Wednesday, October 27, 2021

बार्सिलोना रायो भालेकानोसँग पराजित

काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो ।

खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके ।

भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार भालेकानोका गोलकिपर स्टोल दिमीत्रेभ्स्कीले बचाएका थिए ।

जितपछि भालेकानोले ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

बार्सिलोना भने १० खेलबाट १५ अंकसहित नवौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3vOamYo

No comments:

Post a Comment