Monday, January 23, 2023

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते

१० माघ, काठमाडौं । अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ।

गोली लागेका विद्यार्थीलाई अस्पताल पुर्‍याइए पनि उनीहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो ।

गोलीकाण्डको करिब २० मिनेट पछि प्रहरी अधिकारीहरूले करिब दुई माईल टाढा शंकास्पद कार रोकेर तीन संदिग्धहरूलाई हिरासतमा लिएका छन् । सोही कारबाट एकजना भने भागेका छन् ।



from Online Khabar https://ift.tt/YVUxieL

No comments:

Post a Comment