Wednesday, October 27, 2021

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीले रियलले शीर्ष स्थानमा अंकदूरी बढाउने अवसर भने गुमाएको छ ।

बराबरीपछि पनि रियल १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । तर अन्य तीन टोलीको पनि समान २१ अंक छ र रियललाई पछ्याइरहेको छ ।

सेभिया १० खेलबाट २१ अंकसहित नै दोस्रो स्थानमा छ । सेभिया पछिल्लो खेलमा  मायोर्कासँग एक-एक को बराबरीमा रोकिएको थियो ।

अर्को खेलमा भ्यालेन्सियालाई ४-१ ले पराजित गर्दै रियल बेटिसले पनि २१ अंक नै जोडेको छ । ११ खेल खेलेको बेटिस तेस्रो स्थानमा छ । यस्तै रियल सोसिडाड पनि २१ अंकसहित चौथो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3BlZJ05

No comments:

Post a Comment