Friday, January 20, 2023

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छ : गृहमन्त्री लामिछाने

७ माघ,  काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् ।

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले भनेका छन्,  ‘पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’

उनले भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको बताएँदै जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् । ‘धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ !’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी -१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए ।

संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

 



from Online Khabar https://ift.tt/OLXaA8K

No comments:

Post a Comment