Sunday, April 10, 2022

इटहरीको मेयरका लागि एमालेबाट ६ जनाको नाम सिफारिस

२८ चैत, विराटनगर । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो ।

नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो । उम्मेदवार छनोटका लागि बसेको बैठकमा मेयर चौधरी भने अनुपस्थित थिए ।

बैठकले नगरप्रमुख चौधरी, उप्रपमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो ।

उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।

उपमहानगरको उम्मेदवारको टुङ्गो केन्द्रीय कमिटीले लगाउनेछ ।



from Online Khabar https://ift.tt/rMdQPTo

No comments:

Post a Comment