Sunday, April 10, 2022

सकियो ट्रेड एक्स्पो, ४० करोडभन्दा बढी कारोबार  

२८ चैत, विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो – २०७८’ समापन भएको छ । चैत १८ गतेबाट सुरु भएको एक्स्पो आइतबारबाट समापन भएको हो ।

एक्स्पोमा ४० करोड बराबरको कारोबार भएको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए । एक्स्पोमा दुई लाख ५० हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेको उनले बताए । सबैभन्दा बढि रकमको कारोबार सवारी साधनको भएको उनले बताए ।

समापन समारोहमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि प्रदेश १ सरकारले छलफल अघि बढाउने बताए । कोभिडले थलिएको आर्थिक पाटोलाई एक्स्पोले चलायमान बनाउन मद्दत गरेको बताउँदै मुख्यमन्त्री राईले उत्पादनलाई वृद्धि गर्दै राष्ट्रिय पुँजी बढाउन एक्स्पोको भूमिका रहने बताए ।

प्रदर्शनीस्थल नहुँदा समस्या भइरहेको व्यापार संघका अध्यक्ष रिजालले बताए । प्रदर्शनीस्थलका लागि जग्गा पाए पनि काम गर्न नदिएको  उनको गुनासो छ ।  प्रदेश १ का पूर्वआन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक प्रदर्शनीस्थलका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

विराटनगरका महानगरपालिकाका मेयर भीम पराजुलीले  प्रदर्शनीस्थलका लागि महानगरपालिकाले विराटनगर ३ मा २०७५ सालमा ब्यापार संघ र उद्योग संगठन मोरङलाई जमिनकाे व्यवस्थापन गरेकाे बताए ।



from Online Khabar https://ift.tt/Fzf81px

No comments:

Post a Comment