Friday, July 15, 2022

बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

३२ असार, काठमाडौं । बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ ।

जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिकरुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुनेछन् ।

बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक  साक्षर पालिका घोषणा गरेको थियो । पहिलो पटक साक्षर पालिका घोषणा हुने कोहलपुरले ५० लाख नगद पुरस्कार पनि पाएको थियो ।

१२ वटा मापदण्ड पूरा गरी पालिकाहरू साक्षर घोषणा भएका हुन् ।

 



from Online Khabar https://ift.tt/ohGrkIF

No comments:

Post a Comment