Sunday, July 17, 2022

भारतमा आज राष्ट्रपति पदको निर्वाचन, द्रौपदी र यशवन्तबीच प्रतिस्पर्धा

२ साउन, काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।

राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।



from Online Khabar https://ift.tt/0rFIMyZ

No comments:

Post a Comment