Sunday, April 17, 2022

बायर्न बुण्डेसलिगा उपाधि नजिक

५ वैशाख, काठमाडौं ।  बुण्डेसलिगा लिडर बायर्न म्युनिखले आइतबार रेलिगेसन जोनमा रहेको अर्मिनिया बेलेफिल्डलाई ३-० ले पराजित गर्दै लिगमा ९ अंकको अग्रता कायम गरेको छ । यस जितपछि बार्यन लिगको उपाधि नजिक पुगेको छ ।

बायर्नका लागि सर्ज जिनाब्री र जमल मुसिएलाले एक एक गोल गरे । अर्मिनियाका ज्याकोब बारेटल लाउरसेनले आत्मघाती गोल गरेका थिए ।

भियारियासँग पराजित हुँदै अप्रत्यासित रुपमा च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न लगातार १०औं पटक लिग उपाधि जित्ने संघारमा छ ।

लिगमा चार खेल बाँकी रहँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि ९ अंकको अग्रता बनाएको हो ।

अब अर्को साता डर्टमण्डविरुद्धको खेलपछि नै बायर्नले उपाधि जित्न सक्नेछ । डर्टमण्डविरुद्ध जित निकाले बायर्नले तीन खेल अगावै लिग उपाधि जित्नेछ ।



from Online Khabar https://ift.tt/tqnOJWF

No comments:

Post a Comment