Tuesday, June 21, 2022

रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्

८ असार, रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ ।

मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् ।

मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ ।

मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।



from Online Khabar https://ift.tt/mdRDY3y

No comments:

Post a Comment