Friday, July 15, 2022

दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

३२ असार दाङ । दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।



from Online Khabar https://ift.tt/BkzC6Or

No comments:

Post a Comment