Saturday, April 9, 2022

नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम हुने 

२७ चैत, दाङ ।  नयाँ वर्षको पूर्वसंध्यामा दाङसहित तीन सहरमा विविध सांगितीक कार्यक्रम हुने भएको छ ।

होटल पौवा प्रालीले शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०७९ को अवसरमा दाङको भालुवाङ, भैरहवा र बुटवलसहित तीन सहरमा सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिएको हो ।

होटल पौवाका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमले कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको बताए । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारु समुदायको विशेष प्रस्तुति राखिने छ ।

चैत्र ३० गतेको हुने सांस्कृतिक कार्यक्रममा गायक पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियारलगायतका कलाकारको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

 ७ वर्षदेखि सुरु भएको होटल पौवा दाङको भावलुबाङमा तीन वर्षदेखि सञ्चालनमा छ ।



from Online Khabar https://ift.tt/qfYuQR3

No comments:

Post a Comment