Tuesday, April 12, 2022

बेन्जेमा निर्णायक बन्दा रियल सेमिफाइनलमा, दोस्रो लेग जितेर पनि चेल्सी बाहिरियो

३० चैत, काठमाडौं । फरवार्ड करिम बेन्जेमा फेरि एक पटक निर्णायक बन्दा साविक विजेता चेल्सीलाई समग्रमा ५-४ ले हराएर स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमै भएको खेलमा रियल चेल्सीसँग ३-२ ले पराजित भयो । तर पहिलो लेगमा प्राप्त ३-१ को जितले गर्दा रियल समग्रमा ५-४ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

पहिलो लेगमा चेल्सीविरुद्ध उसैको मैदानमा ह्याट्रिक गरेका बेन्जेमा स्कोर बराबरी भएको अवस्थामा अतिरिक्त समयमा निर्णायक गोल गरेका हुन् ।

पहिलो लेगमा दुई गोलले पछि परेपछि चेल्सीका लागि सेमिफाइनल पुग्न ठूलो चुनौती तेर्सिएको थियो ।

यद्यपि दोस्रो लेगमा चेल्सीले सुरुवात पनि शानदार नै गरेको थियो । लगातार तीन गोल गरेको रियलले खेलको अन्तिमतिर एक गोल खाँदा खेल हतिरिक्त समयमा पुगेको थियो ।

मासन माउन्टले १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । एन्टोनी रुडिगरले ५१औं र टिमो बर्नरले ७५औं मिनेटमा गोल गरेपछि चेल्सीले ३-० को अग्रता बनाउँदै समग्रमा पनि ४-१ को अग्रता लिएको थियो । तर अन्तिम १० मिनेट चेल्सीले अग्रता कायम राख्न सकेन । ८०औं मिनेटमा रोड्रिगोले गोल गरेपछि रियल खेलमा फर्कियो र स्कोर समग्रमा ४-४ को बराबरी अवस्थामा पुग्यो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयम थप गरियो । जहाँ फेरि बेन्जेमाको जादुर चल्यो । उनले ९६औं मिनेटमा भिनिसिय जुनियरको पासमा गोल गरेपछि रियल समग्रमा जित निकालन सफल भयो ।

दोस्रो लेग ३-२ ले जितको बाबजुत पनि साविक विजेता चेल्सी भने बाहिरियो ।



from Online Khabar https://ift.tt/tzOuKpG

No comments:

Post a Comment