Wednesday, January 11, 2023

गढवामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

२८ पुस, दाङ । दाङ देउखुरीको गढवामा पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

सरस्वती उच्चमावि गोबरडिहाको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बुधबार उदघाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।

खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।



from Online Khabar https://ift.tt/kls48TC

No comments:

Post a Comment