Tuesday, November 23, 2021

च्याम्पियन्स लिग : रोनाल्डो र सान्चोको गोलमा म्यानचेष्टर युनाइटेड नकआउट चरणमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह एफको खेलमा स्पानिस क्लब भियारियाललाई २-० ले पराजित गर्दै युनाइटेडले एक खेलअगावै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

भियारियालको मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन क्रिस्टियानो रोनाल्डोले ७८औं र जाडोन सान्चोले ९०औं मिनेटमा गोल गरे ।

जितपछि युनाइटेडले पाँच खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट भियारियल सात अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा एटलान्टा र योङ ब्वाइजले तीन/तीन गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टा ६ अंकसहित तेस्रो स्थानमा रहँदा चार अंक जोडेको योङ ब्वाइज चौथो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3nLte83

No comments:

Post a Comment