Sunday, June 12, 2022

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

३० जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो ।

दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

स्पेनका लागि कार्लोस सोलरले २४औं र पाब्लो सराबियाले ७५औं मिनेटमा गोल गरे ।

यस समूहको अर्को खेलमा पोर्चुगल स्वीट्जरल्याण्ड्सँग १-० ले पराजित भएको छ । खेलको पहिलो मिनेटमै हरिस सेफेरोभिकले गरेको गोल स्वीट्जरल्याण्डलाई जित दिलाउन निर्णायक बन्यो ।

लगातार तीन हारपछि पहिलो जित निकालेको स्वीट्जरल्याण्डले पहिलो ३ अंक जोडेको छ । टोली अंक तालिकामा अझै पुछारमै छ । पहिलो हार व्यहोरेको पोर्चुगल भने ७ अंकसहित दोस्रो स्थानमा छ ।

 



from Online Khabar https://ift.tt/N97ruYk

No comments:

Post a Comment