२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिंदैछन् ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।
मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् । नेपाल पक्षका सांसदहरु सरकारमा सहभागी छन् र संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेका छन् ।
यद्यपि नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले विश्वासको मतको विपक्षमा मतदान गर्नका लागि प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई निर्देशन दिएको छ । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने कि विपक्षमा भन्ने निर्णय गरिसकेको छैन । कांग्रेसले मंगलबार विहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।
from Online Khabar https://ift.tt/3fYN77t
No comments:
Post a Comment