Friday, November 26, 2021

चार पदाधिकारी थप्ने ओलीको प्रस्ताव

१० मंसिर, चितवन । नेकपा एमालेको पदाधिकारी संख्या थप हुने भएको छ । सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गरेका हुन् ।

उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव राख्ने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।

नयाँ प्रस्तावअनुसार अब वरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् भने उपमहासचिव पनि तीन जना हुनेछन् ।

बैठकमा ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई  बढाएर ३०१ बनाउने र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने प्रस्ताव समेत गरेका छन् ।



from Online Khabar https://ift.tt/3DXLi4s

No comments:

Post a Comment