Sunday, October 24, 2021

लिभरपुलसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं । म्यानचेष्टर युनाइटेडले लिभरपुरसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको डर्बी भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो ।

१० वर्ष एक दिनअघि म्यानचेष्टर सिटीसँग ६–१ को हार व्यहोरको थियो । त्यसयता युनाइटेडले व्यहोरेको यो नै लज्जास्पद हार हो ।

ओल्ड ट्राफर्डमा भएको खेलमा लिभरपुलले नेभी काइटाको गोलबाट अग्रता लिएको थियो । १३औं मिनेटमा जोटाले अग्रता दोब्बर बनाए ।

खेलको ३८औं मिनेट र इन्जुरी टाइमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० को अग्रता दिलाएका सलाहले दोस्रो हाफमा थप एक गोल गरे । उनले ५० औं मिनेटमा ह्याट्रिक पुरा गरेका हुन् ।

खेलको ६०औं मिनेटमा पल पोग्बा रातो कोर्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले बाँकी खेल १० खेलाडीमा खेलेको थियो ।



from Online Khabar https://ift.tt/3b6Z4VA

No comments:

Post a Comment