Saturday, April 30, 2022

इस हफ्ते आ रहे हैं कई धांसू फोन, कम कीमत में मिलेंगे एडवांस फीचर्स

वीवो अपनी T1 सीरीज के दो नए स्मार्टफोन Vivo T1 Pro और Vivo T1 44 W को 4 मई के दिन लॉन्च कर रहा है. इन फोन की बिक्री ई-कॉमर्स प्लेटफॉर्म फ्लिपकार्ट के माध्यम से की जाएगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/bikIC4d

लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने अपेक्षा छ : सभामुख सापकोटा

१८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना संक्रमणको प्रभावमा कमी आएकाले अब लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

१३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो भनाइ राखेका हुन् ।

उनले भनेका छन्, ‘दुई बर्ष यता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदुर वर्गले प्रत्यक्ष असर भोग्नु पर्यो । हाल कोरोनाको प्रभावमा कमी आएसँगै यस क्षेत्रमा सुधार हुने एवं लाखौं श्रमिक खाली बस्नु पर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा छ ।’

संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने उनको आशा छ । श्रमिक एवं मजदुर वर्गको योगदानका कारण संविधानमा श्रमिक एवं मजदुर वर्गको हक अधिकार समावेश भएको भन्दै सापकोटाले ती अधिकारहरुको व्यवहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा व्यक्त गरेका हुन् ।

एकातिर हरेक वर्ष श्रम बजारमा नवप्रवेशीहरुको संख्यामा बृद्धि भइरहेको र अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संशाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सृजना भएको भन्दै सापकोटाले यसबाट श्रम बजारमा बेरोजगारहरुको संख्यामा अझ वृद्धि हुन सक्ने अनुमान गरेका छन् । त्यसैले कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो रहेको उनले बताएका छन् । संघीय संसदको नेतृत्वका रुपमा यसका लागि सदैव तत्पर रहेको उनले बताएका छन् ।



from Online Khabar https://ift.tt/TcED0M4

जल्द आ रहे हैं Oppo Reno 8 सीरीज के स्मार्टफोन, जानें क्या है इनमें खास

ओप्पो रेनो 7 की कामयाबी के बाद ओप्पो रेनो 8 को पेश किए जाने की तैयारी है. ओप्पो रेना 8 एक बढ़िया फोन है. फोन में ऑक्टा कोर प्रोसेसर है. ओप्पो रेनो 8 स्मार्टफोन में 6.55 इंच का OLED डिस्प्ले दिया गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/0oTHufL

एमाले तीनै तहको सरकारमा पुनर्स्थापित हुन्छ : ओली

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् ।

संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो ।’

‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनस्र्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीले भनेका छन् ।



from Online Khabar https://ift.tt/nEDx6Pb

जारी आईपीएलमा मुम्बईमा पहिलो जित

१८ वैशाख, काठमाडौं । मुम्बई इण्डियन्सले जारी आईपीएल क्रिकेटमा पहिलो जित हासिल गरेको छ । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच विकेटले हराएर मुम्बईले आईपीएल २०२२ मा खाता खोलेको हो । लगातार आठौं हारपछि मुम्बईको यो पहिलो जित हो ।

राजस्थानले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो थिएन । कप्तान रोहित शर्मा केबल २ रनमा आउट भएका थिए । पावरप्लेको अन्तिम ओभरमा मुम्बईका दोस्रा ओपनर इशान किसान पनि २६ रन मात्रै बनाएर आउट भएका थिए ।

त्यसपछि सूर्यकुमार यादव र तिलक बर्माले अर्धशतकीय पारी खेले । सूर्यकुमारले ५१ रन बनाए भने बर्मा ३५ रनमा आउट भए । कायरन पोलार्डले १० रन बनाए ।

९ बल सामना गरेका टिम डेभिडले दुई चौका र एक छक्काको मद्दतमा अविजित २० रन बनाए । डेनियल साम ६ रनमा अविजित रहे । अन्तिम ओभरमा टिम डेभिडको तीब्र ब्याटिङको मद्दतमा मुम्बईले ५ विकेटको क्षतिमा १६१ रन बनाएर जित हासिल गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए ।
देवदत्त पड्डिकलले १५ रन, कप्तान सन्जु सामसनले १६ रन र रविचन्द्र आश्विनले २१ रन बनाए ।



from Online Khabar https://ift.tt/q8wSpe3

Friday, April 29, 2022

मातातीर्थ मेला (फोटो फिचर)

१७ वैशाख, काठमाडौं । आज आमाको मुख हेर्ने दिन । वैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउन गरिन्छ ।

जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशीर्वाद लिन्छन् ।

तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोट नजिकै मातातिर्थ पुग्छन् । आफ्नो आमालाई सम्झिँदै काठमाडौंको मातातीर्थमा पुग्नेहरूको आज घुइँचो लागेको छ ।

आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीले बनाएको सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति स्थापना गरिएको छ ।

मातातीर्थमा रहेको कुण्डमा आजकै दिन हरेक वर्ष आमा नहुनेले त्यहाँ गई नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउने गर्दछन् ।



from Online Khabar https://ift.tt/fwRmFMI

इस दिन लॉन्च होगी Vivo X80 सीरीज, मिलेगा दमदार कैमरा और एडवांस फीचर्स

फोटोग्राफी के लिए फोन के रियर में क्वाड कैमरा सेटअप लगाया गया है. इनमें प्राइमरी कैमरा 50 मेगापिक्सल का Sony IMX866 सेंसर है. फोन में 4,700mAh पावर की बैटरी मिलेगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/CT7qePE

रोल्पामा ११७ जनाको उमेदवारी फिर्ता

१७ वैशाख, रोल्पा । रोल्पामा १७ जना पालिका प्रमुखका उम्मेदवारसहित ११७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उमेदवारी फिर्ता लिनेहरूमा एक नगर प्रमुखका उम्मेदवार, १६ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र १३ जना गाउँपालिका उपाध्यक्ष उम्मेदवारसहित ११७ जना रहेका छन् ।

गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सबैभन्दा बढी नाम फिर्ता लिनेमा थवाङ गाउँपालिकाका उम्मेदवार छन्। थवाङ गाउँपालिकाबाट पाँचजना अध्यक्ष र दुई जना उपाध्यक्षका उम्मेदवारले उमेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेवार रमेश रोकामगर, उपाध्यक्षका उम्मेदवार धनुमारी रोका रहेका छन् । यसैगरि सोही गाउँपालिकाबाट नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका नकस घर्तीमगर, उपाध्यक्षका उमेदवार शान्ति घर्तीमगरले पनि नाम फिर्ता लिएका छन । यही गाउँपालिकामा स्वतन्त्र उमेदवारी दिएका ४ मध्ये ३ जनाले नाम फिर्ता लिएका छन् । स्वतन्त्रवाट नाम फिर्ता लिने अध्यक्षका उम्मेदवारमध्ये अमित घर्तीमगर, अजय घर्तीमगर र महेश बुढामगर रहेका छन् ।

यसैगरी परिवर्तन गाउँपालिकाबाट पाँच जनाले उमेदवारी फिर्ता लिएका छन् । जसमा नेकपा एमालेबाट अध्यक्षका उमेदवार गंगाराम बुढामगर, नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलबहादुर पुन र उपाध्यक्षका उमेदवार अरुणा थापा, नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सपना घर्तीमगर, स्वतन्त्र उमेदवार लक्ष्मी डाँगी रहेका छन् ।

त्रिवेणी गाउँपालिकाबाट नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार आशाकुमारी पुन केसी र स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हस्तबहादुर घर्तीमगर रहेका छन् ।

माडी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार शेरवहादुर बुढामगर र उपाध्यक्षका उम्मेदवार गौमाया पुनमगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।

रुन्टीगढी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्षका उम्मेदवार कमारी बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

रोल्पा नगरपालिकाबाट नगर प्रमुखका स्वतन्त्र उम्मेदवार मोलङ घर्तीमगर, स्वतन्त्रबाटै उपप्रमुखमा उम्मेदवार निर्मला रोका र रीता गिरी आजादले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

लुग्री गाउँपालिकाबाट स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार कल्पना थापा र उपाध्यक्षको उम्मेदवार टुकमाली कुमारी बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

गंगादेव गाउँपालिकाबाट स्वतन्त्रको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नरसिंह राना, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार धनकुमारी वलीले पनि उमेदवारी फिर्ता लिएका छन् ।

सोही गाउँपालिकावाट राप्रपाबाट उपाध्यक्षका उम्मेदवार राजेश डिसीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी उम्मेदवारी फिर्ता लिनेमा सुनछहरी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार हिकलाल पुनमगर रहेका छन् ।

सुनिलस्मृती गाउँपालिकामा राप्रपाबाट अध्यक्षका उम्मेदवार सुरज घर्तीमगर, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार शुक्रराज थापा रहेका छन् । सोही गाउँपालिकावाट स्वतन्त्रवाट उपाध्यक्षका उम्मेदवार दीपेश विष्ट र कुमारी थापाले पनि उमेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्य पदमा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसहित ९७ जना रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।



from Online Khabar https://ift.tt/LVIkoYG

1999 रुपये में खरीदें 30 घंटे चलने वाले Realme Buds Q2s, मिलेगा डॉल्बी साउंड का मजा

रियलमी बड्स क्यू 2एस बड्स में कनेक्टिविटी के लिए कनेक्टिविटी के लिए बड्स में ब्लूटूथ 5.2 दिया गया है. ब्लूटूथ 10 मीटर तक की रेंज तक डिवाइस से जुड़ा रह सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/PjmwO71

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।



from Online Khabar https://ift.tt/xGRjT27

आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइँदै

१७ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।



from Online Khabar https://ift.tt/z6l4wx9

Thursday, April 28, 2022

Poco M4 5G की लॉन्चिंग आज, 15 हज़ार से कम कीमत में मिलेंगे ये खास फीचर्स

Poco M4 5G Launching Today: नया Poco M4 5G में MediaTek Dimensity 700 SoC प्रोसेसर के साथ आएगा, जो कि 6GB तक की LPDDR4x RAM और 128GB की UFS 2.2 स्टोरेज के साथ आ सकता है. इस फोन में FHD+ LCD पैनल के साथ 90Hz रिफ्रेश रेट के साथ आएगा.. पावर के लिए इस फोन में 5000mAh की बैटरी और 18W फास्ट चार्जिंग सपोर्ट मिलेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/DI9rZQq

OnePlus 10R: इंतजार खत्म, वनप्लस का धांसू 5G फोन हुआ लॉन्च, जानिए कीमत और खासियतें

वनप्लस 10आर भारत में 29 मार्च को लॉन्च हुए अपने फ्लैगशिप स्मार्टफोन OnePlus 10 Pro जैसा दिखता है, जबकि Nord CE 2 Lite इस साल फरवरी में लॉन्च किए गए Nord CE 2 का ही विस्तार है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/NeLbkca

चेल्सी र युनाइटेडले बाँडे अंक

१६ वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । जहाँ मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ । ३५ खेल खेलिसकेको युनाइटेड ५५ अंक जोडेर छैटौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/Dewgj5N

११ प्रकारका विवाद टुंग्याएर उम्मेदवार नामावली प्रकाशित

१६ बैशाख, काठमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि मनोनयनमा परेका उम्मेदवारहरुको नामावली विहीबार राति प्रकाशित भएको छ ।

देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारहरु विरुद्ध परेका उजुरीहरुको जाँचबुझ गरी नामावली प्रकाशित गरेका हुन् । त्यसक्रममा केही उम्मेदवारहरुको मनोनयन रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा उठेका ११ प्रकारका विवादहरुमाथि सम्बोधन गर्दै विवादमा परेका मनोनयनहरु रद्द गर्न निर्देशन दिएको थियो । त्यही आधारमा निर्वाचन अधिकृतहरुले उजुरी र त्यसक्रममा परेको विवाद टुंग्याएका हुन् ।

एक दल, एक उम्मेदवार

मनोनयनका क्रममा कतिपय स्थानीय तहमा एउटा दलले उही पदमा एकभन्दा बढी व्यक्तिका लागि मनोनयनपत्र दर्ता गराएका थिए । त्यसक्रममा दलहरुसँग सम्पर्क गरेर आधिकारिक उम्मेदवारलाई मान्यता दिने आयोगको निर्णय थियो । दलहरुले पत्र नदिएमा दुईमध्ये पहिले दर्ता भएकाले आधिकारिकता पाउने निर्णय गरेको थियो ।

प्रस्तावक र समर्थक

कतिपय स्थानीय तहमा कुनै उम्मेदवारको प्रस्तावक, समर्थक रहेका व्यक्तिहरु अर्को पदमा आफैंले उम्मेदवारी दिएको भेटिएको छ । आयोगले त्यस्तो अवस्थामा पहिलो उम्मेदवारहरुलाई प्रस्तावक, समर्थक फेर्न भनेको थियो । अनि प्रस्तावक र समर्थक नै अर्को पदमा उम्मेद्वार भएको भए त्यसलाई रद्द गर्ने निर्णय गरेको छ ।

कालोसूची

निर्वाचन आयोगले कालोसूचीमा रहेका व्यक्तिहरुको उम्मेदवारी रद्द गरेको छ । अदालतबाट कसुरदार ठहर भएका तर सजाय भुक्तान नगरेका, बैंकको ऋण नतिरेका लगायतका व्यक्ति कालोसूचीमा छन् । निर्वाचन आयोगले ४० हजार जनाको नामावली भएको कालोसूचीको विवरण देशभरका निर्वाचन अधिकृतलाई बाँडेको थियो । जाँचबुझ अवधिभर (विहीबार अपराह्नसम्म) कालोसूचीबाट नाम हटेकाहरुको मनोनयन सदर भएको छ ।

बेरुजु

निर्वाचन आयोगले बेरुजु भएका व्यक्तिको मनोनयन पनि बदर गरेको जनाएको छ । तर व्यक्ति नभई ऊ कार्यरत संस्थाको नाममा भएको बेरुजुका वारेमा भने बन्देज लागू गरेन । बेरुजु भएपनि जाँचबुझ अवधिभर बेरुजु फर्छ्यौट गरेका व्यक्तिहरुको मनोनयन सदर भएको छ ।

लाभको पद

देशभरका महिला स्वास्थ्य स्वयंसेविकाहरुले राजीनामा दिएमा मात्रै उमेद्वारी सदर हुने निर्णय आयोगले गरेको थियो । लाभको पद भएकाले उनीहरुले पदमै रहेर उम्मेदवारी दिन पाएनन् । विभिन्न विकास समिति र व्यवस्थापन समितिमा बसेकाहरुका हकमा पनि यही व्यवस्था लागू भयो ।

अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुलाई पनि राजीनामा गरेमा मात्रै उम्मेदवारी दिन पाउने भनी सर्कुलर गरिएको थियो । उपभोक्ता समितिका पदाधिकारीको हकमा पनि राजीनामा वा जिम्मेवारीबाट हटेको प्रमाण पेश गर्नुपर्ने शर्त राखिएको थियो ।

बन्दसूची

विभिन्न दलहरुले प्रतिनिधीसभा र प्रदेशसभाको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरुलाई पनि स्थानीय तहको उम्मेदवार बनाए । तर त्यसका लागि बन्दसूचीबाट नाम हटाउनुपर्ने भनी आयोगले शर्त तोक्यो । मनोनयनको अघिल्लो दिनसम्म बन्दसूचीबाट हटेकाहरुलाई उम्मेदवारीमा छुट दिने भनिएपछि दलका कार्यकर्ताहरुको भीड र चापका कारण निर्वाचन आयोगले विहीबारसम्म नै त्यो सहुलियत दिएको थियो ।

विवरण फरक

निर्वाचन आयोगले नागरिकता र मतदाता नामावलीमा विवरण फरक परेमा नागरिकताका आधारमा विवरण कायम गर्ने निर्णय गरेको छ । अनि आयोगको अभिलेख र निर्वाचन अधिकृतको कार्यालयको विवरण फरक परेमा निर्वाचन अधिकृतको कार्यालयकै विवरणले मान्यता पाउने भएको छ ।

दलित महिला वडा सदस्य

आयोगले दलित महिला वडा सदस्य हुन शर्त तोकेको छ । स्थानीय तह निर्वाचन निर्देशिकाका अनुसार पहाडमा ७ र मधेशमा २६ गरी ३३ प्रकारका जातिले मात्रै दलितको रुपमा उम्मेदवारी दिन पाए । त्यसैले गर्दा कतिपय स्थानीय तहमा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।

दोहोरो उम्मेदवारी

कुनै दलले स्थानीय तहको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दलमा उम्मेदवारी दिंदा पुरुषलाई मात्रै मनोनयन गरेको भए दुवै मनोनयनपत्र खारेज गर्ने निर्णय गरेको छ । एउटै व्यक्ति दुई फरक दलबाट मनोनयन भएमा दुवै मनोनयन रद्द भएका छन् ।



from Online Khabar https://ift.tt/F9Cx0Sj

रेडपाण्डा संरक्षणकर्मी लामाले पाए ह्वीटली अवार्ड

१६ वैशाख, काठमाडौं । रेड पाण्डा संरक्षणमा सक्रिय ताप्लेजुङको यामफुदिन गाउँका सोनाम लामाले विश्व प्रतिष्ठित हवीट्ली फन्ड फर नेचर (डब्लूएफएन) अवार्ड पाएका छन् । बुधबार राति लण्डनमा आयोजित समारोहमा लामालाई ४० हजार पाउण्ड (करिब ६२ लाख नेपाली रुपैयाँ)सहित सो अवार्ड प्रदान गरिएको हो ।

डब्लूएफएनका संरक्षक सर डेभिड एटनबर्गको उपस्थितीमा बेलायती राजकुमारी एनले लामालाई अवार्ड प्रदान गरिन् । यो अवार्ड अन्य ५ जनालाई पनि पनि प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि खुसी व्यक्त गर्दै लामाले यो रकम रेड पाण्डाको बासस्थान सुधार, अवैध चोरीतस्करी नियन्त्रण र जनचेतनामुलक काममा खर्च गर्ने बताए । अवार्डसँगै पाएको रकम एक वर्षभित्र खर्च गर्नुपर्छ ।

यसअघि ह्वीटली अवार्ड नेपालका वरिष्ठ चराविद् हेमसागर बरालले सन् २००५ मा पाएका थिए ।



from Online Khabar https://ift.tt/jltMXLW

आईपीएलमा कोलकाताको लगातार पाँचौं हार

१६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको छ । यो कोलकाताको लगातार पाँचौं हार हो ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । यसको जवाफमा दिल्लीले १८ औं ओभरको अन्तिम बलमा जित हासिल गर्यो ।

दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर पटेलले २४, ललित यादवले २२ र रोमन पावेलले अविजित ३३ रन बनाए ।

बलिङतर्फ उमेश यादवले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट झारे ।

टस जितेर दिल्लीका कप्तान ऋषभ पन्तले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कोलकाताले खराब सुरुआत गरेको थियो । उसले ३५ रनमै ४ विकेट गुमाएको थियो । यद्यपि कप्तान श्रेयस अय्यर र नितिश राणाले स्थिति केही सम्हाले । नितिश राणाले ३४ बलमा सर्वाधिक ५७ रन बनाए । यो उनको आईपीएलमा १५ औं अर्धशतक हो ।

यसैगरी कप्तान अय्यरले ३७ बलमा ४२ रन जोडे । रिंकु सिंहले १६ बलमा २३ रन बटुले ।

बलिङतर्फ कोलकाताका कुलदीप यादवले सर्वाधिक ४ र मुस्तफिजुर रहमानले ३ विकेट लिए ।



from Online Khabar https://ift.tt/mK0vfcZ

उम्मेदवारहरुले आज मनोनयन फिर्ता लिन सक्ने, अन्तिम नामावली प्रकाशन आजै

१६ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।

फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आज प्रकाशित भएको नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् ।  त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।



from Online Khabar https://ift.tt/4zdT067

केशव स्थापितको अभिव्यक्ति : सार्वजनिक मञ्चबाटै महिलामाथि हिंसा

१६ वैशाख, काठमाडौं । बिहीबार धुम्बाराहीस्थित नेश्नल कलेजमा काठमाडौं महानगरका मेयरका उम्मेदवारबीच छलफल चलिरहँदा केशव स्थापितलाई एक जना सहभागीले उनीमाथि लाग्दै आएको ‘मिटू’को आरोपबारे प्रश्न सोध्न खोजिन् ।

प्रश्न राख्नुअघि सञ्चालकले सहजीकरण गर्दै भने, ‘हुन त आज सकेसम्म उम्मेदवारलाई निजी प्रश्न नसोध्नु भनेका थियौं, तर यो प्रश्न रोक्न सकिने खालको छैन ।’

यति भनिसक्दा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनाइएका स्थापित आफैं अघि सरेर बोले, ‘मेयरको उम्मेदवारलाई २४ घन्टा प्रश्न सोध्न पाइँदैन भन्नै भएन, रुल ओभर रुल्ड, आई ह्याब टु एन्सर ।’

तर सुरुवातमा ‘फेस टु फेस’ सबै प्रश्नको जवाफ दिने बताएका स्थापित सहभागी भावना राउतले सोधेको प्रश्नमा गैरजिम्मेवार शैलीमा प्रस्तुत मात्र भएनन्, उल्टै राउतलाई धम्की समेत दिएका छन् ।

उनले राउतलाई ‘यु आर नाइस लेडी बट थुतुनो ठिक भएन’ भनेर सार्वजनिक मञ्चबाट आपत्तिजनक टिप्पणी गरेका हुन् । साथै, स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी एवं विश्लेषक सरिता तिवारी बताउँछिन् ।

‘सुरुमा उनले आवेगमा प्रश्नकर्तामाथि प्रश्न उठाए होला, तर पछि फेरि वेश्यावृत्ति गर्छौं भनेर निकालिदिउँ भनेर भन्नुले उनमा कुन हदसम्मको हिंसात्मक चिन्तन छ भन्ने देखिन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

स्थापितलाई बिझाएको प्रश्न

कार्यक्रममा सहभागी विवेकशील साझा पार्टीबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका अनुसार छलफलमा सुरुमा एकै प्रश्न सबै उम्मेवारलाई सोधिएको थियो । कार्यक्रमको अन्त्यतिर सहभागीहरुलाई प्रश्नोत्तरका लागि समय छुट्याइएको थियो, त्यतिबेला सोधिएको एउटा प्रश्नमा स्थापित उत्तेजित भएका हुन् ।

कार्यक्रममा सहभागी भावना राउतले स्थापितलाई सोधेकी थिइन्ः

मेरो प्रश्न केशव स्थापित सरलाई,

विगतमा महागनर यस्तो चलाएको भन्नु भयो, तर तपाईंको विगतमा गएर हेर्दा तपाईंलाई दुई जना महिलाले मिटुको आरोप पनि लगाएका छन् । मैले तपाईंको रवि लामिछानेसँगको अन्तरर्वार्ता हेर्दा भोलिपल्टको दिनमा प्रमाणसहित आउँछ भन्नु भएको थियो ।

मलाई सबैभन्दा खड्किरहेको कुरा चाहिँ के हो भने तपाईंले भोलि मेयर जितेको अवस्थामा तपाईंको अफिस जानलाई म सुरक्षित हुन्छु कि हुँदिन ? अथवा तपाईंकै उपमेयर सुनिताजी सुरक्षित हुनुहुन्छ कि हुनुहुँदैन, अथवा तपाईंकै उपमेयर सुरक्षित हुनुहुन्छ कि हुँदैन ? अनि, आज यहाँ हामीलाई तपाईंको एक्सपेलेसन (स्पष्टीकरण) चाहिएको होइन, एकाउन्टेबिलिटी (जवाफदेहिता) चाहिएको हो ।

गल्ती भएको हो भने त्यो अपराध हो । अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि भएको होइन भने तपाईं मेयरको उम्मेवादर हो । हामी सबैको भोट तपाईंलाई चाहिन्छ र जित्छु भन्ने अपेक्षा राख्नुहुन्छ भने चाहिँ त्यसलाई स्पष्ट गर्नुपर्छ । अब होइन, यसमा नगरौं, यसमा नबोलौं भनेर भएन । किनभने, महिला नै तपाईंको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदा पनि सुहाउँदैन ।

राउतले यी विषयलाई सम्बोधन गर्न नसक्ने हो भने स्थापितलाई कुर्सीमा बसिराख्ने नैतिकता नभएको पनि बताइन् । उनले भनिन्, ‘तपाईंले अपराध गरेको हो कि होइन, होइन भने प्रमाणसहित आउनुस्, नत्र कुर्सी छाडेर जानुस् ।’

राउतले स्थापितलाई मात्र महिला हिंसाबारे प्रश्न सोधिनन् । उनले स्वतन्त्र उम्मेवार बालेन्द्र शाह (बालेन) लाई पनि पुराना र्‍याप गीत महिलाप्रति असंवेदनशील भएर गाएको भन्दै प्रश्न सोधिन् । साथै, उनले माफी माग्न पनि भनेकी थिइन् ।

उनले बालेनलाई भनेकी थिइन्, ‘विगतमा मैले तपाईंका गीत सुनेको छु, र्‍यापहरु हेरेको छु, त्यसमा महिलालाई कुन चाहिँ दर्जामा राख्नु भएको छ भनेर पनि देखेको छु । आज तपाईंले पब्लिक स्पेसमा आएर बाल्दै गर्दा यी सबै महिला भोटरहरुसँग माफी माग्ने कि नमाग्ने ? उनीहरुलाई फेरि म यस्तो गर्दिनँ भनेर भन्ने कि नभन्ने ।’

राउतले सोधेको प्रश्नमा बालेनले स्पष्टीकरण त दिए तर माफी चाँहि मागेनन् । अन्यत्र पनि त्यसरी र्‍याप गाउने चलन रहेको भन्दै बचाउ गरे । ‘स्थापितले पनि सामान्यरुपमा लिएर स्पष्टीकरण दिनु भएको भए, यति धेरै हुने थिएन’ प्रश्नकर्ता राउतले अनलाइनखबरसँग भनिन्, ‘मैले उत्तर मात्र खोजेकी थिएँ, उहाँलाई पनि स्पष्टीकरण दिने मौका थियो, तर उहाँले नै महौल विगार्नुभयो ।’

उनले स्थापितप्रति आफ्नो कुनै नियत नभएको र सार्वजनिक सरोकारको प्रश्न मात्र राखेको बताइन् । ‘मैले आरोप लगाएको होइन, प्रश्न सोधेको हो । प्रश्न सोध्ने हक सबैको हुन्छ’ राउत भन्छिन्, ‘मैले प्रश्न सोध्दा यत्रो हंगामा होला भन्ने सोचेकै थिइनँ, भोलिका दिनमा उहाँमाथि फेरि यो प्रश्न नफर्कियोस् भनेरै मैले सोधेकी थिएँ ।’ तर मेयरको उम्मेदवार जस्तो व्यक्तिले दिएको अभिव्यक्तिले आफ्नो चित्त दुखेको उनले बताइन् ।

लेखक रिता साह स्थापितले कार्यक्रममा दिएको अभिव्यक्तिले उनी महिलाप्रति कति असंवेदनशील छन् भन्ने देखाउने बताउँछिन् । ‘आज उहाँ जसरी प्रस्तुत हुनु भयो, त्यो एकदमै नराम्रो कुरा हो’ साहले भनिन्, ‘सार्वजनिक जीवनका व्यक्तिले आफूमाथि कुनै पनि प्रश्न उठ्दा संयम भएर जवाफ दिनुपर्ने हो, तर उहाँको बोलाई लैंगिकरुपमा संवेदनशील भएन ।’

स्थापितले बोलेका शब्द सार्वजनिक पद धारण गरेको व्यक्तिलाई उच्चारण गर्न समेत नसुहाउने उनले बताइन् । ‘उहाँले कसरी बोल्नु भयो, यो महिलाहरुका लागि चुनौति हो भन्ने म मान्छु’ उनले भनिन्, ‘यो सबै पितृसत्तात्मक सोच र संरचनाको उपज हो ।’

विगतमा मिटुको आरोप लाग्दा समाज र राज्यले दिनुपर्ने सजाय नदिँदा वा जिम्मेवारीको घेरामा नल्याउँदा अहिले स्थापित जस्ता व्यक्तिले सार्वजनिक पदमा दाबेदारी गरिरहेको शाहको बुझाइ छ ।

केपी ओलीकै साथ

आपत्तिजनक अभिव्यक्ति दिएका स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै स्थापितकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ स्पष्टै हुन्छ ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा उनले चुनावका बेला कुप्रचार गरेर स्थापितको चरित्र हत्या गर्न खोजिएको बताए ।

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ?’ ओलीले भने, ‘हामी यस्ता कुराहरुमा होइन, महान उद्देश्यतर्फ अघि बढेका छौं ।’ ओलीको यो अभिव्यक्तिले सिंगो नेकपा एमाले पार्टीले नै महिलामाथि कस्तो दृष्टिकोण राख्छ भन्ने छर्लंग भएको विश्लेषक तिवारी बताउँछिन् ।

‘पहिलो कुरा हिजो उनलाई एमालेले नै मन्त्री पदबाट फिर्ता बोलाएको छ, आज उसैलाई उम्मेदवार बनाएर सार्वजनिक गर्नुले पनि एमालेको नियत छर्लंग हुन्छ’ तिवारीले भनिन्, ‘ओलीको अभिव्यक्तिले एमाले महिलालाई हिंसा हुँदा मुकदर्शक भएर बसिरहने पार्टी हो भन्ने सन्देश बाहिर जान्छ ।’

यस्ता उम्मेदवार निर्वाचित भएर गए पनि भोलि महिला, बालबालिका तथा किशोरीसँग जोडिएका मुद्दामा कसरी काम गर्छन् भन्ने कुरामा पनि गम्भिर प्रश्न उठ्ने उनी बताउँछिन् । ‘यो विषयलाई निर्वाचन आयोगले पनि गम्भिरताका साथ उठाउनुपर्छ भन्ने मलाई लाग्छ’ उनी भन्छिन् ।

विवकेशील साझा पार्टीकी उम्मेदवार छलफलमा सहभागी बाँस्कोटा पनि आफूले कार्यक्रममै पनि स्थापितको बोलीप्रति प्रतिक्रिया जनाएको बताउँछिन् । ‘उहाँले यस्तो बोल्ने हो भने म कार्यक्रममा बस्दिनँ भनेर त्यतिबेलै पनि भनेकी थिएँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘सार्वजनिक पदमा बस्नु भएको छ, तपाईं उम्मेवार हुनुहुन्छ भने विभिन्न प्रश्न उठ्न सक्छन्, आक्षेप लाग्न सक्छ । तर, हामी संयमित हुनुपर्छ ।’

पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापा मगर चाहिँ आफूले स्थापितको अभिव्यक्ति नसुनेको बताउँछिन् । ‘कस्तो प्रश्न आयो, कसरी जवाफ दिनु भयो नसुनी केही भन्न सकिँदैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर जे भए पनि उम्मेवारले संयम भएर प्रस्तुति दिनुपर्छ ।’



from Online Khabar https://ift.tt/HkNE08w

Wednesday, April 27, 2022

Motorola के मिड-रेंज फोन पर बंपर छूट! मिलेगी 120Hz डिस्प्ले, 6GB RAM और 6000mAh बैटरी

फ्लिपकार्ट की इलेक्ट्रॉनिक सेल (Flipkart Electronic Sale) का आज (28 अप्रैल) आखिरी दिन है. फ्लिपकार्ट पेज से मिली जानकारी के मुताबिक सेल में मोटो G40 फ्यूजन (6जीबी) को 19,999 रुपये के बजाए सिर्फ 13,749 रुपये में उपलब्ध कराया जा रहा है. इस फोन में 120Hz रिफ्रेश रेट और स्नैपड्रैगन 732G मिलता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/TzPBQRO

लिभरपुल फाइनल नजिक

१५ वैशाख, काठमाडौं । दोस्रो हाफमा दुई गोल गर्दै इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब भियारियललाई २-० ले पराजित गरेको छ । एन्फिल्डमा प्राप्त यस जितपछि लिभरपुल दोस्रो लेगअघि आरामदायी अवस्थामा हुनेछ र फाइनल नजिक पुगेको छ ।

लिभरपुलको जित्दा साडियो मानेले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो ।

लिभरपुल पछिल्लो पाँच सिजनमा तेस्रो पटक फाइनल नजिक पुगेको हो । २०१८ को फाइनलमा रियल मड्रिडसँग हारेको लिभरपुलले २०२० मा उपाधि जितेको थियो ।

भियारियलविरुद्ध लिभरपुलले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो ।

५३औं मिनेटमा भियारियलका पेरभिस इस्टुपिननले आत्मघाती गोल गर्दा लिभरपुलले अग्रता बनायो ।

आफ्नै पोस्टका दिशा दिएपछि पहिलो गोल आत्मघाती रह्यो । ५५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

लिभरपुल र भियारियलबीचको दोस्रो लेग मे ४ मा भियारियलको मैदानमा हुनेछ ।

यस सिजन चार उपाधिको होडमा रहेको लिभरपुलले इंग्लिस लिग कपको उपाधि जितिसकेको छ । त्यसमा अब च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जित्ने अवसर पनि लिभरपुलसामु छ ।



from Online Khabar https://ift.tt/vtbpdAl

चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले

१५ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।

आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रहरीका अनुसार विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

आज बिहान करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाएको थियो । त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो ।

त्यसपछि भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी अधिकारीले जानकारी दिए ।



from Online Khabar https://ift.tt/IG3ijlu

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

१५ वैशाख, दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक/एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी रानाले उम्मेदवारी दर्ता गराएकी छन् । उनले दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

राना गत स्थानीय तह निर्वाचनमा राना नेकपा (एमाले)का प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी थिइन् ।

यसैगरी व्यास नगरपालिकाको प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उम्मेदवारी दर्ता गराएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट अञ्जना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।

व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट पार्वती कार्की र राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी परेको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट सुशीला नेपालले उम्मेदवारी दर्ता गराएकी छन् ।

कांग्रेसले सत्तारुढ दलसँग तीन स्थानीय तहमा गठबन्धन गर्दा उक्त स्थानीय तहको प्रमुख/उपप्रमुखमा महिलाले नेतृत्व गर्ने अवसर गुमाएका छन् । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट शुक्लागण्कीको प्रमुख, उपप्रमुखमा पुरुषको मात्रै उम्मेदवारी परेको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट भीमाद नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा पुरुषको उम्मेदवारी परेको छ ।

कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनबाट घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि पुरुषको मात्रै उम्मेदवारी परेको छ ।



from Online Khabar https://ift.tt/R1U86zf

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ वैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।

किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका-२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।



from Online Khabar https://ift.tt/aDR4Bys

नारायणगढको कमलनगर चोकमा आगलागी

१५ वैशाख, चितवन । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ ।

भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

डिएसपी नरहरी अधिकारीका अनुसार प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।

सुरुमा भरतपुर महानगरपालिकाको एउटा दमकल बोलाएर आगो निभाउन सुरु गरे पनि त्यसलमात्र नसकेपछि खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल पनि झिकाइएको थियो । ‘चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अब दुई/चार प्रतिशत आगो निभाउन बाँकी छ,’ डिएसपी अधिकारीले भने ।

आगलागीबाट सापकोटाको घरको सटरहरुमा रहेका इलेक्ट्रोनिक्स, जुत्ता चप्पल, कपडाको गोदाम, मोबाइल पसल र फेन्सी पसलका सामानहरु जलेर नष्ट भएका छन् । विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने नभएको डिएसपी अधिकारीले जानकारी दिए ।



from Online Khabar https://ift.tt/GPLAg0Y

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो ।

गुजरातका ओपनर्स रिद्धिमान साहले ६८ र शुभमन गिलले २२ रन बनाए । यस्तै डेभिड मिलरले १७ रन योगदान गरे । राशिद खानले ११ बलमा ३१ रन र राहुल टेविटियाले २१ बलमा ४० रन बनाए । दुवै खेलाडीले छैटौं विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे ।

हैदरावादको तर्फबाट उमराम मलिकको बलिङ उत्कृष्ट रह्यो । उनी एक्लैले गुजरातका आधा खेलाडीलाई पवेलियन फर्काइदिए । २५ रन दिएर ५ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए ।

यस खेलपछि ८ खेलबाट १४ अंकका साथ गुजरात शीर्ष स्थानमा कायम छ । ८ खेल नै खेलेको हैदरावाद १२ अंकका साथ दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/ymlvQu1

Tuesday, April 26, 2022

राजनीतिक दलको प्राथमिकतामा पर्दैन खेलकुद

१४ वैशाख, काठमाडौं । वैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आगामी पाँच वर्षको योजनासहित घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् ।

सम्पूर्ण विषय समेटेर नीतिगत र व्यवहारिक व्याख्यासमेतको घोषणापत्रमा दलहरुले खेलकुदलाई पनि समेटेका छन् । तर खेलकुद प्राथमिकतामा भने पर्दैन । राज्यको प्राथमिकतामा नपर्दा नेपालको खेलकुदले व्यवसायिक रुप लिन नसकेको आरोप लाग्ने गर्छ । देशको कुल बजेटको १ प्रतिशतभन्दा कम लगानी हुने खेलका लागि स्थानीय तहदेखि ठूलो लगानी र प्रयासको आवश्यकता छ ।

सरकारले तीन वर्षदेखि एक स्थानीय तह एक खेल मैदानको नारालाई कार्यान्वयन गर्न बजेट विनियोजन गरिरहेको छ । स्थानीय तहमा खेलाडी उत्पादनका लागि आवश्यक प्राविधिक जनशक्ति र खेलाडीहरुलाई प्रदेश हुँदै केन्द्र र त्यसपछि अन्तर्राष्ट्रियस्तरको मार्ग सहज बनाउनका लागि अहिलेसम्म ठास पहल भएको छैन ।

स्थानीय तह निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा धेरैजसो दलहरुले एक स्थानीय तह एक खेलकुद मैदानको सरकारी नारालाई नै राखेका छन् ।

कुन दलको घोषणापत्रमा के छ ?

नेपाली कांग्रेसले खेलकुदमा लगानी गर्नु भनेको स्वाथ्यमा लगानी घटाउनु हो भन्ने बुझेर लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन खेलको प्रशिक्षण सन्चालन गर्ने, पार्क, व्यायामशाला, रंगशालाको निर्माण तथा खेलकुद क्लबहरुलाई सक्रिय बनाइने उसले बताएको छ । कांग्रेसले खेलको प्राथमिकताका आधारमा प्रोत्साहनसमेत दिने भएको छ ।

४८ पेज लामो घोणापत्रमा नेकपा एमालेले खेलकुदलाई मनोरञ्जनसँग जोडेर पूर्वाधार निर्माणमा जोड दिने उल्लेख गरेको छ । ‘युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरन्जनको साधनको व्यवस्था लगायत पूर्वाधार निर्माण, सन्चालन तथा व्यवस्थापन गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पालिकास्तरबाट उनीहरुको योग्यताअनुसार रोजगारीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राष्ट्रियस्तरको प्रतियोगितामा कम्तिमा रजत तथा अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरुले यो सुविधा पाउनेछन् ।

साथै हरेक वडामा सबै उमेर समूहका व्यक्तिहरुका लागि खेलकुद र व्यायामशाला निर्माण गरिने, बालबालिकालाई खेल गतिविधिमा आकषिर्त गर्न सबै वडाहरुमा फुटबल, क्रिकेटलगायतका खेल्न सकिने ठूला खेल मैदान निर्माण गरिने नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले आवश्यकताका आधारमा स्थानीय तहमा रंगशाला र कभर्डहल तथा प्रत्येक वडामा खेल मैदान निर्माण गरिने, स्थानीयस्तरमा प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षण तथा प्रोत्साहन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो घोषणापत्रमा खेलकुद शीर्षकलाई अन्यको तुलनामा धेरै व्याख्या गरेको छ । उसले हरेक स्थानीय तहमा खेल मैदान निर्माणको सरकारी लक्ष्यलाई आफ्नो घोषणापत्रमा समावेश गरेको छ । त्यसबाहेक नगरपालिकामा कम्तिमा ३ तथा उपमहानगरपालिकामा कम्तिमा ५ सुविधासम्पन्न रंगशालामा निर्माण गरिने तथा महानगरपालिकामा कम्तिमा २/२ अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

जसपाले फरक क्षमता भएकाहरुलाई प्रोत्साहन र संरक्षणका लागि हरेक स्थानीय तहमा हरेक दुई वर्षमा खेलकुद प्रतियोगिता आयोजना गर्नेसमेत घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि केन्द्रीयस्तरमा घोषणापत्र सार्वजनिक गरेको छैन । सम्बन्धित स्थानीय तहको आवश्यकता र औचित्यअनुसार पालिकास्तरीय घोषणापत्र जारी हुने माओवादीले जनाएको छ ।



from Online Khabar https://ift.tt/Xf304jB

एसियाडको लागि साइक्लिङको प्रारम्भिक छनोट वैशाख १६ मा हुने

१४ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता यही बैक्काख १६ गते हुने भएको छ ।

नेपाल साइक्लिङ संघले मंगलबार सुचना जारी गर्दै एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको छनोट गर्न एक दिने प्रारम्भिक छनोट प्रतियोगिता हुने जनाएको छ ।

छनोट प्रतियोगिताको काठमाडौंको जगडोल, गोकर्णमा हुने संघले जनाएको छ ।

छनोट प्रतियोगितामा १३ औ दक्षिण एशियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, १३ औ दक्षिण एशियाली खेलकुद पछिका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता भइ पदक विजेता खेलाडीहरु, १३ औ दक्षिण एशियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू, रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १० औ स्थान सम्म रहेका खेलाडीहरुले भाग लिन पाउनेछन् ।

सम्पुर्ण छनौट राष्ट्रिय खेलकुद परिषद्को निर्देशन अनुसार हुने हनाले आवेदन प्राप्त भएपछि छनोट खेलको लागि अन्तिम सहभागिताको नामावली अनुसार खेलाडीहरूलाई सम्पर्क गरिने पनि संघले जनाएको छ ।

छनोट प्रतियोगितामा क्रिस कन्ट्री तर्फ पुरुष इलिट र  महिला तथा डाउन हिलतर्फ पनि पुरुष इलिट र महिला इलिट गरी कूल चार इभेन्ट समावेश गरिने संघले जनाएको छ ।



from Online Khabar https://ift.tt/hVJZquL

मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

१४ वैशाख, काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।



from Online Khabar https://ift.tt/xA0v9aN

च्याम्पियन्स लिग : सिटीले रियललाई ४-३ ले हरायो

१४ वैशाख काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४-३ ले पराजित गरेको छ ।

सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा गोलको वर्षा हुँदा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ ।

फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार टार्न पर्याप्त भएन ।

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने गाब्रीएल जेससले ११औं मिनेटमा अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ५३औं मिनेटमा फिल फोडेनले गोल गर्द सिटीलाई ३-१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए ।

गोलको श्रृंखला भने अझै रोकिएन । ७४औं मिनेटमा बर्नानर्डो शिल्भाले गोल गरेपछि सिटीले ४-२ को अग्रता बनायो । त्यसपछि ८२औं मिनेटमा रियलले पेनाल्टी पायो र बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को अवस्थामा पुर्‍याए । त्यसपछि थप गोल भएन र सिटी विजयी भयो ।



from Online Khabar https://ift.tt/EeyS8HW

6 हज़ार रुपये से भी सस्ता मिल रहा है Realme का 5000mAh बैटरी वाला शानदार फोन, मिलेगा बड़ा डिस्प्ले

ज्यादातर लोग फोन खरीदते समय अपने बजट को ध्यान में रखते हैं, और आपके साथ भा ऐसा है तो हम आपको एक ऐसी डील के बारे में बता रहे हैं जो कि काफी अच्छी साबित हो सकती है. सेल में रियलमी C20 को कम कीमत पर उपलब्ध कराया जा रहा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/pFilOMh

हुम्लाको नाम्खा गाउँपालिकामा दलित वडा सदस्यको उम्मेदवारी नै परेन

१४ वैशाख, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन ।

उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एकजनाको मात्रै उम्मेदवारी परेको छ ।



from Online Khabar https://ift.tt/3PUhOTW

अमेज़न पर जल्द शुरू होगी Summer Sale, 99 रुपये में कर पाएंगे शॉपिंग, ये हैं बेस्ट डील और ऑफर्स

सेल में blockbuster डील्स, 499 रुपये से कम की डील, अमेज़न कॉम्बो पर 40% की छूट, अमेज़न कूपन के ज़रिए ढेरों बचत भी की जा सकेगी. मिली जानकारी के मुताबिक सेल में टेक्नो के बेस्ट सेलिमग फोन पर 28% तक की छूट, LG प्रोडक्ट पर 35% का डिस्काउंट, intel पर 40% की छूट दी जाएगी.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/9B5qa2p

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा उक्लिएको हो । ८ खेल खेलेको राजस्थानको यो छैटौं जित हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले बैंग्लोरलाई १४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर ३ बल खेल्दै ११५ रन मात्रै बनायो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोडे, वानिन्दु हसरंगाले १८, साहबाज अहमेदले १७ र रजत पाटिदरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

राजस्थानका कुलदिप सेनले ४,  रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २  विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

राजस्थानका रियान परागले ५६ रन, कप्तान सन्जु सामसनले २७, रविचन्द्र आश्विनले १७ र दर्याद मिचेलले १६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

बैंग्लोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले समान दुई/दुई विकेट लिए ।

यो जितसँगै राजस्थान १२ अंकका साथ पहिलो स्थानमा छ । ८ खेल लेखेको राजस्थानले ६ मा जित र दुई खेलमा हार व्यहोरेको छ ।

राजस्थानभन्दा एक खेल कम खेलेको गुजरात टाइटान्सको पनि १२ अंक छ । तर, रन रेटका आधारमा दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/l2p7LiH

Monday, April 25, 2022

बेहद सस्ता मिल रहा है ‘सबसे पतला 5जी स्मार्टफोन’! मिलेगा 120Hz डिस्प्ले और 18W फास्ट चार्जिंग

फ्लिपकार्ट की इलेक्ट्रॉनिक सेल लाइव है. अगर आप भी कोई नया फोन खरीदने की प्लानिंग कर रहे हैं तो बता दें कि सेल में ‘सबसे पतले 5जी स्मार्टफोन’ पर डिस्काउंट मिल रहा है. इस फोन की सबसे खास बात इसका स्नैपड्रैगन 695 5G चिपसेट, 120Hz का रिफ्रेश रेट डिस्प्ले और ट्रिपल रियर कैमरा सेटअप है. आईए जानते हैं कैसे हैं इसके फुल स्पेसिफिकेशंस.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/m4tWVyw

तहसनहस सत्ता गठबन्धन

१३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए ।

सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए ।

अर्को महत्वपूर्ण महानगर हो, पोखरा । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे । तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न सकेन ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये दुईवटामा बाहेक तालमेल गर्न सकेन । मुस्ताङका केही वडामा बाहेक कुनै पालिकामा पनि गठबन्धन कायम रहेन । तनहुँका १० पालिकामध्ये ३ पालिकामात्रै गठबन्धन भएको छ ।

गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गबठन्धनभित्रका दलहरूले अर्को गठबन्धन बनाए । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा नै दलहरूले कतै एक्लाएक्लै त कतै त्यहीभित्रै उपगुट बनाएर उम्मेदवारी दर्ता गराए । उनको गृह जिल्ला डडेल्धुरामा नै दुईवटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । बाँकी पालिकामा गठबन्धनका दलहरूले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णय गरे ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा तीनवटा पालिकामा तीनवटा दलले र एक-एक पालिकामा दुई-दुई वटाले तालमेल गरे । सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिए । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिए । तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेनन् । परिणामतः सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ-आफ्ना उम्मेदवार उठाए । बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराए ।

दार्चुलामा गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरे । एकीकृत समाजवादीले भने दुईवटा पालिकामा मात्रै एक्लै उम्मेदवारी दर्ता गरायो । कञ्चनपुरमा गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । तर, कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दियो । माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकै एउटा नगरपालिकामा पनि उपप्रमुख पदमै बागी उम्मेदवारी पर्‍यो ।

प्रदेश १ र मधेशमा संकटग्रस्त

गठबन्धनभित्रको संकट प्रदेश १ र मधेश प्रदेशमा छरपस्ट भयो । प्रदेश १ का १४ वटा जिल्लामध्ये पाँच वटा जिल्लाका आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भयो ।

झापाका १५ मध्ये १० वटा पालिकामा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार उठाए । मोरङमा केन्द्रबाटै निर्णय भएको विराटनगर महानगरबाहेक अन्यत्र दलहरू एकमत हुन सकेनन् । मिक्लाजुङ र लेटाङमा माओवादी र कांग्रेसबीच मात्रै र सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच छुट्टाछुट्टै गठबन्धन बने ।

रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए

सुनसरीका दुई उपमहानगर धरान र इटहरीबारे गठबन्धनको केन्द्रबाटै निर्णय भएको थियो । तर, जिल्लाका अन्य पालिकामा भने दलहरूले एकले अर्कोलाई स्वीकार गर्न सकेनन् । खोटाङका १० पालिकामध्ये ६ वटामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै तालमेल भयो ।

समग्रमा प्रदेश १ का १३७ पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनबीच सहमति नभएपछि ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

मधेशमा त झन् केन्द्रबाटै सहमति गरिएका बाहेक स्थानमा दलहरू एक ठाउँमा नै उभिन सकेनन् । एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साह केन्द्रमा भएको निर्णय बाहेक अन्य स्थानमा तालमेल हुन नसकेको बताउँछन् । ‘कतै पनि तालमेल भएन,’ साहले भने, ‘सबैले आ-आफैं उम्मेदवारी दर्ता गरेका छन् ।’

पर्साको वीरगञ्ज महानगर, धनुषाको जनकपुर उपमहानगर र बाराको जितपुर सिमरामा केन्द्रबाटै टुंग्याइएका थिए । सर्लाहीको लालबन्दी नगरपालिकामा गठबन्धन गर्ने सहमति भयो तर कार्यान्वयन गर्दा दलहरू एक्लाएक्लै उम्मेदवारी दर्ता गर्न पुगे । पर्साको पर्सागढी नगरपालिकामा भने दलहरूले संयुक्त उम्मेदवार उठाउन सफल भए । यी बाहेक मधेसका अन्य पालिकामा भने सबैले एक्लाएक्लै उम्मेदवारी दिए ।

माओवादीका प्रदेश इञ्चार्ज साह मधेशले गठबन्धनको मर्म बझु्न नसकेको बताउँछन् । ‘गठबन्धनको मुलभूत आवश्यकता पनि मधेशले बुझेन,’ उनले भने, ‘यसको सैद्धान्तिक र व्यवहारिक कुरा पनि बुझेन ।’

निर्णयः नेताका एकथरी, कार्यकर्ताका अर्काथरी

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ताको अन्तिम दिन दिउँसोतिर गठबन्धनले प्रदेशस्तरमा गरेको सहमति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जसमा कांग्रेस नेता पूर्णबहादुर खड्काको जिल्ला सुर्खेत र अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको जिल्ला रुकुमबाहेक सबैतिरका लागि तयार पारिएको तालमेलको खाका समेटिएको थियो । उक्त विज्ञप्तिमा कुन पालिकामा कुन दलको उम्मेदवार के पदमा उठाउने भनेर उल्लेख थियो । तर, त्यसको केही घण्टा नबित्दै माओवादीकै जिल्लाका नेताहरूले पनि छयापछयाप्ती विज्ञप्ति सार्वजनिक गर्न थाले, गठबन्धन कायम नरहेको भन्दै । त्यसमध्येको एक थियो, सल्यानबाट माओवादीका नेता टेकबहादुर बस्नेतले सार्वजनिक गरेको विज्ञप्ति ।

शाहीले सार्वजनिक गरेको विज्ञप्तिमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सल्यानका कुन पालिकाका कुन पदमा उम्मेदवारी दिने भनेर तय गरिएको थियो । तर, बस्नेतले सार्वजनिक गरेको विज्ञप्तिमा सबै पालिकामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल भएको भनिएको थियो ।

नेता बस्नेतले अनलाइनखबरसँग किन गठबन्धनभित्र गठबन्धन गर्नु भएको ? भन्ने जिज्ञासामा ‘संस्थागत निर्णय सबैका लागि लागू नभएका कारण बाध्यता आइलागेको’ भनेर जवाफ दिए । उनले नेताहरूले आफ्नो स्वार्थ जोडिएका जिल्ला र पालिकामा तालमेल नगर्ने तर, कार्यकर्ताले दुःख गरेर बलियो बनाएका ठाउँमा गठबन्धन गरिदिनुपर्ने बाध्यता नरहेको बताए । बस्नेतले सल्यानबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेजस्तै विज्ञप्ति देशभरका विभिन्न जिल्लाबाट गठबन्धनका तल्लो तहका कमिटीले पनि गरे र उनीहरूले आफू अनुकूलको निर्णय गरे ।

एमालेसँग तालमेल गर्न गठबन्धनका दलहरूको हानथाप

गठबन्धनका दलहरूको विजोग देखाउने अर्को दृश्य हो एमालेसँगको तालमेल । जुन दललाई प्रतिगमनकारी भन्दै आफू सत्तामा आसिन छन् र जसका विरुद्ध गठबन्धन बनाएका छन् आन्तरिक संकटका कारण उसैसँग तालमेल गर्न पुगे । गठबन्धनका दलहरूले बरु ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने तर, एमालेसँग तालमेल नगर्ने भनेर केन्द्रबाट निर्देशन नै जारी गरेका थिए । तर सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे ।

त्यसमा पनि रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए ।

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले-माओवादी गठबन्धन हुन पुग्यो ।

गठबन्धनका साना दलले एमाले रोज्न थालेपछि प्रमुख दल कांग्रेसले पनि त्यही बाटो रोज्यो । चुनावी घोषणापत्रमा एमालेलाई भएभरको गाली गरेको कांग्रेसले सहयात्री दलहरूलाई मिलाउन नसकेर आफैं एमालेसँग तालमेल गर्न पुग्यो ।

रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भयो । पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे ।

भोजपुरको आमचोक गाउँपालिकाका वडामा कांग्रेसले एमालेसँग तालमेल गर्‍यो। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता शेरधन राईको घर रहेको उक्त गाउँपालिकामा एमाले र कांग्रेस मिलेर १० वटा वडा बाँडफाँट गरेका छन् । त्यसबाहेकका गाउँपालिकामा पनि कांग्रेसले एमालेसँग जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामासमेत तालमेल गरेको छ ।

 



from Online Khabar https://ift.tt/7IDHv6N

Facebook का सीक्रेट फीचर! आसानी से खत्म हो जाएगी आपकी सबसे बुरी आदत

फेसबुक ऐप का ये एक ऐसा फीचर है जिसकी ज़रिए आप अपने फेसबुक टाइम को आसानी से मैनेज कर सकेंगे, इस फीचर का नाम है.आइए आपको बताते हैं कि कैसे इस फीचर का इस्तेमाल किया जा सकता है, और कैसे आप अपने टाइम को खराब होने से बचा सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/8E52qmI

अन्ततः एलन मस्कले किने ट्वीटर

१३ वैशाख, काठमाडौं । विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो ।

सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’

यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।



from Online Khabar https://ift.tt/Mv9PT85

आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो

१३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

पन्जाबको जितमा शिखर धवनले अविजित ८८ रन योगदान गरे । धवन प्लेयर अफ द म्याच भए । यसैगरी भानुका राजपाक्षले ४२ र कप्तान मयंक अग्रवालले १८ रन जोडे ।

बलिङतर्फ ड्वेन ब्राभोले २ विकेट लिए ।

चेन्नईको सुरुवात राम्रो थिएन । फर्ममा देखिएका रोबिन उथप्पा यो खेलमा १ रनमै आउट भए । त्यसपछि ऋतुराज गायकवाडले ३० रन बनाए । ऋतुराज आउट भएपछि अम्बाती रायडुले कप्तान रविन्द्र जडेजासँग मिलेर स्थिति सम्हाल्ने कोसिस गरे । तर तीव्र गतीमा रन बटुल्न खोज्दा रायडु ७८ रनमा आउट भए । उनले ७ चौका र ६ छक्का प्रहार गरे । जडेजा २१ रनमा अविजित रहे ।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडा र ऋषि धवनले २–२ विकेट लिए ।



from Online Khabar https://ift.tt/TxJN4Qd

Sunday, April 24, 2022

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

१२ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ ।

ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो ।

अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो ।

घरेलु मैदानमा युरोपा लिगको क्वाटरफाइनलमा एनट्राट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि ला लिगामा काडिसँग पराजित भएको थियो ।

बार्सिलोनाको हारपछि अब लिग लिडर रियल मड्रिडलाई उपाधि जित्न १ अंक मात्र आवश्यक छ  ।

३३ खेलबाट रियल ७८ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रोमा छ ।



from Online Khabar https://ift.tt/RF23nya

मेयरका लागि आफूलाई आएको टिकट सहकर्मीलाई हस्तान्तरण

१२ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिकामा एमालेका एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।

एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे । तर शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ल (क्षितिज)लाई हस्तान्तरण गरेका हुन् । पूर्व माओवादी केन्द्रका मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् ।

यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे । तर आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।

‘मल्ल जी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियोे ।’ शर्माले भने,’ प्राविधिक कारणले मेरो नाममा टिकट आयो । अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु ।’



from Online Khabar https://ift.tt/jVzgZk9

कञ्चनपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

१२ वैशाख, महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

कञ्चनपुरका ९ मध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले र ४ स्थानीय तहको प्रमुख एकीकृत समाजवादीले पाउने गरी भागबन्डा गरेका छन् ।

माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ ।

हेर्नुस् सहमति-



from Online Khabar https://ift.tt/fSZjCqt

कैलालीमा गठबन्धनको भागबन्डा : कांग्रेस ७, माओवादी ४ र समाजवादीलाई २ पालिका

१२ वैशाख, धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । लामो प्रयासपछि आइतबार मध्यरातमा गठबन्धनबीच चुनावी तालमेलबारे सहमति जुटेको हो ।

सहमतिअनुसार १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ४ र नेकपा (एकीकृत समाजवादी) पार्टीले २ वटा पालिका पाउने भएको छ ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कांग्रेसले धनगढी उपमहानगरपालिकासहित लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका पाउने सहमति भएकमो जानकारी दिए ।

उनकाअनुसार माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा उम्मेदवार उठाउने सहमति भएको हो ।

यी पालिकाहरूमा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाउने ठाउँमा माओवादीले उपप्रमुख पाएको छ भने माओवादीले प्रमुख उठाएको ठाउँमा कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउनेछ तर एकीकृत समाजवादीलाई भने गोदावरी नगरपालिकामा मात्र उपप्रमुख दिइएको छ ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले जितेका वडामा कांग्रेसका उम्मेदवार र मओवादीले जितेका वडामा माओवादीका उम्मेदवार उठाउने सहमति भएको छ भने एकीकृत समाजवादीले एमालेबाट विभाजित भएर पाएका वडाहरू मात्र पाउनेछ ।

गत निर्वाचनमा एमालेले जितेका २४ वडामा भने तीन वटै दलले ८⁄८ का दरले लिने सहमति गरेका छन् ।

कैलालीमा सत्तारुढ गठबन्धनभित्रको भागबन्डा जिल्लास्तरीय नेतृत्वले टुंग्याउन नसकेपछि प्रदेशको जिम्मा दिइएको थियो । प्रदेश पनि लामो प्रयासपछि मात्र सहमति गरेको छ ।



from Online Khabar https://ift.tt/YmWAtE7

आज पनि मनोनयन दर्ता, उम्मेदवारको नामावली आजै प्रकाशन हुने

१२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो ।

आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।

७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।

मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन्  । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  तर, ठूला  दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

उम्मेदवारी दर्ताका क्रममा आचारसंहिताको पालनामा आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।



from Online Khabar https://ift.tt/2le8B0W

गोरखा भूकम्पको ७ वर्ष पूरा, चेतानामूलक कार्यक्रम गरिने

१२ वैशाख, काठमाडौं । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो ।

अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो ।

सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो ।

दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ । यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।



from Online Khabar https://ift.tt/eplCRzj

जीतपुरसिमरामा माओवादीविरुद्ध कांग्रेस, जसपा र जनमोर्चाको गठबन्धन

११ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ ।

माओवादी केन्द्रविरुद्ध सत्ता गठबन्धनकै तीन दलले मोर्चाबन्दी गरेपछि जितपुरसिमराको राजनीतिले नयाँ मोड लिएको छ ।

नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म विपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप अन्य दलहरुले लगाएका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधि बाहेक तीन दलबीच आइतबार बसेको बैठकले आपसी सहमतिमा छुट्टै मेयर उम्मेदवार उठाएर वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरेको छ ।

निर्णयबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, जसपा केन्द्रीय सदस्य भरत खड्का र जनमोर्चाका केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले विज्ञप्ती हस्ताक्षर गरेका छन् ।

जीतपुरसिमरा माओवादी केन्द्रको राम्रो पकड भएको उपमहानगरपालिका मानिन्छ । त्यसैले सत्ता गठबन्धनको केन्द्रमा बसेको बैठकले भागबण्डा गर्दा जितपुर सिमराको मेयर उम्मेदवार माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । तरमेयर पाउने पार्टीले सहमतिमा लचकता नदेखाएको भन्दै माओवादी केन्द्रविरुद्ध अन्य दलले गठबन्धन गरेका हुन् ।

‘मेयर पाउने पार्टीले बढी लचकता देखाउनुपर्नेमा गठबन्धनको भावना र शक्ती सन्तुलनको नियम विपरीत नेकपा माओवादीले आफ्नो गतिविधि बढाएकाले माओवादी बाहेकका गठबन्धनका अन्य दलले छुट्टै मेयरका उम्मेदवार खडा गरी प्रत्येक वडा तहसम्म गठबन्धन गर्ने निर्णय गरियो,’ विज्ञप्तीमा लेखिएको छ ।

केन्द्रबाट नै गठबन्धन भएकोले अन्य दलबाट मेयर पदको उम्मेदवारका लागि टिकट वितरण नहुनेमा माओवादी केन्द्र भने ढुक्क देखिन्छ ।

हेर्नुस् विज्ञप्ति-

 



from Online Khabar https://ift.tt/nHBrDIi

मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित

११ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरमा आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट उक्त संख्याका कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पसेको हो । आगलागीबाट विपतपुर मुक्त कमैया शिविरमा रहेका करीब ७१ वटा कच्ची घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको जोशीले जानकारी दिए ।

विपतपुर शिविरमा पुगेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीबाट ७० देखि ७३ घर जलेर पूर्ण रुपमा नष्ट भएको अनुमान गरिएको बताउँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त गर्न नसकिएको बताए ।

आगो निभाउन धनगढी उपमहानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि बेलुकासम्म पनि पूर्णरुपमा निभेको भने छैन ।

जोशीले शिविरमा भएको आगलागीबाट त्यहाँ बसोबास गर्दै आएका बालबालिका, वयस्क, वृद्धवृद्धा समेत गरेर विभिन्न उमेर समूहका करिब साढे तीन सय जना विस्थापित भएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा अस्थायी टेन्ट बनाएर विस्थापित भएकाहरुलाई राखिएको छ । कैलारी गाउँपालिकाको सहयोगमा खाना खुवाइएको छ ।



from Online Khabar https://ift.tt/zwC5Vl6

Saturday, April 23, 2022

बहुदलीय लोकतन्त्र होइन बहुदलीय शासन

हामी बहुदलीय लोकतन्त्रमा होइन, बहुदलीय शासनमा बाँचिरहेका छौं । दलहरू छन् तर तिनीहरूमाथि नागरिक नियन्त्रण देखिने गरी कमजोर भएको छ । दलीयताका आडमा लोकमाथि मनपरी गर्ने यो प्रणालीलाई कसैगरी पनि बहुदलीय प्रजातन्त्र भन्न मिल्दैन । यो त दलीयताको आड लिएर जनतामाथि मनपरी शासन लाद्ने एउटा पद्धति मात्रै हो, जसलाई संवैधानिक र कानूनी वैधता प्राप्त छ ।

दलहरूको आन्तरिक लोकतन्त्र हेरेर मुलुकको प्रजातान्त्रिक पद्धतिको मापन गरिन्छ । त्यसैले दलहरू लोकतान्त्रिक पद्धति चलायमान बनाउने इन्जिन पनि हुन् । तर, अहिले हाम्रा प्रमुख दलहरूको पहिचान भनेको तिनका प्रमुख नेताको अनुहार मात्रै हो । ती दलभित्र दीर्घकालीन महत्वका विषयमा गहिरोसँग छलफल हुँदैन, त्यहाँ प्रमुख नेतामाथि प्रश्न गरिंदैन । दलहरूभित्र आन्तरिक लोकतन्त्र भनेकै नेताको निगाहा हो भन्ने कति बलियोसँग झाँगिएको छ भने अहिले प्रमुख नेताका घर, बार्दली र बगैंचामा आशामुखी भएर बिहानदेखि लाइन बस्न नेता, कार्यकर्ता र अवसरका आकांक्षीलाई कुनै हीनताबोध हुँदैन ।

आठ महिनादेखि संसद अवरुद्ध छ । पटक–पटक समाप्त गर्न प्रयास गरेको सर्वोच्च जनप्रतिनिधि निकाय अदालती आदेश पछि पुनः अस्तित्वमा आएपछि पनि त्यसलाई अस्वीकार गर्ने क्रम आजसम्म जारी छ । जनताका सरोकारमा छलफल र संवाद गर्नुपर्ने मुलुककै यो उपल्लो थलो दलका सीमित नेताको बन्दी भएको छ । परिणामतः आज संसदमा कुनै राष्ट्रिय मुद्दामा बहस र छलफल छैन । छलफल, संवादमा रुचि नदेखाउने, सहभागी नहुने अनि हतार–हतारमा संसद समाप्त गर्ने र अध्यादेश जारी गरेर मुलुक चलाउने पटक–पटक यो सजिलो बाटो हिंड्न खोजिएको छ ।

संसदलाई निकम्मा बनाएपछि संवाद, छलफल र बहसको ठाउँ गालीगलौजले लिन थालेका छन् । टेलिभिजनका बुम पर्तिर बसेर फरक दलको नेतामाथि तथानाम बोल्नु लज्जाको विषय हुन छाडेको धेरै भयो । तर, देशका दुर्दिन चाँडै सकिने छाँट छैन भन्ने एउटा प्रमाण चाहिं– यसरी सुन्नै उदेक लाग्ने, असभ्य शैलीमा जथाभावी बोल्ने नेताको भाषणमा समेत ताली बजाउने मानिसहरू चाहिं समाजमा घटेका छैनन् ।

संसद विघटन संविधानमाथिको अतिक्रमण थियो भनेर अदालतले व्याख्या गरेपछि बनेको वर्तमान सत्ता–गठबन्धन सरकार पनि एकपछि अर्को ढंगले संविधान र लोकतान्त्रिक पद्धति माथि हस्तक्षेप गरिरहेको छ । अध्यादेशको शासन, मनपरी ढंगले संघ र प्रदेशमा मन्त्रिपरिषद विस्तार, सार्वजनिक संस्थाहरूमा आफन्तहरूको नियुक्ति जस्ता गैरलोकतान्त्रिक कृत्य माथि दलभित्र र सार्वजनिक वृत्तबाट भएको प्रश्नप्रति गठबन्धनलाई कुनै वास्ता छैन । हुँदाहुँदा अब विकासको इकाइका रूपमा संविधानले परिकल्पना गरेको स्थानीय तहमा कथित गठबन्धनका नाममा गर्न खोजिएको कब्जा अहिले कतिपयलाई प्रिय लागे पनि यसको असर वर्षौंपछि देखिनेछ । जनतालाई सेवा दिने घरदैलोको इकाइ भनेर परिकल्पना गरिएका अंगहरू राजनीतिज्ञको शक्ति मापनको साधनमा बदलिएपछि असंगतिहरू त देखिन्छन् नै ।

समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा लेख्न र कुनै अवसरमा चर्चा गर्न मात्रै ल्याइएको होइन, यो त नेपाली जनताको जीवन पद्धति हुनुपर्ने थियो ।

न्यायालय इतिहासकै सकसपूर्ण अवस्थामा छ । प्रधानन्यायाधीश पदलाई घर न घाटको बनाइएको छ । कार्यकारी अथवा शक्तिमा हुनेहरूले ज्यादती गरे मसँग स्वतन्त्र न्यायालय छ भन्ने आशा जब नागरिकमा कमजोर हुन्छ, उसमाथि भयले शासन गर्न थाल्छ । सक्षम र प्रभावकारी न्यायिक उपचार पद्धतिको अभावमा समाजमा पहुँच र प्रभाव नै सबैथोक हो भन्ने मान्यता स्थापित हुन्छ । सार्वभौम भनिएको नागरिक सबभन्दा निरीह हुनपुग्छ । जब वैधानिक पद्धतिबाट नै समाजमा शक्ति वा सत्ताको आडमा नबसे सुरक्षित भइँदैन भन्ने भावना विकास हुन्छ, त्यहाँ नागरिक सर्वोच्चता होइन, शक्तिको सर्वोच्चता कायम हुन्छ, अहिले मुलुकमा भएको त्यही हो ।

राजनीतिक दलहरूले निर्वाचन प्रणालीलाई शक्ति आर्जनको एउटा प्रक्रियाका रूपमा मात्रै बुझेका छन् । त्यसैले जुनसुकै हालतमा चुनाव जित्नुपर्ने दबावमा उनीहरू छन् । राजनीति भनेको निष्ठा, आस्था र समर्पण होइन, त्यो त शक्ति प्राप्त गर्ने स्रोत मात्रै भएको छ । शक्तिको असीमित चाहनाले गर्दा कार्यकर्ताहरू समेत दलको पकड बाहिर पुगेका छन् । त्यसलाई अहिले पैसाले प्रतिस्थापन गर्न खोजिंदैछ । नमिलेको त्यत्ति हो ।

निर्वाचनमा हारजित सामान्य कुरा हो । यो आफ्ना बाचाहरू माथि नागरिकको राय प्राप्त गर्ने आधिकारिक अवसर मात्रै हो । तर सिद्धान्तको राजनीति होइन, शक्तिको राजनीति हावी भएर हुनसक्छ चुनावलाई दलहरूले शक्ति कब्जा गर्ने एउटा वैधानिक बाटो हो भनेर बुझिरहेका छन् । अहिले भइरहेका नानाथरीका गठबन्धन यसैको उदाहरण मात्रै हो ।

जनताले विवेक प्रयोग गरेर फैसला दिने यो प्रक्रियालाई दूषित बनाउन अहिले तँछाडमछाड चलिरहेको छ । वर्षौंदेखि त्याग गरेको एउटा राजनीतिक कार्यकर्ताको भाग खोसेर नेतृत्वको स्वार्थ रक्षार्थ अर्को दलको उम्मेदवारलाई मौका दिने वा पार्टी प्रवेश गराउने काम भइरहेको छ । सत्ता स्वार्थमा राजनीति दुरुपयोगको योभन्दा लज्जास्पद उदाहरण अर्को के हुनसक्छ ?

समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा लेख्न र कुनै अवसरमा चर्चा गर्न मात्रै ल्याइएको होइन, यो त नेपाली जनताको जीवन पद्धति हुनुपर्ने थियो । तर, सत्तामा बस्नेहरूको अकर्मन्यताका कारण संविधानको यो गन्तव्य अलमलिने जोखिम बढ्दो छ । यसतर्फ, राजनीतिक दल र सरोकारवालाहरू गम्भीर बन्नु जरूरी छ । तर, तत्कालका गतिविधिले यसको संकेत गर्दैनन् ।



from Online Khabar https://ift.tt/sEnRpxl

29 अप्रैल से शुरू होगी 108MP वाले सैमसंग Galaxy M53 5G की बिक्री, मिलेंगे शानदार ऑफर

Galaxy M53 5G स्‍मार्टफोन मीडियाटेक के डाइमेंसिटी 900 प्रोसेसर से लैस है और 120Hz रिफ्रेश रेट के साथ 6.7 इंच के सुपर AMOLED+ डिस्प्ले को सपोर्ट करता है. इस फोन में आपको 108 मेगापिक्सल का कैमरा समेत कई शानदार फीचर्स देखने को मिलेंगे.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/lYuf81j

पीएसजी बन्यो फ्रेन्च लिग वान च्याम्पियन

११ j}शाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दश खेलाडीमा सिमिति लेन्ससँग १-१ को बराबरीमा रोकिए पनि पीएसजीले ४ खेल अगावै लिग उपाधि पक्का गरेको हो ।

यससँगै पीएसजीले सेन्ट एटिएनेसँगै सर्वाधिक १० पटक लिग उपाधि जित्ने कीर्तिमान पनि बराबरी गरेको हो ।

घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ८८ औं मिनेटमा लेन्सका लागि कोरेन्टिन जिनले बराबरी गोल गरे ।

५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो ।

बराबरीपछि पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ । दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक छ । मार्सेले बाँकी खेल जिते पनि पीएसजीलाई भेट्ने छैन ।



from Online Khabar https://ift.tt/kebuNhd

धमाल मचाने आ रहे हैं Vivo X80 सीरीज के स्मार्टफोन, लुक और फीचर बना देंगे दिवाना

Vivo X80 Pro को दो स्टोरेज वैरिएंट्स में लॉन्च किया जा सकता है जिसमें से एक स्नैपड्रैगन 8 जेन 1 SoC पर काम करेगा और दूसरा मीडियाटेक डायमेंसिटी 9000 SoC (MediaTek Dimensity 9000) पर चलेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/dzlp89T

रोल्पाली पोखरा त पुगे, फेरि थातथलो फर्किन सकेनन्

११ वैशाख, पोखरा । तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबीचको लडाइँका कारण गाउँमा बस्नै नसक्ने स्थिति आएपछि १२ वर्षकै उमेरमा रोल्पाबाट पोखरा आइपुगेका थिए, रमेश विक । उनी मजदुरी गरिरहेका गाउँलेको पछिपछि लागेर पोखरा आएको पनि ठ्याक्कै २८ वर्ष भइसकेको छ ।

तत्कालीन सशस्त्र जनयुद्धमा सबैभन्दा बढी प्रभावित हुने जिल्ला रोल्पा पनि हो । गाउँमा ‘स्वतन्त्र’ भएर बस्न सक्ने स्थिति थिएन । कि राज्य पक्षमा उभिनुपर्थ्यो कि संघर्षरत माओवादीको पक्षमा । दुवैतिर लाग्न नसक्नेहरू जन्मभूमि छोडेर हिंड्नुपर्ने अवस्था आयो ।

विक साथीहरूसँगै काम र चयन खोज्दै पोखरा त आए तर, पोखरा पनि सोचेजस्तो भएन उनलाई । पोखरामा पनि रोल्पा र रुकुमका मान्छेहरू देख्यो कि छिछि–दूरदूर गर्ने अवस्था थियो । ‘कोठा खोज्दा कोठा नपाइने, बल्लबल्ल पाए पनि जानै नसक्ने अवस्था थियो’ रमेश २०५० को दशकमा पुग्छन्, ‘रोल्पाको हो भन्ने थाहा पाएर सुरक्षाकर्मीले पुस–माघको जाडोमा नांगै उभ्याएका छन् । बोकेको खाना फालिदिएका छन् ।’

*****

निर्माण मजदुरीमै संलग्न रोल्पा जेलबाङका प्रसाद बुढामगर ‘सुन्दर’ले तत्कालीन दशवर्षे सशस्त्र जनयुद्धमा देब्रे आँखा गुमाए । २०५३ सालमा वर्षमान पुन ‘अनन्त’ र किमबहादुर थापाको कमान्डमा प्युठान लुङचौकी आक्रमण गर्ने क्रममा उनलाई तीन वटा गोली लागेको थियो ।

आँखा र कुममा गोली लागेपछि उनी ढले । ब्युँझदा पार्टीको उपचार कक्षमा आफूलाई घाइते पाएका थिए । ‘हेड क्वार्टरमा एक महिना बसेर लखनऊ (भारत) उपचार गर्न गएँ । त्यहाँ पनि नभए पनि दिल्ली गएँ । ९ महिनासम्म विभिन्न ठाउँको अस्पताल चहारियो’ मगर सम्झन्छन्, ‘तर, पुग्नुपर्ने ठाउँमा पुग्दा धेरै ढिलो भइसकेको रहेछ । एउटा आँखा गयो ।’ २०६१ सालमा उनी माओवादीको रोल्पा १० नम्बर एरिया इन्चार्ज थिए ।

प्रसाद २०६२ सालमा आँखाकै उपचार गर्न पोखरा आएका थिए । तर, यता आइसकेपछि उनी गाउँ फर्कन सकेनन् । मजदुरीतिर लागे । ‘गाउँमा धेरै विस्थापित भइसकेका थिए । गाउँमा बस्नेहरू त विपन्न वर्ग र केही बुढापाका मात्रै भए’ भन्छन्, ‘आफ्ना लागि भन्दा पनि छोराछोरीको भविष्य सोचेर यतै (पोखरा) बस्न थालियो । गाउँभन्दा केही सजिलो हुन्थ्यो ।’

व्यवस्था परिवर्तनका लागि भनिएको तत्कालीन विद्रोहको मोर्चा सम्हालेका रोल्पालीको नियति अहिले मजदुरीका लागि कि जिल्ला छोड्नुपर्ने कि खाडी मुलुक जानुपर्ने बाध्यता छ । प्रायः दाङ, बुटवल हुँदै पोखरा, बागलुङ, मुस्ताङ लगायतका गण्डकी क्षेत्रमा मजदुरी गर्न आउने रोल्पालीको ठूलो संख्या छ ।

जनयुद्धको उद्गम भूमि रोल्पाबाट पोखरा आएर मजदुरी गरिरहेका रमेश र प्रसाद प्रतिनिधि पात्र मात्रै हुन् । पोखरामा उनीहरू जस्तै ठूलो संख्या अहिले पनि मजदुर क्षेत्रमै कार्यरत छन्, जसमध्ये अधिकांश कुनै न कुनै तरिकाबाट युद्ध प्रभावित छन् । तत्कालीन समयतिर गाउँमा बस्नै नसकेपछि आफूहरू भागेर पोखरा आउनु परेको थवाङका पूर्णबहादुर बुढामगर सुनाउँछन् ।

रोल्पाबाट पोखरा आउने श्रृंखला २०४७/४८ बाट सुरु भएको भेटिन्छ । तर २०६३ सालदेखि उक्त संख्या एकदमै बढेर आएको बताउँछन्, रोल्पा पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष पूर्णबहादुर बुढामगर । ‘२०५० सालभन्दा अगाडि थोरै संख्यामा थिए । विस्तारै जनयुद्ध बढ्दै गएपछि पोखरा आउने पनि बढ्दै गए’, उनी भन्छन् ।

२०६३ सालदेखि पोखरामा रोल्पालीको एक्कासी आगमन बढ्नुमा मुख्यतः दुई कारण देख्छन्, प्रसाद बुढामगर ‘सुन्दर’ । पहिलोः जनयुद्ध कालमा सहरले रोल्पा, रुकुमका नागरिकलाई नस्वीकार्ने प्रवृत्ति । दोस्रोः जनयुद्धपछि सेवा–सुविधासहितको खोजीमा लाग्नुपर्ने बाध्यता । ‘२०६३ भन्दा अगाडि यहाँ आएका रोल्पालीहरू न गाउँ फर्कने अवस्था थियो न त यहाँ नै बस्न सक्ने अवस्था’, उनी सुनाउँछन् ।

२०६३ सालमा ११ जनाबाट सुरु गरेको रोल्पा–पोखरा सम्पर्क समाजमा अहिले ८६ परिवार संलग्न छन् । तर, यो संख्या समाजमा आवद्ध भएकाहरूको मात्रै हो । समाजसँग नजोडिएका हजारौंको परिवार पोखरामा रहेको समाजका निवर्तमान अध्यक्ष प्रसाद सुनाउँछन् । ‘थोरैलाई मात्रै एकीकृत गर्न सकेका छौं । पोखरामा कम्तिमा पनि दुई हजारदेखि २५ सयको हाराहारीमा रोल्पाली छन् । उनीहरू सबैको मुख्य पेशा नै मजदुरी हो’, उनी भन्छन् ।

व्यवस्था परिवर्तनका लागि भनिएको तत्कालीन विद्रोहको मोर्चा सम्हालेका रोल्पालीको नियति अहिले मजदुरीका लागि कि जिल्ला छोड्नुपर्ने कि खाडी मुलुक जानुपर्ने बाध्यता छ । प्रायः दाङ, बुटवल हुँदै पोखरा, बागलुङ, मुस्ताङ लगायतका गण्डकी क्षेत्रमा मजदुरी गर्न आउने रोल्पालीको ठूलो संख्या छ ।

गण्डकी प्रदेशमा रोल्पालीहरू मजदुरीसँगै दुर्घटनामा ज्यानसमेत गुमाउनुपर्ने बाध्यता छ । २०७५ असार २३ मा मुस्ताङमा टिप्पर दुर्घटना हुँदा २० जनाको एकै चिहान भयो । मुस्ताङको स्याङबोचेमा मजदुरी गर्ने उनीहरूमध्ये ९ जना रोल्पाका मात्रै थिए । मृत्यु हुनेमा रोल्पाको सुनछहरी र थवाङ गाउँपालिकाका युवायुवती थिए ।

२०७८ साउन ५ गते बागलुङको गलकोट नगरपालिकामा विषादीयुक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भयो । मृत्यु हुने सबै रोल्पाका र उनीहरू त्यहाँ मजदुरी गर्न पुगेका थिए । फागुन १९ गते मात्रै पोखरामा भएको ट्याक्टर दुर्घटनामा रोल्पाकै १९ वर्षीय हरि बाँठामगरले ज्यान गुमाए । संस्थासँग यकिन तथ्यांक छैन । तर बर्सेनि पोखरा लगायत क्षेत्रमा दुर्घटनामा रोल्पालीहरूले ज्यान गुमाइरहेको अध्यक्ष स्वीकार्छन् ।

दशवर्षे लामो संघर्ष, शान्तिप्रक्रियापछि स्थापना भएको लोकतन्त्रले के परिवर्तनको आभास गर्न पाइएको छ त ? प्रसादको जवाफ छ, ‘मुट्ठीभरका लागि लोकतन्त्र आयो । युद्ध लड्यौं । अंगभंग भयौं । तर, हामीलाई बिहान दिउँसो उही पाखुरा ठटाउँदै ठीक छ ।’

कम्युनिस्ट लालकिल्ला भनेर चिनिएको थवाङबाट रोल्पा मजदुरी गर्न आएका पूर्णबहादुर बुढा आफूलाई अहिले ‘बाहिरको माहोल’ बुझ्ने फुर्सदसमेत नहुने बताउँछन् । ‘हामी अहिले पनि त्यही काम गरेर खाने हो । बाहिर के हुँदैछ । के दिवस हो ? के हो ? अहिले त वास्तै लाग्न छाड्यो’, उनी भन्छन् ।

प्रत्यक्ष जनयुद्धमा लागेर पोखरा आइपुगेका कतिपय रोल्पालीलाई गणतन्त्रको अनुभूति त परै जावोस्, अर्थसमेत थाहा छैन । आफूहरू लडेको भए पनि अहिले केका लागि भन्ने नै बिर्सिसकेको उनीहरू बताउँछन् । रोल्पाबाट पोखरा आएका मजदुरलाई कामकै पिरलो छ । ‘उहिले त्रासमा बाँचियो । लोकतन्त्र पछि पनि हामीलाई कामकै पिरलो, ज्यालाकै पिरलो हुन्छ’, पोखराको एक दोहोरी साँझमा काम गरिरहेका जेलबाङका रमेश बुढामगरको गुनासो छ ।

समय अहिले धेरै अगाडि बढिसकेको छ । २०६२/६३ को जनआन्दोलन सफल भएर देशमा लोकतन्त्र आएको पनि १५ वर्ष पुग्यो । तर, जनताले भोग्नुपर्ने नियति भने फेरिएको छैन । ‘उहिले पनि कामका लागि साहुहरूलाई जी–हजुरी गर्नुपर्थ्यो । अहिले पनि त्यही छ । गणतन्त्र आएर पनि के फरक छ र ?’ रमेश विक गुनासो गर्छन्, ‘महँगी बढ्याबढ्यै छ । छरछिमेकमा विभेद उस्तै छ ।’

गणतन्त्र स्थापनापछि केही नभएको भने होइन । प्रसादको बुझाइमा व्यवस्थामा ठूलो परिवर्तन आइसकेको र नीतिगत तह भ्रष्ट हुँदा मात्रै व्यवस्थामाथि प्रश्न उठेको हो । ‘पहिले कहाँ बोल्न पाइन्थ्यो र ? अहिले पाइन्छ । संघीयता आयो । विकास पनि थुप्रै भयो । सही बेलाको क्रान्ति थियो त्यो,’ उनी भन्छन्, ‘केही नेताहरू बिग्रिए भन्दैमा व्यवस्थाप्रति नै प्रश्न उठाउनु पनि गलत हो ।’



from Online Khabar https://ift.tt/fpoul5I

Friday, April 22, 2022

उम्मेदवार टुंग्याउन मध्यरातसम्म बसेको कांग्रेस शीर्ष नेताको बैठकमा सहमति जुटेन

१० वैशाख ,काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठकले कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकिएको छ ।

शुक्रबार मध्यरातसम्म बसेको बैठकमा नेताहरूले आ-आफ्नो पक्षका सिफारिस नाममा अडान लिएका थिए । काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले बताए ।

विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘शेखरले नागेश नै उठाउने अड्डी लिनुभयो । कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिनुभएको छ’ ती नेताले भने,’सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिनुभएको छ ।’ विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

भरतपुरको उपमेयरका करिब सहमति जुटेको छ । दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी नेताले बताए । एक नेताका अनुसार मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको मेयर बनाउन सक्रियता देखाएका छन् ।

पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन ।

शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो ।

शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो ।

शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ ।

सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीन/तीन उम्मेदवार परेका छन् ।

कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।



from Online Khabar https://ift.tt/XDxBodS

कमाल का फोन है OnePlus 10R 5G, मिलेगी दो तरह की फास्ट चार्जिंग सुविधा

वनप्लस 10आर 5जी के बारे में कहा जा रहा है कि यह फोन चीन में लॉन्च हुए OnePlus Ace 5G का ही बदला हुआ नाम है. वनप्लस का कहना है कि यह फोन दो फास्ट चार्जिंग वैरिएंट्स में आएगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/pdiX48W

जिममा होइन भान्सामा बन्छ सुगठित शरीर

‘एब्स आर मेड इन द किचेन, नट द जिम ।’

तपाईं चाहे तर्तरी पसिना चुहाउनुहोस् वा कडा व्यायाम गर्नुहोस् । बेतोडले दौडनुहोस् वा बेपत्तासँग उफ्रनुहोस् । तर, पुट्ट पेट घट्दै घटेन । के गर्नुहुन्छ ? उपाय छैन ।

पुट्ट पेट अर्थात् रोगको घर । भद्दा ज्यान । अशोभनीय शरीर । धेरैको लागि टाउको दुखाइको विषय हो यो । आखिर किन यस्तो हुन्छ ? जगजाहेर छ, अस्वस्थकर खानपान र ऐस-आरामको जीवन ।

जब शरीरमा बोसो जम्न थाल्छ, अस्वाभाविक पेट उछिट्टएिको देखिन्छ, हिंडडुल गर्दा स्वाँ-स्वाँ हुनथाल्छ तब मान्छेहरू जिम धाउने सुरसार गर्छन् । जिममा पुगेपछि आफ्नो समस्या ‘छुमन्तर’ हुन्छ भन्ने ठान्छन् । त्यसैले उनीहरू भनिरहेका हुन्छन्, ‘पन्ध्र दिनमा पेट घटाइदिनुपर्‍यो ।’

प्रकाश केसीकहाँ पनि अक्सर यस्तै मान्छेहरू ठोक्किन आइपुग्छन्, जो मोटोपनले सताइएका छन् । हात-खुट्टा लिखुरे हुन्छ, तर पेट बडेमाको । कसरी पेट घटाउने ? कसरी हात-खुट्टाको मांसपेशी बढाउने ? कसरी सुहाउँदो देखिने ? कसरी सुगठित ज्यान बनाउने ? प्रकाश सधैं यस्तै प्रश्नहरूको घेराबन्दीमा हुन्छन् ।

भनिहालौं, प्रकाश केसी अनुभवी जिम प्रशिक्षक हुन् । यसबाहेक पनि उनको खास परिचय छ । यद्यपि अहिले यसलाई एकछिन थाती राखौं । किनभने यहाँ जिमको चर्चा जो गरिंदैछ ।

प्रकाशको लाजिम्पाटस्थित ‘डि्रम्स फिटनेस स्टुडियो’ छ, जहाँ खासगरी गन्यमान्य व्यक्तिहरू भद्दा ज्यानलाई तह लगाउन पुग्ने गर्छन् । कतिपय चाहिं ज्यानलाई सुगठित बनाउने ध्येयले पुग्ने गर्छन् । रेखा थापादेखि इन्दिरा जोशीसम्म, ऋषि धमलादेखि आकाश श्रेष्ठसम्म यो सूचीमा सामेल छन् ।

तर, फिटनेस स्टुडियोमा आउने सबैको लागि एकैनासको सुझाव हुन्न, प्रकाशको । किन ? ‘उनीहरूको आवश्यकता फरक हुन्छ । कसैलाई पेट घटाउनुपर्ने हुन्छ, कसैलाई मांसपेशी बनाउनुपर्ने’ प्रकाश सुनाउँछन्, ‘कुन प्रयोजनको लागि आउने हो, त्यसै अनुरूप भिन्न भिन्नै ट्रेनिङ गराइन्छ ।’ यी त आधारभूत कुरा भए । त्यसबाहेक उनीहरूको शरीरको अवस्थितिले पनि कस्तो ट्रेनिङ गर्ने भन्ने कुरा निर्धारण गर्छ । यसका लागि दक्ष फिटनेस ट्रेनरसँग ‘बडी एनाटोमी’ अर्थात् शरीरको रचना विज्ञानबारे ज्ञान हुनुपर्छ ।

शरीर विज्ञान अनुरूप व्यायाम

‘सबैको शरीरको रचना विज्ञान एकै किसिमको हुँदैन’ प्रकाश भन्छन्, ‘त्यसैले कसलाई कस्तो ट्रेनिङ गराउने भन्ने आधार उनीहरूको मेडिकल हिस्ट्री हेरेर निर्धारण गरिन्छ ।’

कतिपयलाई मधुमेहले ग्रस्त बनाएको हुनसक्छ, कतिपयलाई उच्च रक्तचापले । कतिलाई कोलेस्ट्रोलले सताएको हुनसक्छ, कतिलाई थाइराइडले । विद्यमान स्वास्थ्य समस्या अनुरूप कस्तो ट्रेनिङले ज्यानलाई ‘फिट एन्ड फाइन’ बनाउँछ भन्ने कुरा निर्क्योल गर्नुपर्ने हुन्छ ।

‘त्यसपछि मान्छेको उमेर र स्थिति हेर्नुपर्छ’ प्रकाश भन्छन्, ‘मस्त जवान र वयस्क व्यक्तिका लागि गराइने ट्रेनिङ फरक हुन्छ ।’ धेरैलाई लाग्न सक्छ, जिम भनेको नव-जवानहरूको लागि हो । तन्नेरीहरू आफ्नो ज्यान सुगठित बनाउन जिम धाउँछन् । तर, त्यस्तो हुँदै होइन ।

प्रकाशकहाँ अहिले पनि यस्ता व्यक्ति जिमका लागि आइरहेका छन्, जसको उमेर ७० वर्ष उकालो लागिसक्यो । चाहे उमेरले पाकिसकेको होस् वा दीर्घ रोगले गाँजिसकेको, सबैका लागि जिम उपयोगी हुन्छ । फरक यति मात्र हो, उनीहरूका लागि कस्तो ट्रेनिङ उपयुक्त हुन्छ भन्ने टुंगो गर्न सक्नुपर्छ । यसका लागि प्रमाणित र अनुभवी प्रशिक्षकको खाँचो हुन्छ ।

‘जिमको ध्येय पेट घटाउनु मात्र होइन’ प्रकाश सुनाउँछन्, ‘खासमा त शरीरलाई लचिलो, तन्दुरुस्त र फूर्तिलो बनाउनु हो । समग्रमा स्वास्थ्य मापदण्ड अनुरुपको शरीर बनाउनु हो ।’ तर, यसका लागि जिम मात्र काफी छ त ? ‘छैन’ प्रकाश संक्षिप्तमा भन्छन्, ‘खासमा त खानपान प्रमुख कुरा हुन् ।’

प्राकृतिक रूपमा हाम्रो शरीरको एक निश्चित ढाँचा हुन्छ । स्वास्थ्यप्रति सतर्क एवं सजग व्यक्तिको शरीरको ढाँचा सधैं एकनास हुन्छ । तर, खराब जीवनशैली र खानपानको कारण भित्री अंगहरूले सही रूपमा कार्य सम्पादन गर्न सक्दैनन् । अतिरिक्त खाना बोसोको रूपमा भण्डारण हुन्छ । त्यसपछि शरीर जस्तो हुनुपर्ने, त्यस्तो रहँदैन । अर्थात् भद्दा वा असुहाउँदिलो हुनसक्छ ।

‘अहिले हामी सिक्स प्याक एब्सको कुरा गर्छौं’ प्रकाश भन्छन्, ‘त्यो पछि बनाउने होइन । हाम्रो शरीरमा यथावत् हुन्छ ।’ तर, बोसो जम्दै जाँदा त्यो बनौट पुरिंदै जान्छ । धेरैजसो ‘सिक्स प्याक एब्स’ बनाउने भन्दै जिम धाउँछन् । ‘सिक्स प्याक एब्स जिममा होइन, भान्सामा बनाउने हो’ प्रकाश यसै भन्छन् ।

सही खानपान पहिलो शर्त

सुगठित शरीर बनाउनका लागि जिम धाएर मात्र पुग्दैन । तपाईं जतिसुकै जिम धाउनुहोस् वा व्यायाम गर्नुहोस्, खानपान शैली अनुशासित भइदिएन भने ती सबै बेकार छन् ।

‘फिटनेसका लागि आउनेलाई उनीहरूको आवश्यकता हेरेर डाइट चार्ट बनाइदिन्छौं’ प्रकाश भन्छन्, ‘त्यही अनुसार सर्वप्रथम उनीहरूले खानपान व्यवस्थित गर्नुपर्छ ।’

शरीरले राम्ररी कार्य सञ्चालनको लागि सम्पूर्ण पोषणको जरुरत हुन्छ । अधिकांश पोषकतत्वको स्रोत खाना नै हो । तर, कस्तो खाना ?

ताजा अनि सन्तुलित । भिन्नभिन्नै खानेकुराबाट भिन्नभिन्नै पोषकतत्व प्राप्त हुन्छ । यसरी खानेकुरामा विविधता हुन जरूरी छ । ‘पोषणविद्ले जस्तै खानपानबारे विस्तृतमा भन्न मिल्दैन’ प्रकाश भन्छन्, ‘तर सामान्यतः कस्तो खानपान गर्ने भन्ने कुराको हामीसँग जानकारी हुनुपर्छ ।’

स्वस्थकर, सन्तुलित, ताजा, पोषिलो खानाले नै शरीर बलियो अनि सुगठित बन्ने हो ।

जरूरी छ कार्बोहाइड्रेड

‘हाइ प्रोटिन, गुड फ्याट, लो कार्बोहाइड्रेड, गुड फ्याट, हाइ फाइबर !’ प्रकाशको बुझाइमा खानपानको मोटामोटी सूत्र यत्ति हो ।
मांसपेशी, हड्डी, जोर्नी बलियो अनि चुस्त बनाउनका लागि शरीरमा प्रोटिन जरूरी हुन्छ । प्रोटिनको मूल स्रोत माछामासु, अन्डा, गेडागुडी र दुग्धजन्य परिकार हुन् । कडा शारीरिक व्यायाम वा काम गर्नेले पर्याप्त प्रोटिन लिनैपर्छ ।

फ्याट अर्थात् बोसो । धेरैमा के भ्रम छ भने, बोसो खाएपछि मोटोपन बढ्छ । जबकि बोसो र मोटोपनबीच खास सम्बन्ध छैन । बोसो शरीरका लागि नभई नहुने तत्व हो । खासगरी अनस्याचुरेटेड फ्याट शरीरका लागि आवश्यक हुन्छ । शरीरलाई क्रियाशील बनाइराख्न बोसो जरूरी हुन्छ । यस किसिमको बोसोले मस्तिष्क, नसामाथि हुने पातलो झिल्लीको रूपमा काम गर्छ । साथसाथै हर्मोनलाई सन्तुलित राख्न पनि सहयोग गर्छ । बदाम, ओखर, कटुस, जैतुनको तेल आदिमा अनस्याचुरेटेड फ्याट मिल्छ ।

कार्बोहाइड्रेडबारे समाज भ्रमित छ । एकथरी छन्, जसले कार्बोहाइड्रेडको कुप्रचार गरेका छन् । यो खानै हुन्न, यसले मोटोपन बढाउँछ भनेर । जबकि स्वस्थ र तन्दुरुस्त शरीरका लागि कार्बोहाइड्रेड अत्यावश्यक छ । जबकि, शरीरमा शक्तिको मुख्य स्रोत नै कार्बोहाइडे्रड हो । चामल एवं अन्न, आलु आदि कार्बोहाइडे्रडका राम्रा स्रोत हुन् । ‘कार्बोहाइडे्रड खानै हुन्न भन्ने भ्रम व्याप्त छ’ प्रकाश भन्छन्, ‘तर, शरीरमा ऊर्जा प्रदान गर्ने नै कार्बोहाइड्रेडले हो ।’

फिटनेस ‘छुमन्तर’ होइन

व्यायाम र खानपानको समुचित तालमेलले शरीरलाई सुगठित बनाउन सकिन्छ । प्रकाशको अनुभवले पनि यसै भन्छ ।

जिम धाउनासाथ पेट स्वाट्टै घट्छ । मांसपेशी बलियो हुन्छ । ज्यान सुगठित हुन्छ । यस्तै धारणा व्याप्त छ, समाजमा । ‘तर, यो हतारमा हुने वा आजको भोलि नै आउने परिवर्तन होइन’ प्रकाश भन्छन्, ‘यसका लागि एउटा लामो प्रक्रिया हुन्छ । धैर्य चाहिन्छ ।’

आफ्नो शरीरको रचना विज्ञान, अवस्थिति, उमेर आदि अनुसार निश्चित ट्रेनिङ निर्धारण गरिन्छ । सोही बमोजिम नियमित ट्रेनिङ गरेपछि शरीरले स्वास्थ्य मापदण्ड अनुरूप आकार ग्रहण गर्छ । यस्तो शरीर, जुन हेर्नमा छरितो, सुगठित र सुहाउँदो हुन्छ ।

दुब्लाउने कि फिट एन्ड फाइन रहने ?

अहिले खुलेआम विज्ञापन गरिन्छ, ‘पन्ध्र दिनमै पेट घटाइन्छ वा मोटोपन नियन्त्रण गरिन्छ ।’ तर, कति तौल घटाउने ? कसरी मोटोपन नियन्त्रण गर्ने ? यसको कुनै एकसूत्रीय तरिका हुँदैन ।

शरीरको उचाइ र बनौट अनुसार उसको तौल निर्धारण हुन्छ । यसर्थ स्वास्थ्य मापदण्ड अनुरुप सोही तौल कायम राख्नु उचित हो । तर, यहाँ मोटोपन घटाउने चक्करमा मान्छेको खानामा कटौती गरिन्छ । कडाभन्दा कडा शारीरिक व्यायाम गराइन्छ । केही समयमै मान्छेको तौल पनि घट्छ । तर, यसरी तौल घटाउँदा उनीहरू स्वस्थ र तन्दुरुस्त हुँदैनन् । दुब्लो एवं खिंगि्रङ्ग हुन्छन् ।
अहिले शहरमा यसरी नै मोटोपन घटाउने व्यापार चम्किएको छ । यसले मान्छेलाई निरोगी होइन, बरु कमजोर, शक्तिहीन र चमकरहित बनाइदिन्छ । तौल घटाउनु र शरीरमा लागेको बोसो तत्व घटाउनु यी दुई भिन्न कुरा हुन् ।

मोटोपन घटाउने वा तौल नियन्त्रण गर्ने एउटा व्यवस्थित प्रक्रिया हुन्छ । यस प्रक्रिया अन्तर्गत तौल वा मोटोपन नियन्त्रण गरिरहँदा शरीरमा ऊर्जा, चमक, जोश कायम रहन्छ ।

‘बोसो घटाएर मांसपेशी बढाउनु एकदमै महत्वपूर्ण हुन्छ’ प्रकाश भन्छन्, ‘तर धेरैले यस्तो विधि अपनाउने गर्दैनन् ।’

जथाभावी व्यायाम गर्दा वा खाना छाड्दा शरीरमा भएको पानीको मात्रा कम हुन्छ, मांसपेशी घट्छ । तर, बोसो घट्दैन । ‘यो एकदमै गलत र हानिकारक तरिका हो’, प्रकाश भन्छन् ।

सही ढंगले तौल नियन्त्रण नगर्दा शरीर कमजोर हुन्छ, अनुहार वा छालाको चमक हराउँछ, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले तनाव, बेचैनी, अनिद्रा जस्तो समस्या हुन्छ ।

स्वस्थ डाइट प्लान

शरीरलाई चुस्त र तन्दुरुस्त बनाउन खानपानमै ध्यान दिनुपर्छ । यसका लागि खानपानको सही तालिका तय गर्नुपर्छ । सामान्यतः दिनमा चार पटक खानु उचित हुन्छ । ३-४ घण्टाको अवधिमा ठोस खानेकुरा खानुपर्छ । यसबीचमा पानी वा फलफूल खान सकिन्छ । यसमा पनि स्याउ सर्वोत्तम हुनसक्छ ।

सन्तुलित र पोषिलो आहारले नै तन्दुरुस्त शरीर पाउन सकिन्छ । यसले तनावमुक्त पनि राख्छ । जब तनाव हुँदैन निद्रा राम्ररी लाग्छ । जब गहिरो निद्रा सुतिन्छ, शरीर ताजा र फूर्तिलो हुन्छ ।

‘खाना एकदमै चपाएर खानुपर्छ, जसले गर्दा सजिलै पचाउन सकियोस्’, प्रकाश भन्छन् ।

१५ वर्षको उमेरदेखि कठोर र अटुट साधना

१५ वर्षको कच्चा उमेर । दाइहरूको लहडमा लागेर जिम धाए, प्रकाश केसी । सुगठित ज्यानप्रति उनको विछट्टै आकर्षण जाग्यो । उनी आफ्नो शरीरलाई सोही अनुरूप बनाउने यत्नमा रहे ।

‘तर, त्यसबेला जथाभावी ट्रेनिङ गरियो’ उनी सुनाउँछन्, ‘यसको असर अहिले पनि भोगिरहेको छु ।’

त्यो कलिलो उमेरदेखि उनमा जिमप्रति जुन मोह जाग्यो, त्यसले समग्र जीवन भने लाभान्वित भयो । त्यही उमेरमा उनले बोध गरे, अनुशासित जीवनशैली । खानपान होस् वा दिनचर्या, सकेसम्म सन्तुलन मिलाइरहे । नतिजा, ४५ वर्षको उमेरसम्म उनलाई कुनै रोगले छुनसकेको छैन । बिरमी भएर अस्पताल गएका छैनन् ।

‘म आफैंमा एक प्रयोगशाला हुँ’ उनी सुनाउँछन्, ‘सही खानपान र सन्तुलित दिनचर्या नै सर्वोत्तम जीवनको खुराक रहेछ ।’



from Online Khabar https://ift.tt/MsHE8ez