१२ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ ।
ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो ।
अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो ।
घरेलु मैदानमा युरोपा लिगको क्वाटरफाइनलमा एनट्राट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि ला लिगामा काडिसँग पराजित भएको थियो ।
बार्सिलोनाको हारपछि अब लिग लिडर रियल मड्रिडलाई उपाधि जित्न १ अंक मात्र आवश्यक छ ।
३३ खेलबाट रियल ७८ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रोमा छ ।
from Online Khabar https://ift.tt/RF23nya
No comments:
Post a Comment