१८ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारको सिंहदरबार हो मधेश भवन । यहाँ २०७४ सालबाट मुख्यमन्त्रीको कार्यालय तथा निवास, प्रदेश प्रमुखको कार्यालय र निवास, ९ वटा मन्त्रालय तथा सबै मन्त्री, सचिव र अधिकृतको निवास बनाइएको छ ।
यो मधेश भवन परिसरमा २ हजार ७०० मिटर सडक छ, जसले सिंगो सरकारको कामकारबाही कुन गतिमा चलिरहेको छ भन्ने बोल्छ ।
यो सडक बनाउन थालेको तीन वर्ष भयो । मधेश भवनको २ हजार ७०० मिटर सडक कालोपत्रे गर्नुका साथै नाला र फुटपाथमा ब्लक बिछ्याएर सौन्दर्यकरण गर्न २५ असार २०७७ मा ६ करोड ९७ लाख ३६ हजार ११८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसबेला भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र सचिव राजेन्द्र खनाल थिए । र, ठेकेदार कम्पनी थियो– वर्ल्ड आईएसएन जेभी । काम सक्ने अवधि १५ महिना तोकिएको थियो ।
यो सडक निर्माणको ठेक्का लागेयता मधेश सरकारको भौतिक मन्त्रालयमा तीन मन्त्री र चारजना सचिव फेरिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल र नेपाली कांग्रेसका रामसरोज यादवपछि अहिले नेकपा एमालेका सरोजकुमार यादव मन्त्री भएका छन् । सचिवमा पनि राजेन्द्र खनाल, रामआधार साह र दीपक कुमार दासपछि कृष्णकुमार मिश्र आएका छन् ।
तर सडकको काम आधा पनि भएको छैन । धुलाम्मे सडकले दैनिक हिँडडुल गर्नुपर्नेहरु आजित छन् । ‘मोटरसाइकलमा मधेश भवनको सडक भएर हिँडेपिच्छे कपडा नधोइ हुँदैन,’ मधेश सरकारको समाजिक विकास मन्त्रालयका एक कर्मचारी भन्छन् ।
भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी रहेका इन्जिनियर माधव देवका अनुसार ठेकेदार कम्पनीले तोकिएको समयावधिमा आधा काम पनि सकेन । त्यसपछि थपिएको तीन महिना (२०७८ चैत मसान्तसम्म)मा पनि ठेकेदारले काम सकेन ।
ठेकेदार कम्पनीका प्रतिनिधि खुसीलाल ठाकुर भने भौतिक पूर्वाधार मन्त्रालयकै लापरवाहीका कारण निर्धारित समयमा काम नसकिएको बताउँछन् । ‘सम्झौता लगत्तै काम थाल्न फिल्डमा जाँदा डिजाइन रिपोर्ट नै मिलेन । सम्झौता एउटा, डिजाइन रिपोर्ट अर्को भयो । सायद मन्त्रालयले कतैबाट डिजाइन कपी पेस्ट गरेको थियो,’ उनले भने, ‘हामीले दिएको ज्वाइन्ट सर्वे रिपोर्ट स्वीकृत गर्न पनि मन्त्रालयले २०७८ माघसम्म १० महिना लगायो । त्यसपछि मात्र हामीले काम थाल्न पायौं ।’
२०७८ चैत मसान्तमा म्याद सकिएपछि म्याद पनि नथपिएको दाबी ठाकुरले गरे । मन्त्रालयले भनेअनुसारै कागजात तयार पारेर ०७९ पुस मसान्तसम्म म्याद माग गर्दा पनि सचिव दीपकुमार दासले म्याद नथपेको उनको आरोप छ । ‘अहिलेसम्म न म्याद थपेका छन्, न त भएको कामको भुक्तानी दिन मानिरहेका छन्’, ठाकुरले भने, ‘कम्पनीले हालसम्म तीन पटक गरेर कूल १ करोड ३० लाख रुपैंया मात्र पाएको छ ।’
ठेक्का तोड्ने चेतावनी पछि ठेकेदारले छर्किन थाल्यो पानी
भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन सचिव दास भने निर्माण कम्पनीको छाँटकाटले काम गर्नै नसक्ने देखेर बैंक धरौटी फिर्ता गर्ने प्रक्रिया अघि बढाएको बताउँछन् । ‘जतिपटक म्याद थपे पनि यस्ता निर्माण कम्पनीबाट काम हुँदैन भन्ने लागेर मैले बैंक धरौटी फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थिएँ’, उनले भने, ‘त्यो प्रक्रिया अघि बढाइसकेपछि म्याद थप्न पनि मिलेन ।’१९ भदौमा सचिव दासको सरुवा भयो । अर्को दिन २० भदौमा कृष्णकुमार मिश्र आए । लालबाबु राउतको ठाउँमा जनता समाजवादी पार्टीकै सरोज यादवको नेतृत्वमा नयाँ सरकार बनेको छ । पुस अन्तिममा नयाँ सरकार गठन भएपछि निर्माण कम्पनीले धुले सडकमा बेलाबेला पानी छर्किने, माटो मिलाउने काम गरिरहेको छ । ठेक्काको म्याद भने थपिएको छैन ।
म्याद नथपिए पनि दुई महिनाभित्र काम सक्ने प्रतिवद्धतासहित निर्माण कम्पनीले काम अगाडि बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिश्रले बताए । ‘अब ठेक्का तोड्नु हुन्छ कि काम गर्नु हुन्छ भनेर सोध्दा काम गर्छु भन्नुभयो र सुरु पनि गर्नुभयो’, उनले भने, ‘परिणाम राम्रो आयो भने गल्ती क्षम्य हुन सक्छ । राम्ररी काम सके प्रक्रिया पुर्याएर भुक्तानी दिन्छौं ।’
OpenAI ने एक नाया टूल जारी किया है. यह टूल एआई द्वारा लिखे गए टेक्स्ट की पहचान करेगा. इससे मिस इंफोर्मेशन कैंपेन और अकादमिक डिसओनेस्टी जैसे मुद्दों निपटने में मजज मिलेगी.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/b1dvzER
१८ माघ, जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका ९ का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका २ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका १ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका ४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका १० का ३८ वर्षीय अमित कुमार मल्लिक छन् ।
छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
उनीहरुमाथि सार्वजनिक शान्ति विरूद्धको कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत साता दुई घटनाले मुलुक तरंगित बन्यो– इलामका व्यवसायी प्रेम आचार्यको आत्मदाह र निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसला ।
ती दुई घटनाले यो मुलुकको राज्य व्यवस्थाको अवस्था र शासकीय मनोवृत्ति पनि छर्लंग पारिदिएको छ । यसले अपारदर्शी, विकृत अनि भ्रष्ट बन्दै गएको प्रशासनिक संयन्त्रका कारण जनताले दैनन्दिन भोग्नुपरेको सास्ती, हैरानी, उल्झनले आम जनताको जीवन कति दुरुह बनेको रहेछ भन्ने कुरा उजागर गरिदियो । साथै यसले विद्यमान राज्यसत्ताको अर्थ–राजनीतिक भ्वाङलाई पनि छ्याङ्गै पारिएको छ । अनि जनबल र धनबलको सहारामा सत्तासीन सबै अनुहारहरू (नयाँ समेत) ले अजमाउने शक्तिको प्रभाव र त्यो शक्तिले स्थापित गरिदिने कथित सामाजिक हैसियत पनि छर्लंगै पारिदिएको छ ।
घटना १ –प्रेम आचार्यको हतप्रभ ‘आत्मदाह’
गत माघ १० गते काठमाडौंको संसद भवन अगाडिको चौबाटोमा इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो झोसे । उनलाई वरपर देख्नेहरूले भिडियो खिचे र सामाजिक सञ्जालमा हाले । त्यो ठाउँ एकान्त पनि थिएन र कसैले त्यो घटना नदेखेको पनि होइन । तर, जसले देखे ती केवल साक्षी मात्रै भए । तिनले प्रेमको जल्दै गरेको शरीर बचाउन सकेनन् । केहीबेरमै सो घटना सामाजिक सञ्जालमार्फत उसैगरी फैलियो, जसरी उनको शरीरमा आगोको लप्को फैलिएको थियो । आखिर त्यही आफैंले लगाएको आगोको लप्कोले डढाएर उनको ज्यान लिइछाड्यो ।
प्रेम आचार्यले आत्मदाह गर्नुभन्दा अघि उनले सामाजिक सञ्जाल मार्फत नै साना व्यवसायीहरूको दुःख, पीडा र (अ)मानवीय बन्दै गएको बजार अर्थतन्त्रको बर्र्बरता, राजनीतिक बेइमानी, राज्यको प्रतिकूल नीतिनियम र प्रशासनिक उल्झनबारे लेखेका रहेछन् । उनले गरिखाने साना व्यापारीहरूले खेप्नु परेको सन्ताप अनि सत्ता र शक्तिको आडमा सानाहरूमाथि हुने गरेका ज्यादतीप्रति लक्षित गर्दै कानुनी, प्रशासनिक एवं व्यावहारिक सुधार गर्नुपर्ने विषयलाई उल्लेख गरेका रहेछन् । अहिले उनको आत्मदाहसँगै उनका विचारहरू पनि सामाजिक सञ्जालमा प्रवाहित भइरहेका छन् । उनले उठाएका सवाल जनजीविकाकै हुन् । जसको यथोचित सम्बोधन हुनु आवश्यक छ ।
यी ज्वलन्त सवालका साथ उनले आफ्नो आत्मदाहलाई यो मुलुकमा व्याप्त विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, व्यभिचार, कुशासन, कमिसनतन्त्र र लुटतन्त्रले जनजीवनमा पारेको गम्भीर असरलाई उजागर गर्ने माध्यम बनाइदिए । जुन दुर्भाग्यपूर्ण घटना हो । किनकि हामी सबैजसो गरिखाने जनताले कुनै न कुनै रूपमा त्यस्तै उल्झन, हण्डर र ठक्कर खाई नै रहेका छौं । त्यही कुरालाई उजिल्याउन उनले आत्मदाहकै मार्ग अवलम्बन नगरेको भए हुन्थ्यो । तर, घटना घटिसक्यो । अब भविष्यमा अन्य प्रेमहरूले पनि यस्तै मार्ग अवलम्बन गर्न नपरोस् । कसैले आर्थिक एवं सामाजिक जोखिमका कारण आत्महत्या गर्नु नपरोस् । कोही पनि राज्यसत्ता, व्यवस्था र बजार सिर्जित शोक र सन्तापमा पर्नु नपरोस् । यसका लागि राज्य संयन्त्रमा सुधारसहित गरिखाने जनताका लागि उद्यमशील वातावरण निर्माण गर्नु अत्यावश्यक भइसकेको छ ।
घटना २ –रवि लामिछानेको ‘नागरिकता प्रकरण’
गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग नेपाली नागरिकता नरहेको ठहर गरिदियो । अदालतको सो फैसलासँगै उनले मन्त्री पदसहित प्रतिनिधिसभा सदस्य र पार्टीको सभापति पद गुमाउन पुगे । यो खबर पनि खरको आगो झैं फैलियो । उनका समर्थकहरूले फैसलालगत्तै सर्वोच्च अदालतको परिसरमा भौतिक रूपमै भेला भएर विरोध गरे भने सामाजिक सञ्जालहरूमा पनि उनको पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले अदालतको सो कदमको विरोध गर्दै प्रचार गरिरहे ।
यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ?
तथापि रवि लामिछानेले भने फैसलालगत्तै मन्त्री पदबाट राजिनामा गर्दै आफू अनागरिक भएको र अनागरिकले अब के गर्ने ? भन्ने बारेमा सोच्नै नसकेको प्रतिक्रिया दिएका थिए । उनले सर्वोच्च अदालतको फैसलाप्रति भने कुनै टिप्पणी नगरी फैसलाको सम्मान गर्ने बताएका थिए । त्यसको दुई दिनपछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुरानै रेकर्ड मुताबिक नयाँ नागरिकता प्राप्त गरिसकेका छन् । लगत्तै उनको पार्टीको केन्द्रीय समितिको बैठकले तत्कालै उनलाई पार्टी सदस्यता प्रदान गर्दै पुनः पार्टी सभापतिमा चयन गरिसकेको छ । केही घण्टाकै अन्तरालमा यी सबै घटनाक्रमहरू सम्पन्न भएर उनी अहिले वैधानिक हिसाबले कानुनतः नेपालको नागरिक भई पार्टी सभापतिसमेत बनिसकेका छन् ।
एकदिन आफ्नै अनिच्छाका कारण (अ)नागरिक कहलिएका रवि लामिछानेले यही देशमा जन्मिएर, यही धर्तीमा खाइखेली गरिरहेका, यहीं पाखुरी बजारिरहेका लाखौं युवा जो नागरिकताबाट वञ्चित छन्, उनीहरूको सकसबारे अनुमान गरे, गरेनन् ? त्यो उनैले जान्ने विषय भयो । तर, तिनै रविले कुनै बेला नागरिकता विधेयक संसदबाट पास हुँदा चर्को स्वरमा विरोध गरेका थिए ।
यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ? कि उसलाई जालसाजी र किर्ते गरेको आरोपमा झ्यालखानामा हालिन्थ्यो होला ? यी धेरै प्रश्नहरूले मुलुकको एकात्मक सामुदायिक वर्चस्ववादी शासनसत्ता र प्रशासनिक संस्कृतिलाई उजिल्याउँदै राज्यसत्ताको अर्को भ्वाङ देखाएको छ ।
यी दुई घटनाले सारतः मुलुकको शासन व्यवस्थामा विद्यमान चरहरू र ‘व्यक्तिगत हैसियत’का आधारमा नागरिकलाई गरिने फरक व्यवहारलाई पुष्टि गरिदिएको छ । पहिलो घटनामा आफैंले शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्यको उक्त कदम सुविचारित नै देखिन्छ । उनले एक विद्रोहात्मक रूपले सो अवसादपूर्ण कदम उठाए । संभवतः उनले पृष्ठभूमिमा अरब विद्रोहको कारक बनेको ट्युनिसियाली नागरिक मोहमद बाउजीजीको आत्मदाह वा यस्तै कुनै प्रसंगलाई उत्प्रेरक ठानेर त्यो स्तब्ध र हतप्रभ कदम उठाए । अहिले कतिपय व्यक्तिहरूले सोही सन्दर्भलाई जोड्दै अवस्था परिवर्तनका लागि प्रेम आचार्यले सहादत प्राप्त गरेका विचार पनि प्रवाहित गरिरहेका छन् ।
तर, अहिलेको हाम्रो समय र सन्दर्भ अनि अरबी विद्रोहको झिल्कोको रूपमा काम गरेको सन् २०११ को त्यो उत्तर अफ्रिकी र अरबी विश्वको पारिस्थितिकीय अवस्था बिल्कुल फरक छ । किनकि अहिले हामी भर्खरै निर्वाचनको प्रक्रियाबाट गुज्रिएका छौं । लोकतन्त्रमा आवधिक निर्वाचन नै जनताका लागि एकखालको आन्दोलन हो । जनताले अभिमत प्रकट गर्ने माध्यम हो । त्यो माध्यमबाट भर्खरै मात्र आफ्नो जनमत प्रकट गरेको अवस्थामा अहिले नै अर्को कुनै विद्रोह वा आन्दोलनको आँधीबेहरीको परिकल्पना केवल मृगमरीचिका मात्रै हो । किनकि अहिले नेपालमा तत्कालै कुनै विद्रोह वा आन्दोलनले आकार लिने अवस्था छैन ।
तर, एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवाती चरणमा देखापरेको अरब विद्रोहको याम भने अर्कै थियो । यो सन् २०११ को मध्यतिरको कुरा हो । त्यतिबेला सडकछेउमा ठेलागाढामा खानेकुरा बेचेर आफ्नो गुजारा चलाउँदै आएका एक जना ट्युनिसियाली स्नातक सडक व्यापारी मोहमद बाउजिजीको ठेलागाडा विना कारण त्यहाँका सुरक्षाकर्मीले खोसिदिए । उक्त घटनाबाट निकै निराश बनेका उनले आफू निकै लामो समयदेखि बेरोजगार रहनुपर्दाको पीडा र केही गरिखान लाग्दा पुलिस प्रशासनले गरेको दमनविरुद्ध सामाजिक सञ्जालमा एउटा विद्रोही कविता लेखेर आफ्नै शरीरमा आगो झोसी आत्मदाह गरे ।
त्यही विन्दुबाट सुरु भएको ट्युनिसियाली जनविद्रोहले २३ वर्षदेखि एकछत्र शासनसत्ता चलाइरहेका त्यहाँका राष्ट्रपति अबिदिन बिन अलीको एकदलीय तानाशाही शासन पलट भयो र त्यसले समग्र उत्तर अफ्रिका, मध्यपूर्व र अरब विश्वसम्म जागरणमुखी आन्दोलन र विद्रोहको ज्वाला दन्कियो । ट्युनिसियाली जनताको सौर्य, उत्साह र जागरणले एक महिनासम्म जारी रहेको उक्त आन्दोलनलाई ट्युनिसियाली इतिहासमा ‘जस्मिन रिभोलुसन’ (चमेली क्रान्ति) नामकरण गरियो । (स्मरण रहोस् चमेली ट्युनिसियाको राष्ट्रिय फूल हो) । तथापि आन्दोलनको शक्ति संस्थागत नहुँदा त्यसले कुनै सर्वस्वीकार्य नेतृत्व निर्माण गर्न सकेन । परिणामस्वरूप आन्दोलनका उपलब्धिहरू क्रमशः क्षयीकृत हुँदै गए र तीन वर्षको अन्तरालमा त्यहाँ प्रतिक्रान्ति नै भयो । मूलतः चेतनशील र संस्थागत नेतृत्वको अभावकै कारण ट्युनिसियामा क्रान्ति र प्रतिक्रान्तिका विभिन्न परिघटना अद्यापि जारी छन् । त्यहाँ अझै पनि राजनीतिक स्थायित्व र शान्ति कायम हुनसकेको छैन ।
बाउजीजीकै शैलीमा अवसादपूर्ण आत्मदाह गरेका प्रेम आचार्यले मुलुकको बेथितियुक्त शासन–प्रशासन र अमानवीय बन्दै गएको बजार अर्थतन्त्रको चेपुवामा पर्नुपर्दाको हण्डर सहन नसकी उक्त कदम उठाए । तर, उनको यो कदमभित्र बिग्रिंदै गएको आर्थिक कारोबार र व्यावसायिक असफलता मुख्य कारक बनेको देखिन्छ । उनले सो कदम उठाउनुअघि आफ्नो बलबुताले भ्याएसम्म राज्यसंयन्त्रसँग जुधे पनि । समाजमा राजनीतिक, सामाजिक र आर्थिक सक्रियता पनि देखाए । बन्दव्यापार र उद्यम गर्नका लागि ऋणधन सबैको जोहो गरेर कारोबार पनि गरे । संभवतः सुरुवाती चरणमा बन्दव्यापार र कारोबारबाट पनि राम्रै सफलता पाए । त्यही सफलताकै आडमा उनले कारोबार बढाउँदै लगे । कारोबारबाट सामाजिक, व्यावसायिक प्रतिष्ठा र आम्दानीसँगै खर्चको अनुपात पनि बढ्दै गयो । त्यसै अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण पनि थप्दै गए । कमाइ पनि थपिंदै र कारोबार पनि बढ्दै गयो ।
उनमा पलाउँदै गरेको दम्भ र अहंकारको आकार क्रमशः बढ्दै जाँदा लोकरिझ्याईंको खास्टो भने उघारिंदै जानेछ । आखिर उनी वैधानिक र कानुनी हिसाबले राज्यको जुन व्यवस्था सुधार्ने कुरा गर्दैथिए, आफ्नै नागरिकताको सवालमा भने त्यही राज्यको विद्यमान सामान्य कानुनी प्रक्रिया अवलम्बन गर्नमा समेत उनी इच्छित देखिएनन् ।
संभवतः उही उपक्रममा उनको कारोबारमा उधारो पनि बढ्दै र दायित्व पनि थपिंदै गयो । हरेक व्यापार–व्यवसाय र कारोबारको उच्चतम जोखिम बहन गर्ने विन्दु हुन्छ । व्यापार व्यवसायमा संलग्न जो–कोहीले आफूलाई सहज हुने विन्दुसम्म मात्रै जोखिम मोल्नुपर्छ । त्योभन्दा बढ्दा जोखिम लिइयो भने जोखिम व्यवस्थापन गर्न गाह्रो हुन्छ । संभवतः उनको हकमा पनि त्यही लागू भयो । उनले कारोबार र व्यवसायमा जोखिम थप्दै गए तर, त्यस अनुरूप तरल सम्पत्ति थपिएन । अन्ततः उनी चल्नै नसक्ने अवस्थामा पुगे र निर्विकल्प यो कदम रोजे । आखिर उनलाई यही समाजले त्यो अवस्थामा पुर्याएको हो । किनकि समाजले जहिल्यै व्यक्तिको आर्थिक सफलतालाई नै मानक ठान्छ । सोही कुरालाई उनले पनि प्रश्नरहित ढंगले पछ्याउँदै र जोखिमको मात्रा थप्दै गए । अनि त्यही व्यावसायिक जोखिमले उनलाई आत्मदाहको अवस्थासम्म पुर्यायो ।
उनले आफ्नो आत्मदाहलाई सामाजिक सञ्जालमार्फत राज्यको विसंगति र बेथितिपूर्ण अवस्थाप्रति आक्रोशको रूपमा अभिव्यक्त गरे । जुन घटनाले आम जनतालाई समेत तरंगित तुल्याइदिएको छ । तथापि विगतमा व्यवसायीहरूले बढ्दै गएको व्यावसायिक जोखिम र दायित्वका कारण आत्महत्या गरेका धेरै दृष्टान्त छन् । प्रेमकै आत्मदाहपश्चात् पनि विराटनगरका एक उद्योगीले पनि व्यावसायिक दायित्व थाम्न नसक्दा आत्महत्या गरेको समाचार आएको छ । यी र यस्ता सबै घटनालाई मसिनो गरी केलाउने हो भने व्यवसायका नाउँमा अत्यधिक र अनियन्त्रित रूपले लिइने जोखिम नै ती घटनाका कारण बन्ने गरेका छन् ।
किनकि ऋणमा पाइएको नगद वा सम्पत्ति तत्कालका लागि मुफ्तमा प्राप्त धन साबित हुन्छ र त्यसले व्यक्तिको अनावश्यक खर्च बढाइदिन्छ । जब ऋणमा खेल्ने बानी पर्छ, तब ऋण थपिंदै जान्छ र ऋणले ऋण सल्टाउने चक्र सुरु हुन्छ । त्यसपछि मिटरब्याजी ऋण थपिन्छ र त्यही मिटर ब्याजको गलपासोमा प्राण जान्छ । यो हामीले आँखै अगाडि देखेका, भोगेका तथ्यहरू हुन् । बस् फरक यति मात्र हो कि ती अनगिन्ती घटनाहरू रिपोर्टमा आएका छैनन् र आउने पनि छैनन् । अर्थतन्त्रमा विद्यमान संकट र राज्यको असहयोगी व्यवहारका कारण प्रताडित व्यवसायी थपिंदै छन् ।
राज्यले नीतिगत र क्षेत्रगत प्राथमिकता अनुरूप आर्थिक नीति तय गरेको छैन । साना व्यवसायी, उद्यमी र गरिखाने जमातलाई अर्थतन्त्रको औपचारिक संरचनामा छिर्ने सहज मार्ग प्रदान गरेको छैन । सानालाई सहयोग हुने नीति र कार्यक्रम ल्याएको छैन । बरु व्यवहारमा सानालाई ऐन, ठूलालाई चैनको नीति नै कायम छ । उही प्रशासनिक डण्डाकै भरमा शासन चलेको छ । त्यसैले समाजले यी आत्महत्याका घटनाहरूलाई पनि मूलतः व्यावसायिक असफलता र जीवनसँगको हारको परिणतिका रूपमा अभिलेख गर्ने गरेको छ ।
राज्यको यस्तै विसंगति र बेथितिपूर्ण अवस्थाबाट जनतालाई ‘मुक्ति दिने’ उद्घोष गर्दै टेलिभिजनको रंगीन दुनियाँबाट राजनीतिमा हाम फालेका रवि लामिछाने अहिले आफैं राज्यव्यवस्था र कानुनी जटिलताको फन्दामा परेका छन् । उनले आफू निर्वाचित भएर गृहमन्त्री बन्ने बेलासम्म सयौं पटक भाषण गर्दै कानुनी राज्य र नीतिनियमको पालना गर्दै नागरिकलाई सुशासन दिने उद्घोष गर्दथे । आफू गृहमन्त्री भइसकेपछि पनि मन्त्रालय मातहतका राज्यका अंगहरूलाई दर्जनौं पटक नीतिनियमको पालना गर्दै काम गर्ने निर्देशन दिएर चर्चामा आइरहे । तर, उनी आफैं भने कानुनतः विद्यमान व्यवस्थाप्रति कत्ति पनि गम्भीर रहेनछन् भन्ने कुरा साबित गरिदिए । किनकि उनको राजनीतिक आगमनको वैधानिकतामै प्रश्न रहेछ । उनी कानुनतः नेपाली नागरिक नभइकनै दल खोलेर चुनावी प्रक्रियामा सामेल भएका रहेछन् ।
त्यसो त नेपालको विद्यमान कानुन अनुरूप रवि लामिछानेको नागरिकता वैध छैन भन्ने कुरा उतिबेलै उठेको हो । उनी निर्वाचित भएर गृहमन्त्री बनाइँदासम्म राज्यको कुनै पनि निकायले सो विषयलाई गम्भीर रूपमा नलिंदा नेपालको राज्यसत्ता कति निम्छरो रहेछ भन्ने पुष्टि भएको छ । अनि रवि लामिछाने आफैंले पनि विद्यमान कानुनी प्रावधान हेरी आफ्नो कमजोरी सच्याउन सक्थे । त्यसमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि झन् त्यसलाई अवसरको रूपमा प्रयोग गर्न सक्थे । उनीसँग आफ्नो त्रुटि सच्याउन प्रशस्त समय पनि थियो । तर, टेलिभिजनमार्फत ‘जनताका मुद्दा’ उठाएर चर्चा र ‘स्याबासी’ पाएका रविले त्यो लेठो गर्न जाँगर गरेनन् ।
किनकि सायद उनलाई टेलिभिजनको लोकप्रियताले आफैंलाई ‘कानुन’ बनाइदिएको भ्रम पर्न गयो । सायद उनलाई सबैको रक्षक बन्न पुगेको भ्रम पर्न गयो । सामाजिक सञ्जाल र मिडियाहरूमा उनीलक्षित प्रश्नप्रति उनी आफ्नो टेलिभिजन शोमार्फत नै हुँकार गर्दै– आफूलाई जनताको पक्षमा बोल्न कुनै प्रेसपास र नागरिकताको कागजी खोस्टाको आड लिनु जरूरी नभएको तर्क गर्दथे । आखिर रवि लामिछानेमा त्यस्तो उन्मुक्त अभिव्यक्ति कसरी आयो ? कहाँबाट पाए उनले त्यो शक्ति ? कसले दियो त्यो शक्ति ? अनि कसरी आफू शक्तिशाली भएको अनुभूति गरे ? संभवतः राज्य र कुलीनतन्त्रलाई प्रश्न गर्दै उदाएका रविको वैचारिकी नै त्यही लोकरिझ्याईंको दुहाई थियो, जसमा उनी सफल पनि भए ।
अनि त्यही लोकरिझ्याईंले आर्जन गरेको शक्तिकै उन्मादमा उनी पनि क्रमशः महत्वाकांक्षी बन्दै गए । लोकरिझ्याईंवादकै खास्टो ओढेर टेलिभिजन शोमार्फत कमाएको लोकप्रियतालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने ध्येयका साथ उनी राजनीतिमा होमिए । जनताले रवि लामिछानेलाई पुरातन सोच, शैली र नेतृत्वले थिलथिलो भएका पारम्परिक पार्टीहरूको विकल्पको रूपमा चुने । र, उनको पार्टीले गएको प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता पनि पायो । उनी आफैंले सोचेभन्दा धेरै शक्ति हासिल पनि गरे ।
तर, जनताले उनलाई दिएको मतादेश अनुरूप उनले आगामी राजनीतिक यात्रा तय हुनेमा भने सन्देह देखिन थालेको छ । किनकि उनका हरेक गतिविधिभित्र त्यही ‘लोकरिझ्याईं’वाला वैचारिकी नै अभिव्यक्त हुने गरेको छ । अनि निर्वाचनपछिका उनका बोली र व्यवहारबीच पनि दूरी बढ्दै गएको देखिन्छ । उनले जे–जसरी सरकारमा जान हतार गरे र त्यसयता जेजस्ता परिघटनाहरू आन्तरिक एवं बाह्य रूपमा देखा पर्दैछन् ती सबै उनको यथोचित राजनीतिक निरन्तरताका लागि प्रश्नवाचक बनेका छन् । तथापि भोलिको अनुमान अहिल्यै गर्नु हतारो हुनेछ ।
उनमा पलाउँदै गरेको दम्भ र अहंकारको आकार क्रमशः बढ्दै जाँदा लोकरिझ्याईंको खास्टो भने उघारिंदै जानेछ । आखिर उनी वैधानिक र कानुनी हिसाबले राज्यको जुन व्यवस्था सुधार्ने कुरा गर्दैथिए, आफ्नै नागरिकताको सवालमा भने त्यही राज्यको विद्यमान सामान्य कानुनी प्रक्रिया अवलम्बन गर्नमा समेत उनी इच्छित देखिएनन् । यसर्थ, दिवंगत प्रेम आचार्यले जसरी जनजीविका सम्बन्धी ‘विद्रोह’ का लागि गरेको हतप्रभ आत्मदाहले तत्कालै विद्रोहको जग हाल्न सक्दैन, त्यसरी नै राजनीतिमा विद्यमान ‘फोहोर’ सफा गर्न राजनीतिमै छिरेका रवि लामिछानेको लोकरिझ्याईंकेन्द्रित अभिव्यक्ति र हाउभाउले व्यवस्थामा देखिएका अर्थ–राजनीतिक भ्वाङ टालेर जनतालाई सुबिस्ता दिलाउन उति सहज देखिंदैन ।
१८ माघ, काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुग्दा यस्तो अवस्था आयो कि कसको पालामा काम सकेर काठमाडौंमा पानी खसाल्ने भन्ने होड नै चल्यो । त्यसैले उद्घाटन अगावै सत्ताबाट विदा हुुनुपर्ने डरका कारण काम पनि नसक्दै २२ फागुन, २०७७मा मेलम्चीको पानी काठमाडौंमा झारियो ।
तर, १ असार, २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) लाई बाढीले तहसनहस पार्यो । तर, बाढी गएको करिब डेढ वर्षसम्म मुहानस्थललाई पुनर्स्थापना गर्न सरकारले काम काम अघि बढाएको छैन ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको सुरूङमा पानी भर्न सुरू भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो ।
जस लिनेको हतारोबीच मुहानस्थलमा अस्थायी बाँधसहितका संरचनाहरू बनाएरै काठमाडौंमा १५ चैत २०७७ देखि मेलम्चीको पानीको वितरण गर्न थालिएको थियो । त्यतिबेला पाँचपटक औपचारिक रूपमै शुभारम्भ कार्यक्रम गर्दा मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) तयार भएकै थिएन ।
प्रोटोकलअनुसार सुरूङको पानी खाली गरेर सुपरीवेक्षण पनि नगरी २०७७ सालको १० फागुनमा तत्कालीन खानेपनीमन्त्री मणि थापाले सिन्धुपाल्चोकको अम्बाथानमा स्वीच थिचेर सुरुङ भर्न, २२ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजल आइपुगेको पानी बाग्मतीमा खसाल्न, १५ चैतमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूले कार्यक्रम गरेर पानी वितरण गर्न र २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा मुख्य शुभारम्भ गर्न रिबन काट्ने, स्वीच थिच्ने र धारा खेल्नेसम्मका कामहरू भए ।
तर, काम अन्तिम चरणमा पुगेका बेलामै मेलम्ची नदीमा गएको बाढीले आयोजनाको बन्दै गरेका मुहानस्थलका पक्की र स्थायी संरचना क्षतिग्रस्त भयो ।
त्यसपछि अस्थायी संरचना बनाएर वैशाख २०७९ मा फेरि काठमाडौंमा पानी झारिएको थियो । बाढीको डरले असार २०७९देखि बन्द भएको सुरूङ खोलेर गत मंसिरदेखि फेरि मेलम्चीको पानी काठमाडौंमा ल्याइएको छ । यी २ पटकमा पनि मेलम्चीमा पानी भर्न सुरू गर्दा र वितरण थाल्दा पुरानै शैलीमा तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले ४ पटक औपचारिक कार्यक्रमहरु गरेर भ्याए ।
तर, अस्थायी संरचना बनाएर हिउँदभरि पानी ल्याइँदै गर्दा वर्षायाममा पनि मेलम्चीको पानी ल्याउने गरी स्थायी मुहान तयार गर्न उनले चासो दिएनन्।
मेलम्ची खानेपानी विकास समिति र खानेपानी तथा ढल निकास विभागका अधिकारीहरू मेलम्चीमा जस लिने होड सकिएकाले अब यो विषय कसैको प्राथमिकतामा नरहेको बताउँछन् । खानेपानी विभागका अधिकारीहरु त एसियाली विकास बैंक (एडीबी)ले थप लगानी नगर्ने बताएकाले पनि परियोजनाको बाँकी काम सक्न कसैले चासो नदिएको आरोप लगा उँछन् ।
‘ठूलो रकमको ठेक्का हुने अवस्था देखिए त सबै अघि सर्छन्,’ विभागका एक अधिकारी भन्छन्,हिजो काठमाडौंमा पानी खसाल्ने जस लिने समयमा तछाडमछाड थियो, अहिले समसमस्या परकेो आयोजना भएकाले सकैले ध्यान नै दिएनन् ।’ विभागका अधिकारीहरुका अनुसार यो परियोजनाको मुहान सोही स्थापनामा पुनर्निर्माण गर्न वा अन्यत्र सार्न समेत कठीन छ । तर, केही न केही गर्नै पर्ने भएपनि काम सुरु गर्न नै कसैले चासो नदिएको उनीहरु गुनासो छ ।
‘मेलम्चीको मुहानभन्दा माथि भूगर्भ कस्तो अवस्थामा छ र भविष्यमा बाढी र पहिरो आउने सम्भावना कति छ भनेर विस्तृत अध्ययन गराउन पनि कसैले चासो दिएको छैन,’ विभागीय अधिकारी भन्छन्,’एडीबीलाई जबरजस्ती भएपनि अध्ययन गर्न जिम्मा त दिइयो, तर अझै उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्न समेत कसैले चाहिरहेका छैनन् ।’
अहिले कुलो सोझ्याएर सुरूङको मुख टालटुल गर्दै मेलम्चीको पानीलाई सिधै सुरुङमा हालिंदैछ । बाढीपछि तयार भएर सञ्चालनको तयारीमा अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र (डिसेन्डर) मुहानस्थल पुरिएको छ । नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएको सम्म छैन ।
छैन ठोस योजना
सरकार बढीले पुरेको संरचनालाई प्रयोग गर्न नसकिने निष्कर्षमा त पुगेको छ । तर, सरकारले कहाँ र कहिलेबाट मुहानस्थलका संरचना कसरी बनाउने भन्नेबारे अध्ययन र निर्णय गरेको छैन । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त आयोजनाको पुनर्स्थापनाबारे अहिलेसम्म के गर्ने भनेर निर्णय हुन नसकेको बताउँछन् ।
‘एडीबीको टोलीले आयोजनाको मुहानस्थल र त्यसभन्दा माथिको भूगर्भको अवस्थाबारे अध्ययन गरेको छ, तर त्यसको अन्तिम प्रतिवेदन आइसकेको छैन,’ उनले भने,‘प्रतिवेदन आएपछि मात्रै त्यसका सुझावका आधारमा आयोजनाको मुहामनस्थलको पुर्नस्थापनाको काम अघि बढ्छ ।’ सो प्रतिवेदनले मेलम्चीको थप जोखिमबारे पनि केही औंल्याउने अपेक्षा छ ।
अब मेलम्चीको मुहान नै सानुपर्ने हुनसक्ने समितिको भनाइ छ । तर, भविष्यमा पनि ठूलो बाढी आएका महुमानस्थल बचाउने गरी संरचना बनाउनुपर्ने भएकाले त्यस्तो मुहान कहाँ बनाउने र त्यसका लागि कसले लगानी गर्ने भन्ने अन्योल छ ।
मेलम्ची खानेपानी आयोजनाबाट एडीबीले हात झिकिसकेको छ । अब नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ ।
आयोजनाको मुहान पुनर्स्थापना नभएसम्म प्रत्येक १५ जेठपछि वर्षयाम सकिएर हिउँद नलागेसम्म मेलम्चीको सुरुङ बन्द राख्नुपर्छ । यसरी बन्द नराखे बाढीले सुरुङ क्षतिग्रस्त पार्ने जोखिम हुन्छ ।
अघिल्लो वर्ष र यो वर्ष सरकारले वर्षयामभरि नै सुरुङ बन्द गरेर हिँउद लागेपछि अस्थायी डाइभर्सन बनाएर काठमाडौंमा पानी ल्याएको थियो । यसरी सोझै पानी हाल्दा पनि सुरुङमा बालुवा जम्ने र सुरुङमार्गको आयु समेत प्रभावित हुने जोखिम समेत छ ।
‘स्थायी संरचनाहरु तयार गरेर मेलम्चीबाट निरन्तर काठमाडौंमा पानी ल्याउने योजना छ,’ प्रवक्ता पन्त भन्छन्,‘अहिले मेलम्ची खानेपानी विकास समिति नै खारेजीको निर्णयमा रूमल्लिएकाले ठोस रुपमा के गर्ने भन्ने अन्योल पनि भएको हो ।’ यसले गर्दा करिब ३४ अर्ब खर्चिएर बनेका सुरुङसहितको संरचनाको पूर्ण उपयोग हुन सकेको छैन ।
ब्युँतदै खारेज भएको समिति
चालु आर्थिक वर्ष २०७९/८० को बजेटले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको थियो । यी समितिहरूबाट सञ्चालन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख थियो ।
तर, कुनै छलफल र अध्ययनबिना आयोजना अधुरै रहेको अवस्थामा समिति खारेज गर्दा बाँकी काम प्रभावित हुने भन्दै विरोध हुँदै आएको छ । मेलम्ची खानेपानी विकास समिति, विकास समिति ऐन २०१३ तथा मेलम्ची खानेपानी (गठन) आदेश २०५५ बमोजिम गठन भएको थियो । उपत्यकामा खानेपानीको आपूर्ति गराउन मेलम्चीबाट पानी ल्याउनका लागि एसियाली विकास बैंकसहितका दातृ निकायसँगको सहमतिमा यो समिति बनेको थियो ।
राष्ट्रिय गौरबको आयोजनाका रुपमा सरकारले समितिमार्फत नै आयोजनाको निर्माण गरेको हो । निकै ढिला गरी २७ किलोमिटरको सुरुङ निर्माण भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन बाटो खुलेको थियो ।
बजेट आएको ८ महिना बितिसक्दा पनि समितिलाई के गर्ने भन्ने अन्योल सकिएको छैन । बजेटले भने जसरी समितिले गर्ने काम खानेपानी विभागमा सरिएको पनि छैन ।
समिति स्रोतका अनुसार अर्थ मन्त्रालय समितिलाई जोगाएर निरन्तरता सहमत भएको छ । तर, त्यसका लागि समितिको नयाँ गठन आदेश जारी गर्न आवश्यक हुन्छ । त्यसका लागि गठन आदेशको मस्यौदा तयार गरेर कानुन मन्त्रालयबाट स्वीकृत गर्नुपर्छ । र, मन्त्रिपरिषदले गठन आदेश दिएर मात्रै समिति ब्युँतिन सक्छ ।
अहिले मेलम्ची विकास समिति अधिकारविहीन छ । खारेजीको घोषणाका कारण रुष्ट बनेका समितिका कर्मचारीहरु असोजयताको तलब सुविधा र पारिश्रमिक नपाएपछि पीडित छन् ।
अन्योलमा परेपछि मेलम्चीको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गर्न समितिले काम नै सुरु गर्न सकेको छैन । बाढीले क्षति पुर्याएका संरचना पुनर्निर्माण, यहाँका सडक स्तरोन्नति लगायतका काम गर्न कसैले चासो दिएको छैन ।
पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै यांग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ ।
ठूला ठेक्काहरू हुने यो दोस्रो चरणको काम कसले गर्ने भन्नेमा लुछाचुँडी सुरू भइसक्दा अरूले नै जस लिइसकेको पहिलो चरणकै काम टुंगोमा पुर्याउन कसैले वास्ता गरेका छैनन् ।
१८ माघ, काठमाडौं । भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।
धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।
आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।
आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।
१७ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ ।
विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र सांगठनिक संरचनाबारे केन्द्रित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । गत पुस १८ र १९ गते सम्पन्न जसपाको राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
पार्टीमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौं भन्ने आवाज उठ्न थालेकाले यो मुद्दा जसपाको विधान अधिवेशनमा पेचिलो विषय बन्ने संकेत देखिएको बस्नेतले बताए ।
जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न सांगठनिक संरचनाहरुको व्यवस्था छ । खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित/शिल्पी विशेष (१०+१) राष्ट्रिय समितिहरु र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासनिक संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रबारे नेताहरुबीच फरक धारणा छन् ।
यी संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ ।
१७ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ .
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए ।
नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने बताएका हुन् ।
उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको थियो ।
सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।
अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए ।
सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उनको भनाइ छ ।
मन्त्री जिसीका अनुसार नेपालगञ्जमा रहेका प्रहरी कार्यालयलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ ।
उनीसँगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाए ।
माइक्रोसॉफ्ट ने अपनी लेटेस्ट Windows 11 के लिए नया अपडेट पेश किया है. इस अपडेट को कंपनी ने Windows 11 22H2 नाम दिया है. कंपनी के मुताबिक यूजर्स के पास नया अपडेट जल्द ही पहुंच जाएगा और कंप्यूटर में यह अपने आप अपडेट हो जाएगा.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/9Sl1jGi
धेरै जनालाई आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलले सताउने गर्छ । किशोरावस्थादेखि नै विभिन्न कारणले यस्तो समस्या देखिने गर्छ । पढाइ, कामजस्ता कुराको तनाव, कम निद्रा, कम पानी पिउनु, हार्मोनमा परिवर्तन र अनियमित जीवनशैलीले डार्क सर्कल बस्छ । त्यसबाहेक वंशाणुगत कारण पनि डार्क सर्कल बस्न सक्छ ।
तर डार्क सर्कल भयो भन्दैमा आत्तिहाल्नुपर्दैन । घरेलु तरिका अपनाएर पनि यसबाट छुटकारा पाउन सकिन्छ ।
टी ब्यागको प्रयोग
टी ब्यागको प्रयोगले पनि डार्क सर्कल जान्छ । चिया खाइसकेपछि टी ब्यागलाई निकालेर फ्रिजमा राख्न सकिन्छ । जब चिसो हुन्छ, तब आँखावरपर राख्दा विस्तारै डार्क सर्कल हराउँदै जान्छ ।
आलुको रस
आलुले डार्क सर्कल कम गर्न पनि मद्दत गर्छ । आलुलाई पिसेर सकेसम्म आलुको रस निकाल्नुपर्छ । अलिकति कपास लिएर आलुको रसमा पूरै भिजाएर आँखामा राख्नुपर्छ । लगातार यही प्रक्रिया बारम्बार दोहोर्याउँदा यसको प्रभाव देखिन्छ ।
आइस
आइसलाई आँखाको वरपर राख्दा पनि डार्क सर्कल कम हुन्छ । त्यसमा भएको चिसोपनले डार्क सर्कल कम गर्न मद्दत गर्छ ।
काँक्रा
ब्युटी पार्लरमा काँक्राको टुक्रा मानिसको आँखामा राखिएको धेरैले देखेका छौं । यो फेसनको लागि मात्र राखिएको हुँदैन । यसले आँखालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । यसका लागि काँक्रालाई आधा घण्टासम्म फ्रिजमा राख्नुपर्छ र त्यसपछि त्यसका टुक्राहरू काटेर आँखामा राख्नुपर्छ ।
यी स्लाइसहरू आँखामा १० मिनेटसम्म राख्नुपर्छ र त्यसपछि आँखा धुनुपर्छ । तपाईंले ताजा महसुस गर्नुहुनेछ र डार्क सर्कल केही दिनमा कम हुन थाल्नेछ ।
डार्क सर्कल जस्तै ब्ल्याकहेड्स पनि अनुहारमा देखिने आम समस्या हो । यो १८ वर्षको उमेर देखि ५० वर्षभन्दा माथि उमेरसमूह पनि देखा पर्छ । घामको किरणको प्रभाव, प्रदूषण, अवस्थ खानपानका कारण ब्ल्याक हिट्स आउने गर्छ । यसले पनि अनुहारको चमक कम भइरहेको हुन्छ । तर अनुहारमा ब्ल्याक हिट्स देखिएको छ भने चिन्ता लिन पर्दैन । घरको भान्सामा पाइने सामग्रीको प्रयोगबाट यसबाट छुटकारा पाउन सकिन्छ ।
नुन र चिनीको स्क्रब
नुन र चिनीले स्क्रब गर्दा पनि ब्ल्याक हेड्स जान्छ । नुन र चिनी मिसाएर अनुहारमा लगाएर स्क्रब गरेमा ब्ल्याक हेड्स हट्दै जान्छ ।
बे्रकिङ सोडा
ब्ल्याकहेड्स हटाउन बेकिङ सोडा राम्रो उपाय हुन सक्छ । यसले अनुहारको फोहोरमैला राम्ररी हटाइदिन्छ । साथै सूक्ष्म प्वालमा जमेको मैला समेत यसले हटाइदिन्छ ।
कागतीको रस
कागतीको रस दाग–धब्बा हटाउन निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतीमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।
दालचिनी
हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचिनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चीज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।
सनस्क्रिनको प्रयोग जरुरी
हाम्रो अनुहारको छालाको लागि नभई नहुने कुरा हो सनस्क्रिन । यो बच्चादेखि वृद्धासम्मले लगाउन जरुरी छ । यसले छालालाई डढ्न दिंदैन । हातको तीनवटा औंलामा क्रिम लिएर अनुहारमा लगाउने गर्नुपर्छ । सनस्क्रिन लगाउनुअघि मोइस्चराइजर लगाउनुपर्छ ।
घर बस्दा सनप्रोटेक्सन फ्याक्टर (एसपीएफ) ३० भएको सनस्क्रिन लगाउन सकिन्छ । घरबाहिर भएको बेलामा एसपीएफ ५० देखि माथि लगाउँदा ठीक हुन्छ ।
काठमाडौं । धन हुने सबै मानिससँग खर्च गर्ने मन हुँदैन भनिन्छ, त्यो सही नै हो जस्तो लाग्दछ । त्यसको उदाहरण चाहीँ ५१ वर्षकी करोडपति महिला एमी एलिजावेथ हुन् ।
अमेरिकाको लस भेगासमा बस्ने एमी आफूलाई संसारकी सबैभन्दा कञ्जुस करोडपति भन्न रुचाउँछिन् । आफूले कहिल्यै पनि कुनै नयाँ चिज खरीद नगर्ने र घरायसी खर्च कम गर्नका लागि कहिलेकाहीँ बिरालोको खानेकुरा समेत खाने उनले खुलासा गरेकी छिन् ।
एम्मीको कूल सम्पत्ति करीब ७० करोड नेपाली रुपैयाँ बराबर छ । तर करोडौँको सम्पत्तिकी मालिक एम्मीको खर्च भने फिटिक्कै छैन । उनले आफ्नो मासिक खर्चको बजेट तय गरेर राख्छिन् र त्यसभन्दा बढि सुको पनि खर्च गर्दिनन् ।
उनले आफ्ना लागि मासिक करीब १ लाख रुपैयाँको बजेट छुट्टाएकी छिन् । उक्त रकम भन्दा बढि खर्च नगर्नका लागि उनले खर्च कटौतीका अनेक तरिका अपनाएकी छिन् ।
जस्तै, उनले आफ्नो घरको वाटर हिटर एक मिनेट पनि बढि चलाउँदिनन् । घरका अन्य विद्युतीय उपकरण पनि काम सकिएपछि तत्कालै बन्द गर्छिन् । अझ रोचक त के भने उनी आफ्ना पूर्वपतिको घरमा बस्छिन् । घरको सरसफाइ पनि उनका पूर्व पतिबाटै गराउँछिन् । त्यसैले उनलाई आवासको खर्च लाग्दैन ।
एक टेलिभिजन कार्यक्रममा एम्मीले पैसा बचाउने सबैभन्दा विचित्र तरिकाको खुलासा गरेकी थिइन् । उनका अनुसार उनले कहिलेकाहीँ बिरालोको खाना समेत खाने गर्दछिन् । आफूले मात्र नभई कहिलेकाहीँ घरमा आउने पाहुनालाई समेत बिरालोको खाना दिने गरेको उनले स्वीकार गरेकी छिन् । बट्टामा बन्द भएका खानेकुरा महंगो पर्ने हुनाले उनले खुल्ला सामान खरीद गर्छिन् । मानिसहरुलाई आफ्नो बानी अनौठो तथा छुच्चो लाग्ने गरे पनि आफूलाई त्यसको कुनै परवाह नरहेको उनी बताउँछिन् ।
डेलीस्टारका अनुसार एम्मी एक सफल रियल स्टेट लगानीकर्ता, लेखिका तथा व्यावसायिक परामर्शदाता हुन् ।
१७ माघ, काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ ।
उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग पनि जोडेर हेर्न थालिएको छ ।
पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो अल नासर एक एसियन क्लबमा आवद्ध हुनु पैसाको खेले भनेर बुझ्न थालिएको छ ।
रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आउनुको विषयलाई निकै चर्चामा राखेर हेरिएको थियो । उनी त्यति उच्च मूल्यमा किन अनुबन्ध भए ? जबकि फुटबलमा म्यानचेस्टर युनाइटेडमा रहेर खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको व्यवहारका कारण पनि उनी निकै विवादमा तानिएका थिए ।
चर्चित स्टारहरु पूर्वी क्लबहरुमा आबद्ध हुने क्रम कोभिड-१९ महमारीको केही अघिबाट सुरु भएको हो । कोभिड-१९ को महामारी पछि विश्व अर्थतन्त्र ओरालो लाग्यो । जसको कारण खेलाडीको गर्मीको ट्रान्सफर विण्डो पनि प्रभावित भयो । अझै पनि एसियाली फुटबलको गति भने रोकिएको छैन र यसको प्रभाव अझै पनि जारी छ ।
यसमा विशेषत पहिला चिनियाँ फुटबल बजारको हालीमुहाली थियो तर अहिले साउदीका तेल बिक्रेता मालिकको फुटबल लगानीले एसियामा ठूला फुटबल स्टार भित्रिन थालेका छन् ।
एसियामा फुटबल क्लबमा पैसा खन्याउने चर्चित ऋणी व्यापारीको संख्या पनि बढ्दो छ । यसमा चिनियाँ सुपर लिग (सीएसएल)मा पछिल्लो दशक भन्दा चर्चित खेलाडी तथा प्रशिक्षकको संख्या बढ्दो छ ।
पछिल्लो समय निकै चर्चामा आएको सांघाई एसआईपीजीले २०१६ मा १३० मिलियन युरोमा ब्राजिलका दुई खेलाडी ओस्कर र हुल्कलाई भित्र्याए । त्यसअघि नै विश्वकप विजेता प्रशिक्षक मार्सेलो लिप्पी र लुइज फेलिप पनि एसियन फुटबलमा आबद्ध भए ।
चीन अन्य भन्दा नियममा निकै कडा राष्ट्र भनेर चिनिन्छ । यो हल्ला प्रशिक्षक तथा खेलाडीलाई अनुबन्ध गर्ने बेला पनि चल्यो । हल्ला चलेको भएर पनि होला उनीहरुलाई खासै त्यस्तो कडा नियममा राखिएन । तर अझ चर्चा को विषय त तब बन्यो जब मेस्सी र रोनालडोलाई चिनियाँ लिगसँग जोड्न थालियो ।
अझ भनौं रोनाल्डो पूर्वसँग जोडिइरहेका छन् । बढ्दो क्लब र खेलाडी अनुबन्ध खर्च धान्न नसकेर टिजियन क्वँजियन नामक चिनियाँ क्लब २०१८ मा बन्द भयो । खर्च धान्न नसक्दा उनीहरुको बिजोग भएको थियो ।
पाँच वर्षपछि धेरै कुरा बदलियो । टियांजिन चिनियाँ क्लबमध्ये पहिलो क्लब हो, जुन पैसाको र वित्तिय अभावका कारण बन्द भएको हो । त्यसपछि पनि चिनियाँ फुटबल क्लबमा आर्थिक मन्दी छाइरहृयो ।
देशको प्रमुख विक्रेताको स्वामित्वमा रहेको जियांगसु सुनिङलाई २०२१ मा सीएसएलको उपाधि जितेपछिको एक महिनामा रद्ध गरियो ।
दुई पटक एसियन च्याम्पियन बनेको ग्वान्जझोउ एफसी फुटबलमा एकछत्र राज गर्ने क्लब थियो । मालिक र विकासकर्ताको असमझदारीका कारण क्लब आर्थिक बेरुजु र उधारोको शिकार भयो । सरकारले उधारो लिनबाट रोक लगाएपछि पनि उनीहरु सापटी मागेर चल्न बाध्य भएका थिए ।
चिनको कठोर ‘जिरो कोभिड’ नीतिले त्यहाँका क्लबहरुलाई अझ मुस्किलको स्थिति मात्र सिर्जना गर्यो ।
प्रतियोगिताको उच्च गोलकर्ता अल नासर क्लबका एन्डरसन तालिस्का, अल इत्तिहादका एबडरराजक हमदल्लाह र अल हिललालका ओडियन इग्हालोले साउदी क्लबमा पुग्नु अघि चिनियाँ क्लबमा रहेर सीएसएल खेलिसकेका छन् ।
२०२६ मा महिला एसियाकप आयोजना गर्ने होडमा साउदी अरबले एक महत्वकांक्षी लक्ष्य राखेको छ ।
२०२३ मा चीनले एसियन कप आयोजनाको होडबाट पछि हट्नु पर्यो । जिरो कोभिड नीतिका कारण उनीहरुले यस प्रतियोगितालाई छोडे तर नियम भने तोडेनन् ।
पछिल्लो महिनानै यहि नीतिका कारण चिनियाँ फुटबललाई निकै ठूलो घाटा बेर्होनु परेको थियो ।
हाल एसियन फुटबलमा साउदी जस्ता तेल बिक्रेताको मालिकको हाली मुहालीले चिनियाँ फुटबलको चमक र शान एसियामा लगभग सकिइसकेको अवस्था छ ।
१६ माघ, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए ।
अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।
१६ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् ।
उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यद्यपि भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन । भेटमा एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नुल्याण्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसीबाट सिधै काठमाडौं आएकी थिइन् ।
गत मंसिर ४ को आम निर्वाचनबाट प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनले पाटन दरबार स्क्वायरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
वॉट्सऐप अपने यूज़र्स के लिए कई खास फीचर पेश करता है, जिसमें से एक लोकेशन शेयरिंग भी है. रास्ता चलते कहीं से भी एक यूज़र दूसरे यूज़र को लाइव लोकेशन भेज सकता है.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/5lWZbMN
१६ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ ।
यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
माघ १६ गते सोमबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।
वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।
विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्योसमेत सञ्चालनमा आउन सकेको छैन ।
स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।
विदेशी पाहुना आउँदासमेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।
फिशिंग ठगी का सबसे पॉपुलर तरीका है. इसमें ठग किसी ओरिजनल वेबसाइट की नकल करके एक वेबसाइट बनाता और आपको बड़ी-बड़ी डील का ऑफर वाला मैसेज भेजता है. स्कैमर्स ऑफर्स का लालच देकर लोगों को निशाना बनाते हैं.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/32m7nE6
१६, माघ, काठमाडौं । हुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।
जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
जुम्लाको माइनस डिग्री कठ्यागि्रंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।
भूकम्प आउँदैछ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए ।
उनले यस्तो हल्ला फैलाउने व्यक्तिलाई कारबाही गरिने बताए । ‘यता प्रशासनमा पनि फोनहरु आइरहेका छन् । यो भ्रामक हल्ला हो । मानिसहरुलाई यसरी दुःख दिनेको खोजी कार्य सुरु भएको छ ।’
कणर्ाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार भूकम्प आउने पूर्वअनुमान गर्नसकिंदैन, सहजै अनुमान गर्न सकिंदैन ।
उनले यो हल्लाको पछि नलाग्न र सचेत भने सधैं हुनेपर्ने बताए ।
हाल में रिपब्लिक डे सेल के दौरान ऑनलाइन शॉपिंग प्लेटफार्मों पर स्मार्टफोन पर भारी छूट दी जा रही थी. अब ज्यादातर स्मार्टफोन फिर से पहले वाली प्राइस रेंज में आ गए हैं. अगर आप इस सेल के दौरान अपना पसंदीदा फोन खरीदने से चूक गए हैं तो अब भी आपके पास एक और मौका है. प्रीमियम सेगमेंट में Google Pixel 7 पर आपको बंपर डिस्काउंट मिल सकता है.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/Z9ic4JX
१५ माघ, काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।
‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’
जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।
Oppo Reno 8T का काफी समय से इंतज़ार हो रहा है, और इसे लेकर लगातार चर्चा चल रही है. कंपनी ने लॉन्चिंग से पहले फोन के कुछ फीचर्स को कंफर्म कर दिया है. आइए जानते हैं फोन के बारे में सबकुछ...
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/l1ie7FR
१४ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा ७ वर्षको अवधीमा झण्डै १६ सय जना कुष्ठरोगी भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रदेशभर एक हजार ५९१ जना कुष्ठ रोगी भेटिएका हुन् ।
स्वास्थ्य निर्देशनालयले विभिन्न स्वास्थ्य संस्था, स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा समुदाय स्तरमा गर्ने खोज परिचालन कार्यक्रमका क्रममा वर्षेनी कम्तीमा पनि डेढ सयदेखि तीन सय जनासम्म कुष्ठ रोगी फेला पर्ने गरेका छन् । रोग लुकाउनु हुँदैन भन्ने चेतनाका कारण बिरामीहरु उपचार गर्न आएकाले संख्या बढेको हुन सक्ने निर्देशनालयका अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाकाअनुसार प्रदेशका विभिन्न जिल्लामा गरिएको खोज परिचालन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२/७३ मा २०८ जना कुष्ठ रोगी भेटिएका थिए ।
त्यो संख्या आर्थिक वर्ष २०७५/७६ सम्म वर्षेनी पृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा २०९ जना, आर्थिक वर्ष २०७४/७५ मा २९८, आर्थिक वर्ष २०७५/७६ मा २५४ जनामा कुष्ठ रोग भेटिएको थियो । तर आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ देखि भने संख्यात्मक रुपमा अघिल्ला वर्षको भन्दा कम मानिसमा रोग देखिएको छ ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ मा १३७ जनामा रोग भेटिएकोमा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ मा २०८ र ०७८/७९ मा २०५ जनामा रोग भेटिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा भने ७२ जना कुष्ठ रोगी भेटिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
कुष्ठरोग संक्रामक भएपनि अहिलेसम्म मानिसको ज्यान नगएको क्षयकुष्ठ अधिकृत ओझाले बताए ।
तर कुष्ठ रोग लागेका व्यक्तिले कम्तीमा पनि ६ महिनादेखि २४ महिनासम्म उपचार गराउनुपर्ने बताउदै ओझाले सरकारले निःशुल्क औषधी दिदै आएको पनि जनाए ।
उनका अनुसार कुष्ठ रोग पत्ता लागेकामध्ये हाल सबैभन्दा बढी कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना उपचारमा रहेका छन् । डोटीमामा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २/२ र डडेल्धुरामा १ जना कुष्ठ रोगी उपचाररत रहेको ओझाले बताए । गत वर्ष प्रदेशमा २०५ जनामा कुष्ठ रोग लागेको पाइएकोमा १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका थिए । उनीहरु मध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठ रोग देखिएको थियो ।
जनस्वास्थ्य अधिकृत ओझाकाअनुसार कुष्ठ रोग लागेमा दुःखाइ नहुने गरेका कारणले धेरैले लामो समयसम्म थाहा नपाइने हुन्छ तर हातखुट्टा झमझम गरे, पिठ्युमा दाग देखिए, छाला लाटो, रातो, फुस्रा दाग देखिए, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा तत्काल उपचार गराउनुपर्ने ओझाको सुझाव छ । नेपालमा सरकारले सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरेको थियो भने सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पुर्याउने लक्ष्य लिएको छ ।
साइबर किल चेन एक साइबर सुरक्षा मॉडल है, जो साइबर हमले साइबर अटैक का पता लगाता है और कमजोरियों की पहचान करता है. यह हमलों को रोकने के लिए सिक्योरिटी टीम की मदद करता है.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/1LJcfq0
१५ माघ, काठमाडौं । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबारसुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मंगलबार पनिकर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
१४ माघ, काठमाडौं ।आर्सनललाई १-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको प्रिमियर लिगको पहिलो र दोस्रो स्थानमा रहेको टोलीबीचको खेलमा दोस्रो स्थानको सिटीले बाजी मार्यो ।
त्यसका लागि सिटीका नाथन एकेले निर्णायक गोल गरे । एकेले ६४औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका हुन् ।
यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनल भने सिटीसँग हारपछि चौथो चरणबाटै बाहिरिएको छ ।
प्रिमियर लिगमा सिटीभन्दा ५ अंक बढी जोडेर आर्सनल शीर्ष स्थानमा छ । आर्सनलको १९ खेलबाट ५० अंक छ भने सिटीले २० खेलबाट ४५ अंक जोडेको छ । लिगमा अब यी दुई टोली फेब्रुअरी १५ मा भिड्नेछन् ।
१४ माघ, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।
यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
किसी भी दूसरे इलेक्ट्रॉनिक आइटम की तरह घर में मौजूद स्पीकर्स को भी स्पेशल केयर की जरूरत होती है. खासतौर पर महंगे होम थिएटर सिस्टम और टॉवर स्पीकर्स को बहुत सावधानी के साथ रखना होता है. ऐसे में जब भी आप इन्हें क्लिन करें कुछ सावधानियां जरूर रखें. इन्हें बारे में हम आपको यहां बताने जा रहे हैं. आपको इन्हें साफ करने के लिए कुछ माइक्रोफाइबर क्लॉथ और कुछ सॉफ्ट ब्रश की जरूरत पड़ेगी.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/7vmGTZ4
आपको भी बार-बार अपने फोन पर ऐप अपडेट मिलता होगा, लेकिन क्या आपने कभी सोचा है कि आपको ये अपडेट क्यों मिलते हैं और यह आपके लिए कितने अहम होते हैं. इनको नजरअंदाज करना आपके लिए घातक हो सकता है.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/KXmOUNG
१३ माघ, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका-३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१३ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ को तयारी तीव्र बनाएको छ ।
माघ १९ गतेबाट सञ्चालन हुने एक्स्पोको तयारी तीव्र बनाएको हो । सीएनआईले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ३५० वटा स्टलहरु रहनेछन् ।
विराटनगर महानगरपालिका २ मा एक सातासम्म आयोजना हुने एक्स्पोमा सगरमाथादेखि नेपालकै होचो स्थान केचना कवलको आकृति निर्माण गरिनेछ ।
प्रदेश १ को भौगोलिक र साँस्कृतिक अवस्थालाई एक्स्पोका माध्यमबाट देखाउन खोजिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पो स्थलमा आवश्यक संरचना निर्माण भइरहेको उनले बताए ।
एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण गर्ने तयारी छ ।
यसअघि गत मंसिर २९ गतेदेखि १० दिनसम्म उद्योग संगठन मोरङले विराट एक्स्पो आयोजना गरेको थियो । लगतै नेपाल उद्योग परिसंघले एक्स्पो आयोजना गर्न लागेको हो ।
१३ माघ, काठमाडौं । माघको चिसो दिनमा पनि काठमाडौंको कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा यू–१९ क्रिकेटरले पसिना बगाइरहेका छन् ।
मार्च १ देखि यूएईमा हुने आइसीसी विश्वकपको एसियन छनोटको तयारीका लागि उनीहरुले पसिना बगाएका हुन् ।
सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपको छनोट खेल्नका लागि नेपाली टिमले एसियन क्वालिफायर्समा पाँच प्रतिस्पर्धीलाई पछि पारेर छनोट प्रतियोगिता जित्नु पर्नेछ । ७ पटक यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता यू–१९ विश्वकपका लागि छनोट हुन सकेको छैन ।
पछिल्ला ३ वटा विश्वकप गुमाएको नेपाली यू–१९ टिमले यसपालि भने जसरी पनि विश्वकप खेल्ने लक्ष्य छ । त्यसैले प्रशिक्षक जगत टमटाले युवा खेलाडीलाई सिनियर खेलाडीसँग ४ अभ्यास खेल खेलाइ सकेका छन् । उनले अहिले दिनमा ३/३ घण्टाको दुई सेसन गरेर अभ्यास गराइरहेका छन् ।
टमटा भन्छन्, ‘यू–१९ टिमले मेरो करियरमा नै पहिलो पटक सिनियर टिमसँग ४ वटा अभ्यास खेल खेल्यो, जुन निकै सहयोगी रह्यो ।’ मिलेसम्म खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजान उनले नेपाल क्रिकेट संघ क्यानसँग छलफल पनि गरिरहेका छन् ।
टमटाकै प्रशिक्षणमा नेपाली यू–१९ टिमले सन् २०१६ मा विश्वकप खेलेको थियो । उनी भन्छन्, ‘यसपालिको र २०१६ को टिममा खासै फरक छैन । त्यो बेलामा पनि धेरै नयाँ खेलाडीसँग नै खेलेका थियौं । यो पटक पनि नयाँ केटाहरु धेरै छन् ।’
नेपाली क्रिकेटमा सदाबहार प्रशिक्षक भनेर चिनिएका जगत टमटाले यू–१६ को टिमदेखि नै प्रशिक्षण दिएका खेलाडी समेत यो टोलिमा छन् ।
प्रशिक्षक टमटा भन्छन्, ‘नयाँ खेलाडी धेरै छन् । जसमा प्रदेश तथा जिल्लामा खेलेका खेलाडी छन् । सुरुमा २८ जना खेलाडी थिए । जोसँग हामीले मुलपानी मैदानमा ५ वटा अभ्यास खेल खेल्यौं । अहिले ती मध्ये छानिएर १८ खेलाडीसँग ४ वटा अभ्यास खेल खेल्यौं । यसले खेलाडीहरुलाई धेरै सिक्ने मौका मिलेको छ । उनीहरुको मनोबल पनि बढेको छ ।’
प्रशिक्षणका लागि लामो समय भएका कारण नयाँ खेलाडीका गल्ती सुधार्ने मौका टिमसँग छ ।
यू–१९ टिममा आएका हरेक खेलाडी भर्खर क्षेत्रीय स्तरबाट खेलेका अथवा केहीले खेलमा नै राम्रो गरेर आएका छन् । खेलाडीको क्षमताको आधारमा हेर्ने भने २ जना सिनियर टिमका खेलाडी पनि रहेको यो टिम मध्यमस्तरको टिम हो ।
शिक्षक जगत टमटा भन्छन्, ‘टिम सन्तुलित छ । तुलनात्मक हिसाबले हेर्ने हो भने तीव्र गतिको बलिङ हाम्रो बलियो पक्ष हो, तर तर ब्याटिङ स्किल पनि राम्रो छ । यसरी हेर्दा सुधार्नु पर्ने पक्ष फिल्डिङ हो ।’ लामो बन्द प्रशिक्षण हुँदा हरेकले आफूलाई सुधार्दै लगेको प्रशिक्षक टमटाको भनाइ छ ।
सिनियर टिममा खेलिसकेका देव खनाल र गुल्सन झा पनि यो टोलीमा छन् । उनीहरु पनि पटक यू–१९ विश्वकप २०२४ खेल्नेमा विश्वस्त देखिन्छन् ।
देवले माथिल्लो क्रमको ब्याटिङ सम्हाल्ने जिम्मा पाउनेछन् । भने गुल्सनको जिम्मामा बलिङ र तल्लो क्रमको ब्याटिङ हुनेछ ।
राष्ट्रिय टिमको समेत अनुभव लिइसकेका यी दुई खेलाडीको भूमिकाले यो टिम निकै बलियो हुनेछ ।
प्रशिक्षक टमटा पनि यी दुईबाट निकै अपेक्षा राख्छन् । यी दुई खेलाडी पनि टिममा सिनियर खेलाडीको रुपमा आफ्नो जिम्मेवारीमा धेरै रहेको बताउँछन् ।
पछिल्लो समय नेपालले देव खनालको कप्तानीमा यू–१९ को छनोट खेलेको थियो । यस पटक भने टिमको कप्तानको टुङ्गो लागि सकेको छैन ।
नेपालको तीव्र गतिको बलिङ सम्हाल्न राष्टिय प्रतियोगितामा अनुभव लिइसकेका हेमन्त धामी, दुर्गेश गुप्ता र गुलसन रहनेछन्, भने स्पिनमा मिलन बोहरा र दिपेश कँडेल छन् । अफस्पिनमा गण्डकीका सुवास भण्डारी लगायत २ देखि ३ जना छन् ।
ओपनिङमा एकदिवसीयमा टिकेर खेल्ने ब्याटर हुन अर्जुन कुमाल त्यसबाहेक देव आफैं पनि ओपनिङ अर्डरको ब्याटिङ सम्हाल्ने जिम्मेवारीमा रहनेछन् ।
नेपालका लागि खेलिसकेका तथा पछिल्लो पटक उदयीमान खेलाडीका रुपमा रहेका देव भन्छन्, ‘हाम्रो मुख्य लक्ष्य नै २०२४ को विश्वकप खेल्ने हो । टिम पनि राम्रो छ । हामी प्रोसेसमा अगाडि बढेका छौं । समय पनि छ । आशा छ हामी राम्रो क्रिकेट खेलेर जितेर आउनेछौं ।’
उनले नेपालको ब्याटिङको जिम्मा हुनेछ । सिनियर खेलाडीको रुपमा अन्य जुनियरलाई सम्हाल्ने मौका पनि हुनेछ ।
त्यस्तै नेपालको लागि गुल्सन अलराउण्डरको रुपमा प्रदर्शन गर्न सक्ने खेलाडी हुन् । उनले पछिल्लो समय तल्लो क्रमको ब्याटिङमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । साथै तीव्र गतिको बलिङमा पनि उनको भूमिका टिमलाई विकेट दिलाउने हुनेछ ।
उनी भन्छन्, ‘सकेसम्म आफ्नो वेष्ट दिएर टिमलाई जिताउने प्रयास गर्नेछु ।’
उनी पनि टिमले विश्वकप खेल्नेमा विश्वस्त देखिन्छन्, ‘टिम राम्रो छ । म र देव सिनियर खेलाडी भएकाले हामीमा बढी जिम्मेवारी हुनेछ । हाम्रो प्रयास २०२४ को यू–१९ विश्वकप खेल्ने रहनेछ ।
नेपालले आगामाी मार्च १ बाट यूएईमा ५ प्रतिस्पर्धी सहित एसियन छनोटको खेल खेल्ने तालिका सार्वजनिक भइसकेको छ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
बाजार में मैकबुक एयर 2020 और मैकबुक एयर 2022 दोनों मॉडल मौजूद हैं. ऐसे में आप मैकबुक एयर खरीदने की योजना बना रहें हैं और इस बात को लेकर कंफ्यूज हैं कि आपके लिए कौन सा डिवाइस बेहतर है, तो आज हम आपको दोनों डिवाइसों के बारे में बताने जा रहे हैं.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/OKsBnSY
१३ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाई गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ ।
शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् । खाजा समयअघि नै बहस सकिने भएकाले शुक्रबार नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ । त्यसो नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउछ ।
सर्वोच्च अदालतले रिट निवेदकहरुले उठाएको प्रश्न, त्यसमा परेको लिखित जवाफ, कानून व्यवसायीहरुले पेस गरेको बहसनोट, अनि सुनुवाईका क्रममा उठेका महत्वपूर्ण सवालहरुको आधारमा विवाद निरुपण गर्छ ।
अहिलेसम्म उठेका सवाल र बहस हेर्दा लामिछानेको नागरिकता पुन: प्राप्तिको विवादमा केही प्रश्नहरु महत्वका साथ उठेको देखिन्छ ।
पहिलो प्रश्न, आफूखुसी विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता स्वतः ‘कायम नरहने’ हुन्छ कि राज्यका निकायलाई जानकारी हुनुपर्छ ?
गृह मन्त्रालयले सर्वोच्च अदालतमा पठाएको जवाफमा कुनै पनि नागरिकले विदेशी नागरिकता लिएमा स्वतः राज्यका निकायलाई जानकारी नहुने र जानकारी भएपछि मात्रै नागरिकता बदर हुने जिकिर गरेका छन् । त्यसको प्रतिवादमा रिट निवेदकहरुले बहसनोट पेस गर्दै नागरिकता ऐन, २०६३ को दफा (१०) अनुसार, ‘कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम रहने छैन’ भन्ने प्रावधानवारे ध्यानाकर्षण गराएका छन् । सर्वोच्च अदालतले यो सवाललाई सम्बोधन गर्नुपछि मात्रै आफ्नो निष्कर्ष दिन सहज हुने देखिन्छ ।
दोस्रो प्रश्न, नागरिकता ऐनको दफा (१०) मा रहेको नेपाली नागरिकता ‘कायम नरहने’ र ‘त्याग्ने’ अवस्था उस्तैउस्तै हो कि फरक छ ?
सर्वोच्च अदालत पुगेका निवेदक कानून व्यवसायीहरुको दाबीमा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता ‘कायम नरहने’ भएकाले लामिछानेले ५० सालमा लिएको नेपाली नागरिकताको कुनै अस्थित्व छैन । उनीहरुले विदेशी नागरिकता लिनुलाई नेपाली नागरिकता त्यागे बराबर हुने दाबी गरेका छन् ।
तर लामिछानेका कानून व्यवसायीहरुको दाबीमा, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएमा (दफा १०-२)को प्रक्रियामा गएमा मात्रै फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्ने हो ।
लामिछानेले नेपाली नागरिकता नत्यागेको भन्दै उनका कानून व्यवसायीहरुले फेरि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनु नपर्ने दलिल पेस गरेका छन् ।
लामिछानेको नागरिकतावारे निर्णय लिदा संवैधानिक इजलासले यो प्रश्नमाथि पनि सम्बोधन गर्ने देखिन्छ ।
तेस्रो प्रश्न, विदेशको नागरिकता त्यागेको जानकारी सम्बन्धित अधिकारीलाई गराउनुपर्ने हो कि अरु निकायमा पठाए पनि हुन्छ ?
रिट निवेदनमा लामिछानेले जिल्ला प्रशासन कार्यालय, काठमाडौं (सम्बन्धित प्रमुख जिल्ला अधिकारी)समक्ष तोकिएको ढाँचामा निस्सा (निवेदन) दर्ता नगराएकाले लामिछानेको नागरिकता स्वतः कायम रहदैन भन्ने दाबी गरेका छन् । निवेदकहरुले अमेरिकी नागरिकता त्यागेपछिको निस्सा नभई त्याग्ने क्रममा दिएको निवेदन नै अध्यागमनमा पेश गरिएको दावी गरेका छन् ।
त्यसको प्रतिवादमा लामिछाने पक्षधर कानून व्यवसायीहरुले अमेरिकी दूतावासबाट पेश गरेको कागजात अध्यागमन, गृह मन्त्रालय, सञ्चार मन्त्रालय हुँदै प्रेस काउन्सिलमा समेत त्यसको विवरण पेश भएकाले राज्यका निकायहरुले स्वतः जानकारीमा लिनुपर्ने दाबी गरेका छन् । यी निकायसमेत राज्यकै निकाय भएकाले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको स्वतः थाह हुने र पुरानो नेपाली नागरिकता स्वतः कायम हुने उनीहरुको दाबी छ ।
चौथो प्रश्न, ‘कायम नभएको’ नागरिकताले वैधता पाउछ कि पाउँदैन ?
बुधबारको सुनुवाइमा न्यायाधीशहरुले नागरिक, नागरिकको पहिचान र नागरिकताको प्रमाणपत्रको सम्बन्धमा प्रश्न गरेका थिए । सुनुवाई सुरु हुनासाथ नै न्यायाधीश अनिलकुमार सिन्हाले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई संविधानको धारा ११ उदृत गर्दै सोधेका थिए, ‘नेपालको नागरिकता प्राप्त गर्नु र नागरिकता प्राप्त गर्न योग्य व्यक्ति हुनु एउटै हो कि फरक हो ?
बहसका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले पनि सहन्यायाधीवक्ता सञ्जिवराज रेग्मीलाई सोधेका थिए, ‘नेपाली नागरिक नै भए पनि नागरिकताको प्रमाणपत्र बेगर प्रतिनिधि सभा निर्वाचनको मनोनयनपत्र दर्ता हुन्छ कि हुँदैन ?’
गृहमन्त्री लामिछानेको साथमा रहेको र २०५० सालमा जारी भएको नागरिकताको पुरानो प्रमाणपत्रले मान्यता पाउँछ कि पाउँदैन भन्ने सवालमा यी प्रश्न केन्द्रित भएका हुन् । रिट निवेदकहरुको दाबीमा, लामिछानेले अमेरिकाको नागरिकता लिंदा नै नेपाली नागरिकताको प्रमाणपत्र ‘कायम नरहेका’ले पुरानो नागरिकताको प्रमाणपत्रको कुनै मान्यता हुँदैन ।
तर लामिछानेका कानून व्यवसायीहरुले अमेरिकाको नागरिकता त्याग्नासाथ पुरानो नेपाली नागरिकताको प्रमाणपत्रको ‘कायम नरहने’ अवस्था हट्ने र फेरि सक्रिय हुने जिकिर गरिरहे । वरिष्ठ अधिवक्ता सुशील पन्तले बहसमा भनेका थिए, ‘नागरिकता नम्बर उही, नाम थर सारा उही, सबै विवरण उही भएपछि पुरानै नागरिकता फेरि जाग्ने हुन्छ, नागरिकता नत्यागेकाले फेरि आवेदन दिएर लिइरहनुपर्ने होइन ।’
पाँचौं प्रश्न, विदेशको नागरिकता त्याग्नासाथ नेपालीहरुको पुरानो नागरिकता स्वतः जाग्छ कि राज्यका निकायको कुनै भूमिका रहन्छ ?
बहसनोट र सुनुवाइका क्रममा यही प्रश्नलाई केन्द्रमा राखेर दुवै पक्षका कानून व्यवसायीहरुले ‘डिल’ गरिरहेका छन् । गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुका दाबीमा उनले अमेरिकाको नागरिकता त्यागेपछि स्वतः पुरानो नेपाली नागरिकता सक्रिय हुन्छ, त्यसक्रममा राज्यका कुनै पनि निकायको भूमिका रहँदैन ।
तर रिट निवेदकहरुले कुनै पनि योग्य व्यक्तिलाई नागरिकता दिँदा राज्यको भूमिका हुने दाबी गरिरहेका छन् । उनीहरुको जिकिर अनुसार, नागरिकता त्याग्नु र कायम नरहनुले एउटै अवस्थामा पुग्ने भएकाले विदेशको नागरिकता लिनासाथ नेपाली नागरिकता कायम रहँदैन । र, फेरि नेपाली नागरिकता पाउन सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्छ । पाँच जना न्यायाधीशबाट यही प्रश्नमाथि हुने व्याख्याले नै लामिछानेको नागरिकता विवाद निष्कर्षमा पुग्नेछ ।
अन्त्यमा, कस्तो निर्णय आए के हुन्छ ?
सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको भए पनि नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया पूरा नगरेको देख्यो र उनको पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता दिएन भने उनले प्रक्रिया पुर्याएर नागरिकता लिनुपर्ने हुन्छ ।
त्यसो हुँदा प्रतिनिधि सभाको उम्मेदवार हुँदा उनले पेस गरेको पुरानो नागरिकताले मान्यता पाउँदैन र उनको सांसद पद खारेज हुन्छ ।
नेपालको संविधानमा सांसद नभएको व्यक्ति पनि मन्त्री हुन पाउँछ, तर लामिछानेको हकमा नागरिकता नै नलिएको देखिएकाले उनको गृहमन्त्रीको पदसमेत नरहने देखिन्छ ।
अर्कोतर्फ सर्वोच्च अदालतले लामिछानेको पुरानै नागरिकताको प्रमाणपत्रलाई कानूनसम्मत ठहर्यायो भने उनको सांसद र मन्त्री पद यथावत रहन्छ ।
यसअघि निर्वाचन अधिकृत निर्वाचन आयोगले गरेका निर्णयहरु पनि स्वतः सदर हुन्छन् । साथै उनको नागरिकताको प्रमाणपत्रमाथिको छानबिनसमेत औचित्यहीन ठहरिन्छ ।
WhatsApp की तरह फेसबुक मैसेंजर में भी चैट्स एंड-टू-एंड एन्क्रिप्टेड होते हैं. लेकिन, ये बाय डिफॉल्ट नहीं होते. ये फीचर काफी समय से मैसेंजर में मौजूद है. इस फीचर को ऑन करने पर मैसेंजर के चैट्स एन्क्रिप्ट हो जाते हैं. यानी बात करने वाले दो लोगों के अलावा चैट्स को फेसबुक भी नहीं पढ़ सकता.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/MwpjoNn
१३ माघ, काठमाडौं । आज बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ ।
अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछभने राति प्रदेश १ मा मात्रै बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुने छ भने रातिदेखि आइतबारसम्म कर्णाली< सुदूरपश्चिम गण्डकी प्रदेशमा बदली हुनेछ ।
१२ माघ, काठमाडौं । बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओसमान डेम्बेलाको निर्णायक गोलमा बुधबार राति बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोनालाई जिताउन फ्रेन्च फरवार्ड डेम्बेलेले खेलको ५२औं मिनेटमा गोल गरे ।
त्यसअघि पहिलो हाफको अन्त्तयतिर ब्राइज मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड दश खेलाडीमा समेटिएको थियो ।
यस सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने २०२३ को सुरुमै रियल मड्रिडलाई हराएर स्पानिस सुपर कपको उपाधि जितिसकेको छ ।
यस्तै अर्को खेलमा सेभियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै ओसासुना पनि कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा एजेक्वेएल एखिभालले ७१औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । तर युसु एन नेस्रीले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा पुर्याए ।
बार्सिलोनाबाट लोनमा गएका विंगर अब्डे एज्जालजोउलीले ९९औं मिनेटमा निर्णायक गोल गर्दै ओसासुनालाई जिताए ।
Ubon ने भारत में अपना एक नया प्रोडक्ट लॉन्च किया है. जोकि एक स्मार्ट लैम्प है. इस स्मार्ट लैम्प से एक साथ कई काम किए जा सकते हैं. ये किसी के लिए एक अच्छा गिफ्ट भी हो सकता है.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/HDWCYuO
१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र छलफल खुला गरेको छ । गत ९ माघमा आफ्नै निवास, धुम्बाराहीमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेर राष्ट्रपति पदको उम्मेदवारबारे छलफल खुला गरेका हुन् ।
जसरी पनि राष्ट्रपति पद लिनुपर्ने तर्क गर्दै देउवाले त्यसदिन सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका थिए । त्यो बैठकपछि सिटौलाले पार्टीभित्र र बाहिर दौडधुप बढाएको कांग्रेस नेताहरू बताउँछन् ।
पौडेल पनि दलहरुबीच राष्ट्रिय सहमति जुट्नुपर्ने वकालतसहित राष्ट्रपति बन्ने दौडमै छन् । ४ मंसिरको आमचुनाव अघि नै पौडेलले राष्ट्रपति पदमा दावी गरेका थिए । त्यसबेला कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन भएकाले पौडेलको आकांक्षालाई चासोका साथ हेरिएको थियो ।
किनकि तीनै तहको चुनावमा साझेदारी गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति दावी नगर्ने प्रष्ट संकेत दिएको थियो । तर चुनाव सकिएपछि गठबन्धन फेर्दै नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । एमाले गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री हुँदा कांग्रेस भने सबैतिर अल्पमतमा परेको छ ।
तर संसदीय अल्पमतका कारणले नजित्ने पक्का रहेको राष्ट्रपति पदको उम्मेदवार बन्न पौडेल र सिटौलाले गरेको दावीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जबकी प्रचण्ड प्रधानमन्त्री बनेको राजनीतिक समीकरणमा कांग्रेस नभएर राष्ट्रिय राजनीतिको मुख्य चासो एमालेमा केन्द्रीत हुनुपर्ने हो । अझ राष्ट्रपतिको उम्मेदवारबारे हुने निर्णयमा एमालेको निर्णय महत्वपूर्ण बन्नुपर्ने हो ।
किनकि १० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय हुँदा नै राष्ट्रपति पद एमालेले पाउने सहमति जुटेको छ । त्यसैले सत्ता साझेदार दलहरू इमान्दार रहँदासम्म एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने लगभग पक्का जस्तै छ । सत्तारुढकै सहमतिअनुसार, १६७ मत पाएर सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा १६५ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का इन्दिरा रानामगर निर्वाचित भइसकेकाले पनि राष्ट्रपतिबारे अन्य दलबाट हुने उम्मेदवारको ठूलो अर्थ छैन ।
तर कांग्रेस नेताहरुले आन्तरिक छलफलसँगै सार्वजनिक रुपमै राष्ट्रपति पद आफूले पाउने बताइरहेका छन् । सभामुखको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको प्रस्तावक बसेका पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा आफ्नो उम्मेदवारले जित्ने बताएका थिए । त्यसअघि डा.शेखर कोइरालाले विराटनगर पुगेर राष्ट्रपति पदलाई हेरेरै प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए ।
शर्मा र कोइराला जसरी सार्वजनिक टिप्पणी नगरेपनि सभापति देउवाले पार्टी बैठकमा आफ्नै उम्मेदवार राष्ट्रपति हुने बताउने गरेको कांग्रेस नेताहरु बताउँछन् । संसदीय समीकरण सत्ता साझेदारहरुकै पक्षमा भएपनि कांग्रेस नेताहरुले राष्ट्रपति पाउने विश्वास देखाउनुमा भने २६ पुसमा प्रचण्डलाई दिएको विश्वासको मत कारण हो ।
विश्वासको मत पाएको एक सातापछि, ३ माघमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे छलफल गर्न सर्वदलीय बैठक राखेकाले पनि कांग्रेस नेताहरुको त्यस्ताो विश्वास कायम रहेको रहेको हुनसक्छ । आफ्नै माग अनुसार, प्रचण्डले सर्वदलीय बैठक बोलाएको कांग्रेस नेतृत्वको बुझाइ छ ।
प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारी, प्रचण्डले एकता र कार्यगत एकताको पहल भइरहेका एकीकृत समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग त राष्ट्रपतिको उम्मेदवारकै संकेत समेत दिने गरेका छन्
यसबाहेक प्रधानमन्त्री प्रचण्डको सार्वजनिक टिप्पणीमा अलमल देखिनुले पनि भावी राष्ट्रपति कुन दलबाट हुन्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । ३ माघमा बसेको कांग्रेस सहितको बैठकबाट बाहिरिने क्रममा समेत प्रचण्डले आफू राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने बताएका थिए । जबकी एमाले अध्यक्ष केपी शर्मा ओली भने भावी राष्ट्रपतिबारे मात्रै नभएर राजनीतिक कोर्समा पनि प्रष्ट सन्देश दिन खोजिरहेका छन् ।
२६ पुसमा रोष्ट्रमबाटै ओलीले विश्वासको मतको बदला कांग्रेसले कुनैपनि पदमा भागबण्डा नपाउने संकेत दिएका थिए । यो समीकरण पाँच वर्षै टिक्ने निष्कर्षसहित ओली सरकारको बचाऊमा लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई कांग्रेसले समर्थन गरेमा राष्ट्रिय सहमति जुट्ने ओलीको प्रष्ट अडान छ ।
‘राष्ट्रपतिबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेकै छ । एमालेकै उम्मेदवार राष्ट्रपति हुनेछन्’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । माओवादी केन्द्रका नेताहरुले पनि सत्तारुढबाट एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने सार्वजनिक टिप्पणी गरिरहेका छन् ।
प्रचण्डले देखेको अवसर
एमालेका एक पदाधिकारीका अनुसार, सार्वजनिक रुपमा राष्ट्रिय सहमति भनिरहेका प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने बताउने गरेका छन् । ‘प्रचण्डले सहमतिमै अगाडि बढ्न तयार छु भन्ने गर्नुभएको छ’, ती पदाधिकारी भन्छन् । तर सार्वजनिक रुपमा एमाले उम्मेदवार राष्ट्रपति बन्छन् भन्न नसकेकोमा ती पदाधिकारी पनि शंका गर्छन् ।
‘प्रधानमन्त्रीले किन सहमतिबारे बोल्न सक्नु भइरहेको छैन, यसले केही आशंका त सिर्जना गरेकै छ’, उनी भन्छन् । हुनपनि प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरुबारे उति धेरै छलफल हुन सकिरहेको देखिदैन । जबकी एमाले वृत्तमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेताहरु गुरु बरालदेखि डोरमणि पौडेललाई समेत सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
तर यी नेताहरु जत्तिकै प्रचार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतको नाममा समेत छलफल भइरहेको छ । केही समय अगाडि त राजनीतिक पार्टी बाहिरबाट राष्ट्रपतिको खोजी भइरहेको चर्चा समेत चलेको थियो । एक नेता, प्रधानमन्त्री प्रचण्ड प्रष्ट नहुँदा यस्ता आशंका र गतिविधिले ठाउँ पाएको बताउँछन् ।
प्रचण्डले प्रष्ट निर्णय नलिनुमा चाहिं प्रतिनिधिसभाको असाधरण विश्वासको मत पाएपछि बनेको राजनीतिक बातावरण रहेको ती नेता बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहित प्रतिनिधिसभाका दुई दल (नेमकिपा र जनमोर्चा) बाहेक सबै दल र स्वतन्त्र गरी २६८ सांसदले विश्वासको मत दिएका थिए । जबकी ९ पुससम्म आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकाल छोड्न समेत कांग्रेस तयार थिएन । प्रचण्डले गठबन्धन नै बदल्दा प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल भएर पनि कांग्रेस विपक्षी बेञ्चमा धकेलियो ।
अकस्मात विकसित नयाँ राजनीतिक समीकरणबाट पुगेको क्षति न्यूनिकरण गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर बदलामा राष्ट्रपतिमा समर्थन माग्ने र आवश्यक पर्दा सत्तासम्म पुग्ने नीति लियो । उच्च स्रोतका अनुसार, कांग्रेसमा देखिएको यस्तो सत्ता मोहमाथि टेकेर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहनामा देखिएका छन् ।
‘अहिले प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री सुनिश्चित गर्ने चाहनामा देखिन्छन् । त्यस्तो नहुँदो त सरकार चलाउन आवश्यक बहुमतका निम्ति कांग्रेस मनाइनरहन जरुरी नै होइन’, ती स्रोत भन्छन् । एमालेसँग प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । ५ माघमा सभामुख निर्वाचित देवराज घिमिरेको पद प्रधानमन्त्रीसँग आलोपालोमा सकिनेछ ।
तर जसरी पनि राष्ट्रपति लिने कांग्रेस नेतृत्वको चाहनाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको अवसर बन्न अनुकुल समीकरण हुने आधार समेत तयार भएको देखिन्छ । माओवादी केन्द्रका कतिपय नेता, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेकै अवस्थामा पनि सरकारबाट एमाले नबाहिरिने तर्क गर्छन् । ‘एमालेसँग बिकल्प के छ त ? यो गठबन्धन भत्कनु भनेको फेरि १० पुसकै अवस्थामा पुग्नु हो’, एक नेता भन्छन् ।
ती स्रोतका अनुसार, प्रचण्ड एमालेसँगै पाँच वर्ष प्रधानमन्त्री बन्ने बिकल्प खुला राख्न चाहन्छन् । कांग्रेससँगको सहकार्यले राम्रो चुनावी नतिजा यसपटक पनि नआएकाले पनि प्रचण्डको रोजाइ एमाले नै हो ।
यसबाहेक ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपतिको चुनाव अगाडि नै पाँचै वर्ष प्रधानमन्त्रीको सुनिश्चितता गर्न खोजिरहेका छन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने भयले पनि प्रचण्ड एमालेसँग थप सुनिश्चितता खोजिरहेका छन् । संवैधानिक निकायमा ओलीले सिफारिस र नियुक्त गरेका ५२ जनाको पद जोगिने, रवि लामिछानेले लिएको उपसभामुख र गृहमन्त्रीको साथ पाउने अनि राष्ट्रपति समेत ओली अनुकुल हुँदा प्रचण्डले आफूलाई असुरक्षित असुरक्षित महशुस गरेको अनुमान लगाउन सकिन्छ ।
त्यसैले प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारी, प्रचण्डले एकता र कार्यगत एकताको पहल भइरहेका एकीकृत समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग त राष्ट्रपतिको उम्मेदवारकै संकेत समेत दिने गरेका छन् ।
एमाले प्रचार विभाग उपप्रमुख रिजाल भने अहिले जुटेको सहमतिमा थप पुनरावलोकन गरेर भएपनि सत्ता गठबन्धन जोगिने बताउँछन् । ‘अहिले केपी ओली र प्रचण्ड कमरेड एकअर्कामा लचिलो बन्नुपर्छ भन्ने बुझाइमा देखिनु हुन्छ’ रिजाल भन्छन्, ‘पहिले विश्वासको संकटकै कारणले बिग्रिएको सम्बन्ध विश्वासकै वातावरण बनाएर जोड्नेतिर लाग्नु भएको छ ।’
iOS Update: ऐपल ने अपने आईफोन यूज़र्स के लिए नया iOS 16.3 अपडेट पेश किया है. इस नए अपडेट के साथ आईफोन यूज़र्स को कई बेहतरीन फीचर्स मिलेंगे. जानें आईफोन को कौन से फीचर्स मिलेंगे...
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/u6GhvVL
१२ माघ,काठमाडौं । आज पनि केही भू-भागमा मौसम बदली भएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
अगर आप ऑनलाइन प्लेटफॉर्म्स पर मौजूद हैं. तो बॉट्स के बारे में जानते ही होंगे. अगर आप नहीं जानते हैं हम बता दें कि बॉट्स यानी ऐसे सॉफ्टवेयर ऐप्लिकेशन जो इंटरनेट पर ऑटोमेटेड टास्क रन करते हैं. इन्हें एक तरह से आप मशीन कह सकते हैं. इन्हीं के जरिए फेक अकाउंट सोशल मीडिया में बनाए जाते हैं. अब यहां जानें Sexbots के बारे में.
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/uYQbVdX
११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्र मैला केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितहरुको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् ।
तराईका जिल्लामा समेत धक्का महसुस भएको भुकम्पले बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री रावलले अझै भूकम्पका पराकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीकाअनुसार हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क नहुँदा हिमाली गाउँपालिका र गौमुल गाउँपालिकाका कतिपय वडाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।
वॉट्सऐप पर बहुत खास फीचर आने वाला है, जिससे यूज़र्स की एक परेशानी दूर हो जाएगी. नया फीचर फोटो शेयरिंग से जुड़ा हुआ है. जानें ये नया फीचर आपके काम कैसे आएगा....
from Latest News मोबाइल-टेक News18 हिंदी https://ift.tt/4twfr1v
११ माघ, वालिङ । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ ।
स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए ।
बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् ।
स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए ।
सडक छेउछाउका बासिन्दा पटक-पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए ।
‘भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौँ ।’
सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए ।
‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’
सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो ।
सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करिब ३२ किलोमिटर छोटिने दाबी छ ।
घुमाउँरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ .
हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ ।
भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७.२ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ ।
यो सडक हाल ६.८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १.५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट तीन सय २५, स्ल्याब कल्भर्ट चार सय ३३ र आर्क कल्भर्ट १६ वटा रहने छन् । पुल ३७ वटा निर्माण गरिने प्रस्तावित गरिएको छ ।
विस्तारित सडकखण्डमध्ये ४७.१ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ सामुदायिक वन र एक धार्मिक वन पर्दछ ।
सडक विस्तारका क्रममा दायाँबायाँ गरी दुई हजार आठ सय ८६ वटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।