Tuesday, January 17, 2023

मौसम बदली : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना

४ माघ, काठमाडौं ।आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत  पहाडी भू-भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।

यसपटक हिउँद सुरु भएदेखि पानी पर्न सकेको छैन । आकाशे पानीको भरमा खेती गर्ने पहाडी र हिमाली क्षेत्रका किसानले वर्षा पर्खिरहेका छन् ।



from Online Khabar https://ift.tt/7f3FJs5

No comments:

Post a Comment