Wednesday, June 22, 2022

बुल्गेरियामा ६ महिनामै ढल्यो सरकार

९ असार, काठमाडौं । बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।

प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।

संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत खस्यो ।



from Online Khabar https://ift.tt/GKejWcA

No comments:

Post a Comment