Sunday, April 10, 2022

लखनउलाई पराजित गर्दै राजस्थान आईपीएलको शीर्ष स्थानमा

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।

आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो ।

लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले २५, दुश्मन्था चामिराले १३, मार्कुस स्टोनिसले अविजित ३८ र क्रुनाल पाण्डयले २२ रन बनाए ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो ।

राजस्थानका लागि शिम्रन हेटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देवदूत पडिकलले ३९, रविचन्द्र आश्विनले 28 रनको योगदान गरे ।

लखनउका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए ।

यो जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।

 



from Online Khabar https://ift.tt/CNDwj20

No comments:

Post a Comment