Thursday, June 30, 2022

धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते

१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बस सडकमै पल्टिएको छ । खाल्डाखुल्डीका कारण बस पल्टिएको प्रहरीको अनुमान छ ।



from Online Khabar https://ift.tt/5BzWUps

शिवसेनाका नेता एकनाथ शिन्दे : अटो रिक्सा चालकदेखि मुख्यमन्त्रीसम्म

१७ असार, काठमाडौं । शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको सपथ लिए ।

यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् । शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए । कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेका थिए । तर ठाकरेले त्यसअघि नै राजीनामा दिएपछि शिवसेनाकै एकनाथ शिन्दे मुख्यमन्त्री बनेका हुन् ।

शिन्देलाई भाजपाका देवेन्द्र फडणविसले साथ दिएका थिए । ठाकरेको राजीनामापछि फडणविस मुख्यमन्त्री बन्ने चर्चा थियो तर उनी उपमुख्यमन्त्री बनेका छन् । निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाईसमेत दिएका छन् ।

कुनै बेला अटो रिक्सा चलाउँथे शिन्दे

अहिले मुख्यमन्त्री बनेका शिवसेनाका प्रभावशाली नेता एकनाथ शिन्दे पहिले अटो रिक्सा चालक थिए । उनले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ठाणे नगर निगममा विपक्षी नेताको रुपमा काम गरेपछि उनी सन् २००४ मा पहिलो पटक विधायक बने ।

त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उनी विधायक चुनिंदै आएका छन् । सन् २०१५ देखि २०१९सम्म उनी प्रदेशको लोक निर्माण मन्त्री बनेका थिए ।

हाल उनी शहरी विकास मन्त्रीका साथै ठाणे जिल्लाको प्रभारी मन्त्री पनि थिए ।



from Online Khabar https://ift.tt/sZWpIzG

Flipkart Big Bachat Dhamaal सेल आज से शुरू, Vivo, मोटोरोला, Poco फोन पर पाएं भारी छूट

Flipkart Big Bachat Dhamaal Sale: सेल में ग्राहकों को स्मार्टफोन और बाकी गैजेट को ऑफर के साथ खरीदने का मौका दिया जा रहा है. सेल तीन के लिए रखी गई है, और इसका आखिरी दिन 3 जुलाई है. अगर आप इस बीच कोई नया फोन खरीदने की प्लानिंग कर रहे हैं तो आपके लिए Flipkart Big Bachat Dhamaal सेल एक अच्छा ऑप्शन हो सकता है. आइए जानते हैं उन फोन के बारे में जिन्हें इस सेल में से कम कीमत में खरीदा जा सकता है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/WLvcQHg

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

१७ असार, काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।



from Online Khabar https://ift.tt/HhAYp5C

सर्वोच्चले किन बदर गर्यो निजगढ विमानस्थलका कामकारवाही ?

१७ असार, काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन सरकारका नाममा आदेश जारी गर्यो । एकसाथ तीन निर्णय गरेर अहिलेसम्मका प्रक्रिया खारेज गरेको उसले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनी सरकारले २९ फागुन २०७१ मा गरेको निर्णय खारेज भएको छ । ३० चैत २०७१ मा विमानस्थलको चार किल्ला तोक्ने भनी गरेको निर्णय र राजपत्रमा प्रकाशित सूचना बदर भएको छ । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन र त्यस आधारमा भएको रुख कटान लगायतका निर्णय पनि बदर भएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पर्याप्त भएको अवस्थामा तीन दशकअघि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खोजी हुनुको कारण दुई ठूला हवाई दुर्घटना हुन् । १६ साउन २०४९ मा थाई एयरवेजको विमान नुवाकोटको घ्याङफेदीमा दुर्घटना हुँदा ९९ जनाको मृत्यु भएको थियो । दुई महिना लगत्तै १२ असोज २०४९ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको मृत्यु भयो । चारैतिर डाँडाकाँडाले ढाकिएको र भौगोलिक रुपमा कठिन काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को विमानस्थल हुनुपर्ने भनी त्यसपछि बहस र अध्ययन हुन थाल्यो ।

सन् १९९५ (२०५१ साल)तिर नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सर्भिस सेन्टर लिमिटेड नामक कम्पनीले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । उसको अध्ययन प्रतिवेदनमा २ किलोमिटर चौडाइ र ५ किलोमिटर लम्बाइ गरी १० वर्गकिलोमिटर जग्गा विमानस्थल निर्माणका लागि आवश्यक हुने उल्लेख थियो । तर त्यो प्रतिवेदन तत्काल अघि बढेन ।

करिव १५ वर्षपछि २०६५ पुसमा सरकारले फेरि सम्भाव्यता अध्ययन गर्ने भयो । त्यसका लागि ल्याण्डमार्क वर्ल्डवाइड कम्पनीसँग विस्तृत सम्भावना अध्ययनबारे सम्झौता भयो । २०६८ सालमा उसले प्रतिवेदन बुझायो । प्रतिवेदनमा जमिन उपयोग हुने क्षेत्रका लागि एयरसाइड, ल्याण्डसाइड र एयरपोर्ट सिटी भनी २ करोड ४० लाख ४५ हजार वर्गमिटर (करिव २४ वर्ग किलोमिटर र २४ सय हेक्टर जमिन) जग्गा प्रयोग हुने उल्लेख थियो ।

यिनै प्रतिवेदनका आधारमा सरकारले ३० चैत २०७१ मा राजपत्रमा सूचना प्रकाशित गरी तत्कालिन गढीमाई नगरपालिका र निजगढ नगरपालिकाको केही भागलाई चार किल्ला तोकी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल घोषणा गरेको थियो । त्यो प्रस्तावमा जग्गाको क्षेत्रफल करिव ८० वर्ग किलोमिटर(८ हजार ४५ हेक्टर) हुने उल्लेख थियो ।

२५ फागुन २०७३ मा सरकारले विमानस्थलमा पहुँचमार्ग (पेरीफेरी) सडक बनाउने भनी रुख कटानी गर्ने र नेपाली सेनाबाट सुरक्षा निगरानी गराउने भनी निर्णय गरेको थियो । ६ महिनापछि नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबिच रुख कटानी र सुरक्षा निगरानी सम्बन्धी सम्झौता नै भयो ।

सरकारले विमानस्थलको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढायो । ९ जेठ २०७५ मा जीईओसीई नामक परामर्शदाता कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वातावरण मन्त्रालयबाट स्विकृत भयो । त्यसबेलासम्म विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन उपलब्ध गराइएको थिएन भनी ईआईए प्रतिवेदनमा नै उल्लेख छ ।

विमानस्थल निर्माणका लागि भनेर आर्थिक वर्ष २०७२/७३ देखि निजगढमा कार्यालय स्थापना भयो । विमानस्थल क्षेत्रको ७७ मध्ये ५५ किलोमिटरमा तारबार लगाइएको छ । करिव ११० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेमा ६४ विगाहा जग्गा अधिग्रहण भई प्राधिकरणको नाममा आइसकेको छ । सरकारले त्यहाँ अर्बौं लगानी भइसकेको भन्दै कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप नगर्न आग्रह गर्दै सर्वोच्च अदालतमा प्रतिवाद गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको र अहिलेसम्म केही अर्ब रुपैयाँ लगानी भएको परियोजनालाई सर्वोच्च अदालतले रोक्नुका केही आधार छन् । व्याख्याका क्रममा केही फरक मत राखे पनि सर्वोच्च अदालतको बृहत पूर्ण इजलासका पाँच जना न्यायाधीशहरु अहिलेको प्रक्रिया खारेजीमा एकमत छन् र त्यसको आधार पनि समान छ ।

सर्वोच्च अदालतले निम्न पाँचवटा आधारमा अहिलेसम्मका कामकारवाही माथि प्रश्न उठाउँदै तिनलाई खारेज गर्न आदेश दिएको देखिन्छ ।

१. प्रतिवेदन विश्वसनीय भएन

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन शुरुदेखि नै विवादित थियो । प्रतिवेदन तयार पार्नका लागि १५ भदौ २०७४ मा सिमराको इच्छा होटलको सभाकक्षमा सार्वजनिक सुनुवाइ गर्ने भनी सूचना निकालेको थियो । त्यो भेलामा कति जना थिए र कोको सहभागी भए प्रतिवेदनमा खुलेन । छलफलको विषयवस्तु पनि सार्वजनिक भएन ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रकृयामा गरिने सार्वजनिक छलफल र प्राप्त हुने जनसहभागिताको माध्यमबाट विकास कार्यको स्वीकार्यता नै वृद्धि हुने हो । कुनै आयोजनाको कार्य अगाडि बढाउनुभन्दा अगावै अनिवार्य रुपमा वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको पाइन्छ’ सर्वोच्च अदालतले आफ्नो निर्णयमा भनेको छ, ‘निजगढ विमानस्थल निर्माण सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिएको र स्वीकृत भएको भएपनि यस सम्बन्धमा विविध कोणबाट प्रश्नहरु उठेका देखिन्छन् ।’

वन तथा वातावरण मन्त्रालयले ९ जेठ २०७५ मा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्विकृत गरेको थियो । तर त्यसभन्दा अघि नै कुनै अध्ययन नगरी सरकारले २९ फागुन २०७१ मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गरेको थियो । अनि ३० चैत २०७१ मा त विमानस्थलको चार किल्ला समेत तोकिसकेको थियो । लगत्तै नेपाली सेनाले वरपरको सडक बनाउने र काठ काट्ने जिम्मेवारी पायो ।

प्रतिवेदन तयार हुनुअघि नै पूर्वाधार निर्माणको तयारी भएको भन्दै सर्वोच्च अदालतले प्रश्न उठाएको हो । ‘विवादित स्थानमा विमानस्थल निर्माण गर्ने भनी नेपाल सरकारले निर्णय गरेको लगभग ३ वर्षपछि प्रतिवेदन तयार गरी/गराई स्वीकृत भएको अवस्था छ’ फैसलामा भनिएको छ, ‘यसलाई सुसंगत तबरको अर्थात विधि, पद्धती र प्रकृया अनुशरण गरी भएको काम कारवाही रहेछ भनी मान्न मिल्ने अवस्था देखिँदैन ।’

विमानस्थल निर्माण गर्दा न्यूनतम क्षती हुने कुराको विकल्पको खोजी नगरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिएको भन्दै सर्वोच्च अदालतले उक्त प्रतिवेदनमा वन विनाशका कारण हुने असरवारे मूल्यांकन नै नभएको औंल्याएको छ । फैसलामा भनिएको छ, ‘पूर्व निर्देशित, इच्छित वा प्रायोजित कुरालाई कानुनी औपचारिकता पुरा गरेको देखाउने अभिप्रायले तयार गराइएको प्रतिवेदन हो भनी रिट निवेदकको जिकिर तथ्यसंगत नै देखिन्छ ।’

प्रतिवेदनभित्रको तुलनात्मक अध्ययन शिर्षकमा जलविद्युत आयोजनासँग सम्बन्धित व्यहोरा उल्लेख थियो । सर्वोच्च अदालतले त्यो प्रतिवेदन मौलिक र वस्तुगत नभई केही भाग अन्यत्रबाट सारिएको निष्कर्ष निकाल्यो । विमानस्थलको चार किल्ला तोकिएपछि पर्सा वन्यजन्तु आरक्षणको क्षेत्र विस्तार गर्ने काम भयो । यसले सरकारका निकायहरू बीच समन्वय भएको देखिएन । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनले पनि आरक्ष विस्तारको विषयमा व्याख्या गरेन ।

‘यो केवल रीत पुर्याउने वा औपचारिकता निर्वाह गर्ने दस्तावेज होइन, यसको कानूनी र व्यवहारिक महत्व रहेको हुन्छ,’ फैसलामा भनिएको छ, ‘यसरी ग्रहण गरिएका आधारहरु वस्तुगत र कानूनसम्मत् छन् वा छैनन् भन्ने कुरा अवश्य नै न्यायिक परीक्षणको विषय बन्दछन् । उल्लिखित दृष्टिले हेर्दा विवादित प्रतिवेदनलाई त्रुटिरहित रहेछ भनी मान्न सकिने स्थिति देखिएन ।’

सर्वोच्च अदालतको फैसला अनुसार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको बिस्तृत प्रतिवेदन (डीपीआर) तयार गरिएको देखिदैन । लागत कति लाग्ने हो? त्यसको लागि आर्थिक व्यवस्थापन कसरी जुटाउने हो ? भन्ने कुनै वस्तुगत विश्लेषण वा खाका पनि तयार भएको थिएन । अनुमानित लागत, आयोजनाबाट प्राप्त हुन सक्ने लाभ तथा सम्भावित जोखिम वा नोक्सानीका सम्बन्धमा तथ्यपरक विश्लेषण समेत भएको थिएन ।

‘विमानस्थलको सम्भावित निर्माण लागतको आकलनमा निश्चित दृष्टिकोण तयार भैसकेको नदेखिए तापनि केही खर्ब रूपैयाँ लागत पर्ने कुरामा विवाद छैन,’ फैसलामा भनिएको छ, ‘आयोजनाका विविध पक्षमा निश्चित योजना र दृष्टिकोण निर्माण नहुँदै रुख काट्ने र वन जंगल क्षेत्र खाली गर्ने कार्य राष्ट्रका लागि जोखिमपूर्ण पनि हुन सक्तछ ।’

२. रुख काट्न हतारिने, वृक्षरोपणको योजना नबनाउने

८ हजार ४५ हेक्टरको प्रस्तावित विमानस्थल हुने ठाउँमा ७ हजार ९९० हेक्टर जग्गा वन पर्छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा नै २४ लाख ठूला रुख काट्नुपर्ने उल्लेख छ । त्यसका आधारमा सर्वोच्च अदालतले ‘विवादित आयोजनास्थलमा वातावरणीय विनासको अवस्था रहेनछ भनी मान्न मिल्ने देखिदैन’ भन्ने निष्कर्ष निकालेको हो ।

१२ मंसिर २०७६ मा पर्यटन मन्त्रालयले वातावरण मन्त्रालयलाई लेखेको पत्रमा पहिलोमा १३ सय र दोस्रोमा ६ सय गरी कूल १९ सय हेक्टर जमिनमात्रै प्रयोग हुने उल्लेख थियो । त्यसका लागि कुल ५ लाख रुख काट्नुपर्ने थियो, त्यसमध्ये एक लाख ३५ हजार रुख ठूला आकारका थिए । त्यहाँ २ सय वर्ष पुरानो भीम सखुवाको ठूलो रुख समेत रहेको विवरण पेश भएको थियो । पूर्णपाठमा भनिएको छ, ‘यस प्रकारका सम्पदाको विनासबाट पर्न सक्ने प्रभावको वैकल्पिक व्यवस्थापन सम्बन्धी पर्याप्त तार्किक आधार वातावरण प्रभाव मूल्यांङ्कन प्रतिवेदनमा खुलाइएको देखिएन ।’

त्यतिबेला कुनै परियोजना निर्माणका क्रममा एउटा रुख काटेपछि २५ वटा विरुवा लगाउनुपर्ने मापदण्ड थियो । निजगढ विमानस्थलको सन्दर्भ अगाडि आएपछि; नेपाल सरकारले मापदण्डमा संशोधन गरी एउटा रुख काटेपछि १० वटामात्रै विरुवा रोपे हुने भनी मापदण्ड परिवर्तन गर्यो ।

१ रुख बराबर १० विरुवाको अनुपातलाई हेर्दा पनि कहाँ, कुन ठाउँमा वृक्षरोपण गर्ने हो भन्ने कुनै योजना निर्धारण नगरिएको सर्वोच्चको ठम्याइ छ । फैसलामा भनिएको छ, ‘यसबाट वन ऐन, नियमद्वारा निर्दिष्ट प्रावधानका आधारमा नेपाल सरकार स्वयंले निर्धारण गरेको मापदण्डको पालना भएको वा हुने अवस्था रहेछ भनी मान्न सकिने अवस्था देखिदैन ।’

रुख विरुवा क्षतिपूर्तिका लागि ६ करोड १२ लाख ७० हजार विरुवा हुर्काउनुपर्छ । त्यसका लागि ३८ हजार हेक्टर जमिन चाहिन्छ जुन, त्यतिबेला चार किल्ला तोकेको भन्दा करिव ५ गुणा बढी जमिन हो । सर्वोच्चको फैसला अनुसार, विरुवा लगाउने र हुर्काउने स्थान (जमिन) र सो सम्बन्धी योजना प्रतिवेदनमा खुलाइएको देखिदैन ।

३.विश्वको तेस्रो ठूलो विमानस्थल किन चाहियो ?

निजगढ अन्तराष्ट्रिय विमानस्थलको क्षेत्रफल ८०४५ हेक्टरको हुने भनिएको थियो । सर्वोच्च अदालतको व्याख्या अनुसार, विमानस्थल क्षेत्रका लागि कति जग्गा आवश्यक पर्ने हो भन्ने सम्बन्धमा कुनै तर्कपूर्ण र वस्तुगत मापदण्ड अपनाएको देखिएन । सर्वोच्च अदालतले अन्य मुलुकका केही ठूला विमानस्थलको क्षेत्रफलको तुलनात्मक अध्ययन गर्यो । निजगढलाई एसियाको एयरपोर्ट हब बनाउने भनिए पनि सम्भाव्यता अध्ययन प्रतिवेदन लगायतका विश्वसनीय र बस्तुगत आधार समावेश भएको थिएन ।

विश्वका ठूला विमानस्थल र तिनको क्षेत्रफल

विमानस्थलको नाम र देश क्षेत्रफल (हेक्टरमा)
हिथ्रो विमानस्थल, बेलायत १२२७
हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, हङकङ १२५५
एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका १९०२
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, भारत २०६६
फ्रयाङकफर्ट विमानस्थल, जर्मनी २३००
दुवई अन्तर्राष्ट्रिय विमानस्थल, युएई २९००
शिकागो अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ३०८९
पेरिस अन्तर्राष्ट्रिय विमानस्थल, फ्रान्स, ३२३७
सुवर्णभूमि विमानस्थल, थाइल्याण्ड ३२४०
कायरो अन्तर्राष्ट्रिय विमानस्थल, इजिप्ट ३६२५
सांघाई अन्तर्राष्ट्रिय विमानस्थल, चीन ३९८८
जर्ज बुश अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ४४५१
डालस अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका ४८५६
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल ८०४५
किङ फद अन्तराष्ट्रिय विमानस्थल, साउदी अरेविया ७७६००
डेनभर अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिका १३५७१

पहिलो सम्भाव्यता अध्ययनमा निजगढ विमानस्थलका लागि केवल १० वर्गकिलोमिटर क्षेत्रफल भए पुग्ने भनिएको थियो । दोस्रोमा बढाएर २४ वर्गकिलोमिटर भए हुने भनियो । अध्ययन प्रतिवेदनमा नै १० वर्गकिलोमिटर जग्गामा एयरपोर्ट सिटी बनाउन पुग्ने भनी औंल्याइएको छ । सरकारले अदालतमा जवाफ दिंदा समेत ८ हजार हेक्टरमध्ये १९ सय हेक्टरमात्रै जग्गा विमानस्थललाई आवश्यक पर्ने भनी बताएको थियो ।

अहिले ८० वर्गकिलोमिटर क्षेत्रफलको वन मासेर किन विश्वकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्यो भनी सर्वोच्च अदालतले औचित्यमाथि प्रश्न उठाएको हो । ‘परिणामतः विमानस्थलका लागि भनी ८,०४५.७९ हेक्टर जग्गा छुट्याइएको कुराको औचित्यमा गम्भीर प्रश्न खडा हुन पुगेको छ’ फैसलामा भनिएको छ, ‘हराभरा वन जंगलको जग्गा विमानस्थलका लागि भनी छुट्याउनु पर्ने कुनै वैध, उचित, तार्किक वा वस्तुगत कारण खुल्न आएको देखिदैन ।’

सुनुवाइका क्रममा इजलासमा पुगेका हवाई उडान विज्ञले अन्तर्राष्ट्रिय हवाई उडानका दृष्टिले निजगढमा विमानस्थल निर्माण गरिँदा हवाई उडान सम्बन्धी समस्या आउन सक्ने औंल्याएको फैसलामा उल्लेख छ । प्रस्तावित स्थान हवाई उडानका दृष्टिले प्राविधिक रुपमा कति उपयुक्त छ भन्ने प्रश्न कायम नै रहेको देखिन्छ । सम्बन्धित विषय–विज्ञहरुबाट विस्तृत अध्ययन भई निजहरुबाट पेश भएको राय प्रतिवेदनलाई आधार मानेर आयोजना निर्माणस्थल छनौट गरिएको रहेछ भनी मान्न सकिने भरपर्दो अवस्था नरहेको फैसलामा उल्लेख छ ।

वन क्षेत्रको कटान गरी केवल विमानस्थलको पूर्वाधार मात्रै बनाउने नभई विमानस्थल शहर नै बसाउन खोजिएको भन्दै सर्वोच्चले विश्वकै तेस्रो ठूलो विमानस्थल हुनेगरी प्रस्ताव भएको निष्कर्ष निकाल्यो । भइरहेको वन क्षेत्रको प्रयोग गरी यति ठूलो विमानस्थल नेपालको सन्दर्भमा आवश्यक हुन्छ वा हुँदैन भन्ने कुराको कुनै अध्ययन तथा विवेचना समेत भएको थिएन ।

सर्वोच्च अदालतका अनुसार, विश्वका विभिन्न भागमा रहेका ठूला र व्यस्त विमानस्थलहरु २ हजार हेक्टरभन्दा कम क्षेत्रफलका छन् । सर्वोच्चले हाम्रो कुन आवश्यकता पूर्ति वा अभिष्ट प्राप्तिको लागि ८ हजार हेक्टर जग्गा छुट्याई ठूलो परिमाणको वन पैदावार मासेर विश्वकै तेस्रो ठूलो र विशाल विमानस्थल निर्माण गर्नुपर्ने ?’ भनी प्रश्न गरेको हो ।

अन्य कतिपय मुलुकका आयोजनाको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने भन्दै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामकारवाही राष्ट्रिय हित अनुकूल र वस्तुगत यथार्थमा आधारित रहेको विश्वास गर्न नसकिने भनी निष्कर्ष निकालेको हो । फैसलामा भनिएको छ, ‘विश्वका व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलहरू समेत प्रस्तावित विमानस्थलको क्षेत्रफल भन्दा धेरै कम क्षेत्रफलमा चुस्तरूपमा सञ्चालनमा रहेको भन्ने हुँदा वन समेत ८ हजार हेक्टर क्षेत्रफलमा विमानस्थल शहर निर्माण गरिँदा पर्यावरणमा प्रतिकूल असर पुग्न जाने देखिन आयो ।’

४. पर्यावरण र जैविक विविधताको चिन्ता

सुनुवाइका क्रममा सर्वोच्च अदालत पुगेका केही विज्ञहरुले निजगढको वनक्षेत्र हात्ती लगायतका कतिपय वन्यजन्तुको जैविक मार्गमा पर्ने औल्याए । प्रस्तावित ठाउँको वन फँडान गरी विमानस्थल निर्माण गर्दा जैविक मार्गमा अवरोध हुन्थ्यो । त्यसबाहेक विमानस्थल क्षेत्रको करिब ७ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्ष पर्छ । आईकाओको मान्यता अनुसार संरक्षित क्षेत्रसँग जोडेर विमानस्थल निर्माण गर्नु उचित ठानिदैन ।

पूर्व वन सचिव डा. कृष्णचन्द्र पौडेलका अनुसार, विमानस्थलका लागि वन नास गर्दा २ खर्ब ३१ अर्ब रुपैयाँ बराबर तत्काल नोक्सान हुने देखिन्छ । वन फडानी गरेपछि तत्काल करिव १५ अर्ब रुपैंयाँजति आम्दानी देखिए पनि त्यसको तुलनामा वातावरणीय विनास ठूलो थियो ।

५ सय प्रजातीका चराहरु, ३३३ प्रजातिका वनस्पति र ३३ प्रजातीका स्थनधारी प्राली र २२ लोपोन्मुख प्रजातीलाई नोक्सान हुने भनी विज्ञहरुले इजलासमा प्रस्तुति दिएका थिए । त्यसबाट करिव ४ हजार हेक्टर खेतीयोग्य जमिन र माछापालनमा असर पुग्थ्यो । २ साझेदारी वनका २७ हजार उपभोक्तालाई असर पर्ने बताए । कार्बन शोषण बापत ८ देखि ७५ अर्ब रुपैयाँसम्म नोक्सान हुने चेतावनी पनि दिए ।

उनीहरुले वनविनाशबाट वार्षिक २ खर्ब ३१ अर्ब रुपैयाँसम्म क्षति हुने चेतावनी दिए । उनीहरुका अनुसार, जङ्गली हात्तीहरूको पुर्खौली आहार–विहार गर्ने तथा हिँड्ने बाटोमा अवरोध पैदा हुन्छ भने जैविक विविधता, वातावरण, वन्यजन्तु एवं वनस्पतिमा नकारात्मक असर पर्ने देखिन्छ । निजगढको जंगलक्षेत्र दुर्लभ मानिने बाघ, हात्ती, गैंडा जस्ता महत्वपूर्ण जनावरहरूको जैविक मार्ग हो । वनविनाशबाट भूमिगत जलस्रोतको पुनर्भरण, सिँचाइ र कृषिमा असर पर्ने सर्वोच्चको ठम्याई हो ।

पर्यावरणलाई अनावश्यक रुपमा विनास हुनबाट जोगाउन सम्भावित सवै विकल्पहरुको खोजी हुनुपर्ने भन्दै सर्वोच्च अदालतले हचुवाका भरमा महत्वपूर्ण आयोजनाबारे निष्कर्ष निकाल्न नहुने औंल्याएको छ । ८ हजार क्षेत्रफलमध्ये ९० प्रतिशत हिस्सा वनजंगल रहेकाले निजगढलाई आयोजना निर्माणस्थल भनी तोकिनु उचित, तर्कसंगत र मनासिव नहुने ठहर गरेको हो ।

उक्त वन क्षेत्रको नोक्सानी भएको अवस्थामा तल्लो भूभागको प्राकृतिक र भौगर्भिक जलाशय/पानी आपूर्तिमा प्रतिकूल असर भन्दै सर्वोच्चले प्रस्तावित विमानस्थलमा उपयोग हुने वन क्षेत्रको आकार, क्षेत्रफल, रुख विरुवाको संख्या तथा जैविक वासस्थान तथा जैविक–मार्ग रहेको वन क्षेत्रको विनास भएमा ‘वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने’ निष्कर्ष निकालेको हो ।

विमानस्थल निर्माण गर्ने, ठूलो संख्यामा रुख कटान गर्ने विषयमा मधेश प्रदेशको सरकारले समेत असहमती जनाएको थियो । संविधानमा नै ‘प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन’ सम्बन्धी विषयको अधिकार प्रदेश सरकारलाई रहेको भन्दै सर्वोच्च अदालतले उसको माग पनि सुनुवाई हुनुपर्ने औंल्याएको हो । फैसलामा भनिएको छ, ‘प्रदेश सरकारले अगाडि सारेको मनासिव माफिकको दृष्टिकोणलाई अन्देखा गर्नु र सम्बन्धित प्रदेश सरकारसंग सामान्य रुपमा पनि समन्वय कायम नगरी निर्णय गरिनु मनासिव देखिदैन ।’

५. वन मासेर शहर बनाउने ?

सर्वोच्च अदालतले वन क्षेत्रको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न रोक लगाइएको वन ऐन, २०४९ मा भएको प्रावधान औंल्याएको छ । उक्त ऐनको दफा ६८ अनुसार, अरु कुनै विकल्प नभएमा र योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने भएमा मात्रै वनक्षेत्रमा राष्ट्रिय प्राथमिकताको योजना सञ्चालन गर्न मिल्छ । सर्वोच्चले ‘विवादित निजगढ विमानस्थल निर्माणका लागि वन क्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएको भनी निष्कर्ष निकाल्न सकिने वस्तुगत आधार प्रस्तुत हुन आएको देखिएन’ भनी निष्कर्ष निकालेको छ ।

‘लाखौं संख्यामा रुख भएको, अनेकौं जैविक विविधताले भरिपूर्ण वन क्षेत्रमा विमानस्थल निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने भनी कसरी निष्कर्षमा पुग्न सकिने हो ? भन्ने प्रश्नको पनि कुनै तथ्ययुक्त आधार सहित खण्डन प्रस्तुत हुन आएको पाइएन’ फैसलामा भनिएको छ, ‘यसरी हेर्दा प्रस्तावित (विवादित) विमानस्थल निर्माण आयोजना सम्बन्धमा गरिएको निर्णय तथा काम कारवाहीले न्यायिक वैधता प्राप्त गर्न सक्ने अवस्था देखिन आउँदैन ।’

सर्वोच्च अदालतले प्रस्तावित परियोजनाको रुपरेखा वा खाका हेर्दा जंगल काटेर निजगढमै एयरपोर्ट शहर बसाल्ने मनसाय देखिने औंल्याएको छ । केही प्रतिवेदनमा छुट्याइएको ८ सयमध्ये ६ सय हेक्टर जग्गा एयरपोर्ट शहरका लागि रहेको भनी उल्लेख गरेका थिए । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वन मासेर स्मार्ट सिटी निर्माण गर्ने काम नगर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनी निर्णय गरेको थियो ।

‘वन मासेर ‘एयरपोर्ट सहर’ बनाउने कुराको कुनै कानूनी तथा तार्किक औचित्य देखिदैन’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘ठूलो परिमाणमा वन मासेर एयरपोर्ट शहर बनाउने कुरा मनासिव होइन । यी र यस्ता विषयतर्फ सरकारको वाञ्छित र विवेकपूर्ण दृष्टि पुगेको देखिन आएन ।’ शहर बसाउन खोजिएको निजगढ जंगलको ९० प्रतिशत भागमा घना वनक्षेत्रले ढाकेको छ, त्यहाँ ५२ प्रतिशत सालका रुख छन् । वनमध्ये पनि १० प्रतिशतभन्दा बढी भूभाग संरक्षित वनक्षेत्र छ ।

विवाद शुरु भएपछि र चौतर्फी प्रश्न उठेपछि सरकारले १९ सय हेक्टर क्षेत्रफलमा मात्रै जंगल काट्न खोजिएको भनी प्रतिक्रिया दियो । १२ मंसिर २०७६ मा पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयलाई लेखेको पत्रमा पनि १९ सय हेक्टर जंगल काट्ने भनी उल्लेख भएको छ । तर वातावरण प्रभाव मूल्यांकन र चारकिल्ला तोक्ने कामले सबै ८ हजार हेक्टर क्षेत्रलाई नै विमानस्थल भनी परिभाषित गरिएको र त्यो क्षेत्रको वनविनाश हुनसक्ने भन्दै सर्वोच्चले सबै निर्णय बदर गराएको हो ।



from Online Khabar https://ift.tt/49zoulL

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

१७ असार, दाङ । दाङमा मोटरसाइकल र साइकल ठक्कर खाँदा दुुई जनाको मृत्यु भएको छ ।

सौडियारबाट घोराही तर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले गएराति पानै नौ बजेतिर घोराही ७ बेसाइ नजिक २ वटा साइकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुुकुन्द प्रसाद रिजालले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १५ का ३५ वर्षीय गंगाबहादुर कवर र साइकल यात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको हो ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाई्कलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनीहरू दुबैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।



from Online Khabar https://ift.tt/5l1J60s

Wednesday, June 29, 2022

बेहद सस्ता मिल रहा है 7000mAh बैटरी वाला ये शानदार स्मार्टफोन, मिलेगी 33W फास्ट चार्जिंग

Amazon Fab Phones Fest: अमेज़न सेल बैनर से मालूम हुआ है कि यहां से ग्राहक टेक्नो पोवा 3 को काफी कम कीमत में घर ला सकते है. दी गई जानकारी के मुताबिक इस फोन को 11,499 रुपये की शुरुआती कीमत में खरीदा जा सकता है, लेकिन बेस्ट ऑफर के तहत इसे 10,499 रुपये में उपलब्ध कराया जा रहा है. इस फोन की सबसे खास बात इसकी 7000mAh बैटरी, 33W फास्ट चार्जिंग और 50 मेगापिक्सल ट्रिपल कैमरा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/grSeJL3

पर्खाल भत्किएर पुरिँदा भक्तपुरमा एक जनाको मृत्यु   

१६ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका-१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

आज साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उनले जानकारी दिए ।



from Online Khabar https://ift.tt/FlHGpQB

काम की बात! Android स्मार्टफोन पर आसानी से unblock कर सकते हैं सभी नंबर, ये है तरीका

Android Tips and Tricks:एंड्रॉयड फोन में एक फीचर दिया जाता है, जिससे अनजान नंबर से आने वाले कॉल को ब्लॉक किया जा सकता है. अगर आपने किसी नंबर को ब्लॉक कर दिया है, तो आप उसे आसानी से अनब्लॉक भी कर सकते हैं...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/ktKWXRm

पुँजीगत खर्च बढाउन असारमा धमाधम रकमान्तर

१६ असार, काठमाडौं । महिनौंदेखि अर्थ मन्त्रालयमा थन्किएका रकमान्तरका फाइलहरु स्वीकृत हुन थालेको छ । रकमान्तर नगर्ने भनेर रोकिएका फाइल अर्थले धमाधम स्वीकृत गरेर भुक्तानीको बाटो खोल्न थालेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ सकिनै लाग्दा मन्त्रालयमा रकमान्तरको चटारो छ । महिनौंदेखि रोकिएको रकमान्तर गरेर काम भइसकेका आयोजनामा भुक्तानी गराउन विकासे अड्डाका अधिकारीहरु पनि अर्थ मन्त्रालय धाइरहेका छन् ।

सडक विभागले मात्रै करिब १० अर्ब रकमान्तरको माग गरेको छ । अर्थले समयमै रकमान्तर स्वीकृत नगर्दा सडक विभागमा भएका कामहरुकै पनि भुक्तानी रोकिएका थिए । ‘एकसाथ ८–९ सय पुल बनिरहेका हुन्छन्, सबैमा पर्याप्त बजेट हुँदैन, कुनैमा राखिएको बजेटभन्दा बढी भएको कामको भुक्तानी गर्नुपर्ने हुन्छ,’ विभागका प्रवक्ता भीमार्जुन अधिकारी भन्छन्, ‘अर्थमा गएका फाइलको भुक्तानी अहिले दैनिकजसो भइरहेको छ ।’

सिँचाइ विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी विभाग, रेल विभागसहित विभिन्न विकासे मन्त्रालय अन्तरगतका आयोजनाहरुले पनि रकमान्तर मागेका छन् ।

विकास खर्च नभएर सकसमा परेको सरकारले आवको अन्त्यमा रकमान्तर गरेर भुक्तानी तीव्र बनाएको छ । वर्षभरि काम भएर बिल पेश भएका आयोजनाहरुको पनि भुक्तानी गर्ने क्रम तीव्र भएको छ ।

मंगलबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ । ३ खर्ब ७८ अर्बको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा ३९.७८ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ ।

१५ दिन अघिससम्म सरकारले गरेको पुँजीगत खर्च १ खर्ब ३७ अर्ब ९६ करोड थियो । असार लागेपछि १० अर्ब पुँजीगत खर्च भएको तथ्यांकमा देखिन्छ ।

१ खर्ब ८९ अर्ब वित्तीय खर्च गर्ने लक्ष्य राखेको सरकारले मंगलबारसम्म कूल ९१ अर्ब ३७ करोड खर्च गरेको छ । यसअनुसार वित्तीय खर्च ४८.२४ प्रतिशत मात्रै भएको देखिन्छ ।

२३ जेठसम्म ८३ अर्ब १० करोड मात्रै पुँजीगत खर्च भएको थियो । करिब १५ दिनमा सरकारले ८ अर्ब वित्तीय खर्चको भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयको तथ्यांकमा देखिन्छ । अब धमाधम रकमान्तर गरेर पुँजीगत खर्चको दर ५० प्रतिशत नघाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसबाट सरकारले असारको अन्तिम १० दिनमा विकास खर्चमा ‘क्रान्ति’ गर्ने शैली कायम राख्ने देखिएको छ । विगतमा जस्तै चालु आवमा पनि खर्चको अधिकांश हिस्सा असारकै भेलमा खन्याइएको छ ।

यो वर्ष पनि धेरैजसो विकास निकायले पहिलो चौमासिक (साउन–कात्तिक) सकिँदासम्म ठेक्का प्रक्रिया सुरु गरेका थिएनन् । दोस्रो, तेस्रो चौमासिकमा ठेक्का लगाएर वर्षायाम सुरु भएपछि धमाधम काम गर्ने तयारी अनुरुप नै प्रक्रिया अघि बढेका थिए ।

आर्थिक कार्यविधि नियमावलीअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने कार्य प्रथम चौमासिक अवधिमा गरिसक्नुपर्नेमा असार कुर्ने प्रवृत्ति कतिसम्म छ भन्ने तथ्यांकबाटै पुष्टि हुन्छ ।

आव ०७६/७७ भरिमा संघीय सरकारी निकाय, मन्त्रालय अन्तर्गतकाका विभिन्न कार्यालय र आयोजनाबाट कूल ६७ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ बराबरको २ हजार ९८९ ठेक्का लागेका थिए । त्यसमध्ये ५२ अर्ब ८१ करोड ४० लाख रुपैयाँ (७७.६६ प्रतिशत) को २ हजार ३९४ ठेक्का (८०.०९ प्रतिशत) दोस्रो चौमासिक (मंसिर–असार)मा लागेको देखिन्छ ।

सो वर्ष १६ अर्ब ८० करोड २१ लाख रुपैयाँको ६२३ ठेक्का असार महिनामात्र नै लगाइएको छ । यो तथ्यांकले करिब २० प्रतिशत मात्र ठेक्का पहिलो चौमासिकमा लगाउने गरेको देखाउँछ ।

अर्थमन्त्रालयको तथ्यांकअनुसार २०७४ असारमा १ खर्ब ८ करोड ४१ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो । २०७५ को असारमा ९० अर्ब ९ करोड रुपैयाँ, २०७६ को असारमा ६५ अर्ब ७१ करोड रुपैयाँ, २०७७ असारमा ८५ अर्ब २१ करोड र २०७८ असारमा ८६ अर्ब रुपैयाँ खर्च भएको थियो ।

कानुन मिचेर रकमान्तर

असारमै खर्च गर्ने विकृति बढाउने मुख्य निकाय अर्थ मन्त्रालय नै हो । असारसम्म विकास खर्च नभएकोमा सधै आलोचना खेप्ने मन्त्रालयले असारमा रकमान्तर गरेर जथाभावी खर्च गर्न प्रोत्साहन गर्ने गरेको छ ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् ।

कानुन मिचेरै गरिने रकमान्तरका कारण असार ताकेरै विकास बजेट खर्चिने अवस्था आएको देखिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० मा कुनै एक अनुदान संकेत अन्तर्गतको बजेट उपशीर्षकमा रकम अपुग भए सोही ऐनमा तोकिएको कुनै एक वा एकभन्दा बढी अनुदान संकेत अन्तर्गतको उपशीर्षकमा बचत हुने रकममध्येबाट ‘विनियोजन ऐन’मा तोकिएको सीमाभित्र रहेर अर्थले रकमान्तर गर्न सक्ने व्यवस्था छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७६/७७मा ३ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ (कूल बजेटको २१.७८ प्रतिशत) मनलाग्दी रकमान्तर भएको थियो । सोमध्ये असारमा मात्र ८५ अर्ब ८३ करोड रकमान्तर भएको थियो । त्यसमा असार २५ गतेपछि ३१ अर्ब ३९ करोड रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको थियो । जबकी, विनियोजन ऐन, २०७६ को दफा ३ (ग) अनुसार कुनै पनि शीर्षकमा विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन । तर, ५१५ प्रतिशतसम्म रकमान्तर गरेको देखिन्छ ।

असारमा खर्च गराउन बजेट कितावमा शीर्षक नै नभएको कार्यक्रममा समेत सरकारले बजेट दिने गरेको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियमले भन्छ– स्वीकृत बजेटको रकम एक बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकबाट अर्को बजेट उपशीर्षक, स्रोत वा खर्च शीर्षकमा रकमान्तर गर्न सकिन्छ । तर, आव ०७६/७७ मा शुरुमा बजेट व्यवस्था नै नगरी कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम र बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललगायत ६ कार्यक्रममा १२ करोड ८५ लाख ३५ हजार खर्च गरेको भेटिन्छ ।

छुट्याएको रकम सोही प्रयोजनमा खर्च गर्नुपर्ने विनियोजन ऐन छल्न बजेट उपशीर्षकमा ‘अर्थ विविध’ कायम गरेर ठूलो रकम अवण्डामा राख्ने गरिएको छ । आव ०७६/७७ मा यो शीर्षकमा ७७ अर्ब ५ करोड ५ लाख रुपैयाँ विनियोजन गरेर ३१ अर्बभन्दा बढी बजेट रकमान्तर गरियो ।

बजेट सिद्धान्त विपरीत जथाभावी रकमान्तर गर्ने, अर्थ विविध शीर्षकबाट बजेट विनियोजन गरी पटके निर्णयको आधारमा निकासा दिने, सम्बन्धित कार्यक्रम र शीर्षकमा विनियोजन नै नगर्ने वा कम गर्ने लगायत परिपाटी विगतदेखि नै कायम छ । यसरी थपघट गरेको बजेट सम्बन्धमा संसदलाई जानकारी नहुने तथा नियन्त्रण कमजोर हुने अवस्था छ । अनुगमन गर्न कठिनाइ हुने, पारदर्शिता नहुने र अभिलेखनमा समेत समस्या पर्ने गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा

चालु आर्थिक वर्षमा पनि विकास बजेट खर्चको दर नबढेपछि अर्थमन्त्री जनार्दन शर्मा त्यही रकमान्तरको भुत्ते अश्त्र प्रयोग गर्दैछन् । विनियोजित रकम खर्च गर्न अनेकन बहनाबाजी गरिरहेका विकासे मन्त्रालयहरु पनि रकमान्तरकै लागि मन्त्रालय धाइरहेका छन् ।

सरकारले छुट्याएको शीर्षकको बजेटको लागि ठेक्का लगाउने लगायत प्रक्रिया अघि बढेको भन्दै उनीहरुले मुआब्जा लगायत शीर्षकमा ठूलो रकमान्तर मागेका छन् ।

योजना छान्ने तहबाटै समस्या

विकास खर्च कमजोर र विकृत शैलीमा हुनुमा एउटा मात्रै कारण छैन । पूर्वाधार विज्ञहरुका अनुसार योजना निर्माणकै तहदेखिको समस्याले पुँजीगत खर्च पर्याप्त, छिटो र मितव्ययी बन्न सकेको छैन ।

पूर्वाधारविद सूर्यराज आचार्य पूर्वतयारीका काम सकेर मात्र निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउनुपर्नेमा ठेक्का लगाइहाल्ने र मिल्नेजति लाभ लिइहाल्ने प्रवृत्ति झांगिएको बताउँछन् । उनका अनुसार, लागत र लाभ हेरेर विश्लेषण गर्दै आयोजना बैंक तयार गरेर प्रतिफलयुक्त आयोजनामात्र कार्यान्वयन गर्ने परिपाटी बसेको छैन ।

निश्चित सूचक र मापदण्डको आधारमा आयोजनाहरु घोषणा गर्ने तथा तोकिएको समय र लागतमा दक्षतापूर्वक कार्यान्वयन गर्नेतर्फ सरकारले चासो दिएको छैन । निर्माण स्थलको पर्याप्त अध्ययन, डिजाइन, ‘क्लियरेन्स’ जस्ता पक्ष पनि बेवास्तामा पर्दै आएको छ ।

त्यस्तै, आयोजना कार्यान्वयनको लागि अन्तर निकाय समन्वय प्रभावकारी छैन । आयोजनाको अनुगमन र मूल्याङ्कनका लागि आधुनिक विधिहरु प्रयोग गरिदैन । ‘आयोजना व्यवस्थापन सूचना प्रणाली’ नै छैन ।

आयोजनाका अधिकारीहरुको कार्य सम्पादन र करार प्रणालीलाई वृत्ति विकाससँग जोडिएको पनि छैन । महालेखा परीक्षकको प्रतिवेदन–२०७८ यो समस्याबारे पनि बोलेको छ । उसले खरिद कार्यलाई व्यवस्थित गर्न सके विकास खर्च सुध्रने सुझाव सरकारलाई दिएको छ ।

उपभोक्ता समितिबाट हुने निर्माण कार्यलाई निर्देशिका बनाएर व्यवस्थित गर्न महालेखाले सिफारिस छ । ‘निर्माण व्यवसायीको क्षमता मूल्याङ्कन गरी खरिद सम्झौता गर्ने व्यवस्था गर्नुपर्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘निर्माणका नम्र्समा समयानुकूल सुधार एवं संशोधन गर्नुपर्छ ।’

खरिद सम्झौताअनुसार नगर्ने संयुक्त उपक्रम (जेभी)का सबै साझेदार निर्माण व्यवसायीलाई कसुर अनुसारको अवधिसम्मको लागि कालोसूचीमा राख्ने व्यवस्था गर्न महालेखाको सुझाव छ ।

अर्थविद डा. डिल्लीराज खनाल सिंगो योजना, बजेट, खर्च व्यवस्थापन र वित्तीय व्यवस्थापन प्रणाली नै समस्यामा रहेको बताउँछन् । वर्षौंदेखि यथास्थितिमै रहँदा अर्थतन्त्रका आधारभूत र संरचनात्मक समस्या समाधान र पुनर्संरचनाको आधार तयार गर्न नसकिएको उनको भनाइ छ ।

पुँजीगत खर्च बढाउने सन्दर्भमा हुने बहस ‘तेल पेल्ने कोल’ जस्तो जताबाट घुमाए पनि मिल्ने गरेको डा. खनालको टिप्पणी छ । ‘जिम्मेवार तहका व्यक्तिहरुलाई साँच्चै जिम्मेवार बनाइनुपर्छ,’ उनी भन्छन्, ‘त्यसमा हस्तक्षेप आवश्यक छ ।’



from Online Khabar https://ift.tt/4XZVpOj

‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’

१६ असार, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा आफू सामू रहेको बताएका छन्  । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा छ ।’

संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत सभामुखले लिएका छन् ।

संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोह-अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको समेत सभामुखले बताएका छन् ।

नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।



from Online Khabar https://ift.tt/FTwjLHm

डेल ने लेटेस्ट कनेक्टिविटी से लैस छह नए लैपटॉप भारत में किए लॉन्च, जानिए क्या हैं कीमतें

डेल ने भारतीय बाजार के लिए नए लैपटॉप लॉन्च किए हैं. नए कमर्शियल लैपटॉप को 14-इंच और 15-इंच फॉर्म फैक्टर में लॉन्च किया गया है. सभी नए डिवाइस में 12वीं जनरेशन के इंटेल कोर प्रोसेसर दिया जा रहा है और इनमें 5G और वाई-फाई 6E सहित लेटेस्ट कनेक्टिविटी का विकल्प दिया गया है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/4sr5iFI

Tuesday, June 28, 2022

Jio और डिजिबॉक्स ने की साझेदारी! अब जियो फोटोज के लिए यूज़र्स को मिलेगी 10GB ज्यादा स्पेस

जियो प्‍लेटफॉर्म्‍स लिमिटेड और इंडियन फाइल स्टोरेज तथा शेयरिंग प्लेटफॉर्म 'डिजिबॉक्स' ने नए स्टोरेज सॉल्यूशन विकसित करने के लिए साझेदारी की है. इससे जियो के मौजूदा और भावी यूजर्स की क्लाउड स्टोरेज सर्विस की जरूरतें पूरी हो सकेंगी. इस साझेदारी से हाल ही में पेश किए गए 20 जीबी के स्टोरेज स्पेस के अलावा यूजर्स को जियो फोटोज ऐप के जरिये साइनअप करने पर डिजिबॉक्स पर 10 जीबी का अतिरिक्‍त स्पेस मिलेगा.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/QAKiebJ

पश्चिम नेपालमा भारी वर्षा, शुक्रबारदेखि मौसममा सुधार

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा  भएको छ ।

शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ ।

मौसमविद पौडेलका अनुसार कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्यूठान, पाल्पा र रौतहटमा अति भारी वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा १६४ मिलिमिटर, पाल्पामा १४८ मिलिमिटर, नेपालगञ्जमा १४५ मिलिमिटर प्युठानमा १४० मिलिमिटर, दाङमा १३५ मिलिमिटर र रौतहटमा १०६ मिलिमिटर वर्षा मापन भएको छ । कैलालीमा ६ घण्टामै १०० मिलिमिटर वर्षा मापन भएको छ भने भैरहवामा पनि अहिले भारी वर्षा भइरहेको मौसमविद पौडलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि कैलाली, कन्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । कान्द्रा, मोहना, खुटिया लगायत नदीमा बाढीको बहाव बढेको छ । कैलालीको कान्द्रा नदीले सतर्कताको तह पार गरेको छ । त्यसैले आज बिहान १० बजेसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी जाजरकोट र आसपासका क्षेत्रहरुमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएका बाढी र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै रौतहटको गौर र आसपासको क्षेत्रहरुमा भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबारदेखि भने मौसम तुलनात्मक रुपमा केही सुधार हुने मौसमविद् वरुण पौडेलले बताए ।



from Online Khabar https://ift.tt/P0EcmJv

Netflix और Amazon Prime के ऑटो सब्सक्रिप्शन को OFF करना है आसान, ये है प्रोसेस

Netflix और Prime जैसे OTT यूज़ करते हुए हमने कई बार ये नोटिस किया होगा कि प्लान लेने पर नेटफ्लिक्स हमें कार्ड की डिटेल डालने को कहता है, और फिर ये ऑटो renew पर रहता है. इसका मतलब ये हुआ कि आपका मौजूदा प्लान खत्म होने के बाद प्लान अपने आप चालू हो जाए, और आपके पैसे कट जाएं. आज हम आपको बता रहे हैं कि कैसे Netflix और Prime की ऑटो सब्सक्रिप्शन को ऑफ किया जा सकता है...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/bYqPcnX

कर्णालीमा आज सार्वजनिक बिदा

१५ असार, कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपाने जानकारी दिए ।



from Online Khabar https://ift.tt/aqhEUv3

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

दहीच्युराको संस्कृति

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।



from Online Khabar https://ift.tt/Ny6Pgs7

Monday, June 27, 2022

सबसे सस्ते दाम पर मिल रहा है ट्रिपल कैमरे वाला बजट स्मार्टफोन! मिलेगी 5000mAh की बैटरी

Flipkart Month End Mobile fest Sale: सेल में पॉपुलर फोन पर तो छूट मिल रही है, लेकिन बात करें बेस्ट डील की तो ग्राहक यहां किफायती ट्रिपल कैमरे वाले फोन पोको C31 को भी कम कीमत में घर ला सकते हैं. फ्लिपकार्ट से मिली जानकारी के मुताबिक फोन को 10,999 रुपये के बजाए सिर्फ 8,499 रुपये में उपलब्ध कराया जा रहा है. इस फोन की सबसे खास बात इसकी 5000mAh की बैटरी, और इसका ट्रिपल रियर कैमरा है.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/4GKP8pt

बर्खा आयो, मल आएन

१४ असार, पोखरा । पोखरा महानगरपालिका–२५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी जग्गामा उनी धान रोप्ने तयारीमा छन् । तर, समयमै मल नपाइने निश्चितजस्तै भएपछि उनी प्राङ्गारिक मलतिर सोझिएका हुन् ।

‘घरमा वस्तुभाउ पनि पालेको छु । तिनीहरुको मलमुत्र नै योपालि खेतबारीमा प्रयोग गर्ने सोच बनाएको छु । अर्को मल (रासायनिक) आउने/नआउने थाहै भएन,’ तिमिल्सिना भन्छन्, ‘आलु, गोभीलगायत तरकारीमा भने त्यही मल हाल्छु ।’

गाईवस्तु पालेकै कारण तिमिल्सिनालाई मलको अभाव नहुने भए पनि पोखराका अन्य किसानसँग भने विकल्प छैन । पोखरा फूलबारीमा करिब ४ रोपनी जग्गामा धानबाली लगाउँदै आएका कृष्ण गुरुङलाई मल नपाएपछि चिन्ताले सताएको छ । ‘धान लगाउनेबेला भइसक्यो । मल नै पाइएन । यसपालि कुखुरा, गाईभैंसीको मल पनि नपाइएलाजस्तो भयो,’ गुरुङले भने, ‘मल नभएकै कारण चैते धान पनि राम्रो हुन पाएन । किन्न भनेर जाँदा पनि छैन भनेर पठाउँछन् ।’

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया पनि बर्खा लागेसँगै किसानहरु मल अभावको गुनासो लिएर आउन थालिसकेको बताउँछन् । ‘कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले मल उपलब्ध गराएपछिमात्रै किसानले मल पाउने हुन् । तर, अहिले दुबैले कहिले ल्याउँछन् भन्ने नै थाहा छैन,’ उनले भने ।

यस वर्ष कास्कीको पोखरामामात्रै होइन, गण्डकी प्रदेशका सबै जिल्लामा रासायनिक मल अभाव हुने कृषि सामग्री केन्द्र पोखराले जनाएको छ ।

कृषि साम्रगी केन्द्र पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला

गण्डकी प्रदेशभर ५ हजार मेट्रिक टनभन्दा बढी मल माग भइरहेकोमा केन्द्रले आधा पनि माग पुर्याउन नसकिरहेको कृषि साम्रगी केन्द्र पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । देशैभर रासायनिक मलको अभाव रहेकाले गण्डकीमा पनि त्यसको प्रभाव पर्न गएको उनले बताए । ‘अहिले हामीसँग पोटासबाहेक अन्य मल छैन । सबै नील छ तर किसानबाट माग हुन छोडेको छैन,’ बास्तोला भन्छन्, ‘देशैभरि मलको अभाव भइरहेकोबेला गण्डकीमा नपुग्नु स्वाभाविक हो ।’

केन्द्रका अनुसार गण्डकी प्रदेशमा ५ हजार मेट्रिक टन युरिया र २ हजार ५ सय मेट्रिक टन डीएपी मलको माग छ । तर, केन्द्रले युरिया ३ हजार ८० र डिएपी १ हजार ३२० मेट्रिक टन मात्रै पुर्याउन सकेको बास्तोलाले जानकारी दिए । ‘हामीसँग अहिले पोटासमात्रै १४२ मेट्रिक टन मौज्दात छ । अरु मलको मौज्दात छैन,’ उनले भने, ‘गण्डकीको माग पूरा गर्न अझै २ हजारभन्दा बढी मेट्रिक टन मल चाहिन्छ ।’

रासायनिक मल नेपालमा उत्पादन नहुने भएकाले तेस्रो मुलुकबाट ग्लोबल टेन्डरबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा मल ल्याउन कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले जिम्मा पाएका छन् । मल ल्याउन सरकारले निश्चित बजेट छुट्याएर अनुदान दिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारले १७ अर्ब अनुदान दिएको थियो भने आगामी आर्थिक वर्षका लागि १५ अर्ब छुट्याएको छ ।

रासायनिक मल अभावलाई कम गर्न केन्द्रले केही वर्षअघि प्रांगारिक मलको बिक्री वितरणसमेत थालेको थियो । तर, उक्त मललाई किसानले नै विश्वास नगर्दा असफल हुन पुगेको कृषि साम्रगी केन्द्र पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् ।

तर, बढ्दो महँगीसँगै मलको खरिद मूल्य पनि आकाशिँदै जाँदा आगामी दिनमा रासायनिक मलको अभाव अझै बढ्ने केन्द्र प्रमुख बास्तोला बताउँछन् । ‘पहिले ३ सय डलरमा पाइने मल अहिले १२ सय डलरसम्म पुगिसक्यो । सरकारले उपलब्ध गराएको अनुदानको भर पर्ने हो भने आधा मल ल्याउन पनि पुग्दैन,’ बास्तोला भन्छन्, ‘आगामी आर्थिक वर्षको न्यून अनुदानले झन् मल अभावको समस्या पूर्ति गर्न नसक्ने देखिन्छ ।’

बफर स्टकबाट बाँडेपछि केही राहत

केन्द्रका अनुसार नेपालमा वीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट रासायनिक मलखाद भित्रिन्छ । प्रत्येक नाकाबाट भित्रिने मलमध्ये १० प्रतिशत ‘बफर स्टक’का रुपमा राखिन्छ । गण्डकीमा वीरगञ्ज र भैरहवाबाट मल आउने गर्दछ । गण्डकी प्रदेशभरमा सबैभन्दा बढी मल वितरण नवलपुरको कावासोती, कास्कीको पोखरा र तनहुँको दमौली क्षेत्रबाट हुने गरेको छ ।

कृषि सामग्री केन्द्र पोखरा प्रमुख बास्तोलाका अनुसार किसानबाट मलखादको अत्याधिक माग भएकाले २–३ दिनभित्रै ‘बफर स्टक’को वितरण गर्ने तयारी छ । ‘केही दिनअघि बोर्ड मिटिङ थियो । त्यसमा बफर स्टकबाट वितरण गरौं, किसानले २–४ किलो वा २–४ बोरा भए पनि मल पाउँछन् भन्ने कुरा उठेको थियो,’ केन्द्र प्रमुख बास्तोलाले भने, ‘केन्द्रका अध्यक्षज्यू बाहिर जानु भएको छ उहाँ आएलगत्तै त्यो निर्णय हुन्छ ।

‘बफर स्टकबाट मलखाद वितरण थालेपछि गण्डकीमा करिब ६० टन मेट्रिक टन मल आउने केन्द्रले जनाएको छ । उक्त मल अबको एक हप्ताभित्रै आउने भएकाले किसानलाई केही राहत पुग्ने विश्वास केन्द्रको छ ।

किसानले प्रांगारिक मललाई विश्वास गरेनन्

रासायनिक मल अभावलाई कम गर्न केन्द्रले केही वर्षअघि प्रांगारिक मलको बिक्री वितरणसमेत थालेको थियो । तर, उक्त मललाई किसानले नै विश्वास नगर्दा असफल हुन पुगेको केन्द्रका पोखरा शाखा प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् । ‘किसानलाई मल भनेकै युरिया भन्ने परेको छ । उनीहरुले डीएपी र पोटासलाई पनि राम्रोसँग चिन्दैनन्,’ बास्तोलाले भने, ‘हामीले ल्याएको कम्पोस्ट मल विश्वासै गरेनन् । जबर्जस्ती वितरण गर्न सकेनौं ।’

केन्द्रले विभिन्न सहकारीमार्फत मलखाद बिक्री वितरण गर्दै आएको छ । किसानलाई राज्यका तीनवटै तहले प्रांगारिक मलबारे बुझाउन नसके बर्सेनि रासायनिक मल अभावको समस्या दोहोरिरहने बास्तोलाको भनाइ छ । ‘राज्यको माथिल्लो तहदेखि तल्लो तहका निकायले नै किसानलाई जागरुक, उत्प्रेरित गराउनुपर्छ । प्रचारमुखी अभियानै चलाउनु पर्छ । नत्र मल भनेकै युरिया भन्ने भइरहन्छ,’ उनले भने ।



from Online Khabar https://ift.tt/75k8K3s

WhatsApp पर बैन हो गया है अकाउंट तो ये फीचर करेगा आपकी मदद! यहां जानें आसान प्रोसेस

WhatsApp Useful Feature: वॉट्सऐप का FAQ पेज पर कहना है कि अगर आपका अकाउंट बैन कर दिया गया है, तो आपको WhatsApp ऐक्सेस करते समय यह मैसेज दिखेगा- 'आपके फोन नंबर को WhatsApp का इस्तेमाल करने से बैन किया गया है. मदद के लिए सपोर्ट टीम से संपर्क करें.’ वॉट्सऐप का कहना है कि वह ऐसा तभी बैन करता है जब उसे लगता है कि किसी अकाउंट की एक्टिविटी से उसकी सेवा की शर्तों का उल्लंघन हो रहा है

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/X0cfOYz

बर्खा आयो, मल आएन

१४ असार, पोखरा । पोखरा महानगरपालिका २५ हेमजामा खेती किसानी गर्दै आएका हरिप्रसाद तिमिल्सिना यसपटक खेतबारीमा प्राङ्गारिक मल प्रयोग गर्ने सोचमा छन् । करिब ८ रोपनी क्षेत्रफलमा उनी धान रोप्ने तयारीमा छन् । तर, समयमै मल नपाइने निश्चितजस्तै भएपछि उनी प्राङ्गारिक मलतिर सोझिएका हुन् ।

‘घरमा वस्तुभाउ पनि पालेको छु । तिनीहरुको मलमुत्र नै योपालि खेतबारीमा प्रयोग गर्ने सोच बनाएको छु । अर्को मल (रासायनिक) आउने नआउने थाहै भएन,’ तिमिल्सिना भन्छन्, ‘आलु, कोपीलगायत तरकारीमा भने त्यै मल हाल्छु ।’

गाईवस्तु पालेकै कारण तिमिल्सिनालाई मलको अभाव नहुने भए पनि पोखराका अन्य किसानसँग भने बिकल्प छैन । पोखरा फूलबारीमा करिब ४ रोपनी क्षेत्रफलमा धानबाली लगाउँदै आएका कृष्ण गुरुङलाई मल नपाएपछि चिन्ताले सताएको छ ।

‘धान लगाउनेबेला भइसक्यो । मल नै पाइएन । यसपालि कुखुरा, गाईभैंसीको मल पनि नपाइएलाजस्तो भयो,’ गुरुङले भने, ‘मल नभएकै कारण चैते धान पनि राम्रो हुन पाएन । किन्न भनेर जाँदा पनि छैन भनेर पठाउँछन् ।’

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरिया पनि बर्खा लागेसँगै किसानहरु मल अभावको गुनासो लिएर आउन थालिसकेको बताउँछन् । ‘कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले मल उपलब्ध गराएपछिमात्रै किसानले मल पाउने हुन् । तर, अहिले दुवैले कहिले ल्याउँछन् भन्ने नै थाहा छैन,’ उनले भने ।

कृषि सामग्री केन्द्रका प्रमुख ठाकुरप्रसाद बास्तोला ।

तर, यस वर्ष पोखरामात्रै होइन, गण्डकी प्रदेशका सबै जिल्लामा रासायनिक मल अभाव हुने कृषि सामग्री केन्द्र पोखराले जनाएको छ । प्रदेशभर ५ हजार मेट्रिक टनभन्दा बढी मल माग भइरहेकोमा केन्द्रले आधा पनि माग पुर्‍याउन नसकिरहेको केन्द्रका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । उनले देशैभर रासायनिक मलको अभाव रहेकाले गण्डकीमा पनि त्यसको प्रभाव पर्न गएको बताए ।

‘अहिले हामीसँग पोटासबाहेक अन्य मल छैन । सबै नील छ । तर, किसानबाट माग हुन छोडेको छैन,’ कृषि साम्रगी केन्द्र पोखरा प्रमुख बास्तोला भन्छन्, ‘देशैभरि मलको अभाव भइरहेकोबेला गण्डकीमा नपुग्नु स्वभाविक हो ।’

केन्द्रका अनुसार गण्डकी प्रदेशमा ५ हजार मेट्रिक टन युरिया, २ हजार ५ सय मेट्रिक टन डीएपी मलको माग छ । तर, केन्द्रले युरिया ३ हजार ८० र डिएपी १ हजार ३२० मेट्रिक टन मलमात्रै पुर्‍याउन सकिएको जानकारी दिए । ‘हामीसँग अहिले पोटासमात्रै १ सय ४२ मेट्रिक टन मौज्दात छ । अरु मलको मौज्दात छैन,’ उनले भने, ‘गण्डकीको माग पूरा गर्न अझै २ हजारभन्दा बढी मेट्रिक टन मल चाहिन्छ ।’

रासायनिक मल नेपालमा उत्पादन नहुने भएकैले तेस्रो मुलुकबाट ग्लोबल टेन्डरबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा मल ल्याउन कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेशनले जिम्मा पाएका छन् । मल ल्याउनसरकारले निश्चित बजेट छुट्याएर अनुदान दिँदै आएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपाल सरकारले १७ अर्ब अनुदान दिएको थियो भने आगामी आर्थिक वर्षका लागि १५ अर्ब छुट्याएको छ । तर, बढ्दो महंगीसँगै मलको खरिद मूल्य पनि आकाशिँदै जाँदा आगामी दिनमा रासायनिक मलको अभाव अझै बढ्ने केन्द्र प्रमुख बास्तोला बताउँछन् ।

‘पहिले ३ सय डलरमा पाइने मल अहिले १२ सय डलरसम्म पुगिसक्यो । सरकारले उपलब्ध गराएको अनुदानको भर पर्ने हो भने आधा मल ल्याउन पनि पुग्दैन,’ बास्त्ाोला भन्छन्, ‘आगामी आर्थिक वर्षको न्यून अनुदानले झन् मल अभावको समस्या पूर्ति गर्न नसक्ने देखिन्छ ।’

बफर स्टकबाट बाँडेपछि केही राहत

केन्द्रका अनुसार नेपालमा वीरगञ्ज, भैरहवा र विराटनगर नाकाबाट रासायनिक मलखाद भित्रिन्छ । जसमा प्रत्येक नाकाबाट भित्रिने मलमध्ये १० प्रतिशत ‘बफर स्टक’का रुपमा राखिन्छ । गण्डकीमा वीरगञ्ज र भैरहवाबाट मल आउने गर्दछ । गण्डकी प्रदेशभरमा सबैभन्दा बढी मल वितरण नवलपुर (कावासोती), पोखरा र दमौली क्षेत्रबाट हुने गरेको छ ।

कृषि सामग्री केन्द्र पोखरा प्रमुख बास्तोलाका अनुसार किसानबाट मलखादको अत्याधिक माग भएकाले २-३ दिनभित्रै ‘बफर स्टक’को वितरण गर्ने तयारी छ । ‘केही दिनअघि बोर्ड मिटिङ थियो । त्यसमा बफर स्टकबाट वितरण गरौं । किसानले २-४ किलो वा २-४ बोरा भएपनि मल पाउँछन् भन्ने कुरा उठेको थियो,’ केन्द्र प्रमुख बास्तोलाले भने, ‘केन्द्रका अध्यक्षज्यू बाहिर जानु भा’छ उहाँ आएलगत्तै त्यो निर्णय हुन्छ ।’

‘बफर स्टक’ बाट मलखाद वितरण थालेपछि गण्डकीमा करिब ६० टन मेट्रिक टन मल आउने केन्द्रले जनाएको छ । उक्त मल अबको एक हप्ताभित्रै आउने भएकाले किसानलाई केही राहत पुग्ने विश्वास केन्द्रको छ ।

किसानले प्रांगारिक मलको मललाई विश्वास गरेनन्

रासायनिक मल अभावलाई कम गर्न केन्द्रले केही वर्षअघि प्रांगारिक मलको बिक्री वितरणसमेत थालेको थियो । तर, उक्त मललाई किसानले नै विश्वास नगर्दा असफल हुन पुगेको केन्द्रका पोखरा शाखा प्रमुख ठाकुरप्रसाद बास्तोला बताउँछन् ।

‘किसानलाई मल भनेकै युरिया भन्ने परेको छ । उनीहरुले डीएपी र पोटासलाई पनि राम्रोसँग चिन्दैनन्,’ बास्तोलाले भने, ‘हामीले ल्याएको कम्पोस्ट मल विश्वासै गरेनन् । जबर्जस्ती वितरण गर्न सकेनौं ।’ केन्द्रले विभिन्न सहकारीमार्फत मलखाद बिक्री वितरण गर्दै आएको छ ।

किसानलाई राज्यका तीनवटै तहले प्राङगारिक मलबारे बुझाउन नसके वर्षेनी रासायनिक मल अभावको समस्या दोहोरिरहने बास्तोलाको भनाइ छ । ‘राज्यको माथिल्लो तहदेखि तल्लोतहका निकाय नै किसानलाई जागरुक, उत्प्रेरित गराउनुपर्छ । प्रचारमुखी अभियानै चलाउनु पर्छ । नत्र मल भनेकै युरिया भन्ने भइरहन्छ,’ उनले भने ।



from Online Khabar https://ift.tt/5piMJb9

नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप

१४ असार, काठमाडौं । एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

राखेपले आसन्न १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका २३ खेलका ५१५ खेलाडीमध्ये उपत्यकामा उपलब्ध ३९८ जना खेलाडीको शारीरिक परीक्षण गरेको छ । यसबाट संकलित तथ्यांकको विश्लेषण र आवश्यकताअनुसार अन्य खेलाडीको पनि परीक्षण गरेपछि नेपालले आफ्नै प्रशिक्षण मापदण्ड तयार गर्नेछ ।

गत मंसिरमा राखेप सदस्यसचिव नियुक्त भएलगत्तै टंकलाल घिसिङले राष्ट्रिय टिमको स्तरोन्नतीमा आधारित ‘हाई पर्फमेन्स कमिटी’ बनाएका थिए । सोही कमिटीले खेलाडीको शारीरिक परीक्षणका साथै आफ्नै परिवेशअनुसार प्रशिक्षण मापदण्ड निर्माणको तयारीमा जुटेको हो । ‘खासमा यो सदस्य सचिवज्यूकै अवधारणा हो । राष्ट्रिय टिमको स्तर विकासमा वैज्ञानिक प्रशिक्षण प्रणाली अहिलेको आवश्यकता भइसकेको छ,’ हाई पर्फमेन्स कमिटीका प्रवक्ता हिमाल दाहालले अनलाइनखबरसँग भने, ‘अहिले एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीको स्तर परीक्षण गरेर हामीले यो प्रक्रियाको सुरुवात गरेका हौं ।’प्रवक्ता दाहालका अनुसार एसियाड अगाडि प्रशिक्षणमा रहेका यी खेलाडीको तीनपल्ट परीक्षण हुनेछ । हरेक परीक्षणबाट खेलाडीको स्तर पहिचान गर्दा प्रशिक्षकलाई आफ्नो लक्ष्यअनुसार खेलाडीलाई तयार गर्न सजिलो हुने उनले बताए ।

राखेपअन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठान (सान)की खेलविज्ञ रीता प्रजापतिले तीन चरणको तथ्यांक संकलन र विश्लेषणपछि नेपालले आफ्नै परिवेश सुहाउँदो प्रशिक्षण मापदण्ड तयार गर्ने बताइन् । तर, यो आजको भोलि नै सम्पन्न हुने परियोजना होइन । ‘मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीय स्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ,’ टेबलटेनिसकी पूर्व राष्ट्रिय खेलाडीसमेत रहेकी प्रजापतिले भनिन् ।

राखेपले एसियाड लक्षित गरी आफ्ना खेलाडीको प्रारम्भिक तथ्यांक संकलनका लागि ‘बायो मोटर एविलिटी एसेसमेन्ट’ कार्यक्रम सन्चालन गरेको हो । ८ दिन लगाएर मंगलबार सम्पन्न यो कार्यक्रमबाट संकलित तथ्यांक विश्लेषण गरिने छ । सानले यसअघि पनि खेलाडीको फिटनेस परीक्षण गर्ने गरेको थियो । तर विश्लेषण गरी आवश्यक सुझाव दिने गरेको थिएन । त्यसले गर्दा यो कार्यक्रम प्रभावहीन देखिएको थियो ।

एसियाली खेलकुदका लागि नेपालले २३ खेल समावेश गर्ने निर्णय गरेको छ । २३ खेलका १५० जना खेलाडीले चीनको ह्वाङझोउमा हुने एसियाली खेलकुदमा सहभागिता जनाउने अनुमान राखेपको छ । त्यसका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुनेभन्दा तीन गुणा बढी खेलाडीलाई प्रशिक्षण गराइएको छ ।

यसपालि हाई पर्फमेन्स कमिटीले सानका विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय टिमको स्तर बढाउन आवश्यक कार्यक्रम मागेको थियो । त्यहीअनुसार विज्ञले दिएको सुझाव राखेपले कार्यान्वयन गरेको हो ।

योभन्दा अगाडि १३औं दक्षिण एसियाली खेलकुद आयोजनाको एक महिना अगाडि पनि राखेपले खेलाडीका लागि यस्तै परीक्षण गरेको थियो । तर, तीनपल्ट गर्नुपर्ने प्रस्ताव कार्यान्वयन नभएकाले त्यो परीक्षण प्रभावहीन भएको प्रजापतिले बताइन् । उनले भनिन्, ‘हामीले तीन चरणमा परीक्षण गर्नुपर्छ भनेर प्रस्ताव गरेका थियौं । सरोकारवालाले यो विषयको महत्व नबुझिदिँदा हाम्रो प्रस्ताव कार्यान्वयन भएन । तीन चरणमा परीक्षण गर्न पाएको भए सुरुदेखिको डेटा विश्लेषण गरेर तुलना गर्न सकिन्थ्यो र त्यसले प्रशिक्षण र तयारीमा सजिलो हुन्थ्यो ।’

खेलाडीको प्रदर्शन सुधार्न वैज्ञानिक परीक्षण : रीता प्रजापति, खेलविज्ञ, राखेप

यो खेलाडीको प्रदर्शन क्षमता बढाउन वैज्ञानिक रुपमा परीक्षण गरी आवश्यक सुझाव दिने कार्यक्रम हो । योभन्दा अगाडि पनि सानले गरिराखेको थियो । फिटनेस टेष्टहरु गरे पनि त्यसको विश्लेषण गरेर खेलाडीको प्रदर्शन र क्षमता अभिवृद्धिका लागि आवश्यक सुझावहरु दिने गरी काम भएको थिएन ।

यसपल्ट चाहिं हामीले फिटनेस परीक्षण गरेर खेलाडीको बलियो र कमजोर पक्षमाथि विश्लेषण गरेर कमजोरी सुधार गर्न र बलियो पक्षलाई झनै राम्रो बनाउन आवश्यक प्रशिक्षणहरु सिफारिस गर्नेछौं ।

यसबाहेक अहिलेसम्म हामीले हाम्रो खेलकुदमा खेलअनुसार मापदण्ड तयार गरेका छैनौं । यो परीक्षण र विश्लेषणपछि खेलअनुसार प्रशिक्षणको मापदण्ड तयार हुनेछ । अहिलेसम्म हामीले विदेशीले विदेशी परिवेशमा बनाएको मापदण्ड प्रयोग गरेर खेलाडीलाई प्रशिक्षण गर्दै आएका छौं । अब चाहिं हाम्रै परिवेशमा एउटा खेलको खेलाडीले कसरी र कस्तो प्रशिक्षण गर्नुपर्छ भनेर पनि सिफारिस गर्दैछौं । त्यसका लागि यही डाटा विश्लेषण गर्नेछौं ।

उदाहरणका लागि एउटा खेलाडीले ६० पटक पुसअप गर्न सक्छ भने त्यो खेलका लागि उसको स्तर कस्तो हो भनेर निर्धारण हुनेछ । तर, मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीयस्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ ।

एसियन गेम्सको बन्द प्रशिक्षणमा रहेका खेलाडीको परीक्षण गरिरहेका हौं । हामीले ५ सय १५ जना खेलाडीको परीक्षण गर्नुपर्नेमा काठमाडौं उपत्यकामा उपलब्ध ३९८ जनाको परीक्षण गरेका छौं । अरु खेलाडीहरु उपत्यका बाहिर र केही देश बाहिर भएको हुनाले सबैलाई समावेश गर्न नसकिएको हो ।

खेलाडीको फिटनेस परीक्षणलाई हामीले आठ भागमा विभाजन गरेका छौं । यसमा जनरल स्ट्रेन्थ, फ्लेक्जिविलिटी टेष्ट, एविलिटी टेष्ट, एक्प्लोसिभ स्ट्रेन्थ, स्पिड, जनरल इण्डोरेन्सलगायत छन् । यो पहिलोपल्ट भएको हुनाले सबै खेललाई उपयुक्त हुने गरी मापदण्ड बनाएका थियौं । अर्को चरणदेखि खेलको प्रकृति हेरेर मापदण्ड निर्माण गरी सोहीअनुसार परीक्षण गर्ने हाम्रो तयारी छ । जस्तै टेवलटेनिसका लागि आवश्यक शारीरिक सन्तुलन वा लचकता तेक्वान्दोलाई नचाहिन सक्छ नि ।

एसियाली खेलकुदको मिति अझै निर्धारण भएको छैन । त्यसैले हामीसँग पर्याप्त समय हुनेछ । अहिले यो शारीरिक परीक्षण भयो । त्यसबाहेक अर्को एउटा छ, फङ्सनल मुभमेन्ट स्क्रिनिङ । त्यसमा खेलाडीले जसरी मुभमेन्ट गरिरहेको छ त्यो एउटा मानव शरीरले गर्ने मुभमेन्टसँग मिल्छ कि मिल्दैन भनेर हेरिन्छ । फरक–फरक खेलका खेलाडीको फरक–फरक ‘कोर पार्ट’ हुन्छ । जस्तै बक्सिङका लागि हात र टाउको मुख्य भाग हुनेछ । त्यस्तो भाग सञ्चालनको सही तरिका सिकाइन्छ । यो चाहिं नेपालमै पहिलोपल्ट हुन लागेको हो ।

हामीले लगभग चार सय जनाको तथ्यांक संकलन गर्नुपर्ने छ । यो कार्यक्रममा हामी तीन जनाले नेतृत्व लिइरहेका छौं । एउटै टिम बनाएर गर्दा १५ दिनसम्म लाग्ने भएकाले एक/दिनमा दुई वा तीन खेलको टिम एकै स्थानमा राखेर लगभग ४० जनाको हाराहारीमा खेलाडीको तथ्यांक लिइरहेका छौं । ८ दिनमा सम्पन्न हुन्छ ।

मंगलबारसम्म हामीले खेलाडीको तथ्यांक संकलन गरिसक्छौं । यो प्रारम्भिक काममात्र हो । त्यसको हामीले लागू गर्दै आएको मापदण्डसँग तुलना गरेर उनीहरुको तत्कालको स्तर पत्ता लगाउनेछौं । उनीहरुबीच तुलना गर्दा कुन खेलका खेलाडीहरु उत्कृष्ट छन् भनेर प्रतिवेदन बनाएर पेश गर्नेछौं ।



from Online Khabar https://ift.tt/93Lwfx1

काठमाडौंमा हैजाले सतायो ? ११८० मा फोन गर्नुस्

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर काठमाडौं महानगरपालिकाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र महानगरपालिकाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा महानगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।

विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए । ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ’, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भने ।

त्यस्तै काठमाडौं महानगरपालिकाले पानीको पाइपलाइन तथा  ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।



from Online Khabar https://ift.tt/ai0Q4WT

Sunday, June 26, 2022

WhatsApp की सीक्रेट ट्रिक! एंड्रॉयड पर बिना टाइप किए किसी को भी भेज सकते हैं मैसेज

WhatsApp Tips and Tricks: वैसे तो वॉट्सऐप पर एक टैप के ज़रिए हर चीज़ चुटकियों में हो जाती है, लेकिन सोचिए अगर आपको मैसेज करने के लिए स्मार्टफोन में टाइप भी न करना पड़े तो?.जी हां ऐसा एंड्रॉयड फोन पर वॉइस रिकग्निशन सपोर्टड से मुमकिन है. एंड्रॉयड फोन पर गूगल असिस्टेंड के ज़रिए आप किसी को भी सिर्फ बोल कर मैसेज सेंड कर सकते हैं. आईए जानते हैं कैसे आप भी इसे फोन में एक्टिवेट करके बिना टाइप किए मैसेज भेज सकते हैं...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/s3SfLPh

एक महिलाको पेटमा १३ वटा बच्चा !

आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा जन्माउने महिलाको संख्या निकै कम हुन्छ ।

विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।

यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।

मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चामध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो ।

जुम्ल्याहा र तिम्ल्याहासमेत जन्माइसकेकी मारित्जा फेरि आमा बन्न लागेकी छिन् । यो पटक त उनले इतिहास नै रच्दैछिन् । उनको चेकजाँचका क्रममा पेटमा १३ वटा बच्चा हुर्किरहेको तथ्य डाक्टरहरुले पत्ता लगाएपछि सबै परिवारजन मात्र होइन डाक्टरहरू पनि तीनछक परेका छन् ।

अहिले आफूसँग रहेका ६ वटा बच्चाको लालनपालनकै लागिसमेत आर्थिक सहयोग मागिरहेका मारित्जा र उनका पति एन्टोनियो अब १३ वटा बच्चा एकसाथ जन्मिन थालेको जानकारी पाउँदा चिन्तित बनेका छन् ।

१९ वटा बच्चाको लालनपालन गर्ने आर्थिक हैसियत उनीहरुको छैन । त्यसैले उनीहरुले स्थानीइ नेता तथा अधिकारी र आम मानिसहरुसँग सहयोगका अनुरोध गरेका छन् ।

एजेन्सी



from Online Khabar https://ift.tt/bpPZLsw

WhatsApp की सीक्रेट ट्रिक! एंड्रॉयड पर बिना टाइप किए किसी को भी भेज सकते हैं मैसेज

WhatsApp Tips and Tricks: वैसे तो वॉट्सऐप पर एक टैप के ज़रिए हर चीज़ चुटकियों में हो जाती है, लेकिन सोचिए अगर आपको मैसेज करने के लिए स्मार्टफोन में टाइप भी न करना पड़े तो?.जी हां ऐसा एंड्रॉयड फोन पर वॉइस रिकग्निशन सपोर्टड से मुमकिन है. एंड्रॉयड फोन पर गूगल असिस्टेंड के ज़रिए आप किसी को भी सिर्फ बोल कर मैसेज सेंड कर सकते हैं. आईए जानते हैं कैसे आप भी इसे फोन में एक्टिवेट करके बिना टाइप किए मैसेज भेज सकते हैं...

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/mwDSadY

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौंको डेपुटी चीफ अफ मिशन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए । त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बंगलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू नियुक्त गरेका छन् । उनीसँगै नेपालस्थित राजदूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर समेत ताजिकस्तानका लागि राजदूत बनेर जाने भएका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत ¥यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त भएका छन् । ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन ।

हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।

मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए । त्यसबाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उनले लामो अनुभव बटुलेका छन् ।



from Online Khabar https://ift.tt/J0qImCV

त्रिविको छात्रावास भवनमा कतै क्याम्पस, कतै अस्पताल

१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरुको सहजताको लागि छात्रावास (होस्टल) व्यवस्था गरिएको छ । टाढा टाढाबाट उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थी, जो डेरा लिएर बस्न सक्दैनन्, लाई सहजताको लागि होस्टलमा बस्ने सुविधा हुन्छ । तर अहिले होस्टलको भवन विद्यार्थीको लागि भन्दा अरु नै प्रयोजनमा प्रयोग भइरहेको छ । त्रिवि छात्रावासका भवन आँखा अस्पताल, ललितकला क्याम्पस र सेवा आयोगले प्रयोग गरिरहेका छन् ।

त्रिविका छात्रावासका लागि बनाइएका पुराना भवनहरु मध्ये ‘घ’ र ‘ग’ ब्लकमा ०७२ को भूकम्पले धेरै क्षति पु¥याएको थियो । त्यसपछि त्यहाँ विद्यार्थी राख्न सक्ने स्थिति बनेन र खाली गराइयो । त्रिवि केन्द्रीय कार्यालयले मर्मत सम्भार गरेर विद्यार्थीको लागि उपयोग गर्न भन्दा पनि मर्मत गरेर उपयोग गर्ने सर्तमा आँखा अस्पताल र ललितकला क्याम्पसलाई प्रयोग गर्न दियो । तिनै भवनहरुमध्ये ‘ग’ ब्लकमा ललितकला क्याम्पस र ‘घ’ ब्लकमा कीर्तिपुर आँखा अस्पताल बसेका छन् ।‘ङ’ ब्लककी होस्टेल वार्डेन सरला लुइँटेलका अनुसार २०७२ को भूकम्प अघिसम्म त्यहाँ ५५ जति विद्यार्थी बस्ने गरेका थिए ।

त्रिवि केन्द्रीय कार्यलय र नेत्रज्योति संघबीच सम्झौता गरेर राखेको पाइएको त्रिवि प्रिन्सिपल ध्यानेन्द्र राईले जानकारी दिए । उनले भने ‘त्यसबेला त्रिवि केन्द्रीय कार्यालय र नेत्र ज्योती संघ बीच भएको सम्झौतामा नेत्र अध्ययन केन्द्र हुने, त्रिविको लोगो पनि रहने गरी, शिक्षक कर्मचारीलाई सहुलियत दिने र नेत्र ज्योतिको भवन बनेपछि स्थानान्तरण गर्ने भनिएको रहेछ ।’

त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता भएकोले त्रिवि केन्द्रीय कार्यलयले नै सम्झौता अनुरुप काम भए÷नभएको अनुगमन गर्ने अधिकार रहने उनको भनाइ छ । प्रिन्सिपल राईले भने ‘यो त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता हो । त्यसैले हामीले केही गर्न मिल्दैन, हामीले चासो भने राखिरहेका छौं ।’

तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् ।

ललितकला क्याम्पस बसेको ‘ग’ ब्लक भने अत्यन्तै जीर्ण अवस्थामा रहेको उनको भनाइ छ । भोटाहिटीमा रहेको ललितकला क्याम्पसको भवन भूकम्पले भत्काएपछि उक्त होस्टलमा मर्मत सम्भार गरेर सरेको थियो । त्रिवि प्रिन्सिपल राई भन्छन् ‘ललितकला दुखैले बसिरहेको छ । आफ्नो भवन लगभग सकाएको छ । सरेपछि पनि तत्काल विद्यार्थीहरु राख्न सकिने अवस्था छैन ।’

अर्को ‘क’ र ‘ख’ ब्लक जीर्ण हुँदै जान थालेपछि त्यसको सट्टा अर्को भवन बनाइएको छ । करिब सय जना विद्यार्थी क्षमता बराबरको उक्त भवनमा पनि सेवा आयोग आएर बसेको छ । भूकम्पले सेवा आयोगको भवनमा क्षति पु¥याएपछि उक्त नवनिर्मित छात्राबासको भवनमा सेवा आयोग बसेको छ ।

छात्रवासमा पनि क, ख, ग, घ गरी चार ब्लकमध्ये ख ब्लकमा पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी रहेको भवन पनि जीर्ण रहेको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । ‘ख’ ब्लक पुनर्निर्माणको लागि भारतीय सरकार र नेपाल सरकारबीच सम्झौता भइसकेको छ । भारतीय एक्जिम बैंकको लगानी गर्ने सम्झौता भएपनि पुनर्निर्माण हुन सकेन । अब शिक्षा मन्त्रालयले हेर्ने गरी प्रक्रिया अगाडि बढिरहेको प्रिन्सिपल ध्यानेन्द्र राईले बताए ।

होस्टल नबन्दा विद्यार्थीहरु मर्कामा

छात्रावासका क र ख ब्लक पनि जीर्ण भइसकेकाले केही कोठा प्रयोग गर्नै नसक्ने अवस्थामा भएको होस्टल वार्डेन झुपा कुमारी बुढाथोकी बताउँछिन् । अहिले ७० जना विद्यार्थी बस्छन् यो ब्लकमा । उनी भन्छिन् ‘करिब ९० जना बढी विद्यार्थी क्षमता बराबरको हो यो ब्लक । कुनै बेला सय जना विद्यार्थी पनि बसेका थिए भन्ने सुनिन्छ । तर, अहिले कुनै कुनै कोठा बस्ने सक्ने अवस्थाका छैनन् । त्यसले कुनैमा चाबी छ कुनैमा स्टोर रुम बनाएका छौं ।’ क र ख ब्लकमा पहिलो र दोस्रो सेमेस्टरका विद्यार्थी राखिन्छ । त्यसपछि ‘ङ’ ब्लकमा राखिन्छ । जुन नयाँ भवन हो ।

छात्रावासमा बस्नको लागि मेरिट प्रकृयाको आधारमा विद्यार्थी छनौट गरिन्छ । त्रिविको यो होस्टल दुरदराजबाट पढ्न आउने, आर्थिक अवस्था कमजोर भएकाका लागि बनाइए पनि पर्याप्त नहुँदा लक्षित विद्यार्थी मध्ये न्यूनले मात्रै सुविधा पाएको वार्डेन बुढाथोकी बताउँछिन् । भन्छिन् ‘करिब तीन सय विद्यार्थीको आवेदन पर्छ तर के गर्नु ७० जना भन्दा बढी छनोट गर्न सकिँदैन ।’

विद्यार्थी बन्दना शर्मा भएका होस्टलका भवन मर्मत सम्भार गरेर विद्यार्थीकै लागि उपयोग हुनुपर्ने बताउँछिन् । भन्छिन् ‘विद्यार्थीको लागि बनाइएका भवन भत्केपनि मर्मत सम्भार गरेर चलाउनुपर्छ नि । मर्मत सम्भार गर्नै नसक्ने भन्ने पनि होइन होला ।’

‘स्वार्थ समूहको हितमा सम्झौता’

तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् । उनी भन्छन् ‘भुकम्पपछि झन् विद्यार्थी समस्यामा थिए । होस्टलको भवन मर्मत गरेर विद्यार्थीको लागि चलाउनुको साटो अस्पताललाई दिनु उपकुलपतिले गर्ने काम होर ? स्वार्थ समूहको हितमा हुनेगरी गर्नाले अहिले विद्यार्थीहरु मर्कामा छन् ।’

‘ङ’ ब्लककी वार्डेन सरला लुईंटेल सबै छात्राबासकै लागि निर्मित भवनहरु त्यहि प्रयोजनको लागि प्रयोग गर्न सके धेरै विद्यार्थी लाभान्वित हुने बताउँछिन् । भन्छिन् ‘यी सबै भवनहरु होस्टलकै लागि प्रयोग गर्न सकिए त होस्टलको आवश्यकता भएका धेरै विद्यार्थीलाई व्यवस्थापन गर्न सकिन्थ्यो ।¬’ होस्टलमा बसेर पढ्दा धेरै फरक पर्ने उनको अनुभव छ । भन्छिन् ‘होस्टल बसेर पढ्दा धेरै फरक पार्छ ।  म आफै पनि होस्टल बसेर पढेको भएर बस्न चाहनेलाई व्यवस्थापन गर्न पाए हुने भने जस्तो लाग्छ ।’

छात्रवास करिब दुई सय क्षमता बराबरको भवन हो । तर, ६६ सीट क्षमता बराबरको ‘ख’ ब्लक भत्काइएको छ भने बाँकी रहेको भवन पनि जीर्ण भएकाले कोठाहरु प्रयोग गर्न सकिने अवस्थाका छैनन् । वार्षिक रुपमा होस्टल बस्ने चाहाना राखेर तीन सय जना जत्तिले आवेदन दिन्छन् तर कोठाको अभावको कारण अहिले ७५ जना मात्रै लिने गरिएको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । उनी भन्छन्, ‘भएका पनि जीर्ण छन् । भत्किएका पनि पुनर्निर्माण हुन नसक्दा साँच्चिकै आवश्यकता भएका विद्यार्थीहरुलाई पनि व्यवस्थापन गर्न सकिएको छैन ।’ भत्किएको भवन भने निर्माणको प्रकृया अगाडि बढिरहेकाले थप विद्यार्थी व्यवस्थापन गर्न सकिने अपेक्षा व्यक्त गरे ।

त्रिविको होस्टलमा ४ हजार २२४ रुपैयाँ तिरेपछि विद्यार्थी एक वर्ष बस्न पाउँछन् । छात्रावासमा विद्यार्थी आफैंले मेस चलाउँछन् ।



from Online Khabar https://ift.tt/etqRCDX

Saturday, June 25, 2022

प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा लोक सेवा आयोगको विधेयक

१२ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोग विधेयक २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ मा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूचीसमेत छ ।

यी दुबै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधि सभामा प्रस्तुत हुने छन् । त्यसअघि प्रधानमन्त्रीको तर्फबाटै लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पेश हुने छ ।
यसैगरी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागीतामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।



from Online Khabar https://ift.tt/DLr69nw

कर छुट गर्न एमाले सहमत नभएपछि फलेवासको नगरसभा हुन सकेन   

१२ असार, पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । तर फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन । फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो ।

नगर प्रमुख गङ्गाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयसहितको प्रस्ताव पेश नगरेको आरोप एमालेका प्रतिनिधिले लगाएका छन् भने नेपाली कांग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेवासमा नगरबस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन् ।

शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागतरूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधिले लिखितरूपमै सबै नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए ।

एमालेका प्रतिनिधिले कार्यपालिका बैठक र सभा व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि विषयगत समितिको बैठक राख्ने, राजस्वका दरका बारेमा निर्णय गर्नुपर्ने, नगरसभामा पेश गर्ने प्रस्ताव नगर कार्यपालिकाले पास गर्नुपर्नेमा नगरप्रमुखले कार्यपालिका बैठकमा पेश नै बनगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्वीकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल नै नभएको आरोप लगाएका छन् ।

कार्यपालिकाका सदस्य नेत्रबहादुर विश्वकर्माले भने ‘कार्यपालिकामा नीति तथा कार्यक्रमलाई घनिभूतरूपमा छलफल गर्नुपर्ने र सुझावसहित तयार पार्नुपर्छ ।’

फलेवास नगर प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू कार्यपालिकामा प्रस्तुत गरेको बताए । उनले नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्य बाहिर गएको दाबी गरे । उनले भने, ‘नगरप्रमुखले सहमतिका लागि आउनुस्भन्दा पनि बहुमतको दम्भ देखाएर उहाँहरू हिँड्नुभयो ।’

नगरप्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ भने कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ । प्रवक्ता तिवारीले बहुमतले जहिले सहमतिका लागि आउँछन् त्यही समयमा नगरसभा हुने जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्छ ।



from Online Khabar https://ift.tt/oLD1MHF

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१२ असार, काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/mgupDxJ

PHOTOS: 15-20 हज़ार रुपये की कीमत में आते हैं ये पॉपुलर स्मार्टफोन, फीचर्स बेहद खास

Best Smartphone Between 15-20 thousand rupees: बाज़ार में 5 हज़ार से लेकर 50,000 रुपये तक के फोन के कई ऑप्शन है, और अगर इसी आप भी कोई नया स्मार्टफोन खरीदने की सोच रहे हैं और आपका बजट 20,000 रुपये से कम का है, तो हम आपके लिए 5 बेस्ट ऑप्शन लाएं, जिसे खरीदने के बारे में आप यकीनन सोच सकते हैं.

from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/b58eCPD

बाँकेमा लागुऔषध प्रयोग कर्ता र कारोबारी बढे

१२ असारऽ नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार चालु आवको असार पहिलो सातासम्म यस्ता अभियोगमा १८५ पक्राउ परेका छन् । ती मध्येमा १७५ पुरुष र १० महिला छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसर पारेर यसको माग घटाउने अभियान र वितरणमा नियन्त्रण गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले लागुऔषधको कारोबार र सेवनलाई निरुत्साहित गर्न आवश्यक भएको उल्लेख गर्दै विद्यालय केन्द्रित कार्यक्रम र लागुऔषध जोखिम न्यूनीकरण गर्नुपर्ने बताए ।

गत आर्थिक वर्षमा बाँकेमा कुल १९६ पक्राउ परेका थिए । ती मध्ये १८५ पुरुष र ११ महिला रहेकामा १२६ लाई मुद्दा चलाइएको थियो ।  पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिएको छ । गत वर्षभन्दा चालु आवमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ ।

गत आवमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव तीन केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव चार लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

उनका अनुसार चालु आवको असार पहिलो सातासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव २८ केजी, कोरेक्स आठ दशमलव चार लिटर, नाइट्रोजन चार हजार २५ ट्याब्लेट र ट्रामाडोल दुई हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन ।

जिल्लामा २० पुनःस्थापना केन्द्रमा अहिले ३१२ जनाको उपचार भइरहेको छ । उनीहरु २० देखि ५४ वर्षसम्मका छन् । निःशुल्क परामर्श केन्द्रमा नौ जनाले सेवा लिइरहेका छन् ।



from Online Khabar https://ift.tt/ni7KxZL

 सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी   

१२ असार, महोत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो ।

महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् । सीमा क्षेत्रका कतिपय ठाउँमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो ।

यही असार महिनाका हालसम्मको अवधिमै पाँच ठाउँबाट प्रहरीले भारततर्फ लाँदै गरेका मदिरा नियन्त्रणमा लिएको छ । यो कारोबारमा बढी भारतीय नै समातिएका छन् ।

यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । प्रहरीको कम पहुँच हुने स–साना गल्छिडा तस्करले बढी प्रयोग गर्ने गरेका पाइएको छ ।

पछिल्लोपटक जिल्लाको सीमावर्ती बस्ती नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा बरामद भएको छ । धेरैजसो पैदल नै र यदाकदा सीमा कटाउन तस्करले मोटरसाइकल प्रयोग गरेका पाइएको प्रनाउ विष्टले बताए ।

सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ । त्यसैले मदिरा चोरी लुकाइ भारततर्फ लाने क्रम बाक्लिएको जनाइएको छ । सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन् ।



from Online Khabar https://ift.tt/hjWt4Ik

कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

१२ असार, काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ ।

अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो ।

अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराको कारण ५०० हाराहारीमा मानिस विस्थापित भएका छन् ।



from Online Khabar https://ift.tt/tjbylqQ

एकीकृत समाजवादीको विद्रोही समूहमा विभाजन, पत्र दुरुपयोगपछि ६ सांसद ‘ब्याक’

१२ असार, काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निम्तिएको ‘लफडा’ अझै साम्य भइसकेको छैन । तर, सरकारबाट फिर्ता नहुन अरु सांसदको समेत साथ लिएर बनेको विद्रोही समूह भने आन्तरिक अन्तरविरोधकै कारण कमजोर हुँदै गएको छ ।

विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेमबहादुर आले, रामकुमारी झाँक्रीसहित मन्त्री नबनेका अरु सांसदहरु समेत गरी १० जनाले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएपछि मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले निम्तिएको लफडा औपचारिकरुपमै सार्वजनिक भएको थियो ।

माधव नेपालसमक्ष नपुग्दै सार्वजनिक भएको ध्यानाकर्षण पत्रमा मन्त्रीबाट फिर्ता हुन सर्त नै सर्त राखिएका छन् । तर, शनिबारसम्म आइपुग्दा विद्रोही समूहमा समेत विभाजन आइसकेको छ । हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरूमा पर्यटनमन्त्री आले, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र पुष्पाकुमारी कर्ण छन्।

पत्रको दुरुपयोग भएको भन्दै ‘ब्याक’

संसदीय दलको बैठकको समेत माग गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक भएपछि एकीकृत समाजवादीको एकता कायमै रहनेबारे गम्भीर सन्देह उत्पन्न भएको थियो ।

त्यसपछि अध्यक्ष माधवकुमार नेपालले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरु सांसदलाई फकाउन नेता सोमप्रसाद पाण्डेलाई परिचालन गरेका थिए । पाण्डे नेपालका सम्धी समेत हुन् ।

नेता सोमप्रसाद पाण्डेले भने- किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो, साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।

पाण्डेले शुक्रबार बिहान विरोध खतिवडा र किसान श्रेष्ठसँग कुराकानी गरे । पार्टी विवाद मिलाउने सन्दर्भमा रामकुमारी झाँक्रीसँग भने उनले बिहीबार साँझ नै लामो कुरा गरेका थिए । ध्यानाकर्षण पत्र बिहीबार नै लेखिएकाले पाण्डेले रामकुमारीलाई त्यो पत्र मिडियामा सार्वजनिक गर्न आग्रह समेत गरेका थिए ।

हस्ताक्षर गर्नेमध्य बाँकी रहेका सांसदसँग पाण्डेले हिजो बेलुकासम्म कुरा गरि भ्याइसकेका थिए ।  तर, पत्र शुक्रबार बिहानै मिडियामा सार्वजनिक भयो । पत्र नै आएपछि हस्ताक्षर गरेकाहरुले समेत अप्ठ्यारो माने । पर्यटनमन्त्री आलेले त शुक्रबार दिउँसो पोलिटब्युरो बैठकमा आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

मिडियामा नल्याउने भनेको पत्र सार्वजनिक गरेकोमा आलेसहित अन्य सांसद असन्तुष्ट बने र हस्ताक्षर फिर्ता लिने ‘मुड’मा पुगे । ‘अध्यक्षलाई ध्यानाकर्षण गराउने भनेर हामीले लेख्यौं,’ हस्ताक्षर फिर्ता लिएका सांसद कृष्णलाल महर्जनले अनलाइनखबरसँग भने, ‘हस्ताक्षर गर्यौं । अध्यक्षलाई लगेर बुझाउनु भन्दा पहिले साथीहरुले पहिले मिडियालाई लगेर दिएछन् । त्यसले गर्दा पार्टीले पनि अर्कै हिसाबले सोच्यो ।’

ध्यानाकर्षण पत्रमा आफूहरुले उठाएको माग ठिक भए पनि प्रक्रिया गलत हुन पुगेको महसुस आफूहरुले गरेर हस्ताक्षर फिर्ता लिएको उलने बताए । ‘सबैको कुरा के रह्यो भने हामीले राखेको माग बेठिक होइन, तर प्रक्रिया अनुसार पार्टीभित्र आउनुपर्ने चिज पार्टीभित्र नआइकन बाहिर गइदियो र सबै चिज बिग्रियो,’ महर्जनले भने।

अर्का सांसद गोपाल बमले आफूहरुले पार्टीभित्र थोरै असन्तुष्टि राखेको तर यसले पार्टीलाई क्षति गर्छ भनेर अध्यक्षका तर्फबाट पाण्डेले सम्झाएपछि आफू कन्भिन्स भएर हस्ताक्षर फिर्ता लिएको बताए । ‘हामीले छलफलका लागि अलिकति असन्तुष्टिका भावना पोखेको मात्रै हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो त अन्तरपार्टी जीवनमा स्वभाविक पनि हो । पार्टीलाई सही जीवन दिनका लागि एउटा मसला पनि हो यो ।’

हस्ताक्षरले गर्दा पार्टी र गठबन्धनलाई नै समस्या पर्ने भन्दै पाण्डेले धेरै सांसदलाई फिर्ता लिन ‘कन्भिन्स’ गराएका थिए । ‘तपाईंहरुको कुरा पनि ठिकै हो, पार्टीले निर्णय गरिसक्यो,’ पाण्डेको भनाइबारे सांसद बमले भने, ‘सिंगो पार्टी र गठबन्धनमै समस्या आउने भयो । तत्काल संसदीय दलको बैठक बोलाउने माग फिर्ता लिउँ भन्ने कुरा गरेपछि ठिकै छ, पछि छलफल गरौंला नि भनेर फिर्ता लिइयो । पार्टीको संस्थागत निर्णय भइसकेको कुरालाई मान्नै पर्यो ।’

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ ।

ध्यानाकर्षण पत्र सार्वजनिक गरेर अनावश्यक मिडियाबाजी गरेको भन्दै हस्ताक्षर गर्नेमध्यका एक सांसदले मन्त्री खतिवडासँग असन्तुष्टि समेत पोखेका थिए । उनले ती सांसदलाई साथीहरुले ‘गडबड’ गरेको जवाफ दिएका थिए ।  खतिवडासँग ती सांसदको असन्तष्टि थियो, ‘अस्ति हाम्रो जुन हिसाबले कुराकानी भएको हो, त्यो हिसाबले नगइकन मिडियाबाजी नगरौं है भनेर मैले विशेष अनुरोध गरेको थिएँ, झन् उल्टो तपाईंहरुले के–के गर्नुभयो भने । उहाँले साथीहरुले गडबड गरे भन्नुभयो ।’

पाण्डेले ध्यानाकर्षण पत्रको विषय एउटा र उद्देश्य अर्कै भएपछि कुरा बुझेर सांसदहरुले हस्ताक्षर फिर्ता लिएको बताए। ‘किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।’

‘मन्त्रीबाट हटाए सरकार गिराइदिने चेतावनी’

शनिबार बिहान सत्ता गठबन्धनको बैठक बालुटारमा बस्यो । माधव नेपाल निकट एक नेताका अनुसार बैठकमा देउवाले सांसद किसान श्रेष्ठसँग कति सांसद छन् भनेर जिज्ञासा राखेका थिए । बैठकमा देउवाको भनाइबारे ती नेताले भने, ‘हामीसँग १८ जना सांसद छन्, यदि तपाईंहरुले हामीलाई हटाउनुभयो भने हामी १८ जनाले यो सरकार गिराइदिन्छम् भनेर प्रधानमन्त्रीलाई भन्नु भएछ । त्यो भनेपछि आज प्रधानमन्त्रीले सोध्दै हुनुहुन्थ्यो रे– कति जना छन् हँ त्यो किसान श्रेष्ठसँग ?’

त्यही कारण पनि प्रधानमन्त्री अलमलमा परेको र सरकार कतै अल्पमतमा पर्ने त होइन भन्ने डरले देउवाले बजेटपछि मन्त्री हेरफेर गर्ने बताएका थिए । आजको बैठकपछि देउवा पनि स्पष्ट भएको समाजवादीका ती नेताको भनाइ छ । ‘त्यो कारणले गर्दा पनि प्रधानमन्त्री अलमलमा पर्नु भएको थियो । अब प्रधानमन्त्री अलमलमा हुनुहुन्न, स्पष्ट हुनु भएको छ,’ उनले भने ।

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ । ‘उस्तै पर्यो भने माधवकुमार नेपाललाई नै दलको नेताबाट हटाएर म नेता बन्न सक्छु भन्ने योजना रहेछ,’ नेपाल निकट अर्का नेताले भने, ‘त्यसकै निम्ति दलको बैठक बोलाउने र त्यहाँ बहुमत सिद्ध गर्ने भनेर दलको बैठक बोलाएको हो ।’

बैठक बहिस्कार, बारम्बार बालुवाटार

६ सांसदले हस्ताक्षर फिर्ता लिएपछि ३ जना मन्त्री एकीकृत समाजवादीको शनिबार कार्की ब्यांकेटमा बसेको केन्द्रीय समिति बैठकमै गएनन् । मन्त्रीहरु विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ (किसान) र रामकुमारी झाँक्री बैठकमा उपस्थित थिएनन् ।

बैठकमा नगएकोबारे बुझ्दा स्वास्थ्यमन्त्री खतिवडाले आफू दिनदिनै बैठकमा गइरहेको र आज काम परेकाले नगएको प्रतिक्रिया दिए । ‘बैठकमा म दिनदिनै गएको छु,’ उनले अनलाइनखबरसँग भने, ‘स्थायी कमिटीमा गएको छु । पोलिटब्युरोमा गएको छु । अनि आज अरु काम पर्दैन मेरो ? महत्व हेरेर बैठकमा जाने हो । म पर्सिको बैठकमा जान्छु ।’

दिउँसो बैठकमा नगएका तीनै मन्त्रीहरु शनिबार अबेर भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । स्रोतका अनुसार देउवालाई अन्तिम पटक आफ्नो निरन्तरताबारे कुरा राख्ने र त्यो सफल नभए अन्य सांसदले जस्तै हस्ताक्षर फिर्ता लिने तयारी उनीहरुले गरेको स्रोतको दाबी छ ।



from Online Khabar https://ift.tt/hCeKkuD

Friday, June 24, 2022

राकेशभक्तको हत्या आरोपमा १२ जना पक्राउ

११ असार, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन् ।

यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन् ।



from Online Khabar https://ift.tt/zUloMGE

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी   

११ असार, बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ ।

विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए ।

बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ,’ उनले भने । उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।

कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ । कारागारबाट निस्केको फोहर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।

फोहरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग सङ्क्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।



from Online Khabar https://ift.tt/MZ2UTjz

फेरि अर्को बालेन जन्मिए

पेशाले आफू ठेकेदार भए पनि उनी आज दौरा-सुरुवाल र टोपीमा सजिइसकेका थिए । समय बिहानको ठीक ६ बजेको थियो ज्योतिषीको भनाइ अनुसार पहिलो मत आफै्ले आफैंलाई हाल्दा जित्ने संभावना बढ्ने ज्योतिषीय अध्ययनबाट ग्रह-दशा-नक्षत्र आदि हेरेर बताएका थिए ।

नेताज्यूका भक्तहरू भनौं कार्यकर्ता लावालस्कर सहित घर अगाडि आइसकेका थिए । नेताज्यू कार्यकर्तासँग मतदान गर्न आˆनो वडाको मतदान केन्द्रमा पुगे र जुराएकै साइत र समय अनुसार आफ्नो पहिलो मत हाल्न सफल भए ।

त्यसपछि सुरु भयो ३२ वटै वडाको अनुगमन जहाँ मतदाता ५ बजे बिहानैदेखि मताधिकारको प्रयोग गर्न लाइन लागेर बसेका थिए । नेताज्यूले सबै वडाको खबर लिए, सबैतिर राम्रै छ भन्ने सन्देश आयो । मतदाता र कार्यकर्ताहरूका लागि चियानास्ता र खानाको सबै वडामा ३० गतेको उत्सवको लागि राम्रै प्रबन्ध गरेका थिए भनौं राम्रै खर्चेका थिए नेताज्यूले ।

मतदान सम्पन्न भएपछि ३२ वटै वडाबाट वडा प्रतिनिधिसहित कार्यकर्ताहरू मतपेटिकासँगै राष्ट्रिय सभा गृह पुगेका थिए । उत्सवको रौनक राम्रै छाएको थियो जसले ठेकेदारलाई नेता र नेताज्यूलाई मेयर बनाउने पक्कापक्की झैं भइसकेको थियो । कार्यकर्ताहरूले पलपलको राम्रै खबर दिन्थे, खबर अनुसार नेताज्यूलाई मेयर पद पाउने सुनिश्चितता भएपछि सभागृह नजिक रहेको होटल/लजमा बस्न गए । अब बाँकी थियो भने मतगणना र उनको जितको घोषणा ।

रंगी-विरंगी सपना हेर्न थाले नेताज्यू । कल्पनाको सागरमा डुबिसकेका थिए निद्रा लागेको पत्तै पाएनन् । कति बेला भक्तहरू होटलबाट निस्के त्यो पनि थाहा पाएनन् । मतगणना सुरु भयो सुरुका वडाहरूको मतगणना हुँदा प्रतिस्पर्धीहरूसँग २-४ भोटको तल-माथि हुँदै अघि बढिरहेका थिए ५-६ वडाको मतपरिणाम हेर्दा उनकै पोल्टामा देखिएको जस्तो भएको थियो अझ उनको वडा त झन् डल्लै बाँकी थियो । लगानी खेर जाँदैन भन्ने कुरामा नेताज्यू सुनिश्चित थिए ।

३२ वटै वडाका भक्तजनहरू भेट्न आउँदा उनी बसेको होटलको बिल दिनदिनै बढ्न थालेको थियो । नभन्दै उनको वडाको मतगणना सुरु भयो मतपरिणाम सन्तोषजनक मात्र आयो नेताज्यू अत्तालिए, भक्तहरूले सान्त्वना दिन थाले । अब बाँकी रहेको वडाको पनि मत परिणाम आउन थालेपछि नेताज्यू उधोतिर लाग्न थाले । २-४ भोटको तलमाथि भएर के भयो र पछि जित हाम्रै हुन्छ अत्तालिइहाल्नुपर्दैन भएजति साम-दाम-दण्ड-भेद प्रयोग गरेकै छौं भन्दै सान्त्वना दिंदै नेताज्यूलाई उचाल्न थाले ।

दिन बित्दै गयो मतपरिणाम आउने क्रम जारी नै रहृयो । तर उनको मत भनेे धेरैपछि पर्यो । विस्तारै ठूला ठूला नेताहरूको फोन आउन छाड्यो र भक्तहरू पनि पातलिंदै गए । कस्ता कस्ता दिग्गज नेताहरूको मत परिणाम स्वतन्त्रबाट उठेका बालेन साहको अगाडि आधा जस्तै भइसकेको थियो ।

नेताज्यू आˆनो मतपरिणाम देखेर निरास भइसकेका थिए अन्ततः त्यो अन्तिम दिन आयो जुन दिन १ वा २ वटा वडाको मात्र मतगणना हुन बाँकी थियो । नेताज्यूलाई भेट्न आउने वरिष्ठ भनाउँदा नेता तथा कार्यकर्ता हराइसकेका थिए । साँझको ७ बज्न लागेको थियो । नेताज्यू विस्तारै आˆनो रुमबाट निस्के, होटलको बिल काउन्टरतिर आए र हिसाब मागे । राम्रै बिल उठेको रहेछ । ड्राइभरलाई फोन गरे र घरबाट पैसा मागेर ल्याउन आदेश दिए । विल भर्पाइ चुक्ता गरेपछि नेताज्यू सीधै घरतिर लागे ।

बिहान सूर्योदयको किरणसँगै काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको नाम गुन्जन थाल्यो । आफ्नो बेडबाट उठ्दै केटाकेटीहरूलाई कराउँदै टिभी बन्द गरे । हेर्दा हेर्दै काठमाडौं बालेनमय भइसकेको थियो । केटाकेटी, बुढाबुढी युवायुवती सबै मेयर बालेनकै नाम लिई गफ गर्ने, हर्षोल्लास मनाउने, कोही बाटोमै नाचगान गर्ने जस्ता गतिविधि देखाइरहेका थिए ।

झ्यालबाट बाहिर हेरे बालेनका समर्थकहरू नेपालको झन्डा लिई एकआपसमा रंग अबिर दल्दै शुभकामना प्रकट गर्दै नारबाजी लगाउँदै हिंडिरहेका थिए । नेताज्यूले हेर्न सकेनन् र झ्याल बन्द गरी कोठातिर लागे । यो हारको दोष कसलाई दिने ठम्याउन सकिरहेका थिएनन् नेताज्यू । नेता बन्ने, ठूला ठूला नेता रिझाउने, टिकट पाउने र कार्यकर्ताहरूलाई पाल्ने कार्य देखिलिएर मत परिणाम आफ्नै पोल्टामा पार्नका लागि ठेकेदार सा’वले लाखौं खर्चेका थिए ।

इमानदारीपूर्वक १५ वर्षसम्म निर्माण कार्य/ठेक्काबाट कमाएको सबै पैसा स्वाहा पारिसकेका थिए । सम्पत्तिको नाममा अब मात्रै बाँकी थियो भने आफू बस्ने घर र एउटा सेकेण्ड हृयान्ड चारचक्के गाडी ।

हप्तादिन वितिसकेको थियो मत परिणाम आएको, ठेकेदार सा’वलाई घरबाट बाहिर निस्कन गाह्रो भइरहेको थियो । कसरी बाहिर निस्कने, कसलाई के भन्ने, सोच्न सकिरहेका थिएनन्, उनलाई भेट्न न कुनै कार्यकर्ता नै आए, न कुनै नेता भनाउँदाहरूको फोन नै आयो, भेट्न त परै जाओस् ।
नेता बन्ने रोग लागेपछि श्रीमतीसँग पनि बोलचाल बन्द भइसकेको थियो । घरमा आउने-जाने कुनै समयको ठरठेगान हुँदैनथ्यो, आइहाले भने पनि रक्सीको नशामा डुबेर १२-१ बजे राति लावालस्करसहित आउँथे र ढोका खोल्न लगाई आˆनो कोठामा गएर लम्पसार परेर सुत्थे । भक्तजनहरूले त्यो घरलाई धर्मशाला नै बनाइदिएका थिए ।

श्रीमती तथा बच्चाहरूले कहिलेकाहीं टिभी हेर्दा बालेन साहको नाम सुन्नेवित्तिकै टिभी मारिदिन्थे र बालेनलाई तथानाम गाली गर्थे । भनौं बालेनलाई दुश्मनकै रूपमा हेर्न थालेका थिए । कहींकतै जाने ठाउँ थिएन, मेशिन उपकरण जेसीवी जस्ता साधनहरू धितो राखेर ऋण लिइसकेका थिए, जुन भए जति सबै खर्च भइसकेको थियो ।

साँझको ६ बजिरहेको थियो कोठामा एक्लै ठेकेदार सा’व झोक्राएर बसिरहेका थिए । फेरि पहिलेकै अवस्थामा कसरी आउने भन्ने विषयमा सोचिरहेका थिए तर कुनै निकास पाउन सकिरहेका थिएनन् । ५ कक्षा पढ्ने १० वर्षे छोरो दौड्दै बाबा बाबा भन्दै आयो र हत्केला समाउँदै भन्न लाग्यो “बाबा आज हाम्रो स्कुलमा नयाँ मेयर बालेन साह आउनुभएको थियो ।” नाम सुन्दै बुढाको पारा तात्तियो प्रेसर हाई भएर आयो । हत्केला झट्काउँदै रिसाएर “नलिई त्यसको नाम मेरो अगाडि” भन्दै छोरालाई हप्काए । छोरो अक्क न वक्क भयो । त्यो बच्चाले के बुझेको थियो होला र यत्रो ठूलो राजनीति । मुख कालो बनायो, बाबालाई हेर्दै आँखाबाट आँशु तप्प तप्प झार्दै शिर निहुरायो र विस्तारै जान खोज्यो ।

बुढा केही कन्ट्रोल भएपछि छोरोलाई हेर्दै कडा स्वरमा सोधे “केको लागि आएको थियो त्यो ?” बच्चाले डराउँदै नम्र स्वरमा भन्न लाग्यो । आज बालेन सर हाम्रो स्कुलमा आएर हामी सबैलाई ज्ञानी मान्छे, असल मान्छे कसरी बन्नुपर्छ भनेर सिकाए । उनको राम्रा राम्रा कुरा सुनेर मलाई पनि मेयर बन्न मन लाग्यो र मैले पनि “मेयर बन्न के गर्नुपर्छ ?” भनेर सोधें, त्यसपछि मेयर सा’वले “इमानदारीपूर्वक समाजको हितमा काम गर र केही असल काम गरेर देखाऊ मेयर आफैं बनिहाल्छौं नि” भन्दै मेरो नाम सोधे र मलाई धेरै काम गर्न बाँकी छ भन्दै गए ।

जाँदा जाँदै यो पेन मलाई दिएर जानुभयो । ठेकेदार सा’वले छोराको अनुहार एकटकसँग हेरिरहे, आज छोराले के बोल्यो भनेर ठम्याउनै सकिरहेका थिएनन्, एक खाले शान्तिको अनुभूति भयो । बालेनप्रतिको वितृष्णा हराएर गयो । भएभरका सारा नकारात्मक विचारहरू एकपलमै गायब भयो ।

ठेकेदार सा’वले केही हल्का महसुस गर्न थाले, मेयर बालेन प्रति जतिसुकै नकारात्मक सोच भए पनि यो हप्ता दश दिनका र विगतमा बालेनले गरेका हरेक गतिविधि र प्रतिभाको जानकारी लिइरहेका थिए, सायद प्रतिस्पर्धी भएकै कारण बालेनप्रति नकारात्मक सोच पलाएको थियो ।

“बाबु यो पेन मलाई देउ यसको महत्व बुझ्दैनौ तिमी अहिले” भन्दै छोराको हातबाट पेन लिए र यसो औंला भाँच्दै हिसाब जोडे जस्तो गरेर “यो पेन म तिमीलाई १५ वर्षपछि तिम्रो कोटको खल्तीमा राखिदिन्छु है” भने, छोराले पनि कुरो बुुझे-नबुझे पनि यसो बुझे जस्तो गरेर टाउको हल्लाउँदै गयो ।

ठेकेदार सा’वको आँखा रसाएर आएको थियो विगतमा नेताहरू रिझाउनदेखि लिएर टिकट पाउन र कार्यकर्ता पोसेसम्मकोमा लाखौं लाख खर्चेको रकम यदि समाजसेवामा लगाएको भए आज गर्वको साथ बाटोमा टाउको ठड्याएर हिंड्न सकिन्थ्यो भन्दै मनमनै सोचिरहेका थिए त्यतिकैमा उनलाई के भयो कुन्नि टेबलमा राखिएको पाना टिपे र तुरुन्तै पार्टी परित्यागको राजिनामा पत्र ठोकिहाले ।

एकछिन शान्त बसेपछि मोबाइलमा एउटा नम्बर लगाए उताबाट “नमस्कार नेताज्यू के सेवा गर्न सक्छु आदेश होस् ?” भन्ने सन्देश आयो, “हेर्नु पि्रन्सिपल सा’व म अहिले नेता पनि होइन ठेकेदार पनि होइन एउटा गार्जेनको रूपमा सानो रिक्वेस्ट गर्न लागेको” उताबाट “हुन्छ भन्नुस्” भन्ने आवाज आयो । ठेकेदार सावले “मेरो छोरा बालकुमारलाई चिन्नु हुन्छ नि ?” भने ।

प्रिन्सिपल सा’वले तपाईंको ज्ञानी छोरा यो स्कूलको शान हो । उसलाई नचिन्ने को छ र, यस वर्षको परीक्षाको नतिजामा सबै भन्दा हाइएस्ट नम्बर ल्याएर पास गर्ने उही हो । “आज हाम्रो स्कुलमा मेयर साव विद्यार्थीसँग भेटघाट गर्न आउनुभएको थियो, जाने बेला बालकुमारको बारेमा निकै चासो लिनुभएको थियो र मसँग पूरा परिचय लिएर जानुभएको छ” भनेर जानकारी गराउनुभयो ।

ठेकेदार सा’वको मन झन् हषिर्त भयो, खुसीले गद्गद् भए छोरोको प्रगति सुनेेर । चुनावमा होमिएपछि श्रीमती, छोराछोरी के कस्ता छन् सबै बिर्सिसकेका थिए । फेरि केही सम्झँदै पि्रन्सिपल सा’वलाई भने “मेरो एउटा रिक्वेष्ट छ नि त्यो के हो भने मेरो छोराको नाम स्कूलमा बालकुमार छ नि त्यसलाई काटेर बालेन्द्र लेखिदिनु होला ।” प्रिन्सिपल यो कुरा सुनेर एकछिन अलमलिए त्यसपछि हाँस्दै ठिक छ म नाम परिवर्तन गरिदिन्छु भनेर फोन काटे ।

धेरै दिनपछि ठेकेदार सा’व छोराछोरी, श्रीमती सँगै बसेर रातको खाना खाए । आज उनको शरीरमा एक खाले नयाँ ऊर्जा र उमङ्ग पैदा भएको थियो । त्यत्रो सम्पत्ति स्वाहा भए पनि आज अलिकति पनि विचलित देखिएका थिएनन । खुसी साथ खाना खाएर सुते । बिहान चाँडै उठे ।

बिहानको ८ बज्न लागेको थियो नुहाईधुवाई गरेर कपडा लगाई घरबाट सरासर निस्कन लागे तर निस्कँदा निस्कँदै गेट अगाडि पुगेर टक्क अडिए । अब जाने कहाँ ? त्यो उनले ठम्याउनै सकेनन्, के गर्ने ? कसलाई भेट्ने ? कसरी काम अगाडि बढाउने ? निधो नभएपछि ठेकेदार सा’व फर्केर घर अगाडि बरण्डामा रहेको कुर्सीमा आएर बसे । टाउको निहुरिएको थियो उनी निरास देखिन्थे ।

त्यतिकैमा एउटा गाडी आयो र गेट अगाडि रोकियो । यसो टाउको उठाएर हेरे दुई जना व्यक्ति गाडीबाट ओर्लेर खुल्ला रहेको गेटबाट सरासरभित्र प्रवेश गरे र ठेकेदार साबलाई नमस्कार गरे ।

ठेकेदार सा’व छक्क परे उनले सोचेका पनि थिएनन् कि गेटबाट भित्र प्रवेश गर्ने व्यक्ति उनका प्रतिस्पर्धी बालेन साह हुन् भनेर । दुवै जनालाई नमस्कार फर्काउँदै घर भित्र प्रवेश गरे र सोफामा बसे ।

बालेन साहले नम्रताका साथ “हजुरको बारेमा मैले पहिले नै जानकारी पाएको थिएँ हजुर एउटा असल कन्स्ट्रक्टर हो भनेर तपाईंले १२-१५ वर्षअघि बनाएका बाटाहरू जस्ताको त्यस्तै छन्, हो तपाईं यसपालिको चुनावमा हार्नुभयो तर तपाईंले गरेको कामको मूल्याङ्कन काठमाडौंवासीले राम्रै गरेका छन् हामीलाई तपाईं जस्तो इमानदार निर्माण व्यवसायीको आवश्यकता छ ।

के तपाईं हाम्रो टिममा आएर काम गर्न चाहनुहुन्छ ? अब यो देश बनाउने सुरुवात हामीबाटै गर्नुपर्छ ।” यति भनेपछि ठेकेदार सा’वको खुसीको सीमा रहेन सर्वस्व स्वाहा भएको अवस्थामा के खोज्छस् कानो आँखा झैं भयो उनलाई । तुरुन्तै सहमति जनाए ठेकेदार सा’वले । मेयर बालेन्द्रसँग आएका उनका सहपाठीले “आज तपाईं १० वजे महानगरपालिकामा आउनुहोला र एग्रिमेन्ट पेपरमा साइन गरी भोलिदेखि काम सुरु गर्नुहोला” भन्दै दुबै जना ठेकेदार सा’वसँग हात मिलाएर बिदा भए । ठेकेदार सा’व उहाँहरूलाई विदा गर्दै हात हल्लाइरहे !



from Online Khabar https://ift.tt/mXNrjLu