Monday, April 11, 2022

बाघको आक्रमणबाट एक जनाको मृत्यु

२९ चैत, वीरगञ्ज । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको हो ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए ।

बाघले उनलाई  एक्कासी आक्रमण गरेको थियो ।  बाँकी तीन जना साथीहरूले हो-हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनीहरूले बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।



from Online Khabar https://ift.tt/Kw1LFxG

No comments:

Post a Comment