Sunday, April 17, 2022

बेन्जेमाले इन्जुरी टाइममा गोल गरेपछि रियलको जित

५ वैशाख, काठमाडौं । करिम बेन्जामाले इन्जुरी टाइममा गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा सेभियामाथि शानदार पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै सेभियालाई ३-२ ले पराजित गरेको हो ।

रियलको जितमा नायक बनेका बेन्जेमाले इन्जुरी टाइममा निर्णायक गोल गरे ।

घरेलु मैदानमा इभान राकिटिकले २१औं र एरिक लामेलाले २५औं मिनेटमा गोल गरेपछि सेभियाले आधा घण्टाभित्र २-० को अग्रता बनाएको थियो । तर दोस्रो हाफमा रियल खेलमा फर्कन सफल भयो । रोड्रिगोले ५०औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । ८२औं मिनेटमा नाचो फर्नान्डेजले गोल गरेपछि रियलले खेल २-२ को अवस्थामा पुर्‍यायो ।

त्यसपछि उत्कृष्ट लयमा रहेका बेन्जेमाले गोल गर्दै रियललाई पुनरामन जित दिलाए ।

जितपछि रियलले ३२ खेलबाट ७५ अंक जोड्दै दोस्रो स्थानको बार्सिलोनामाथगि १५ अंकको अग्रता बनाएको छ । तर बार्सिलोनाले दुई खेल कम खेलेको छ ।

अग्रता लिएर पनि पराजित भएपछि सेभियाले भने दोस्रो स्थानमा उक्लने मौका गुमायो ।



from Online Khabar https://ift.tt/GIJ0ehX

No comments:

Post a Comment