Sunday, July 31, 2022
Samsung के दमदार 5G स्मार्टफोन की कीमत में हुई भारी कटौती, अब इस सस्ते दाम में लाएं घर...
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3hBzyjK
पुटिनले भने– अमेरिकाको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ
१६ साउन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको बताएका छन् ।
रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् । उनले नेटोको प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको बताएका हुन् ।
उनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक मिसाइल सेनालाई उपलब्ध गराइने पनि बताए । बीबीसीका अनुसार ती मिसाइलले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्छन् ।
राष्ट्रपति पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि चुनौति दिन खोज्नेहरुका लागि नौसेनाको शक्ति बढाउनु महत्वपूर्ण रहेको बताए ।
from Online Khabar https://ift.tt/zBC6Ahk
Samsung से लेकर OnePlus तक, अगस्त में लॉन्च होने के लिए तैयार हैं ये धाकड़ स्मार्टफोन
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/5okRmx4
देशको पक्षमा टिकटक बनाउनुहोस् : लेखराज भट्ट
१६ साउन, डोटी । नेकपा एमालेका सचिव लेखराज भट्टले अर्काको भावनालाई चोट नपुग्ने गरी टिकटक बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । देशको पक्षमा र भ्रष्टाचारको विरुद्धमा टिकटक बनाउनुपर्ने उनको भनाइ छ ।
आइतबार नेकपा एमाले डोटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले भने, ‘टिकटक नबनाउनुहोस् म भन्दैन, बनाउनुहोस् तर तपाईंले बनाएको टिकटक देशको पक्षमा हुनुपर्यो, राष्ट्रियताको पक्षमा हुनुपर्यो । तपाईंले बनाएको टिकटकले कसैको भावनामा चोट नपुगोस् ।’
एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका भट्टले छाडा संस्कृतिलाई प्रोत्साहन हुने खालको टिकटक बनाउनु भन्दा प्रगतिशील गीतमा बनाउन आग्रह गरे ।
एमाले सचिव भट्टले एमालेका सबै कार्यकर्ताहरु उत्पादनसँग जोडिनु पर्ने पनि बताए । ‘दिनभरी गफ गरेर बस्ने, साँझ बजारबाट आलु किनेर तरकारी बनाउने हो भने हाम्रो उत्पादन बढ्दैन,’ भट्टले भने, ‘खेतबारीमा काम गरेर अन्नबाली उत्पादन गर्नु भन्दा भारत जानु ठिक भन्ने मानसिकता भत्काउनु पर्छ, त्यसका लागि एमालेका कार्यकर्ताहरुले अगुवाइ गर्नुपर्छ । दूध बेचेर श्रीमानका लागि रक्सी लगिदिनु पर्ने अवस्थाको हामीले अन्त्य गर्नुपर्छ ।’
उत्पादनका लागि श्रम गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्न सकेमात्र व्यापार घाटा कम हुने र देश आत्मनिर्भर हुने भट्टले बताए ।
from Online Khabar https://ift.tt/foZsE5F
विद्यालय समायोजन गर्न कस्सिए रोल्पाका स्थानीय सरकार
१६ साउन, रोल्पा । रोल्पाका दुई स्थानीय तहले सामुदायिक विद्यालय समायोजन गर्ने भएका छन् । जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाले विद्यालय एकापसमा गाभ्ने तथा तह घटाउने गरी समायोजन योजना अघि बढाएका हुन् ।
फिल्ड अनुगमन पश्चात समायोजनको काम अघि बढाउने भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकामा सबै विद्यालय अनुगमन गरिसकेका छन् । ‘विद्यालयको यथार्थ अवस्था पत्ता लगाउन आफैं स्थलगत अनुगमन गरें,’ अध्यक्ष पुनमगरले भने, ‘अब विद्यार्थी र शिक्षकको संख्या तथा वडाको आवश्यकताका आधारमा विद्यालयको तह र शिक्षकको दरवन्दी कायम हुन्छ ।’ विद्यार्थी संख्या कम रहेका विद्यालयहरु तह घटाउने गरी समायोजन गर्ने अध्यक्ष पुनको भनाइ छ ।
कक्षा ३ सम्म चलेका केही विद्यालयलाई बालविकासमा, कक्षा ५ चलेका विद्यालयलाई कक्षा ३ मा र कक्षा ८ चलेका विद्यालयलाई कक्षा ५ मा कायम गर्ने गरी तह घटाउने योजना रहेको उनले बताए । ‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक धेरै छन्, उनीहरुलाई अनावश्यक तलव दिएर राज्यलाई आर्थिक भार बढेको छ,’ उनले भने, ‘अनावश्यक दरबन्दी कटौती र मिलान गर्छौं ।’ यसो गर्दा भौतिक संरचना र जनशक्ति व्यवस्थापनले समग्र विद्यालय व्यवस्थापनमा सहज हुने उनको बुझाइ छ ।
गंगादेव गाउँपालिकामा ३९ वटा सामुदायिक विद्यालय रहेका छन् ।
परिवर्तन गाउँपालिकाले पनि ‘जनसमुदायको इच्छा र चाहना’ सहितको सुझाव र सल्लाहमा विद्यालय समायोजनको नीति अगाडि बढाइने जनाएको छ । परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो बुँदा समावेश गरेको छ । ४३ वटा सामुदायिक विद्यालय रहेको परिवर्तन गाउँपालिकाले विद्यालय समायोजनका लागि यस वर्ष बजेट समेत विनियोजन गरेको छ ।
गाउँपालिकाले प्रा.वि./प्रा.वि समायोजन हुने हकमा रु १० लाख अनुदानको व्यवस्था गरेको छ । यसैगरी प्रा.वि./निमावि समायोजन हुने हकका रु २० लाख, निमावि/मावि समायोजन हुने हकमा रु ३० लाख र मावि/मावि समायोजन हुने हकमा रु ५० लाख अनुदानको व्यवस्था गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष अभिभावकको इच्छा र चाहना तथा सुझाव सल्लाहका आधारमा विद्यालय समायोजन गर्ने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरले बताए । ‘दुई वटा मावि समायोजनको काम अघि बढेको छ, बाँकी विद्यालय पनि समायोजन गर्ने योजनामा छौं,’ प्रवक्ता बुढामगरले भने ।
यस अघि रोल्पाका दुई स्थानीय सरकारले पनि विद्यालय समायोजनको कार्यक्रम अघि बढाएका थिए । जस बमोजिम रोल्पा नगरपालिका उक्त कार्यक्रम सफल गर्न सकेको थिएन भने त्रिवेणी गाउँपालिकाले निजी विद्यालय सरकारी विद्यालयमा समायोजन गर्नुका साथै विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकापसका गाभेको पनि थियो । साथै तह समेत घटाएर विद्यालय समायोजनको योजना सफल पारेको थियो ।
रोल्पामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा अभिभावकहरुमा व्ययभार बढेको छ । रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्रावि तहमा २५२, निमावि तहमा ४३१ र मावि तहमा २९८ दरबन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिकाले अहिलेसम्म मावि तहमा एउटा पनि सरकारी दरबन्दी पाएको छैन । शिक्षकका लागि तलब कतिपय ठाउँमा अभिभावकले र कतिपय ठाउँमा पालिकाहरुले व्यहोर्दै आएका छन् ।
from Online Khabar https://ift.tt/6Q0FMX7
Saturday, July 30, 2022
माओवादीले अर्थमन्त्रीबारे छलफल गर्दै
१५ साउन, काठमाडौं । अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज छलफल हुँदै छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।
संसदीय छानविन विशेष समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष छ । त्यसैले अब फेरि शर्मा नै अर्थमन्त्रीको रुपमा फर्किन्छन् वा माओवादी केन्द्रले अर्को व्यक्तिलाई अर्थमन्त्री बनाउँछ भन्ने चासो छ ।
यसअघि गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए । यस सम्बन्धमा आज दिउँसो बोलाइएको माओवादी स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भने आजको बैठकमा स्थायी कमिटी र पोलिटव्युरो पूर्णता लगायतका विषयमा छलफल हुने बताएका छन् ।
यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।
from Online Khabar https://ift.tt/SCrw2Nm
काम की बात! Google Meet पर आसानी से ब्लर कर सकते हैं अपना Background, ये है पूरा तरीका
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/bOnitKw
पद्मश्री पुरस्कारको प्रतिस्पर्धाका लागि छानिए उत्कृष्ट पाँच पुस्तक
१५ साउन, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ ।
संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय परेका छन् ।
यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो । उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले जानकारी दिएका छन् ।
from Online Khabar https://ift.tt/ItPW2GY
समाजवादी केन्द्र : पवित्रताको मन्दिर कि पुजारीको रामनामी बर्को ?
किस्सा अलिक अश्लील छ, तैपनि श्लील पाराले भन्ने प्रयत्न गर्दैछु । कुनै अमूक सहरको सडकको एकातिर मन्दिर थियो र अर्कोतिर वेश्यालय । मन्दिर सहरकै सर्वाधिक प्रसिद्ध शक्तिपीठ थियो, दैनिक हज्जारौं भक्तजन भगवानको दर्शन गर्न आउँथे । वेश्यालयकी नगरबधु उत्तिकै सुन्दर र प्रसिद्ध थिइन्- सहरका राजा-महाराजा, भाइभारदार, ठूला प्रशासक, धनाढ्य व्यापारी, ख्यातिनाम विद्वान् तथा कलाकार ग्राहक भएर आउँथे ।
मन्दिरमा आउने भक्तजनले दुई-चार पैसा भेटी चढाउँथे तर वेश्यालयकी नगरबधुलाई ठूलो रकम, महँगा उपहार, हीराको हार दिइएको चर्चा हुन्थ्यो । मन्दिरका पुजारी जब फुर्सद हुन्थे, सडकपारिको वेश्यालयतिर हेर्थे र मनमनै कल्पना गर्थे- नगरबधु हुन पाएको भए, क्या मोज हुने रै’छ जिन्दगी ! यतिका शक्तिशाली र सबल मान्छेहरूसँग जवानीको मोज गर्न पाइने, उपहार पनि उत्तिकै महँगा र धन पनि उत्तिकै धेरै । कुन जुनीको पापले नगरबधु नभएर पुजारी हुन पुगेछु ।
नगरबधु जब फुर्सद हुन्थिन्, मन्दिरतिर हेर्थिन् र मनमनै कल्पना गर्थिन्- त्यो पुजारी बाजे कति सुखी होला ! जीवनभरि भगवानको सेवा गर्न पाएको छ, मैले त्यस्तो अवसर पाएकी भए ! कुन जुनीको पापले म वेश्या हुन पुगें ।
जब ती दुवै मरे- स्वर्ग र नर्कको बाटो छुट्टनिे ठाउँमा पुगे- यमदूतले नगरबधुलाई स्वर्गतिर लग्यो र पुजारी बाजेलाई नर्कतिर ।
पुजारी बाजे आश्चर्यचकित भए । उनले यमदूतसँग विरोध गर्दै भने- मैले जीवनभरि भगवानको पूजा गरें, मलाई नै नर्कतिर लैजाने, उसले जीवनभरि जवानीको व्यापार गरी, उसलाई चाहिं स्वर्गतिर लैजाने ? यो त घोर अन्याय भयो ।
तब यमदूतले भने- तैंले भगवानको पूजा गरेर के भो, तेरो मन सधैं वेश्यालयतिर थियो । उसले जवानीको व्यापार गरेर के भो, उसको मन सधैं भगवानतिर थियो ।
हिजोआज ‘समाजवादी केन्द्र’ को खूबै चर्चा छ । यो मन्दिर हो कि वेश्यालय ? मानौं कि यो एक नयाँ वेश्यालय हैन, पवित्र चाहनाको मन्दिर नै हो- यसको पुजारी बाजे को होला ? र उसको मन कता होला ?
निःसन्देह ‘समाजवाद’ विश्व राजनीतिमा पनि र नेपालमा पनि सर्वाधिक दुरुपयोग गरिएको शब्द हो । हिटलरजस्तो फासिस्ट तानाशाहले पनि आफूलाई समाजवादी नै भन्थे- उनको पार्टीको नाममा नै समाजवाद शब्द थियो, जर्मन राष्ट्रिय समाजवादी पार्टी । इथियोपियाका मङ्गेत्स्कु र बर्माका ने विन जस्ता सैनिक तानाशाहहरूले पनि आफूलाई समाजवादी नै भन्थे । जिम्बाबेका कुनै समयका क्रान्तिकारी रोबर्ट मुगाबे जीवनको उत्तरार्धसम्म पुग्दा एक खुँखार तानाशाहका रूपमा पतन भए तर आफूलाई समाजवादी भन्न कहिल्यै छोडेनन् ।
सोभियत कम्युनिस्ट शासकहरू जसमा स्टालिन जस्ता क्रूर तानाशाहसमेत थिए, आफूलाई समाजवादी नै भन्थे । पूर्वी तथा मध्ये युरोपका दर्जनौं एकदलीय अधिनायकवादीहरू आफूलाई समाजवादी नै ठान्थे । अरब जगतका बाथिस्टहरू जसमा इराकका तानाशाह सद्दाम हुसेनसम्म पर्थे, आफ्नो शासनलाई समाजवादी नै ठान्थे ।
आज उत्तरकोरियाको ‘किम वंशीय कम्युनिस्ट राजतन्त्र’ ले पनि आफूलाई समाजवादी नै ठान्छ । चीन र क्युबा जस्ता एकदलीय अधिनायकवादमा विश्वास गर्ने देशले पनि समाजवाद नै भन्न मन पराउँछन् । यस्ता अझै दर्जनौं उदाहरण दिन सकिन्छ । विश्वमा जुनस्तरमा समाजवादको दुरुपयोग भएको छ, त्यसको पछिल्लो शृङ्खलामा पछिल्लो कडी नेपाल बन्ने देखिएको छ ।
समाजवाद शब्द प्रयोग गर्दा हिजो गर्व गर्न सकिने अवस्था थियो, आज लाज मानेर अनुहार लुकाउनुपर्ने अवस्था आएको छ । एउटा राप्रपा छ- त्यसका वरिपरि केही राजावादीहरू छन्, जसले आफूलाई समाजवादी भन्दैनन्, नत्र सबै एक से एक समाजवादी । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी । एमाले झनै ठूलो जबजवादी समाजवादी । माओवादी केन्द्र समाजवादी । माधव नेपाल नेतृत्वको पार्टीको नाम नै एकीकृत समाजवादी । जसपा, लोसपा, नेसपा सबै समाजवादी ।
राजनीतिमा आफूलाई समाजवादी दाबी गर्नेहरू जति धेरै बढिरहेका छन्, समाजवादको मन्त्रोच्चारण गर्ने र माला जप्नेहरूको संख्या जति धेरै हुँदैछ- देश चाहिं झन् झन् भड्खालोतिर जाकिंदै गएको देखिन्छ । ती कर्म भइरहेका छैनन्, जुन एक समाजवादी राज्यमा हुनुपर्ने हो । ती कुकर्म सबै भइरहेका छन्, जो कुनै पनि समाजवादी राज्यमा हुनु नपर्ने हो ।
शिक्षा र स्वास्थ्यको गुणस्तर विभेद गर्ने, गरिबका भिन्नै स्कुल, धनीका भिन्नै स्कुल बनाउनेहरू यहाँ समाजवादी हुन्छन् । शिक्षा र स्वास्थ्य जस्तो पवित्र सेवाको व्यापार गर्नेहरू यहाँ समाजवादी हुन्छन् । गरिबहरूले सामान्य उपचार नपाएर मरिरहँदा एयर एम्बुलेन्स लिएर सिंगापुर, थाइल्याण्ड, दिल्ली र चीनका अस्पताल पुग्नेहरू यहाँ समाजवादी दलका नेता हुन्छन् ।
कर्मचारीतन्त्रमा दलीय ट्रेड युनियन खडा गरी घुस र कसिमन संकलन गर्ने र पार्टी कोष बलियो बनाउनेहरू यहाँ समाजवादी कहलिन्छन् । निर्वाचन आयोगले तोकेको सीमाभन्दा सयौं गुणा बढी, करोडौं खर्च गरी चुनाव लड्ने यहाँ समाजवादी हुन्छन् । यौनहिंसामा सामेल र ‘मि टु’ का आरोपीहरू यहाँ समाजवादी हुन्छन् ।
अख्तियारमा आफ्ना मान्छे नियुक्ति गरी भ्रष्टाचारको ढाकछोप गर्नेहरू यहाँ समाजवादी हुन्छन् । संवैधानिक निकायमा असंवैधानिक राजनीतिक नियुक्ति गर्ने र समावेशी आयोगमा पाँच बाहुन आयुक्त भर्ना गर्नेहरू यहाँ समाजवादी हुन्छन् । ती सबै लम्पट, तस्कर, भ्रष्ट, ढोंगी र पाखण्डीहरू समाजवादी ।
कुनै समय ‘सामन्त’ हुुनु पदवी थियो रे, राजा-महाराजाहरू ‘महासामन्त’ को पदवी लिन्थे रे ! आज त्यो गाली र लज्जाको विषय भएको छ । ‘समाजवादी’ हुनु कतै त्यस्तै लज्जा र गाली, निन्दा र भत्र्सनाको शब्द त बन्ने हैन ? यसले आफ्नो मौलिक अर्थ र चरित्र नै गुमाउने त हैन भन्ने आभास हुन थालेको छ । स्थिति अत्यास लाग्ने गरी बिग्रँदै गएको छ ।
ठीक यही बेला समाजवादी केन्द्रको हल्ला चलेको छ । हुन त यो हल्लैहल्लाको देश हो । यहाँ सबै हल्लालाई पत्याउन र महत्व दिन जरूरी नै त छैन तर पर्न सक्ने भ्रमलाई दृष्टिगत गरी यसको अन्तर्यलाई खोतल्न जरूरी छ ।
सामान्यतया ‘समाजवादी केन्द्र’ लाई तीन वटा अर्थमा प्रयोग गरिएको हुन सक्दछ ।
एक- कांग्रेस र एमाले बाहेकका आफूलाई कुनै न कुनै हिसाबले समाजवादी भन्ने वा ठान्ने दलहरूको एक चुनावी मोर्चा, तेस्रो चुनावी मोर्चा बनाउने ।
दुई- एमाले बाहेकका कम्युनिस्ट र सेमी-कम्युनिस्ट पार्टीहरू मिलेर नेकपा (समाजवादी केन्द्र) बनाउने ।
तीन- साँचो अर्थमा समाजवादको अर्थ, मर्म र भावना अनुरूपको समाजवादी केन्द्र नामको एक भिन्नै र मौलिक राजनीतिक शक्ति बनाउने ।
‘समाजवादी केन्द्र’ को हल्ला गर्ने वा आन्तरिक गृहकार्य गर्दै गरेको दाबी गर्नेहरूले यी तीनमध्ये कुन अवधारणालाई भन्न खोजेका हुन् प्रष्ट छैन । यी तीन झट्ट हेर्दा उस्तै-उस्तै देखिए पनि अन्तर्यले बिल्कुलै फरक कुरा हुन् ।
पहिलो अवधारणा अस्वाभाविक र आपत्तिजनक हैन । संसदीय प्रणाली भएको देशमा कुनै न कुनै तबरले चुनावी गठबन्धन र समीकरण हुने प्रचलन संसारभरि नै छन् । तर, त्यो तत्काललाई व्यावहारिक रूपमा असंभव देखिन्छ । किनकि, यस्तो चुनावी मोर्चाको सबैभन्दा ठूलो घटक हुनुपर्ने नेकपा (माओवादी केन्द्र) नै यसका लागि सहमत हुुनसक्ने सम्भावना छैन ।
माओवादी केन्द्रका मूल नेता प्रचण्डलाई चितवनबाट चुनाव जिताउने यस्तो समाजवादी केन्द्र सहायक हुन सक्ला, निणर्ायक हुन सक्दैन । आगामी चुनावपछिको संसदमा कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको दाबी गरिरहेका, त्यसैका लागि दिल्ली धाइरहेका प्रचण्डले आफ्नो सम्भावनालाई सीमित गर्दै अरू कसैलाई उद्धार गर्न कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर अर्को चुनावी मोर्चा खडा गर्न कुनै इच्छा, रुचि र तत्परता देखाउने छैनन् ।
समाजवादी केन्द्रको सम्भावनालाई प्रचण्डले मात्र हैन, तत्काललाई जनता समाजवादी केन्द्रका अध्यक्ष उपेन्द्र यादवले समेत अस्वीकार गरिदिएका छन् । नेकपा (एकीकृत समाजवादी) भित्रको झलनाथ खनाल पक्ष आगामी चुनाव अगाडि नै एमालेमा फर्किने मनस्थितिमा रहेको पर्याप्त सूचना छन् । यस्तो बेला माधव नेपाल र डा. बाबुराम भट्टराईको आवश्यकताका लागि मात्रै कसैले समाजवादी केन्द्र बनाइदिने वाला छैन ।
दोस्रो संभावनाको समाजवादी केन्द्र भने समाजवादी केन्द्र नै हैन, त्यो एउटा अर्को कम्युनिस्ट पार्टी मात्रै हुने हो । नेपालमा त्यसै पनि कम्युनिस्ट समूहको कुनै कमी छैन । दर्जनौं कम्युनिस्ट समूह फट्ने र जुट्ने अनन्त शृङ्खला चलेकै छ । त्यस्तो समाजवादी केन्द्र त्यस्तै एउटा सामान्य उपक्रम मात्रै हुनेछ । कोष्ठकमा समाजवादी केन्द्र लेख्दैमा कम्युनिस्ट पार्टी समाजवादी पार्टीमा रूपान्तरण हुने हैन ।
त्यसले मार्क्सवाद, लेनिनवाद, माओवाद भन्न छोड्ने हैन । त्यसले चीन, उत्तरकोरिया, क्युबा जस्ता एकदलीय प्रणाली र शासनहरूको गौरवीकरण गर्न छोड्ने हैन । त्यसले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त छोड्ने हैन । त्यसले ‘कमरेड लाल सलाम’ भन्न र ‘उठ जाग भोका नाङ्गा’ को गीत गाउन छोड्ने हैन । फेरि त्यो किन र कसरी समाजवादी केन्द्र हुन्छ ? बिल्कुलै हुँदैन । त्यो त माओवादी केन्द्रका नाममा लुट्ने, वाम गठबन्धन र नेकपा (नेकपा) को असफल अभ्यास गर्नेहरूका लागि एउटा अर्को रामनामी बर्को मात्रै हुनेछ ।
मान्छे ‘समाजवादी केन्द्र’ नामको पवित्र मन्दिरमा हुनु, त्यसको पुजारी हुनु र रामनामी बर्को ओढ्नु मात्र स्वर्ग जानका लागि पर्याप्त आधार हैन । मुख्य कुरा त माथिको किस्साको पुजारी जस्तै तिनको मन कहाँ छ भन्ने हो ।
दोस्रो अर्थमा समाजवादी केन्द्रको हल्ला गर्नेहरूको मन भने सत्ताको वेश्यालयतिरै छ र ती अन्ततः नर्क नै जाने हुन् भन्ने प्रष्ट छ ।
तेस्रो अर्थको ‘समाजवादी केन्द्र’ भने अहिले पनि देशको आवश्यकता हो । त्यो एक पवित्र चाहना नै हो । यस्ता चाहना राख्नेहरू अहिले वेश्यालयमै किन नहुन् तर उनीहरूको मन मन्दिरमा छ र उनीहरू स्वर्गका हकदार छन् भन्न सकिन्छ ।
त्यो भनेको सबै, चाहे कम्युनिस्ट धारबाट आएका प्रगतिशीलहरू हुन वा अन्य धारबाट आएका लोकतान्त्रिकहरू इतिहासको विशिष्ट अवस्था र राष्ट्रको कार्यभारलाई पूरा गर्न आ-आफ्ना पृष्ठभूमि र पूर्वाग्रहबाट मुक्त हुन राजी हुनु हो । आफ्ना विगतका गल्ती, कमजोरी र कतिपय अपराधप्रति ‘कन्फेस’ गर्न राजी हुनु हो ।
साँचो अर्थमा समाजवादको विचार, सिद्धान्त, मर्म, भावना, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रही नयाँ रूपान्तरणका लागि राजी हुनु हो । फिनिक्स पक्षी जस्तै सबै आ-आफ्नो टाउको आगो लगाउन, आफूलाई खरानी बनाउन र नयाँ फिनिक्स भएर जन्मिन राजी हुनु हो ।
राज्य र अर्थतन्त्रको समाजवादी रूपान्तरणका लागि एक नयाँ नीति, योजना, कार्यक्रम र कार्यनीति बनाउन सहमत हुनु हो । देश बिग्रनको कुन कुन प्रवृत्ति र कोको पात्रहरूले गर्दा हो, त्यसको राम्रो छानबिन गरी उनीहरूलाई पन्छाउन सबै एक ठाउँमा हुनु हो । यस्तो केन्द्र बनाउँदा पुस्तान्तरणको अपेक्षालाई समेत सम्बोधन गर्दै एक पंक्ति नेतृत्व सगौरव राजनीतिक सन्यासमा जान राजी हुनु हो ।
के अहिलेका यति धेरै ‘रत्नाकार’ हरू रातारात ‘वाल्मीकि’ हुन राजी होलान् ? गाह्रो छ । लगभग असंभव देखिन्छ अहिलेसम्म । बरु वाल्मीकिहरू सजिलै रत्नाकर बन्न राजी हुने संस्कार हो हाम्रो । हिजोका एक से एक क्रान्तिकारीहरू सत्तामा पुगेको केही वर्ष नबित्दै प्रतिक्रान्तिसँग सहवरण गर्दै ‘भ्रान्तिकारी’ र ‘भ्रष्टाचारी’ हुन राजी हुने राजनीतिक संस्कृति भएको देशमा समाजवादी केन्द्रको पवित्रता सजिलै पत्याउन सकिने कुरै हैन ।
त्यसो भए यो हो चाहिं के त ? यो एक प्रोप्रोगण्डा, एक भ्रम, एक आत्मरति र एक पाखण्ड हो । दुर्भाग्य के छ भने आजको दिन नेपालमा सबैलाई यसैमा मज्जा छ । मान्छे एकाथरी विचार र एजेण्डा भएका संस्थामा छन्, तिनीहरूको मन भने अन्यत्रै छ । कोही मन्दिरमा छन्, तिनको मन वेश्यालयतिर छ । कोही वेश्यालयमा छन्, तिनको मन मन्दिरतिर छ ।
कोही नरकको जिन्दगीबाट मुक्ति वा मोक्षको कामना गर्दैछन् । कोही पवित्रताको रामनामी बर्को ओढेर ‘नरक भोग’ को आकांक्षा पालेर बसेका छन् । यी मरेपछि स्वर्ग जान्छन् वा नर्क- त्यो त यमदूत र चित्रगुप्तलाई नै थाहा होला ।
आजको हाम्रो पहिलो राष्ट्रिय आवश्यकता र कार्यभार हो- पाखण्ड मुक्ति । जसको मन जहाँ छ ती त्यतै जाऊन् । कम्तीमा मान्छेले झूट, पाखण्ड र बेइमानीको घुम्टो उघार्ने हिम्मत मात्र गरे पनि देशलाई निकै ठूलो राहत हुनेथियो ।
from Online Khabar https://ift.tt/EI26qTd
साफ यू-२० च्याम्पियनसिप नेपालले आज भारतसँग खेल्ने
१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।
फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।
नेपालका प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिपका लागि कडा मिहिनेत गरेको र चारै टिमविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘मैले चार वटै टिमलाई प्रतिस्पर्धीको रुपमा लिएको छु र उनीहरू भन्दा राम्रो खेलेर उनीहरुलाई हराउनैपर्छ ।’
नेपाल र भारत छिमेकी भएकोले पनि यी दुई टोलीको खेल हुँदा चर्चा पाउने केसीले बताए ।
पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ ।
सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।
तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।
आजै माल्दिभ्स र श्रीलंकाबीच सवा ४ बजे खेल हुनेछ । लगातार दुई खेल हारेको माल्दिभ्स र लगातार तीन खेल हारेको श्रीलंका अंकविहीन छन् ।
from Online Khabar https://ift.tt/GPYHdIK
प्रचण्डले भनेको ‘थपक्कै मान्दिने’ माओवादी
१५ साउन, काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीलाई अन्तिम घडीमा अध्यक्षले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरे, माओवादी केन्द्रले त्यसलाई थपक्क मान्दियो । प्रचण्डले पदाधिकारीविहीन अपुरो केन्द्रीय समिति पेस गरे, महाधिवेशन हलले अनुमोदन गरिदियो । महाधिवेशनको ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा उनले २/४ दिनमा पदाधिकारी टुंग्याउँछु भने, केन्द्रीय समितिले त्यो पनि मान्दियो । अध्यक्षलाई यति सजिलो पारिदिने र अध्यक्षले यति सजिलै पार्टी चलाइरहने नेपालको सम्भवत एक्लो पार्टी होला, माओवादी केन्द्र ।
हुन पनि माओवादी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै माओवादी जस्तै छ । तर प्रचण्डको सजिलो हिँडाइले माओवादी भने अप्ठ्यारोमा पर्दै गइरहेको छ । शान्ति प्रक्रियामा आएपछि पहिलो चुनावमा झण्डै बहुमत ल्याएको पार्टी अहिले चुनाव लड्नकै लागि नेपाली कांग्रेस वा एमालेको ‘सहारा’ खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
तर प्रचण्डले सजिलो बाटो हिँड्न छाडेका छैनन् । महाधिवेशनको महिनौं बितिसक्दा पनि पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति पाउनै माओवादीमा ‘महाभारत’ भइरहेको छ । असार १९–२३ मा बसेको बैठकबाट मुस्किलले पोलिटब्यूरो बनाएको माओवादीले अधकल्चो स्थायी समिति बनायो । पदाधिकारी भने टुंगो लागेन । ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु,’ पदाधिकारी टुंगो लगाउन समय माग्दै प्रचण्डले भनेका थिए, ‘म पढ्न सक्छु, तर प्लिज पढ्न नलगाउनुस् । अलिकति गृहकार्य पुगेको छैन, सबैको अनुहार उज्यालो बनाउन २–४ दिन दिनुस् ।’ २/४ दिन मागेका प्रचण्डले महिना दिन हुनलाग्दा समेत गृहकार्य सकाएका छैनन् ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार पछिल्लो समय पदाधिकारी चयनबारे छलफलै भएको छैन । ‘यसबारे खासै छलफल भएको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘म पनि संसदीय विशेष समितिको कामतिरै व्यस्त भएँ । अरु नेताहरु पनि समाजवादी केन्द्र बनाउने काममा व्यस्त हुनुहुन्छ ।’
अब प्रदेश र प्रतिनिधिसभा चुनावतिर केन्द्रित हुनुपर्ने भएकाले माओवादी केन्द्रमा पदाधिकारी टुंगो लाग्ने सम्भावना टर्दै गएको छ । पोलिटब्युरो सदस्य युवराज दुलाल भन्छन्, ‘साउन १४ गतेबाट चुनाव लक्षित प्रदेशगत प्रशिक्षण सुरु हुन्छ । पदाधिकारी चयन भए त्योअघि हुनुपर्यो, नत्र चुनावअघि सम्भव देखिँदैन ।’
पदाधिकारीमा सधैं अरुचि
५ मंसिर २०६३ मा सरकारसँग वृहत शान्ति सम्झौता गरेर माओवादी शान्तिपूर्ण राजनीतिमा आएको डेढ दशक भयो । यो अवधिमा तीन वटा आम चुनावमा भाग लिएको माओवादीले दुई वटा महाधिवेशन र राष्ट्रिय सम्मेलन पनि गरेको छ, तर अहिलेसम्म पार्टीमा पदाधिकारीको अभ्यास राम्रोसँग गर्नै सकेको छैन ।
०६९ मा हेटौंडामा भएको सातौं महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चुनेपनि डा. बाबुराम भट्टराई समूहको अस्न्तुष्टिका कारण पदाधिकारी चुन सकेन । २०७१ वैशाखमा बिराटनगरमा राष्ट्रिय सम्मेलनले टुगो लगाएको नाममा पनि भट्टराई सहमत नभएपछि पदाधिकारीहरु त्यतिकै विदा भए ।
एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भएर बनेको नेकपामा पनि महासचिव बाहेक पदाधिकारी थिएनन् । २३ फागुन २०७७ मा नेकपा खारेज भएसँगै पुनर्स्थापित भएको माओवादीले पुस २०७८ मा आठौं महाधिवेशन गर्यो । महाधिवेशनमा प्रचण्डले केन्द्रीय सदस्यहरुको सूची पढे, त्यही सूचिमा भएका नेताहरुले प्रचण्डलाई फेरि अध्यक्ष चुने । तर पदाधिकारी टुंगो छैन ।
त्यसबेला चीनमा उपचाररत रहेका महासचिवका आकांक्षी वर्षमान पुनको आग्रहमा पदाधिकारी केही चयन केही समयलाई थाती राखिएको भनिएको थियो । पुनः चीनबाट फर्किएर राजनीतिक गतिविधिमा सक्रिय हुन भएपछि पनि केन्द्रीय समिति बैठक पटक–पटक तोकिने र रोकिने भइरहे । स्थानीय चुनावअघि बसेको केन्द्रीय समिति बैठकमा चुनावका मुखमा पदाधिकारी नाममा विवाद गर्नु उचित नहुने भन्दै जेठ २० जेठसम्मलाई सारिएको थियो ।
२० जेठमै तोकिएका बैठक पनि बस्न सकेन । पटक–पटक सर्दै १९ असारमा सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरुले पदाधिकारी टुंगो लगाउने चर्को दबाव दिएका थिए । तर प्रचण्डले समय मागेपछि नेताहरुले सहजै स्वीकार गरे ।
महाधिवेशन भएको लामो समयसम्म पार्टी संठन समेत चुस्त, दुरुस्त हुन नसक्दा माओवादी नेताहरुमा निराशा समेत छाउन थालेको नेताहरु बताउँछन् । ‘महाधिवेशनको लाइन कार्यन्वयन गर्ने त पदाधिकारी छनोट गर्नुपर्यो, स्थायी समिति र पोलिटब्युरो बनाउनुपर्यो । त्यसमा नेतृत्व चुक्यो,’ नेता हरिबोल गजुरेल भन्छन्, ‘कारण जेसुकै होस्, जुन तत्परता हुनुपर्थ्यो त्यो देखिएन ।’
नेतृत्व निर्माणसँग भय
माओवादी केन्द्रका नेताका अनुसार आजको मितिसम्म पार्टीमा प्रचण्डलाई चुनौती दिने कोही निस्किएका छैनन् । यसको अर्थ कसैले सक्दैन भन्ने होइन, बरु माओवादीमा प्रचण्डको सान्दर्भिकताबारे ठूलो प्रश्न छैन भन्ने भएको उनीहरुको तर्क छ ।
तर प्रचण्डपछि माओवादीको हालत के होला भन्ने प्रश्न पार्टीको बैठकहरुमै उठ्न थालेको नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘प्रचण्डलाई अस्वीकार गरेर अघि बढ्न सक्ने स्थिति छैन, तर उहाँलाई पार्टी नेतृत्वको सम्मानित पदमा राख्दै भोलिका लागि कसरी सोच्न भन्न पनि हामीले सकिरहेका छैनौं ।’
नेताहरुका अनुसार पार्टीलाई राष्ट्रिय राजनीतिमा एउटा शक्तिका रुपमा जोगाइराख्न माओवादीले गरिहाल्नुपर्ने कामहरुको सूची लामो भइसक्यो । यो कामहरु गर्न अध्यक्ष प्रचण्डलाई ‘सहयोगी’ चाहिएको छ । पार्टी विधानअनुसार त्यो सहयोगी पद महासचिव हो । तर प्रचण्डले भने पार्टीमा महासचिव बनाउनुलाई उत्तराधिकारी घोषणासँग जोडेर बेलाबेला भय देखाउने गरेका छन् ।
१४ असोज २०७८ मा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले भनेका थिए, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त माओलाई नै गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने ? त्यो भन्दिनँ ।’
विगतमा ज–जसलाई सहयोगीका रुपमा अघि सारे, उनीहरुबाट अपेक्षाअनुसार सहयोग नपाएकाले पनि प्रचण्डमा एकखालको भय रहेको माओवादी नेताहरु बताउँछन् । माओवादीमा समयक्रमअनुसार कहिले डा. बाबुराम भट्टराई, कहिले रामबहादुर थापा बादल, कहिले नेत्रविक्रम चन्दलाई प्रचण्डको उत्तराधिकारीका रुपमा हेरिन्थ्यो । तर पोष्टबहादुर बोगटी बाहेक अरु नेताहरुबाट प्रचण्डले अपेक्षाअनुसार सहयोग नपाएको निकटवर्तीहरु बताउँछन् ।
अहिले महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाल, हरिबोल गजुरेलको दाबी छ । तर मुख्य दावेदार चाहिँ पुन र शर्मा नै हुन् । दुबैले पार्टीको तल्लो कमिटीसँग आफ्नो बलियो गुट बनाएका कारण भ्रातृ संगठनदेखि पार्टीको केन्द्रीय कमिटी गठनसम्म प्रचण्डले चर्कै दबाब महसुस गरेका थिए । एक नेता भन्छन्, ‘यसले पनि एउटालाई अघि सार्दा अर्को विपक्षमा जान्छ कि, पार्टीको सन्तुलन बिग्रन्छ कि भन्ने लागेको छ ।’
नेता डिलाराम आचार्य भने प्रचण्डको मात्रै नभएर चौथो महाधिवेशन, मसाल समूहबाट दीक्षित भएर आएका सबै नेताहरुको समस्या अस्तव्यस्त संगठन चलाउनु रहेको बताउँछन् । ‘चौथो महाधिवेशन, मसाल समूहबाट आएका कुनै पनि नेताहरु राजनीतिक, वैचारिक कुरामा स्पष्ट र निर्णय लिन सक्ने, तर सांगठनिक मामिलामा अस्तव्यस्त देखिन्छन्,’ उनी भन्छन्, ‘यो उतिबेलादेखिकै समस्या हो ।’
माओवादी नेताहरुका अनुसार प्रचण्डले तल्लो तहको आवश्यकताअनुसार पार्टी बनाउने आँट गर्ने हो भने अझै सम्भव छ । किनकी माओवादीमा प्रचण्ड मात्र यस्ता नेता हुन्, पार्टीका हरेक नेताको उनीसँग राम्रो सम्बन्ध छ । सम्बन्धमा कुनै उतार तढाव आइहाले प्रचण्ड स्वयंले पनि आग्रह पूर्वाग्रह पालेर बस्दैनन् र उनले बोलाएर छलफल गरेपछि सहजै कन्भिन्स हुन्छन् । ‘तलसम्म काम गर्ने हो भने पार्टीमा उहाँले सम्हाल्न नसक्ने गरी समस्या हुने देखिँदैन,’ एक नेता भन्छन्, ‘तल्लो तहको आवश्यकता अनुसार पार्टी बन्दा स्वयं आफ्नो सोच अनुसार बन्दैन कि भन्ने भय पनि उहाँमा देख्छु ।’
नेताहरुसँग बन्द कोठामा हुने छलफलबाटै राजनीतिक शक्ति आर्जन भइरहेकाले प्रचण्ड उनीहरुलाई चिढ्याउन चाहँदैनन्, सधैं सजिलो बाटो हिँड्दै आएका छन् । महासचिवका आकांक्षी समेत रहेका स्थायी कमिटी सदस्य गजुरेल भने प्रचण्ड आजकाल निर्णय लिन डराउन थालेको टिप्पणी गर्छन् । ‘युद्धकालमा उहाँ डराउनुभएन, किनभने दुश्मन अन्तरसंघर्षमा प्रत्यक्ष जोडिएको थिएन । शान्ति प्रक्रियापछि प्रत्यक्ष जोडियो । घेराबन्दी ठूलो भयो,’ गजुरेलले भने ।
गजुरेल जस्तै अरु नेताहरु पनि आफ्नो कसैले विरोध नगरे पनि सबैले स्वीकार गर्दैनन् कि भन्ने भयले प्रचण्डले पदाधिकारीबारे प्रस्ताव ल्याउन नसकेको बताउँछन् । उनीहरुका अनुसार प्रचण्ड निकै दबाबमा परेपछि मात्र निर्णय लिन्छन्, जसले गर्दा त्यो निर्णय दोधारे र कार्यान्वयन गर्न कठिन हुने खालको हुन्छ । त्यसलाई प्रचण्ड आफैंले पनि स्वीकार गर्ने गरेका छन् ।
त्यसमध्ये एक हो, सेनापति प्रकरण । उक्त प्रकरणमा आफूले नेताद्वय बाबुराम भट्टराई र रामबहादुर थापा बादलको दबाबमा निर्णय लिएको उनले बताउने गरेका छन् । ‘दायाँतिरबाट बाबुराम, बायाँतिरबाट बादलले ठोक, ठोक भनेपछि म पनि के कम भनेर क्रान्तिकारी देखिनँ निर्णय लिएँ,’ प्रचण्डले भन्ने गरेका छन् । तैपनि माओवादी अझै प्रचण्डले जे चाहन्छन्, त्यो ‘थपक्क मान्दिने’ विवशतामा चलिरहेको छ ।
from Online Khabar https://ift.tt/2JjKkXc
गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता
१५ साउन, गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
घटनास्थल सुरक्षित राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ । त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।
अधिकारी बडिगार्ड खोलामा मलामी जान दाउरा बोकेर जानेक्रममा बाटोबाट चिप्लिएर बडिगार्ड खोलामाखसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता अधिकारीलाई खोज्न प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीको कमाण्डमा टोली खटिएको छ ।
from Online Khabar https://ift.tt/60wCfl9
नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु
१५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुईको मृत्यु भएको हो ।
कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।
पोखरीमा बेपत्ता बालकलाई अस्थाई प्रहरी पोष्ट शङ्खदेवबाट खटिएको प्रहरीको टोली र स्थानीय वासिन्दाले उद्धार गरेका थिए ।
पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए । मृतकको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको पाठकले बताए ।
शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् । पोखरीबाट उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।
from Online Khabar https://ift.tt/4XkR1gi
Friday, July 29, 2022
एसियातिर किन आकर्षित छन् प्रिमियर लिग क्लब ?
१४ साउन, काठमाडौं । ‘मेरो कुनै धर्म छैन, मेरो कुनै देवता छैन । लिभरपुल फुटबल क्लब मेरो धर्म हो । यो मेरो लागि जीवन शैली हो ।’
एनफिल्ड रंगशालाबाट करिब ११ हजार किलोमिटर टाढा सिंगापुरमा जन्मिएका हुन विजय । उनी २०११ देखि आफ्नो मन पर्ने टिमलाई घरेलु मैदानमा हेर्न प्रतीक्षारत थिए । उनी एक जना मात्र होइन । यस महिनाको सुरुमा सिंगापुरको राष्ट्रिय रंगशालामा लिभरपुल र क्रिस्टल प्यालेसबीचको खेल हेर्न ५० हजार मानिस उपस्थित थिए ।
विजयले लिभरपुलको जर्सी फुकालेर आफ्नो ढाड देखाउँछन् जहाँ लिभरपुलको बारेमा ठूलो ट्याटू छ । क्लब इतिहासमा जितेका हरेक ट्रफीका वर्षहरू उल्लेख गरिएका छन् । उनी भविष्यप्रति आशावादी छन् ।
‘मेरो बुबा लिभरपूल प्रशंसक हुनुहुन्थ्यो र मैले मेरा बच्चा छोरीहरूसँग गरेको पहिलो कुरा उनीहरूमा लिभरपुल शर्ट लगाउनु थियो । यो पुस्तौंसम्म जारी रहनेछ, मलाई विश्वास गर्नुहोस्,’ उनी भन्छन् ।
कोभिड ट्राभल प्रतिवन्धका कारण तीन वर्षपछि इंग्लिस प्रिमियर लिगका टोलीहरु फेरि एकपटक पि्र सिजन समर टुरमा विश्वभर निस्केका छन् ।
यी यात्राहरूको आर्थिक महत्व नजरअन्दाज गर्न लिल्दैन छ । म्यानचेस्टर युनाइटेडले २०२१ मा लगभग ५६ मिलियन अमेरिकी डलरको व्यावसायिक राजस्व घाटा बेहोर्दा कोभिड अवरोध नै मुख्य रुपमा कारण रहेको जनाएको थियो । जसले गर्दा भारतमा टोलीको पहिलो पि्रसिजन भ्रमण रद्द गरिएको थियो ।
अहिले प्रतिबन्ध हटेपछि धेरै क्लबहरु आफ्नो नम्बर वान विदेशी बजारमा निस्केका छन् । ‘फ्यान बेसको आधारमा एसिया हाम्रो ठूलो क्षेत्र हो,’ लिभरपुलका प्रमुख कार्यकारी बिली होगानले बीबीसीसँग भने ।
‘कसैले मलाई एकपटक भनेका थिए कि तपाईं कुनै पनि एयरपोर्टमा उभिनुहुन्छ वा कुनै विमानबाट हाम्फाल्नुहुन्छ भने त्यहाँ लिभरपुलका प्रशंसकहरू फेला पार्न सक्नुहुन्छ । तर, हाम्रो विश्वव्यापी समर्थनको एक तिहाइ यहाँ छ र हामीलाई एसियामा ठूलो अवसर छ ।’
विश्वव्यापी अपील
यस समरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण रोज्यो । जहाँ उसले लिभरपुल र क्रिस्टल प्यालेससँग खेल्यो । टोटनहम आफ्नै सुपरस्टार स्ट्राइकर सन हृयुङ मिनको देश दक्षिण कोरिया भ्रमणमा गयो ।
खेलकुदको दृष्टिकोणबाट हेर्दा यी यात्राले थोरै अर्थ राख्छन् । विभिन्न ‘टाइम जोन’मा लामो यात्रा गर्न, उच्च तापक्रम र आर्द मौसम भएको भएको ठाउँमा पुग्नु इंग्ल्याण्डमा नयाँ सिजनको लागि राम्रो तयारी भने होइन ।
लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यो आफ्नो लागि मन पर्ने काम नभएको प्रतिक्रिया दिएका थिए । ‘सबैभन्दा पहिले म एक प्रशिक्षक हुँ र यदि हामीले अस्टि्रयामा दुई हप्ता दैनिक दुई पटक प्रशिक्षण गर्न सक्छौं भने, त्यो राम्रो हुनेछ,’ उनले भने, ‘तर, एसियामा हाम्रो फ्यानबेस कति ठूलो छ भनेर हामीलाई थाहा छ । तिनीहरूको नजिक हुनु एक अद्भूत क्षण हो ।’
वास्तवमा भन्दा एलिट फुटबलमा यस्तो बहस लामो समय पहिलेदेखि नै भएको थियो । व्यावसायिक तर्कले निणर्ायक रूपमा जितेको छ ।
यस वर्ष आएको रिपोर्टको नयाँ तथ्यांकले के देखाउँछ भने प्रिमियर लिगले यसको बेलायती घरेलु बजारमा भन्दा अन्तर्राष्ट्रिय ब्रोडकास्टरहरुबाट बढी राजस्व प्राप्त गर्नेछ । अर्को सिजनदेखि २०२५ को बीचमा एसियाले मात्रै १.४ बिलियन अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियामा टोटनहम र स्थानीय अलस्टार टिमबीचको प्रदर्शनी खेलका लागि २५ मिनेटमै सबै टिकट बिक्री भएको थियो । यो दक्षिण कोरियाली इतिहासमा सबैभन्दा धेरै ‘स्टि्रमिङ’ भएको खेलकुद इभेन्ट पनि बन्यो ।
यसैबीच बैंककमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको मैत्रीपूर्ण खेलको सुरुवाती टिकट मूल्य १३६ अमेरिकी डलर थियो । सिंगापुरमा सबैभन्दा सस्तो टिकटको मूल्य नै १०७ अमेरिकी डलर थियो ।
यी मूल्यहरू समर्थकले इंग्ल्याण्डमा प्रतिस्पर्धात्मक खेलको तिर्ने अपेक्षा गरेको भन्दा धेरै उच्च दर हुन् । तर, अन्ततः ती क्लबहरु प्रिमियर लिगका शक्तिशाली क्लबहरूको प्रतिनिधित्व गर्छन् ।
लिभरपुलका एक प्रवक्ताले बीबीसीलाई भने, ‘हामीले यी टिकट मूल्य तोकेका हैनौं, हामीले एक सेट शुल्क पाउँछौं । टिकटको आम्दानीको कुनै अंश पनि प्राप्त गर्दैनौं ।’
एसियामा कमाइ
टाढा खेल्न जाँदा टिमहरुले कति कमाउँछन् भन्ने कुरा उद्योगभित्र नै निहीत हुन्छ । विश्लेषकहरुका अनुसार यो यात्राबाट ठूलो कमाई नहुने तथा यात्रा र कर्मचारीमा खर्च हुनेछ ।
‘टिमहरूले वास्तवमा पि्रसिजन खेलहरूबाट सिधै ठूलो रकम कमाउँदैनन्, प्रतिखेल केही मिलियन डलर कमाइ हुन सक्छ,’ व्यापार प्रकाशन स्पोट्र्स विजनेसका लागि एसिया-प्रशान्त सम्पादक केभिन म्याककुलाघले भने, ‘तर, त्यहाँ एउटा ठूलो खेल चलिरहेको छ । यो बजारमा ब्रान्ड निर्माण र प्रशंसक संलग्नताको बारेमा हो जसले प्रसारण अधिकार सम्झौता र एसियाली ब्रान्ड र कम्पनीहरूसँग प्रायोजन सम्झौताहरूबाट दीर्घकालीन रुपमा धेरै ठूलो राजस्व प्रदान गर्नेछ । वास्तविक पैसा यहाँ छ ।’
सिंगापुरमा हुँदा लिभरपुलले एसिया केन्द्रित बैंक स्ट्यान्डर्ड चार्टर्डसँग नयाँ शर्ट प्रायोजन सम्झौतामा हस्ताक्षर गर्यो । जसको मूल्य २४० मिलियन डलरभन्दा बढी रहेको बताइन्छ ।
विश्वव्यापी रुपमा प्रायोजकको प्रोफाइल बढाउन मद्दत गर्नुको अलावा, फुटबल क्लबहरूले उनीहरूलाई उपभोक्ता डेटा पनि उपलब्ध गराउन सक्छन् ।
उदाहरणका लागि म्यानचेस्टर युनाइटेडको कस्टुमर रिलेसन म्यानेजमेन्ट (ग्राहक सम्बन्ध व्यवस्थापन) डेटाबेसमा ५० मिलियन रेकर्डहरु छन् । गत वर्ष सामाजिक सञ्जालमा तिनीहरूसँग १७६ मिलियन जोडिएका थिए ।
त्यसैले प्रायोजकहरुले आफ्नो प्रायोजन रकमको बदलामा ब्रान्ड र यसको मार्केटिङ विभागले कुनै समयमा क्लबसँग दर्ता वा संलग्न भएका लाखौं फ्यानहरूको उपभोक्ता व्यवहारको बारेमा थाहा पाउनेछ ।
‘ठूला ब्रान्डहरूले सोध्ने पहिलो कुरा फ्यानहरूको डाटा हेर्नु हो,’ म्याककुलगले भने, ‘उनीहरूले लगानी गर्नुअघि, क्लबका कति फ्यानहरू छन् भन्ने साथै जनसांख्यिकी, उमेर, कति पुरुष, कति महिला, उनीहरूको आम्दानी विवरण, यस्तै चीजहरू जान्न चाहन्छन् ।’
यद्यपी, टेलिभिजनबाट आएकै पैसाले इंग्लिस फुटबललाई आर्थिक रुपमा माथि पुर्याएको छ ।
धेरै वर्षदेखि अन्य खेलकुद लिगहरू, युरोपेली फुटबल लिगसहितले प्रिमियर लिगलाई इर्स्यालु रूपमा हेर्दै आएका छन्, जो एसियामा पहिलो पटक आएका थिए र १९९० को दशकमा व्यावसायिक सम्बन्ध स्थापना गरेका थिए ।
प्रिमियर लिगको प्रतिस्पर्धास्तर, विशिष्ट फ्यान संस्कृति र अंग्रेजी भाषासँगको सम्बन्धले यसलाई विश्वमा सबैभन्दा धेरै हेरिने खेलकुद लिग बनाएको छ । जसले विश्वव्यापी रूपमा ३.२ बिलियन संयुक्त दर्शकलाई आकषिर्त गरेको छ ।
प्रिमियर लिगका अनुसार प्राय मध्यरातमा खेल समाप्त हुने भए पनि आधा विश्वव्यापी फ्यानबेस र एक चौथाइ टेलिभिजन दर्शकहरू एसिया-प्रशान्तमा छन् ।
यद्यपि यी सबै फ्यानहरूलाई कायम राख्नु चुनौतीपूर्ण हुने विशेषज्ञको भनाइ छ । विशेष गरी युवा पुस्ताका लागि अहिले धेरै फराकिलो दायरामा मनोरञ्जन र जीवनशैली उपभोगको विकल्पहरू छन् ।
स्पेनिस क्लब रियल मडि्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत वर्ष भनेका थिए, ‘युवाहरू अब फुटबलमा रुचि राख्दैनन् । उनीहरूसँग आफूलाई व्यस्त राख्ने अन्य प्लेटर्फमहरू छन् ।’
यस दृष्टिकोणले टेलिभिजनको राजस्व अन्ततः घट्नेछ भन्ने भविष्यवाणीपछि शीर्ष युरोपेली फुटबल क्लबहरूका केही पदाधिकारीले प्रशंसकहरूलाई व्यस्त राख्नको लागि नयाँ प्रतियोगिताको आविष्कार गर्नुपर्ने विश्वास राखे ।
गत वर्ष प्रिमियर लिगमा पाँच ठूला क्लबसहितको युरोपियन सुपर लिग गर्ने घोषणा भएको थियो । जसले विशेष गरी एसियामा धेरै समर्थकलाई अपील गर्ने प्रयास गरेको थियो । तर, यो अन्ततः बेलयात र विश्वव्यापी रूपमा प्रशंसकहरूबाट ठूलो आलोचना पछि खारेज गरियो ।
फ्रान्सको एम्लियोन बिजनेस स्कूलका खेलकुद ग्लोबल प्रोफेसर साइमन चाडविकले युरोपियन फुटबल क्लबहरूले एसियाको बारेमा अनुमान लगाउनु नहुने बताए । ‘एसियाली उपभोक्ताहरू स्मार्ट, परिष्कृत र ज्ञानी छन् । तपाईले तर्क गर्न सक्नुहुन्छ कि हालैका वर्षहरूमा एसियाली फ्यानहरू बीच युरोपेली फुटबलबाट केही असन्तुष्टि भएको छ, त्यसैले क्लबहरूलाई एसिया ‘सुनको अण्डा’ दिने हाँस हो भनेर घमण्ड नगर्न सल्लाह छ ।’
चाडविकले प्रिमियर लिग खेलहरू विदेशमा खेल्ने सम्भावनाबारे पहिलो पटक २००८ मा प्रस्तावित भएको र यसको बहस अन्ततः फेरि आउने बताए ।
बीबीसी न्युजका लागि निक मार्सले तयार पारेको लेखको भावानुवाद
from Online Khabar https://ift.tt/Y4ekDwg
ट्रिप पर जाने से पहले Google Maps पर देखें कितना लगेगा Toll Tax, चुटकियों में होगा काम
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/cnzqSpP
आज पनि केही ठाउँमा भारी वर्षा हुने
१४ साउन, काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ ।
दिउँसो भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
राति देशभर विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने र प्रदेश १ र मधेशका एक/दुई ठाउँमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
आज देशका धेरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले सूचित गरेको छ ।
from Online Khabar https://ift.tt/XzuMGey
कीरा परेको गिदी
‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ…’
लुई पाश्चरको यो अनायास भनाइले मेरो पनि गिदी चकराउँछ । अनि आश्चर्यचकित लवजमा मबाट निस्कन्छ- ह्वाट ?
‘एस मिस्टर समीर’ उनी भन्दै जान्छन्, ‘सबै हैन, छिटपुट बाहेक धेरैको गिदीमा एक यस्तो कीरा छ, जसको सकेसम्म चाँडै उपचार खोजिएन भने तिमीहरु सबैलाई तिनले बर्बाद गर्नेछन्।’
***
चर्चित फ्रान्सेली वैज्ञानिक लुई पाश्चरको स्वर्गलोकमा रहेको विज्ञान प्रयोगशाला । जुन निकै भव्य छ ।
बाहिर कल्पना गर्नै नसकिने सौन्दर्य बोकेको बगैंचा छ । रङ्गीचङगी फूलहरु । ती अनगिन्ती फूलका सुगन्धले मधुर नसा दिंदैछन् । फलका पनि बोटहरु । बीचबीचमा साना साना खोला र पोखरी । चरा चुरुङ्गी, जनावर सबै छन् । कुनै अन्जान ठाउँबाट बाँसुरीको एक यस्तो सुमधुर धुन बजिरहेछ, त्यति मीठो धुन हामीले त्यसअघि कहिल्यै सुनेका थिएनौं । त्यसको र खोलाको कलकल आवाज मिसिंदा ब्रम्हाण्डकै उत्कृष्ट धुन बनेको छ । पृथ्वीमा हुँदा हिंस्रक जनावर बाघ, भालु, सिंह, सर्प पनि शान्त र मायालु छन् । मौसम न जाडो छ, न गर्मी । स्वर्ग किन सुन्दर छ भन्ने कुरा यहाँ थाहा हुन्छ । जसको एउटै कारण रहेछ, प्रेम । जीवन भएका प्राणी- प्राणीबीच तथा प्राणी, प्रकृतिबीचको अलौकिक प्रेमले नै त्यो ठाउँ पृथ्वीका मानिसको सोच भन्दा कैयौं गुणा सुन्दर छ ।
त्यही सौन्दर्यको माझमा छ, पाश्चरको अत्याधुनिक प्रयोगशाला । भवन निकै कलात्मक छ र भव्य पनि छ । विभिन्न सामग्री, कच्चा पदार्थ व्यवस्थित रुपमा राखिएको छ । स्वर्गभित्र यो अर्को एउटा छुट्टै स्वर्ग छ ।
मृत्यु भएको १२७ वर्ष भइसक्दा पनि स्वर्गलोकमै उनी अनुसन्धान र नयाँ-नयाँ प्रयोगको क्रममै व्यस्त छन् । सन् १८२२ मा जन्मेर १८९५ मा स्वर्गीय भएका पाश्चरले ज्यूँदो छँदा मुख्यगरी तीनवटा उपहार सिंगो मानव जीवनलाई दिएर ठूलो गुन लगाए ।
पहिलो, खानेकुरामा हुने स्वास्थ्यमा असर गर्ने किटाणु मार्न पकाएर खानुपर्छ भन्ने तथ्य प्रमाणित गरे र खानेकुरालाई लामो समयसम्म टिकाइराख्ने उपाय बताए । जसको पहिलो प्रयोग दूधमा गरे ।
दोस्रो, हाम्रो शरीरमा प्रवेश गरेर रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बढाउने खोप बनाए । जसमार्फत बालज्वरो, हैजा, प्लेग जस्ता रोग विरुद्धको खोप बनाए ।
तेस्रो, रेबिज विरुद्धको खोप बनाए । जसले गर्दा त्यतिबेलाकै हिसाबले पनि प्रतिjर्ष एक करोड व्यक्ति त्यसबाट लाभान्वित भए ।
हो, तिनै महान् वैज्ञानिक लुई पाश्चर, जसको व्यक्तिगत जीवन भने निकै अश्रुपूर्ण रह्यो, उनीसँग भ्याक्सिन अर्थात् खोपकै बारेमा केही नयाँ उपलब्धिको आश गरेर हामी गएका थियौं, समय लिएर । हामी अर्थात् क्यान्सरका डाक्टर अरुण शाही र म ।
डाक्टर अरुण क्यान्सरका बिरामीलाई केमोथेरापी उपचार गर्छन् अर्थात् त्यसका लागि औषधि र भ्याक्सिन दिन्छन् । पाश्चरले अहिलेसम्म चाहे स्वर्गमै किन नहोस् क्यान्सर विरुद्धको खोप पनि पत्ता लगाए कि भन्ने झिनो आशा लिएर हामी गएका । सुरुमा त समय लिनै गाह्रो, त्यसपछि भेट्नै गाह्रो, भेटेपछि पनि बोल्नै गाह्रो । खाली के के गरेर बस्ने । नजिकै कोही छ, भेट्न भनेर टाढाबाट आएको छ । तर वास्तै छैन !
रिसाउने अधिकार हामीसँग छैन । ‘धेरै अध्ययन गर्ने यी बुढाहरु यस्तै हुन्’ भनेर चित्त बुझाएका छौं । केहीबेरको अस्थिर प्रतीक्षापछि हामीतिर ध्यान दिंदै उनी वर आउँछन् । सेतो कपाल, सेतै दाह्री । गोलो चश्मा । सफा लुगा । अनुहारमा अझै पनि तेज । हेर्दै कुनै खास मान्छे जस्तो ।
एउटा अचम्म त्यहाँ देख्छौं, पाश्चरले अबिरको रातो ठाडो टीका लगाएका छन् । भौतिकवादी वैज्ञानिक, त्यसमा पनि क्रिश्चियन धर्म मान्ने । कुन प्रेरणाले हिन्दू धर्मको यो टीका ग्रहण गरे होलान् ?
पशुपन्छीको व्यापार गर्ने सामान्य मान्छेको छोरा जसले महान् अन्वेषण गरेर संसारलाई बचायो । उनीसँग भेट्न पाउँदा हामी गद्गद् छौं । भेटको उद्देश्य पूरा होला नहोला, तर भेट आफैंमा एक भयंकर उपलब्धि हो ।
‘खास प्रयोगशालामा यसरी कसैलाई पनि भित्र आउन अनुमति छैन’ दाह्री कन्याउँदै पाश्चर भन्छन्, ‘तर भाइहरु पृथ्वीदेखि निक्कै दु:ख गरेर आएका हुनाले मात्रै दिएको । खास के छ ? ल भनौं त । मसँग समय धेरै छैन ।
डा. अरुण र म हेराहेर गर्छौं, पहिला कसले बोल्ने भन्ने प्रश्न उब्जिन्छ । म नै अघि सर्छु । आखिर मेरो पेशा नै बोल्ने ।
‘खास म चाहिं पत्रकार हुँ । नेपाल टेलिभिजनमा काम गर्छु । मेरो भन्दा पनि भेट्ने इच्छा बढी उहाँको हो । म चाहिं माध्यम मात्रै बनेको ।’
‘ए त्यही त’ अब बुढा खुल्दैछन्, ‘तिमीहरु पत्रकारको कामै त्यही त हो नि । आफू नयाँ केही गर्ने होइन । खाली अर्काले गरेका कामको गफ दिएर चर्चा बटुल्ने । त्यही पनि सत्य र निष्ठामा बसे त हुन्थ्यो नि ।’
खरो स्वभावका रहेछन्, रातोपिरो बनाए बुढाले । भन्न त मलाई भन्न मन थियो ‘सबैलाई एउटै भाँडोमा हालेर हेर्ने काम नगर न बुढा,’ भनेर । तर चुप लागेर बनावटी हाँसो हाँस्न बाहेक सकिनँ । मेरो निरीहपन लत्याउँदै उनी अरुणतिर फर्कन्छन् ।
‘अनि तिमी चाहिं क्यान्सरको डाक्टर ?’
‘हजुर हो’।
‘कहाँ पढ्यौ नि ?’
‘पढ्न त मैले सुरुमा एमबीबीएस चाइनाबाट गरें, एमडी बंगलादेशबाट, एमपीपीएच बंगलादेशबाट नै र क्यान्सरको विशेष कोर्स भारतबाट गरें । पछि युरो सर्टिफाइड चाहिं युरोपबाटै भएँ । नेपालमै केही गरौं भनेर विदेश नगई त्यहीं बसेको छु ।’
‘ए, सानै उमेरमा धेरै गरेछौ, किप इट अप ।’
अब बुढा शान्त छन्, ‘नेपालमा त राम्रा डाक्टर थोरै छन् । ती पनि दशवटा अस्पताल भ्याउँछन् । त्यसो भएपछि बिरामीलाई समय दिन नभ्याएर उपचार पनि राम्रो हुँदैन । यता घरपरिवार पनि ध्वस्त । त्यस्तो चाहिं नगर नि । तल बस्दा मैले यो कुरा बुझिनँ । अहिले पश्चाताप हुँदैछ । मेरो पारिवारिक कहानी त थाहा छ नि ?’
‘थाहा छ हजुर ।’ अब नर्भस हुने पालो डाक्टरको ।
‘त्यसमा म सचेत छु हजुर । मेरी श्रीमती पनि स्त्रीरोगको डाक्टर हुन्, कुरा बुझ्छिन् । त्यसैले समस्या छैन ।’
यता मैले गुगलमा पढेको पाश्चरको पारिवारिक चित्र मेरो दिमागमा आउँछ ।
उनका तीन जना छोरी थिए । तीन जनामध्ये दुईजना ब्रेन ट्युमर भएर र एकजना टाइफाइट भएर बितेका थिए । श्रीमान सधैं व्यस्त, छोरीहरु तीनै जना स्वर्गीय । बिचरा उनकी श्रीमती मेरी पाश्चरले जीवनको अधवैंसे उमेरदेखि नै मानसिक सन्तुलन गुमाउन पुगिन् । यी सबै पीडाका बाबजुद पाश्चरले आफ्नो साधना छोडेनन् ।
उम्लिने गरी पकाएपछि खानेकुरामा हुने हानिकारक किटाणु मार्ने र शरीरमा रहेका जीवाणु मार्ने प्रविधि अर्थात् खोप पत्ता लगाएर संसारलाई गुन लाएर पनि चुप लागेर बसेनन् ।
रेबिज विरुद्धको खोप पत्ता लगाउने उनको सानै उमेरदेखिको सपना थियो । जसको पछाडि एक घटना प्रमुख कारण थियो । पाश्चरको गाउँ फ्रान्सको डोल, जुन जंगल नजिकै थियो । एक दिन जंगलबाट एक्कासी थुप्रै स्यालहरु आएर गाउँका आठ जनालाई टोके । तीमध्ये पाँच जनालाई रेबिज भयो । केही दिनपछि स्याल जस्तै कराएर, र्याल सिंगान बगाएर ती पाँच जनाको दु:खद् मृत्यु भयो । त्यो देखेपछि उनको मन साह्रै दुख्यो र त्यो बाल मस्तिष्कले एक प्रण गर्यो कि त्यस विरुद्धको खोप पत्ता लगाउने । उनले यो कुरा आफ्ना बुवा जिन जोसेफ पाश्चरसँग भने ।
बुवा निकै सकारात्मक र छोराले केही गरोस् भन्ने सोचका थिए । बुवाले भने, ‘त्यसका लागि तिमी राम्रोसँग पढ । म जत्ति पनि खर्च गर्न तयार छु ।’
त्यसपछि पाश्चर मेहनत गरेर पढ्न थाले । जबकि त्यसअघिसम्म सुस्त मनस्थिति भनेर स्कुलमा साथी र शिक्षकहरुबाट उनी अपहेलित थिए । पछि विश्वविद्यालयमा रसायनशास्त्र पढ्न पनि उनका बुवाले सम्झाएर, निकै धेरै ऋण खोजेर पठाएका थिए ।
हो, तिनै पीडा, साधना र सफलताका त्रिवेणी लुई पाश्चरको मृत्युपर्यन्त उनलाई भेट्न विशेष आग्रह गरेर विशेष विमान चढेर हामी उनको यो विशाल प्रयोगशालामा पुगेका छौं ।
***
मयता फ्ल्यासब्याकमा हराउँदै गर्दा उता कुराकानी छुटिसकेछ । बुढा भन्दै रहेछन्, ‘बुझ्यौ अरुण ! त्यतिबेला विश्वको जबसंख्या एक अर्ब पचास करोड थियो । तीमध्ये करिब एक करोड व्यक्तिलाई हरेक वर्ष कुनै न कुनै जंगली जनावरले टोक्थे । कल्पना गर त, तीमध्ये कतिले रेबिजकै कारण ज्यान गुमाउँथे होलान् ?
हामी दुवै मौन छौं ।
‘मैले जब दिनरात मेहनत गरेर रेबिज विरुद्धको खोप पत्ता लगाएँ ।’ बुढा अझै फ्ल्यासब्याकमा छन् । हामी पनि उत्साहित छौं, ‘तब एक कुकुरमा परीक्षण गरें र सफल भएँ । अब चुनौती थियो मान्छेमा प्रयोग गर्ने ।
त्यसै समय एक महिला मकहाँ आइन् । जसको सानो छोरालाई दुई दिनअघि एक बहुला कुकुरले टोकेको थियो । परीक्षण गर्दा पत्ता लाग्यो कि, बालकको शरीरमा रेबिजका जीवाणु प्रवेश गरेका छन् । अब म धर्मसंकटमा परें ।
प्रयोग गरौं त यदि मेरो खोपले काम गरेन र बच्चाको मृत्यु भयो भने मेरो आजसम्मको सम्पूर्ण साधना र जीवन नै बर्बाद हुन्छ । सायद म जेल जान्छु । फेरि प्रयोग नगरौं त आफ्नै अगाडि अब केही दिनमै बच्चाको दुःखद् मृत्यु देख्नुपर्छ ।
त्यसअघिसम्म त्यस्ता रेबिज लाग्न सक्ने स्याल, कुकुर, बाँदर, हुँडार आदिले टोकेमा फलाम तताएर डाम्ने चलन थियो । तर त्यो अनिश्चित थियो र पीडादायी पनि । अन्तत: मैले बच्चामा प्रयोग गर्ने निर्णय गरें । लगातार २१ दिनसम्म बच्चालाई नियमित खोप दिएँ । अनि उसको शरीरबाट रेबिजका जीवाणु नष्ट भए । म सफल भएँ । अनि संसारको हाइहाइ भएँ । पछि त नोबेल पुरस्कार नै पाएँ ।’
यो निकै चाखलाग्दो कहानी सुनेपछि म केही सोध्न खोज्दै थिएँ, फोनको घण्टी बज्छ ।
पाश्चर नम्बर हेर्दै भन्छन्, ‘ए आइन्स्टाइनको फोन रैछ, एकैछिन है ।’
उनी ह्याण्ड्स फ्री गरेर बोल्न थाल्छन् ।
‘हलो पाश्चर दाइ, के गर्दै हुनुहुन्छ ? आज तास नखेल्ने ?’
‘आज नखेल्ने भाइ’ पाश्चर थप बोल्छन्, ‘यहाँ पृथ्वीको नेपालबाट दुईजना भाइहरु मलाई भेट्न आएका छन् । आज तास खेल्ने समय म यिनलाई दिन्छु । यिनले निकै मेहनत गरेर ठूलै आशा लिएर आएका छन् मैले निराश बनाउनुहुन्न । अनि को को जम्मा भयौ त ?’
‘उही त हो, ग्यालिलियो, एडिसन, न्यूटन र म छौं ।’
‘अनि आज लाउके आएको छैन ?’
‘छैन खै आउँदै होला ।’
‘ल ल भाइ आजलाई सरी । भोलि खेलौंला ।’
‘ल दाइ ।’
फोन राखेपछि हामी आश्चर्यमा डुब्छौं । अनि म सोधिहाल्छु, ‘स्वर्गमा पनि वैज्ञानिकहरु जम्मा भएर तास खेल्नुहुन्छ ?’
‘अँ खेल्छौं त’ पाश्चर सहज उत्तर दिन्छन् ।
‘कहिलेकाहीं हामी चित्रगुप्त र यमराजलाई पनि खेलाउछौं ।’
खुबै रमाइला लाग्छन् यी सबै कुराहरु ।
लाउके अर्थात् आफू नखेल्ने तर कुनै एक खेलाडीलाई सिकाउने व्यक्ति । मलाई खुल्दुली हुन्छ, यहाँ लाउके चाहिं को रैछ ?
‘यहाँ पनि लाउके छन् ?’
‘छन् एक जना भाइ । स्टेफन हकिङस क्या । अस्ति भर्खरै मात्रै आएका । शारीरिक अशक्तताका कारण खेल्न उनलाई गाह्रो छ । त्यसैले कसैको छेउमा बसेर हेर्छन् र कहिलेकाहीं सिकाउँछन् । खतरा छन् ती भाइ ।’
त्यत्रो महान् वैज्ञानिकलाई हेपेर बोलेको मलाई मन परेन । तर चुप लागें । डाक्टर पनि मसँगै चकित छन् ।
‘स्वर्गमा पनि तास खेल्ने त अनौठो कुरा सुनियो हगि ?’
‘ल खेलिहालिन्छ नि ।’ पाश्चर थप्छन् ‘मनोरञ्जन भन्ने कुरा त सबैलाई चाहियो नि भाइ । अब यहाँ रक्सी पिउने हामीलाई फुर्सद छैन । सम्भोगतिर यो उमेरमा खासै रुचि लाग्दैन । मनोरञ्जन कसरी गर्ने त ? त्यसैले दिनको एक घण्टा हामी वैज्ञानिकहरु मिलेर तास खेल्छौं । कहिलेकाहीं रहर गर्छन् अनि ती पाण्डवलाई पनि सँगै खेलाउँछौं । कौरवलाई चाहिं खेलाउँदैनौं, भर लाग्दैन ।’
‘अनि पाश्चर’ डाक्टर सुरु गर्छन्, ‘तपाईंले त्यस्ता महत्वपूर्ण खोज, आविष्कार गर्नुभो । हेर्नुस न, क्यान्सर पृथ्वीमा निकै धेरै फैलिंदैछ । तर क्यान्सर विरुद्धको जम्मा दुईवटा मात्रै खोप बनेका छन् । एउटा फोक्सोमा लाग्ने क्यान्सरको, अर्को पाठेघरमा हुने क्यान्सरको । त्यो पनि संसारका सबै ठाउँमा पुगेको छैन । यस विरुद्धको पनि पूर्ण खोप बनाएर कुनै पनि क्यान्सर नलाग्ने बनाउन सकिंदैन ? आज हामी खास त्यो अपेक्षा गरेर आएका ।’
‘तिम्रो कुरा ठीक हो । बुढा केही गम्भीर बन्छन्, ‘पृथ्वीमा क्यान्सर निकै धेरै फैलिएको छ र यो संख्या थुप्रै बढ्ने निश्चित छ । यस विरुद्धको पूर्ण खोप बनाउन पाए निकै राम्रो हुन्थ्यो । तर हेर, मेरा यति धेरै काम छन् कि, त्यतातिर मैले काम गर्ने समय नै पाएको छैन । म अहिले क्यान्सर भन्दा पनि खतरा मान्छेको दिमागमा लाग्ने एक रोगको विरुद्धको खोप पत्ता लगाउने प्रयासमा छु । करिब ३० वर्षदेखि म यही एउटा अनुसन्धानमा छु । तर पनि सफल हुन सकेको छैन ।’
‘बाफ रे ! कुन रोग हो त्यस्तो ?’
डाक्टरको प्रश्नपछि पाश्चर भन्छन्, ‘एक कीरा छ, जसले संसारका मानिसको दिमागमा बिस्तारै असर गर्छ । हेर्दा पैसाको जस्तो आकार हुने यो कीरा अहिले सिंगै संसारको साझा समस्या हो । जसलाई पृथ्वीका मान्छेले देख्न सक्दैनन्, मैले मात्र देखेको छु । तिम्रो देशका धेरैजसो नेताको गिदीमा त्यही कीरा परेको छ ।’
केहीबेर हाम्रो आश्चर्यचकितप्रश्न उत्तर चलिरहन्छ । धेरै अनुसन्धान गर्दा गर्दा पाश्चर बुढाको दिमागले काम नगरेको हो कि भनेर हामी शंका पनि गर्छौं । तर उनी निर्धक्क छन् ।
‘संसारमा जति पनि गरिबी, आतंक, भ्रष्टाचार, अन्याय फैलिएको छ, त्यसको जड नै त्यही रोग हो । त्यो रोगको नाम छोटकरीमा सोम्पो हो । जसको पूरा अर्थ ‘सिक अफ मनी एण्ड पावर’ हो । जब कुनै व्यक्ति, विशेषगरी नेता शक्तिमा पुग्छ, तब उनलाई पैसा आकारको एक कीराले सिधै गिदीमा आक्रमण गर्छ । अनि घमण्ड गर्ने, लोभी हुने, भ्रष्टचार गर्ने, व्यक्तिगत स्वार्थ हेर्ने, अरुलाई दुःख दिने, झगडा र युद्ध निम्त्याउने आदि गर्छन् । यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ । सोझै नदेखिने हुनाले पृथ्वीका ज्यूँदा वैज्ञानिकले यसबारेमा सोचेका छैनन् । तर कुनै न कुनै रुपमा संसारभरका अधिकांश नेताको गिदीमा त्यो कीराले ठूलो घर बनाएको छ । त्यसैले यी युद्ध, अपराध, भ्रष्टचार र आतंक भएका छन् ।
‘अचम्मको कुरा चाहिं त्यो कीराले राजनीति गर्ने मान्छेलाई मात्रै किन आक्रमण गर्छ ?’ मेरो प्रश्न ।
‘आक्रमण सबैलाई गर्छ ।’ पाश्चरको सहज उत्तर, ‘तर शक्तिमा नपुगुन्जेल त्यो कीरा सक्रिय हुँदैन । जब त्यस रोगद्वारा संक्रमित मान्छे शक्तिमा पुग्छ या पैसा कमाउँछ, अनि त्यो कीरा सल्बलाउन थाल्छ । त्यसले खाली विध्वंस, खराब आदि मात्रै गर्न लगाउँछ । राम्रो बाटोमा हिंड्नै दिंदैन । यदि अपवादको रुपमा कसैको दिमागमा त्यसको आक्रमण छैन र सत्यकर्म गर्न खोज्यो भने संक्रमित दिमागले त्यसलाई सिध्याइदिन्छ ।
कुराकानी निकै गम्भीर मोडमा आइपुगेको छ । बुढा पनि गम्भीर छन् । ‘यदि अझै केही दशक यस विरुद्धको भ्याक्सिन र औषधि पत्ता लगाउन सकिएन भने मान्छेहरु एकापसमा जुधेरै सकिनेछन् र त्यो सुन्दर पृथ्वी नर्क बन्नेछ ।’
‘भ्याक्सिन वा औषधि’ बोल्ने पालो मेरो, ‘निर्माण भएपछि पनि पृथ्वीभरिका मान्छेलाई कसरी लगाउने ? कसरी पठाउने ? फेरि त्यो लगाउन मान्छ त मान्छेले ?’
‘त्यो मेरो लागि सामान्य कुरा हो ।’ बुढामा आत्मविश्वास दह्रो छ, ‘सिधै सूर्यको प्रकाशमार्फत संसारभरिका मान्छेले २४ घण्टाभित्र त्यो उपचार थाहै नपाई पाउने व्यवस्था मैले मिलाएको छु । मात्रै मुख्य चीज बन्नु पर्यो ।’
‘त्यो कीरा र रोगको प्रकृति हेर्दा त’ डाक्टर अलि अलग धारमा पुग्छन्, ‘अध्यात्मसँग पनि जोडिए जस्तो छ । त्यसमा सोच्नु भएन ?’
‘तिमीले भनेको ठीक हो’ पाश्चर यो कुरामा सचेत रैछन्, ‘हुन त हामी भौतिकवादीहरु अध्यात्ममा त्यति विश्वास गर्दैनौ । तर पत्ता लगाउन साह्रै गाह्रो भएपछि मैले सुप्रिमोसँग यसबारेमा छलफल गरेको छु । हामी निरन्तर बहसमै छौ । हेरौं केही भइहाल्छ कि !’
‘सुप्रिमो भनेको चाहिं के हो ?’
मेरो प्रश्न झर्न नपाउँदै उत्तर पनि आइहाल्छ, ‘सुप्रिमो भनेको यो संसार चलाउने एक अलौकिक शक्ति, जुन अदृश्य छ, तर छ । पृथ्वीमा कसैले जिसस, कसैले अल्लाह, कसैले ईश्वर जेजे भने पनि सबै वास्तवमा एउटै हुन् । जसले यो बम्हाण्ड चलाउँछन् । पृथ्वीको यो समस्यासँग उनी पनि चिन्तित छन् र मसँग निरन्तर संवादमा छन् ।’
‘अनि तपाईंले’ म प्रसंगको फाइदा उठाउँछु, ‘निधारमा रातो टीका चाहिं किन लगाउनु भाको नि ? तपाईं त पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्नुहुन्थ्यो नि, हैन ?’
‘यसमा गम्भीर कुरा छ,’ पाश्चर निरन्तर बोल्दै जान्छन्, ‘हो, म पृथ्वीमा हुँदा क्रिश्चियन धर्म मान्थें र हामी यस्तो रातो टीका लगाउँदैनथ्यौं । हिन्दू धर्म मान्नेले मात्रै लगाउँथे । तर जब यहाँ आएँ, तब मैले अघि भनें नि यी सबै धर्महरु भ्रम हुन् । संसार चलाउने सुप्रिमो नै एक मात्र अदृश्य शक्ति अर्थात् भगवान् हुन् । र, यो अबिरको रातो टीकामा धेरै वैज्ञानिक शक्ति छ । यसले शरीरलाई ऊर्जावान् र मनलाई शान्त बनाउँछ । त्यसैले लगाउँछु ।’
‘त्यो सोम्पो विरुद्धको भ्याक्सिन पृथ्वीमा नै पत्ता लगाउन चाहिं सम्भव छैन ?’ डाक्टर अरुण महत्वाकांक्षी छन् । फेरि विषयमा फर्किन्छन् ।
‘तत्काल छैन’ पाश्चर सिधै उत्तर दिन्छन्, ‘एक त यो देखिने रोग हैन, अर्को यो रोग हो भन्ने कुरा पृथ्वीका वैज्ञानिकलाई थाहा नै छैन । फेरि बनाउन खोजे पनि नीति निर्माण गर्ने व्यक्तिहरु स्वयं प्रायः ती कीरा र रोगबाट ग्रसित हुनाले बनाउन दिंदैनन् । त्यो रोगको प्रकृति नै त्यही हो कि विकास, निर्माण र सद्भावमा मन लाग्नै दिंदैन र अरुलाई कसरी बिगार्ने भन्ने कुरामै उनीहरुको सारा जीवन खर्च हुन्छ । मैले अघि पनि भनें नि, यो कीराले गिदीमा आक्रमण गरेपछि प्रेम, आत्मीयता, सकारात्मक सोच सबैलाई नष्ट पारिदिन्छ ।’
कुराकानी गर्दै पाश्चर गएर एउटा ठूलो फ्रिज खोल्छन् । जहाँ हजारौं गिदीहरु संग्रह गरिएको छ । उनका अनुसार त्यहाँ संसारभरिका हिंस्रक, क्रूर र नकारात्मक मान्छेका गिदीजम्मा पारेर उनले अनुसन्धान गरिरहेका छन् । यी गिदीमा उनकै भाषाको ‘सोम्पो’का कीरा छन् ।
‘त्यसको तल्काल उपचार के त ?’
मेरो प्रश्नमा पाश्चर सोचमग्न हुन्छन् । अनि अस्पष्ट उत्तर दिन्छन्, ‘खासै केही छैन । कुनै शक्तिवानले रोगको लक्षण देखाउन थालेमा नागरिकले खबरदारी गर्ने र असर कम गराउने । अरु उपाय केही छैन ।’
अब हामी कुराकानीको बिट मार्न खोज्छौं । बिदा हुने क्रम सुरु गर्दैगर्दा पाश्चरकी श्रीमती मेरी पाश्चर बाहिर झ्यालमा देखिन्छिन् । जीवनमा हरेक क्षण दु:ख र पीडा मात्रै साक्षात्कार गरेर मानासिक सन्तुलन गुमाएकी मेरी साँच्चै मायालाग्दी देखिन्छिन् । श्रीमतीलाई भन्दा संसारका अरु मान्छेको जीवनलाई प्राथामिकतामा राखेर योगदान दिएका लुई श्रीमतीको त्यो अवस्थाबाट दुःखी भएको हामी पनि महसुस गर्छौं । हामीसँग हतारहतार बिदा मागेर उनी मेरीतर्फ जान्छन् र अंगालो मार्दै बेडरुमतिर लिएर जान्छन् ।
संसारलाई बचाउने महान् वैज्ञानिकको आफ्नी श्रीमतीप्रतिको त्यो प्रेम अनौठो प्रतीत हुन्छ । लाग्छ, प्रेम भन्ने कुरा ब्रम्हाण्डको जुनसुकै कुनामा पनि कुनै न कुनै रुपमा बाँचिरहेको हुने रहेछ । हामी बाहिर निस्कन्छौं । पृथ्वी आउँदा बाटोभरि पनि उनकै कुरा गर्छौं ।
पाश्चरको एउटा वाक्यले घनले झैं हामी दुवैको टाउकोमा निरन्तर हानिरहन्छ- ‘तिम्रो देशका धेरैजसो नेताको गिदीमा कीरा परेको छ ।’
from Online Khabar https://ift.tt/7SlmHVi
‘औसत खेलाडी, उत्कृष्ट प्रशिक्षक’
१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा राम्रै खेल्नसक्ने भएका थिए ।
खेलेर जीविकोपार्जन गर्न सकिन्न भन्ने परिवारको मान्यतामा विद्रोह गर्न मात्र होइन भलिबललाई मनबाट निकाल्न सकिरहेका थिएनन् ।
एसएलसीको तयारीस्वरुप ट्यूसन पढ्न घरबाट निस्किने रुपेश नियमित रुपमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा खेल्न पुगेको घरकाले पत्तै पाएनन् ।
ट्यूसन पढ्नका लागि घरबाट पाइने २० रुपैयाँ खर्चेर भक्तपुरको बालकोटदेखि जावलाखेलसम्मको दैनिकीले उनलाई खेलाडी बनायो ।
जावलाखेलमा प्रशिक्षण थालेको तीन वर्षमै विभागीय टोली नेपाल पुलिसमा खेलाडीका रुपमा जागीर मिलेपछि जीविकोपार्जनको चिन्ता पनि हट्यो । तीन वर्षजति उनले नेपाल पुलिसको टिमबाट राष्ट्रिय प्रतियोगिता खेले ।
***
खेलाडीका रुपमा पाउन नसकेको पहिचान रुपेशले प्रशिक्षकका रुपमा पाएका छन् । उनी नेपाल पुलिस क्लबको महिला टिमका मुख्य प्रशिक्षक हुन् ।
पछिल्लो समय नेपाल पुलिसलाई च्याम्पियन शैलीमा पुनरागमन गराउनुमा रुपेशको महत्वपूर्ण भूमिका छ । नेपाली भलिबल टिमका पूर्वकप्तानसमेत रहेका नेपाल पुलिस क्लबकै डीएसपी भरत शाहको साथ र विश्वास पनि त्यत्तिकै छ ।
नेपाली भलिबलका स्थापित प्रशिक्षकहरु कपिलकिशोर श्रेष्ठ र स्वर्गीय सुदेश रिमालको सहायक भएर पुलिसको महिला भलिबल टिमको प्रशिक्षण सम्हालेको ८ वर्षपछि २०७१ सालमा रुपेशले पहिलोपल्ट मुख्य प्रशिक्षकको जिम्मा पाएका हुन् । त्यतिबेला महिला भलिबलमा पुलिस टिमको सनसनी थियो । निता शाह, कोपिला उप्रेती, चुडा खड्का, सुशीला थापालगायत राष्ट्रिय टिमका अनुभवी खेलाडीले पुलिसले एकपछि अर्को सफलता पाएको थियो ।
तर, रुपेशले चुनौतिपूर्ण समयमा जिम्मेवारी पाएका हुन् । उनी मुख्य प्रशिक्षक हुने समय पुलिस टिम पुस्तान्तरणको प्रक्रियामा थियो । सिनियर टोलीमा कोपिला र नितामात्र बाँकी थिए । युवा पुस्ताका खेलाडी अनुबन्धन गराएर प्रतिस्र्पामा जाँदा पुलिसको प्रभावलाई एपीएफ क्लबले खुम्च्याउन थाल्यो ।
पुलिसले कठिन समयमा रुपेशलाई विश्वास गरिरहृयो । युवा खेलाडीहरु विस्तारै खारिँदै थिए । झण्डै पाँच वर्षपछि पुलिसले आफ्नो लय समाउन थाल्यो । रुपेकश आफ्नो त्यो संघर्षलाई शब्दमा चित्रण गर्न नसकिने बताउँछन् ।
‘मुख्य प्रशिक्षक भएर आउँदा मलाई धेरैले क्षमतामै प्रश्न उठाउनुभएको थियो । तर, संघर्ष गर्न छाडिनँ,’ रुपेशले अनलाइनखबरसँग भने, ‘मलाई थाहा थियो, खेल भनेको एन्टिबायोटिक औषधिजस्तो होइन । सफलताका लागि धैर्य चाहिन्छ ।’
२०७७ मा नेपालगन्जमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेर पुलिस टिम उपाधि यात्रामा फर्किएको हो । त्यसयता पोखराको टाइगर कप, पाखराकै लामाचौरमा तीज कप, पाल्पामा सन्जय स्मृति राष्ट्रिय महिला भलिबल लगायतका प्रतियोगितामा पुलिस च्याम्पियन बनेको छ ।
रुपेशले एफआईभीभी तह-१ र तह-२ प्रशिक्षण कोर्ष गरेका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले दिने तीन महिनाको एनआईएस कोर्ष समेत लिइसकेका थिए । राखेपले सञ्चालन गरेको कोर्षमा त उनी ग्रुप टप गर्न सफल भएको सुनाउँछन् । उनले राष्ट्रिय रेफ्री कोर्ष पनि सोही बेला पूरा गरिसकेका थिए ।
पुरस्तान्तरणको क्रममा रहेको पुलिस टिममा उनले उत्पादन गरेका युवा खेलाडीहरु राष्ट्रिय टोलीमै प्रभाव जमाउन थालेका छन् । स्पाइकर उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, मनिषा चौधरीहरु राष्ट्रिय टिमबाट खेलिसकेका छन् । कमला पुनलाई लिबेरो पोजिसनबाट सेटरका स्पमा स्थापित गराएका छन् ।
खेलाडीका अभिभावकसँग व्यक्तिगत रुपमा अनुरोध गरेर उनीहरुको जिम्मा लिएको, घाइते भएका बेला व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका अतीतहरु प्नि उनको मानसपटलमा ताजै छ ।
‘प्रहरी भएपछि हाम्रो काम खेल्ने होइन पुलिसिङ गर्ने हो तर हाम्रो संगठनले हामीलाई खेल्न दिएको छ । संगठनकै कारणले गर्दा हामी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिन सफल भएका छौं,’ विष्टले अनलाइनखबरसँग भने ।
from Online Khabar https://ift.tt/mnaxiY9
Thursday, July 28, 2022
जिल्ला समन्वय समितिलाई ‘टेर्दैनन्’ रोल्पाका स्थानीय तह
१३ साउन, रोल्पा । आर्थिक वर्ष २०७८/७९ को समीक्षा गर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालय रोल्पाले जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गर्यो । करिब १ हप्ता अघि गरिएको पत्राचार बमोजिम जिल्लाका सबै स्थानीय तहले आफूले वर्षभरि सम्पादन गरेका कार्यक्रमको प्रस्तुतीकरण गर्नुपर्ने थियो ।
इमेलबाट र फोनबाट खबर पाएका जिल्लाका दश मध्ये ६ स्थानीय तहहरु मात्रै जिल्ला समन्वय समितिको कार्यालय रोल्पाद्वारा साउन १२ गते आयोजित समीक्षा कार्यक्रममा सहभागी भए ।
वर्षभरि सम्पादन गरेका कार्यक्रमको समीक्षा मार्फत राम्रा अभ्यासहरु साटासाट गर्ने, देखिएका चुनौतीको मिलेर समाधान गर्ने तथा जिल्लाका साझा सवालमा साझा बुझाई कायम गर्दै मिलेर कार्यान्वयन गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला समन्वय समितिको कार्यालय रोल्पाको यस्तो महत्वपूर्ण कार्यक्रमलाई जिल्लाका केही स्थानीय तहहरुले भने महत्व दिएनन् ।
जिल्ला सदरमुकाम लिवाङसँग सिमाना जोडिएको माडी गाउँपालिका सहित रुन्टीगढी गाउँपालिका, गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिका कार्यक्रममा उपस्थित भएनन् । जिल्ला सदरमुकामबाट सबभन्दा टाढाको दुरीमा रहेको थवाङ गाउँपालिकाका साथै सुनछहरी, लुंग्री, त्रिवेणी, सुनिलस्मृती गाउँपालिका तथा रोल्पा नगरपालिकाले भने कार्यक्रममा सहभागिता जनाएका थिए ।
समीक्षा कार्यक्रममा अनुपस्थित हुने स्थानीय तहहरुप्रति सरोकारवालाहरुले टिप्पणी समेत गरेका थिए । उनीहरुका अनुसार स्थानीय तहहरुको समन्वयको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिलाई स्थानीय तहले टेरेनन् ।
लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुनले जिल्ला समन्वय समितिले आयोजना गरेको समीक्षा जस्तो महत्वपूर्ण कार्यक्रममा स्थानीय तहहरुको उपस्थिति नहुनुले राम्रो सन्देश नगएको बताए । ‘यो झारा टार्ने कार्यक्रम होइन, सारतत्व सहितको कार्यक्रम हो,’ पुनले भने । समीक्षा जस्तो कार्यक्रममा उपस्थिति नहुनुमा राजनीति छायाँले काम त गरेको छैन पुनले प्रश्न गरे ।
‘केही स्थानीय तहहरु प्रतिकूल मौसमका कारण पनि उपस्थिति नभएको हुनसक्छ,’ जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यले भनिन्, ‘कार्यक्रमको संवेदनशीलता नबुझेर पनि अनुपस्थिति भएको हुन सक्छ ।’
नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दका अनुसार स्थानीय तहहरुले जिल्ला समन्वय समितिलाई अटेर गरेको देखियो । ‘यति महत्वपूर्ण कार्यक्रममा उपस्थिति नहुनुले जिल्ला समन्वय समितिलाई स्थानीय तहहले टेर्दैनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ,’ चन्दले भने ।
from Online Khabar https://ift.tt/PqKYNEx
2 अगस्त को लॉन्च होगा मोटोराला का फोल्डेबल फोन, दमदार फीचर्स के साथ मिलेगा धांसू लुक
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/t1YIEVG
बजेट प्रकरण : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै
१३ साउन, काठमाडौं । अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ ।
समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने बताए । त्यसका लागि सभामुखसँग समय मागिएको उनले बताए ।
प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।
छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि गर्न भने सकेन ।
संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको समाचार सार्वजनिक भएपछि गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय छानबिन विषेश समिति गठन गरेका थिए । त्यसलगत्तै अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।
समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।
from Online Khabar https://ift.tt/nflTVWm
किन आक्रोशित छन् नारायणकाजी ?
१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुमध्ये एक हुन् । सत्ता गठबन्धनका अधिकांश बैठकमा उपस्थित हुन्छन् । नागरिकता विधेयकबारे छलफल गर्न ८ असारमा प्रधानमन्त्री निवास, बालुवटारमा बसेको गठबन्धनको बैठकमा पनि श्रेष्ठ उपस्थित थिए ।
तर शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकको उनी चर्को विरोध गरिरहेका छन् । वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु र उनको बोली उस्तै सुनिएको छ ।
प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेको नागरिकता विधेयकमा सोमबार भएको सैद्धान्तिक छलफलमा श्रेष्ठले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलााई सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने कारण नभएको बताए । एमाले नेताहरुले पनि यही प्रावधानको विरोध गर्दै नागरिकता विधेयक राष्ट्रहितमा नभएको बताउने गरेका छन् ।
नागरिकता मात्र होइन, अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने क्रममा भएको १२ बुँदे व्याख्यात्मक घोषणा, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम जस्ता मुद्दामा पनि माओवादी नेता श्रेष्ठ सरकारप्रति आक्रामक देखिएका छन् । देउवा सरकारको विदेश नीतिबारे निरन्तर प्रश्न उठाइरहेका छन् अर्थात यस्ता मुद्दाहरुमा उनी सरकार टाढा, एमालेसँग बढी नजिक देखिएका छन् ।
एमालेसम्वद्ध नेपाल चीन हिमालय मैत्री समाजले ३२ असारमा गरेको ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पनि सरकारको विदेश नीतिमा प्रश्न उठाएका श्रेष्ठले खुब ताली पाए । कतिसम्म भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा भएको विवाद र विभाजनका बेला श्रेष्ठको नाम समेत लिन नचाहने एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो कार्यक्रममा सार्वजनिक मञ्चबाटै उनको तारिफ गरे ।
ओलीले भनेका थिए, सबै साथीहरुले राम्रा राम्रा कुरा गर्नुभयो । कांग्रेसभित्र पनि सबभन्दा राम्रो मान्छे, माओवादीभित्र पनि सबभन्दा राम्रो मान्छे छनोट गरेर ल्याउनुभएछ ।’ नेताहरुले राखेको विचार सही भएको भन्दै उनले गठबन्धनधित्र लड्न र कम्तीमा आफ्नो दलमा त्यो ठाउँमा पु¥याउन आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र त छैन होला नि !’
प्रचण्डसँग सहमत छैनन्, छाड्न पनि सक्दैनन्
तर माओवादीमा नारायणकाजी श्रेष्ठको अवस्था कस्तो छ भने न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो विचारमा सहमत गराउन सक्छन्, न ओलीले भनेजस्तो पार्टी छाड्न सक्छन् । उनी प्रचण्डका थुप्रै निर्णयमा सहमत छैनन्, तर कहिले सानो त कहिले ठूलो स्वरमा आफ्नो मत राख्ने बाहेक अरु गर्न सक्दैनन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता संसदबाट अनुमोदन त्यसको गतिलो उदाहरण हो । श्रेष्ठ एमसीसीलाई अमेरिकाको हिन्द प्रशान्त रणनीति (आईपीएस) कै अंग मान्छन् । त्यसलाई कुनै हालतमा संसदबाट अनुमोदन गर्न नहुने अडानमा थिए उनी । पार्टीका बहुसंख्यक नेता पनि विपक्षमा भएकाले प्रचण्डले पनि एमसीसी अनुमोदनलाई सार्दै आएका थिए । जब गठबन्धन नै भत्किने अवस्था आयो, प्रचण्ड १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न सहमत भए ।
१५ फागुन २०७७ माओवादी सचिवालयको विस्तारित बैककले एमसीसी अनुमोदन गर्ने निर्णय गर्दा नारायणकाजी श्रेष्ठसहित ५ नेताले फरक मत राखे । प्रचण्डले बाहिर नभन्न भनेका थिए, श्रेष्ठ निकटवर्तीले बाहिर ल्याएपछि राष्ट्रघाती र राष्ट्रवादीका रुपमा कित्ताकाट गरेको भन्दै प्रचण्ड समूह असन्तुष्ट बने । १६ फागुनमा प्रचण्डले सार्वजनिक मञ्चबाटै ‘वामदेव गौतमको बाटो हिँड्न मन लागे कसले रोक्छ र ?’ भन्ने टिप्पणी गरिदिए ।
अध्यक्ष प्रचण्डले नै पार्टी छाडेर गएपछि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ रुष्ट भए भने उनको समूहमा माओवादी छाड्नुपर्ने चर्को आवाज उठेको थियो । प्रचण्डले उनकै निवासमा पुगेर एमसीसीबारे स्थानीय चुनावपछि छलफल गर्ने र फरक मत भए तल्लो कमिटीसम्म लैजान दिने भनेर श्रेष्ठलाई फकाए । तर अब आम चुनावपछि भनेर अर्को भाका राखिएको छ ।
अहिले कांग्रेससँग गठबन्धन कि एमालेसँग भन्नेमा प्रचण्ड र श्रेष्ठको आ–आफ्नै मत छ । प्रचण्ड यो चुनावमा कांग्रेससँगै चुनावी तालमेल गरेर जाने पक्षमा छन् भने श्रेष्ठ एमालेसँग वाम गठबन्धन गरेर जानुपर्ने मत राख्छन् । उनले शनिबार दिउँसो फेसबुकमा लेखे– हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।
वाम गठबन्धनको रुचानका कारण पनि श्रेष्ठ कांग्रेससँगको गठबन्धनप्रति उनको आक्रोश खोपेको हुनसक्ने माओवादी नेताहरु बताउँछन् । त्यसलाई बुझेर होला प्रचण्डले भने श्रेष्ठलाई नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँग वाम समाजवादी मोर्चाका लागि वार्ताको संयोजन गर्ने जिम्मा दिएका छन् ।
from Online Khabar https://ift.tt/Fo5AcTS
प्रिमियर लिगमा अनुबन्धित यी खेलाडीले साताको कति कमाउँछन् ?
१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् ।
नयाँ सिजन सुरु हुनुअघि प्रिमियर लिगमा स्थापित खेलाडी अनुबन्ध भएका छन् । एर्लिन हालान्ड ५१ मिलियन पाउण्डमा म्यानचेष्टर सिटीमा अनुबन्ध हुँदा सिटीका गाब्रिएज जेसस र अलेक्जेन्डर जिनचेन्को आर्सनल पुगे ।
केही खेलाडीका लागि क्लबहरुले राम्रै रकम खर्च गरेका छन् । केही क्लबले भने फ्री ट्रान्सफरमै खेलाडी पाए । केहीले पारिश्रमिकको रुपमा राम्रै रकम दिए ।
प्रिमियर लिगको नयाँ सिजन २०२२–२३ सुरु हुन अब एक साता बाँकी छ । नयाँ अनुबन्ध भएका वा क्लब परिवर्तन गरेका मध्ये धेरै कमाउने १० खेलाडी :
एर्लिन हालान्ड
हालान्ड सिटीमा धेरै कमाउने खेलाडीमा पर्दैनन् । केभिन डे ब्रुयनाले प्रत्येक साता ४ लाख पाउण्ड कमाई गर्छन् । प्रिमियर लिगको साविक विजेता सिटीले यो सिजन जर्मन क्लब बोरुशिया डर्टमण्डबाट भित्र्याएका हालान्डलाई सिटीले प्रतिसाता ३ लाख ७५ हजार पाउण्ड पारिश्रमिक दिनेछ ।
उनले सन् २०२७ सम्म इथिहाडमा रहँदा हरेक साता उति नै पाउनेछन् । उनले क्रिस्मसअघि नै ४० गोल गर्दै उक्त रकमको भर्पाई गर्ने अपेक्षा गरिएको छ ।
रहिम स्टर्लिङ
सन् २०१५ मा लिभरपुलबाट म्यानचेष्टर सिटी जाँदा स्टर्लिङलाई पैसाको पछि लागेको आरोप लागेको थियो ।
तर, यस पटक सिटीबाट चेल्सी जाँदा भने त्यसो भएन । उनले सिटीमा उपाधि जितेको अनुभव लिइसके । त्यसैले उनी प्रिमियर लिगमा धेरै कमाउनेमा पर्छन् ।
चेल्सीले हरेक साता स्टर्लिङका लागि ३ लाख २५ हजार पाउण्ड खर्चिनेछ ।
२७ वर्षीय स्टर्लिङ चेल्सीका अन्य फरवार्डभन्दा धेरै कमाउनेछन् । रोमेलु लुकाकुले क्लब छाडेपछि स्टर्लिङका लागि राम्रो पारिश्रमिक दिन चेल्सी सक्षम हुनेछ ।
कालिदोउ काउलिबेली
चेल्सीले विश्वकै नाम चलेका मध्ये एक डिफेण्डरको रुपमा काउलीबेलीलाई अनुबन्ध गरेको छ । क्लबले उनको प्रतिष्ठाअनुसार रकम पनि राम्रै दिने भएको छ । उलीबेलीले चेल्सीमा हरेक साता २ लाख ९५ हजार पाउण्ड कमाउनेछन् ।
पूर्व कप्तान जोन टेरीले छाडेपछि चेल्सीले सम्भवत उत्कृष्ट सेन्टर ब्याकको रुपमा काउलीबेलीलाई पाएको विश्वास गरिन्छ ।
गाब्रियल जेसस
आर्सनलले जेससलाई अनुबन्ध गर्न ४५ मिलियन पाउण्ड खर्च गरेको छ । आर्सनलका लागि एउटा राम्रो खेलाडी उपलब्ध हुँदा जेससका लागि पनि मुख्य भूमिकामा खेल्ने अवसर छ ।
उनले आर्सनलमा प्रत्येक साता २ लाख ६५ हजार पाउण्ड कमाउनेछन् । जेससले प्रिसिजनमै आर्सनलका लागि ४ गोल गरिसकेका छन् । उनले सन् २०१६–१७ पछि आर्सनललाई च्याम्पियन्स लिगमा छनोट गराउने प्रयास गर्नेछन् ।
जेसे लिंगार्ड
२३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको नटिङहम फरेस्ट ट्रान्सफर बजारमा सक्रिए रह्यो । फरेस्टले ११ खेलाडी अनुबन्ध गर्दै प्रिमियर लिगमा आफ्नो हैसियद स्थापित गरेको छ ।
लिनगार्डले फरेस्ट जाने निर्णय गर्छन भनेर धेरैले अपेक्षा गरेका थिएनन् । तर, म्यानचेस्टर युनाइटेड छाडेपछि फ्री एजेन्टका रुपमा रहेका लिंगार्डलाई फरेस्टले भित्र्याएको छ । उनले फरेस्टबाट हरेक साता २ लाख पाउण्ड पाउनेछन् ।
डार्विन नुनेज
लिभरपुसलले साडियो मानेलाई जर्मन क्लब बायर्नमा बेचेपछि बेनफिकाबाट डार्विन नुनेजलाई अनुबन्ध गर्दै अग्रपंक्ति चुस्त बनाएको छ । नुनेजले लिभरपुलमा प्रत्येक साता १ लाख ७९ हजार पाउण्ड कमाउनेछन् ।
इभान पेरिसिक
प्रशिक्षक एन्टोनियो कोन्टेले समर ट्रान्सफर मार्केटमा यस पटक राम्रै खर्च गरेका छन् । उनले ६ खेलाडी अनुबन्ध गर्दा ८० मिलियन पाउण्ड खर्च गरे ।
तर टोटनहमले भित्र्याएका नयाँ खेलाडीमध्ये फ्री ट्रान्सफरबाट आएका पेरिसिकले सबैभन्दा धेरै कमाउनेछन् । टोटनह्यामले यी फरवार्डलाई प्रतिसाता १ लाख ७८ हजार पाउण्ड दिनेछ ।
बाउबाकर कमारा
मार्सेमा अनुबन्ध सकिएपछि कमारा एस्टन भिल्ला आएका हुन् । यी मिडफिल्डरले हरेक साता १ लाख ५० हजार पाउण्ड कमाउनेछन् ।
क्रिस्टियन एरिक्सन
ब्रेन्टफोर्डले एरिक्सनलाई नयाँ सिजनमा पनि क्लबमै राख्न चाहेको थियो । टोटनहमले पनि उनलाई फेरि आउने विकल्प दिएको थियो । तर, एरिक्सन फ्री ट्रान्सफरमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए ।
उनको आगमनले ओल्ड ट्राफोर्डमा मिडफिल्डमा केही सहयोग पुग्ने विश्वास छ । एरिक्सनले हरेक साता युनाइटेडमा १ लाख ५० हजार पाउण्ड कमाउनेछन् ।
फिलिप काउटिन्हो
काउटिन्होले बार्सिलोनामा कमाएको भन्दा ७० प्रतिशत कम रकमा एस्टन भिल्लामा अनुबन्ध हुन राजी भए पनि उनले कमाउने रकम राम्रै छ । उनले हरेक साता एस्टन भिल्लामा १ लाख २५ हजार पाउण्ड कमाई गर्छन् ।
ब्राजिलका यी खेलाडीले गत सिजन आधा समय लोनमा भिल्लाका लागि राम्रै प्रदर्शन गरेका थिए ।
– प्लानेट फुटबलबाट
from Online Khabar https://ift.tt/HJ5lw8t
Wednesday, July 27, 2022
बझाङमा ११ जना जुवाडे पक्राउ
१२ साउन, धनगढी । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर विष्टले स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेको विष्टले बताए ।
उनीहरु मध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरु रहेको डीएसपी विष्टले जनाए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
from Online Khabar https://ift.tt/YKOSdcv
नए एंट्री लेवल स्मार्टफोन पर काम कर रही है Vivo, जानिए क्या हैं इसके स्पेसिफिकेशंस और कीमत
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/LZCyobc
फास्ट बलिङका विकल्प किशोर
१२ साउन, काठमाडौं । सोमपाल कामी र करण केसीले ८ वर्षदेखि नेपाली क्रिकेट टिममा फास्ट बलिङ धानेका छन् । उनीहरू चोटग्रस्त भएमा विकल्पमा फास्ट बलिङ गर्ने कोही थिएन, नेपालले फास्ट बलरविना नै खेल्नु पर्ने स्थिति थियो । तर अब भने सोमपाल र करणको विकल्पका रुपमा नेपाली क्रिकेट टिममा किशोर महतो देखा परेका छन् ।
उमेर समूहबाट उदाएर ढिला गरी सिनियर टोलीमा डेब्यु गरेका किशोर फाष्ट बलिङतर्फ आफूलाई स्थापित गर्ने चरणमा पुगेका छन् । नाम किशोर भए पनि मैदानमा अब परिपक्क बन्दै गएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत १ साउनमा ग्लास्गोमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डविरुद्ध डेब्यु गर्दै उनी एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपालको ३४औं खेलाडी बने । सन् २०२२ मा मात्रै नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने उनी सातौं खेलाडी हुन् ।
सोमपाल र करणले जस्तै किशोरले क्रिकेटको आधारभूत ज्ञान भारतबाटै सिकेका हुन् । भारतको पञ्जावबाट नेपाल फर्किएर चितवन क्रिकेट एकेडेमीमा भर्ना भएपछि किशोरको क्रिकेट यात्रा फक्रिएको हो ।
नवलपुर कावासोतीका २२ वर्षीय किशोरले यु-१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरे । उमेर समूहमा सँगै खेलेका साथी राष्ट्रिय टिममा पुगिसक्दा उनी अवसरको खोजीमै थिए । त्यो अवसरलाई सदुपयोग गर्नका लागि कडा मेहनत गरिरहेका थिए ।
२०७६ फागुनमा एसीसी इस्ट्रन रिजन टी-२० का लागि पहिलोपल्ट सिनियर टिममा परे पनि डेब्यु गर्न पाएनन् । समकालीन साथीहरूको तुलनामा पछि परे पनि आफूलाई सधैं तयार राखिरहे । उनलाई थाहा थियो, ‘कुनै दिन अवसर आउनेछ ।’
लिस्ट एको डेब्युमै ५ विकेट
किशोरले वैशाखमा त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ए टिमसँगको एक दिवसीय खेलमा सिनियर टिमबाट डेब्यु गरे । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमसँगको खेलले लिष्ट ए मान्यता पाएको थियो । अवसरलाई सदुपयोग गर्न उनी माहिर देखिए ।
पहिलो पटक टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले तीन खेलको एक दिवसीय शृंखला २-१ ले जित्यो । त्यसमा किशोरले तेस्रो खेलमा मात्र अवसर पाए । पहिलो अवसरलाई नै गज्जबले सदुपयोग गरेका किशोरको प्रदर्शन ७-१-४३-५ रहृयो ।
३३ ओभरमा छोट्याएको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले ६ विकेटले खेल जित्दै शृंखला आफ्नो पक्षमा पारेको थियो ।
७ ओभरमा ४३ रन दिएर ५ विकेट लिएका किशोर प्लेअर अफ दि म्याच बने । ‘त्यस खेलले मेरो आत्मविश्वास बढेको हो । अझै राम्रो खेल्न सक्छु भन्ने भयो’ किशोरले अनलाइनखबरसँग भने, ‘म आफूलाई हरसमय तयार अवस्थामा राख्छु ।’
एक दिवसीय अन्तर्राष्ट्रिय डेब्यु
साढे दुई वर्षअघि नै राष्ट्रिय टिममा परे पनि किशोरले टी-२० अन्तर्राष्ट्रिमा खेल्न पाएका थिएनन् । जिम्बावे ए टिममाथिको प्रभावशाली बलिङले उनलाई सिनियर टिममा निरन्तरता मिल्यो ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालको टिममा परे पनि खेल्न पाएनन् ।
सिनियर दुई बलरको विकल्पका साथै विकेटको अवस्थाअनुसार उनलाई टिममा सामेल गराइएको थियो । स्कटल्याण्डमा भएको लिग टु शृंखलामा पनि किशोरले राष्ट्रिय टिममा निरन्तरता पाए । नामिबिया र स्कटल्याण्ड सहभागी उक्त शृखंलाको सुरुआती तीन खेल किशोरले बेञ्चमै बसेर हेरे ।
अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध टिममा परे । उनलाई नेपालका बलिङ कन्सलट्यान्ट धम्मिका प्रसादले डेब्यु क्याप प्रदान गरे । ‘राष्ट्रिय टिमबाट खेल्नुभन्दा पनि मैले आफूलाई खेलका लागि तयारी अवस्थामा राखिरहेको थिएँ । बिहान पुबुदु सरले आज तिमी खेल्दैछौ भन्नुभएको थियो । पछि डेब्यु क्याप पाउँदा उत्साहित थिएँ,’ किशोरले अविष्मरणीय क्षण स्मरण गरे ।
एक दिवसीय अन्तर्राष्ट्रिय डेब्युमा भने किशोरले आफूलाई प्रमाणित गर्न सकेनन् । लामो पर्खाइपछिको अवसरमा उनी ब्याटिङतर्फ रनविहीन र बलिङतर्फ विकेटविहीन रहे । उनी ९ बल खेलेर खाता नखोली अविजित रहे । बलिङमा ३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । त्यो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।
भारतमा क्रिकेट सिकाइ
भारत विश्व क्रिकेटमै महारथी देश हो । छिमेकी हुनुका नाताले नेपाल क्रिकेटमा पनि त्यसको प्रभाव छ । भारतमा क्रिकेट संस्कृतिका रुपमा विकसित छ । नेपालका धेरै खेलाडीले भारतबाटै आफ्नो क्रिकेटयात्रा प्रारम्भ गरेका थिए । किशोर पनि त्यहीमध्येका एक हुन् । उनले भारतबाटै क्रिकेटको आधारभूत ज्ञान लिएका थिए ।
‘एउटा सानो क्लबमा सिनियर दाइहरूले क्रिकेट सिकाउनुहुन्थ्यो । मैले यत्तिकै रमाइलो लागेर क्रिकेट खेल्न थालेको थिएँ,’ उनी सम्झिन्छन् । भारतमा मजदुरी गर्ने बुबा आमासँगै पञ्जाव पुगेका थिए उनी ।
भारतमा गल्ली क्रिकेट खेल्ने किशोर आमाबुबासँगै नेपाल फर्किँदा १५ वर्षका थिए । बुबाको प्रयासमा उनी चितवन क्रिकेट एकेडेमीमा भर्ना भए र उनको वास्तविक करिअर सुरु भयो । ‘नेपाल आएपछि राजु खड्का सरसँग चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक लिन थालें । त्यहाँबाट धेरै कुराहरु सिकें,’ उनले भने ।
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्यही एकेडेमीका उत्पादन हुन् । सुरुमा उनलाई आफ्नो प्रदर्शन उत्कृष्ट बनाउन चुनौती थियो । उनी भर्ना हुँदा दीपेश श्रेष्ठ, सुशील कँडेल, आकाश थापाहरु प्रशिक्षणरत थिए ।
घरेलु क्रिकेटदेखि उमेर समूहको राष्ट्रिय टिमसम्म
सन् २०१६ डिसेम्बरमा श्रींलकामा भएको यु-१९ एसिया कपका लागि आयोजित ट्यालेन्ट हन्टमा सहभागी भए पनि राष्ट्रिय टिममा छनोट हुन सकेनन् । राष्ट्रिय टिमको बाटो बन्द भए पनि घरेलु क्रिकेटमा पहिचान बनाउन थाले ।
सन् २०१७ मा सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट किशोरले मध्यमाञ्चलबाट खेले । त्यही वर्ष एसीसी यु-१९ एसिया कप खेले । यु-१९ एसिया कप छनोटको रुपमा रहेको यस प्रतियोगितामा उनले सिंगापुरविरुद्ध डेब्यु गर्दै ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।
‘पीएम कपको पहिलो संस्करणमा शरद दाइको कप्तानीमा खेल्दा सिनियर दाइहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ । त्यहाँ राम्रो प्रदर्शन गरेपछि त्यसले अझ सहयोग गर्यो,’ करिअरको सुरुआती दिन सम्झिंदै किशोर भन्छन् ।
पहिलो पीएम कपमा उनले पश्चिमाञ्चलविरुद्ध दशौं नम्बरमा ब्याटिङ गर्दै अविजित २० रन बनाए । त्यही खेलमा ३ विकेट समेत लिए । यस्तै एपीएफविरुद्धको खेलमा भने उनले ९ रन जोडे ।
संघीय संरचनाअनुसार बागमती प्रदेशबाट उनले दोस्रो संस्करणको पीएम कप खेले । तेस्रो संस्करण गण्डकी प्रदेशबाट खेलेका उनले त्यसपछि दुई संस्करण विभागीय टोली एपीएफबाट खेले ।
फ्रेञ्चाइज क्रिकेटमा एभरेष्ट्र प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग सबै खेलिसकेका छन् ।
थाइल्याण्डमा हारको निराशा
२०७६ फागुनमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताका लागि किशोर महतो राष्ट्रिय टिममा परेका थिए । सिनियर टिममा पहिलो पटक पर्दा उनमा छुट्टै उत्साह थियो ।
एसिया कप टी-२० मुख्य छनोटमा पुग्न यो क्षेत्रीय छनोट थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा पूर्व कप्तान पारस खड्का समेत थिए । तर यो समूहमा सजिलै विजेता बन्ने अनुमान थियो ।
तर, किशोरका लागि यो भ्रमण खल्लो भयो । एकातिर उनले डेब्यु गर्न पाएनन् अर्कोतिर नेपाल अर्को चरणमा पुग्न पनि सकेन । ‘त्यहाँको कन्डिसन हेरेर पहिलो रोजाइ छानिएको थियो । यदि अवसर पायो भने खेल्छु भन्ने चाहिं थियो’ उनले भने, ‘टिमले हारिरहेकमो हेर्दा चाहिं म मैदानमा भाको भए केही गर्न सक्थें कि भन्ने लागिरहन्छ ।’
राष्ट्रिय टिममा खेलेपछि त्यहाँ टिक्न गाह्रो छ । पछिल्लो समय खेलाडीहरू राष्ट्रिय टिमबाट खेल्ने बाहिरिने क्रम चलिरहेको छ । किशोरले बाहिरै बसेर पनि यो सबै देखिसकेका छन् । उनी अझै मिहिनेत गरेर राष्ट्रिय टिममा निरन्तर खेल्न चाहन्छन् । ‘चुनौती अझै बढेको छ । मैले जे गरिरहेको छु त्यसमा अझै राम्रो गर्नुपर्छ । मेहनेत गर्दै जानेछु’ स्वीङ र लेग कटर राम्रो भएका ५ फिट ११ इन्च अग्ला किशोर भन्छन्, ‘डिसिप्लिन बलिङमा मैले अझै सुधार गर्नुपर्छ ।’
from Online Khabar https://ift.tt/nbGIo7g
Amazon Sale: iPhone से OnePlus के पॉपुलर फोन को काफी सस्ते में लाएं घर, Samsung फोन पर भी छूट
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Gkt2qO4
झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
१२ साउन, काठमाडौं । झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो ।
अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
from Online Khabar https://ift.tt/eatyCxS
दक्षिण कोरियामा फेरि बढ्यो कोरोना संक्रमण
११ साउन, सियोल । दक्षिण कोरियाले कोभिड–१९ सङ्क्रमण दर बढेको र पछिल्लो २४ घण्टाको अवधिमा थप एक लाख २८५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको कूल संख्या एक करोड ९४ लाख ४६ हजार ९४६ पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताए ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) अनुसार दैनिक सङ्क्रमण भार अघिल्लो दिन ९९ हजार ३२७ रहेकोमा यो सङ्ख्यामा वृद्धि भई एक लाख २८५ पुगेको छ ।
एक साताअघि यो सङ्ख्या ७६ हजारभन्दा बढी थियो । गत हप्ता पुष्टि गरिएका घटनाहरूको दैनिक औसत संख्या ७२ हजार ७३५ रहेको थियो ।
नयाँ सङ्क्रमितमध्ये विदेशबाट आएका ५३२ जनामा सङ्क्रमण देखिएको बताइएको छ। यहाँ गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनभन्दा नौ जना बढेको र कूल १७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा थप २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । योसँगै यहाँ कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९३२ पुगेको छ भने अहिलेसम्म मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।
from Online Khabar https://ift.tt/VGMJYzd
Tuesday, July 26, 2022
पहली बार इतना सस्ता हुआ 50 मेगापिक्सल कैमरे वाला Moto का दमदार स्मार्टफोन, मिलेगा HD+ डिस्प्ले
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/3UZidSh
इन्स्टाग्राममा नेपाली खेलाडीका फलोअर्स कति ?
११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् ।
रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो ।
यस्तै रोनाल्डोपछि गायिका कायली जेनर सर्वाधिक फलोअर्स हुनेमा दोस्रो स्थानमा छन् भने अर्का फुटबल सुपरस्टार लिओनल मेसी तेस्रो स्थानमा छन् ।
विदेशी खेलाडी र सेलिब्रेटीको तुलनामा नेपालका खेलाडीहरुको इन्स्टाग्राम फलोअर्स कम छन् । नेपाली खेलाडी तथा सेलेब्रेटीको फलोअर्स विस्तारै बढ्दो क्रममा छ । मोडल अदिती बुढाथोकीका सबैभन्दा धेरै २१ लाख फलोअर्स छन् ।
इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने खेलाडीमा फुटबलर रोहित चन्द छन् । इन्डोनेसियामा व्यावसायिक लिग खेल्ने रोहित चन्द नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । उनको फलोअर्स ३ लाख ५० हजार छ ।
यस्तै दोस्रो स्थानमा छन् राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने । आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेर चर्चा कमाएका सन्दीपको फलोअर्स १ लाख ८५ हजार छ ।
तेस्रो स्थानमा हाल अमेरिकामा रहेकी राष्ट्रिय महिला भलिबल टिमकी पूर्व सदस्य सिपोरा गुरुङ छिन् । उनका फलोअर्स १ लाख ७१ हजार छन् ।
एक लाखभन्दा बढी फ्लोअर्स हुने अर्का खेलाडी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का हुन् । उनको फलोअर्स १ लाख १ हजार छन् ।
ओलम्पिक पौडीबाज गौरिका सिंह पाँचौ स्थानमा छिन् । हाल अमेरिकामा रहेकी उनको फलोअर्स ८५ हजार ३ सय छन् ।
राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना राना मगरको ३६ हजार २ सय फलोअर्स छन् । यस्तै राष्ट्रिय फुटबल टिमकै कप्तान रहिसकेका गोलकिपर किरणकुमार लिम्बु (चेम्जोङ) को फलोअर्स ३४ हजार ३ सय छन् ।
फुटबलर अन्जन विष्ट र क्रिकेटर सोमपाल कामी पनि धेरै पछ्याइने मध्येमा पर्छन् । यी दुवैको २१ हजारभन्दा धेरै फलोअर्स छन् ।
from Online Khabar https://ift.tt/eSqG6dm