदै नेपाल फर्किएका हुन् । ‘अहिले तीन वर्ष सम्झौता गरेका छौं । म नेपालमा खुशी छु । म नयाँ मोटिभेसनका साथ आएको छु । म केही चाहन्न । मे मेरो खेलाडी सुरक्षित होस् भन्ने चाहन्छौं । हामी नेपालको लागि लड्छौं,’ उनले अघि भने ।

यस्तै अलमुताइरीले साफ कपमा सबैले राम्रो समर्थन गरेको भन्दै सकरात्मक सोचेका लागि सबैलाई धन्यवाद दिए ।

यस्तै नयाँ युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आफूलाई बारम्बार फोन गरेको गरेको र योजना बारे बुझ्नु भएको पनि बताए ।

एन्फाले सय दिनभन्दा लामो समय ए डिभिजन लिग आयोजना गर्न लागेको सनाउँदै यो फुटबल विकासमा राम्रो रहेको बताए ।

यस्तै उनले लिगमा विमल घर्ती मगरको खेल फलो गर्ने बताउदै विमल नेपाली फुटबलको आशा भएको पनि बताए ।



from Online Khabar https://ift.tt/3GEp0qf

चेल्सीको जितमा रिस जेम्सको दुई गोल

१४ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले शनिबार न्यूकासल युनाइटेडलाई ३-० ले पराजित गरेको छ । चेल्सीको सहज जितमा रिस जेम्सले दुई तथा जर्गिन्होले एक गोल गरे ।

न्यूकासलले घरेलु मैदानमा चेल्सीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा चेल्सीले अन्तिम २५ मिनेटमा तीन गोल गर्‍यो । रिस जेम्सले ६५औं र ७७औं मिनेटमा गोल गरे ।

जर्गिन्होले ८१औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

जितपछि चेल्सीले १० खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलसँग चेल्सीले ३ अंकको अग्रता बनाएको छ । न्यूकासल १० खेलबाट ४ अंकसहित १९औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3GFlaNl

Do exercise to keep fit


Health is wealth

भिनिसियसको दुई गोलमा रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । भिनिसिय जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदान २-१ ले पराजित गरेको हो ।

खेलको २२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

६४औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीम समेटियो । त्यसैको फाइदा उठाउँदै भिनिसियसले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

८६औं मिनेटमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एल्चेका पेरे मिल्लाले एक गोल फर्काए ।

जितपछि ११ खेलबाट २४ अंक जोडेर रियल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियलले सोसिडाडलाई गोलअन्तरमा पछि पारेको हो ।

एल्चे १२ खेलबाट १० अंकसहित १५औं स्थानमा रहेको छ ।



from Online Khabar https://ift.tt/3CwT5FG

Do exercise to keep fit


Health is wealth

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् ।

शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भने ।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने।

उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए । गत वर्ष कोभिड-१९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो।

प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए ।

एनआरएनको माग- बेलायतमा राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने वातावरण बनोस् 

त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए। ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गरेका थिए। ‘यसबाट नेपालमा रहेको हाम्रो सम्पत्ती सुरक्षित हुने र नेपालबाट ठूलो मात्रामा भै रहेको पूँजी पलायन पनि रोकिने हाम्रो विश्वास छ,’ उनले भने।

कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितलगायत एनआरएनए यूकेका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रधानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री देउवाको सम्मानमा एक स्वागत समारोह राखिएको र अपरान्ह प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको ‘वर्ल्ड लिडर्स समिट’ मा भाग लिन स्कटल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।



from Online Khabar https://ift.tt/3mwMDZP

नेपाल बारले प्रधानन्यायाधीशविरुद्ध विरोध कार्यक्रम गर्दै

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ ।

एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।



from Online Khabar https://ift.tt/3msrEXS

Friday, October 29, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

पीएसजीको संघर्षपूर्ण जित

१२ कात्तिक, काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलेमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेमाथि २–१ गोल अन्तरको जित निकालेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले ३१औं मिनेटमा जोनाथन डेभिडको गोलबाट अग्रता लिएको थियो ।

तर खेलको ७४औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो भने ८८ औं मिनेट एन्जल डी मारियाले विजयी गोल गरे ।



from Online Khabar https://ift.tt/3Bt4wg7

राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई बारको ५ दिने अल्टिमेटम

१२ कात्तिक, काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले शुक्रबार कार्यसमितिको बैठकबाट दबावमुलक आन्दोलन घोषणा गरेको छ । आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।

बार महासचिव लीलामणि पौडेल भन्छन्, ‘आफू उपर यत्रो प्रश्न उठेपछि सम्माननीय प्रधानन्यायाधीश जस्तो व्यक्तिले अस्तिकै दिन राजीनामा दिइसक्नु पर्ने थियो । नदिनु भएकाले यो कार्यक्रम घोषणा गर्नु परेको हो ।’

थप बद्नाम हुन नदिन आन्दोलनको अवधिभर जबराले राजीनामा दिइसक्ने बारको दाबी छ । उपाध्यक्ष रक्षा बस्यालले भनिन्, ‘राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्नेछौं ।’

यसअघि पनि नेपाल बारले आन्दोलन गरेको स्मरण गर्दै नेपाल बारका महासचिव पौडेलले भने, ‘आन्दोलन नेपाल बार एशोसिएसनको रहर होइन, बाध्यता हो । समय क्रममा हाम्रा आन्दोलनले निश्चित निकास पनि दिएका छन् । हामी आशा र विश्वास गर्छौं, यो आन्दोलनले पनि एउटा निश्चित निष्कर्षमा पुर्‍याउनेछ ।’

निर्णयबारे जानकारी गराउँदै महासचिव लिलामणि पौडैल :

अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एशोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ । सर्वोच्चका अरु न्यायाधीशहरुले इजलासमा बसेर मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश जबराले भने पछिल्ला दिनहरुमा इजलास राखेर बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दा हेर्न थालेका थिए ।

हेर्नुहोस् बारले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :



from Online Khabar https://ift.tt/3Cwcere

रावललाई ओलीले भने : तपाईंले सक्नुभएन त म के गरौं ?

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।

अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए ।

केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो ।



from Online Khabar https://ift.tt/3ErhUDp

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

टी-२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

काठमाडौं । आबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ ।

आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

सुपर १२  अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसंग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले गरेका थिए । जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जित्यो ।

अलीले ७ बल खेल्दै ४ छक्का मद्दतमा अविजित २७ रन बनाए । पाकिस्तानका लागि कप्तान बाबरले ५१ रन बनाए । यस्तै फकर जमनले ३०  र सोएब मल्लिकले १९ रन बनाए ।

अफगानिस्तानका रासिद खानले २ तथा मुजिब उर रहमान, मोहम्मद नावी  र नभिन उल हकले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । कप्तान नावी र गुल्बादिन नैवले इनिङ्सको अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेपछि अफगानिस्तानले मध्यम स्कोर बनाएको थियो । अफगानिस्तानले अन्तिम तीन ओभरमा ४३ रन जोडेको थियो ।

कप्तान नावीले ३२ बल खेल्दै ५ चौका मद्दतमा अविजित ३५ रन बनाए । यस्तै २५ बल खेलेका नैवले ४ चौका र १ छक्का मद्दतमा अविजित ३५ रननै बनाए । यी दुईले सातौं विकेटका लागि अविजित ७१ रनको साझेदारी गरे ।  पाकिस्तानका इमाद वासिमले २ तथा शाहीन शाह अफ्रिदी, हारिस राउफ, हसन अली र शदाब खानले समान १ विकेट लिए ।



from Online Khabar https://ift.tt/312UYvN

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मासँग गरिएको अन्तरवार्ता



from Online Khabar https://ift.tt/3GA0HcP

१७ वर्षीया रसना जब लाखे बनिन्



from Online Khabar https://ift.tt/3vV4750

त्रिशुलीमा डुबुल्की मारेर खर्च जुटाउनेहरु



from Online Khabar https://ift.tt/3vV3Lvc

Thursday, October 28, 2021

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

Do exercise to keep fit


Health is wealth

बदल गया फेसबुक का नाम, जानें अब किस नाम से पहचाना जाएगा ये प्लेटफॉर्म

Facebook announces name change to Meta: फेसबुक के सीईओ मार्क जुकरबर्ग ने गुरुवार को फेसबुक के वार्षिक सम्मेलन में इसकी घोषणा की, जहां उन्होंने मेटावर्स के लिए अपने विजन के बारे में भी बताया. जुकरबर्ग ने कहा हमारे ऊपर एक डिजिटल दुनिया बनी है, जिसमें वर्चुअल रिएलिटी हेडसेट और एआई शामिल है. हम मानते हैं कि मेटावर्स मोबाइल इंटरनेट की जगह ले लेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/2Zw2aQg