Tuesday, July 12, 2022

गौरिका लगायत खेलाडी सम्मानित

काठमाडौं । नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एसियाकै उच्च प्रतियोगिता १३औं दक्षिण एसियाली खेलुदमा नेपालको प्रतिनिधित्व गरेका पौडी खेलाडीहरू गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो ।

गौरिकाले ४ स्वर्ण २ रजत र ३ कांस्य, डुवानाले २ रजत र ३ कांस्य, टिशाले ४ कांस्य र अनुशियाले ३ कांस्य पदक हात पारेका थिए ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज अथकले पुरस्कार वितरण गरेका थिए।



from Online Khabar https://ift.tt/2yL6Dok

No comments:

Post a Comment