Wednesday, June 23, 2021

जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ ।

एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईको भनाइ छ ।

‘मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो,’ उनले अनलाइनखबरसँग भनेका छन् ।



from Online Khabar https://ift.tt/35KBMSR

No comments:

Post a Comment