Monday, April 11, 2022

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट २ जना पक्राउ

२९ चैत, जनकपुरधाम । धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर-१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर-९ घर भई जनकपुरधाम-४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका-१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको  प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

दुवैलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



from Online Khabar https://ift.tt/n8UoycP

No comments:

Post a Comment