Thursday, January 4, 2024

शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

२० पुस, काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ४ हजार ६०८ जना सहभागी भएका थिए । तीमध्ये खुलामा १४४ सहित ३२५ जना अर्को चरणको परीक्षाका लागि छनौट भएका छन् ।

लिखित परीक्षाबाट छनोट भएकाहरुले अब सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ता गरी अझै तीन वटा परीक्षा दिनुपर्ने छ ।

सूचना प्रविधि सीप परीक्षण परीक्षा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म हुने छ । सामूहिक परीक्षण र अन्तर्वार्ता भने आगामी माघ ९ गतेदेखि २६ गतेसम्म हुनेछ ।

लिखित परीक्षामा पास भएका परीक्षार्थीहरुलाई पासपोर्ट साइजको दुई प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र दरखास्त फारमको प्रथम र द्वितीय पाना दुई÷दुई प्रति भरी सात दिनभित्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

हेर्नुहोस् लिखित परीक्षाको नतिजा–



from Online Khabar https://ift.tt/GrUVYL3

No comments:

Post a Comment