Tuesday, November 23, 2021

च्याम्पियन्स लिगमा बायर्नको शतप्रतिशत जित, बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जित हात पार्दा स्पानिस क्लब बार्सिलोना वेनफिकासँग बराबरीमा रोकिएको छ ।

समूह ई अन्तर्गत गएराती भएको खेलमा बायर्नले डिनामो किभलाई २-१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको हो । यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको बायर्नका लागि रोवर्ट लेवान्डोस्की र किंऊसले कोमानले गोल गरे । किभका डेनिस हार्मासले एक गोल फर्काए ।

यसै समूहमा रहेको बार्सिलोना पोर्चुगिज क्लब वेनफिकासँग गोलरहित बराबरीमा रोकिएको छ । जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो खेलमा बराबरी खेलेको हो ।

वेनफिकालाई पराजित गरेको भए बार्सिलोना अन्तिम खेलअघि नै नकआउट चरण पुग्ने थियो । तर अब अन्तिम खेल कुर्नुपर्ने भएको छ । जहाँ बार्सिलोनाले बायर्न म्युनिखसँग खेल्नेछ

बार्सिलोना सात अंकसहित दोस्रो स्थानमा रहँदा वेनफिका पाँच अंकसहित तेस्रो स्थानमा छ । यही बार्सिलोना बायर्नसँग पराजित भएको खण्डमा नफिकाका लागि डिनामो किभलाई हराउँदै नकआउट चरणमा पुग्ने अवसर हुनेछ ।



from Online Khabar https://ift.tt/3xfSqGS

No comments:

Post a Comment