Thursday, January 26, 2023

सीएनआई कोसी एक्स्पोको तयारी तीव्र

१३ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ को तयारी तीव्र बनाएको छ ।

माघ १९ गतेबाट सञ्चालन हुने एक्स्पोको तयारी तीव्र बनाएको हो । सीएनआईले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ३५० वटा स्टलहरु रहनेछन् ।

विराटनगर महानगरपालिका २ मा एक सातासम्म आयोजना हुने एक्स्पोमा सगरमाथादेखि नेपालकै होचो स्थान केचना कवलको आकृति निर्माण गरिनेछ ।

प्रदेश १ को भौगोलिक र साँस्कृतिक अवस्थालाई एक्स्पोका माध्यमबाट देखाउन खोजिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पो स्थलमा आवश्यक संरचना निर्माण भइरहेको उनले बताए ।

एक्स्पोमा अवलोकनकर्ताहरुको मनोरञ्जनका लागि कोसी नदीमाथिको सेल्फी पुल, थारु र झाँगडको परम्परागत घरहरु जस्ता संरचना पनि निर्माण गर्ने तयारी छ ।

यसअघि गत मंसिर २९ गतेदेखि १० दिनसम्म उद्योग संगठन मोरङले विराट एक्स्पो आयोजना गरेको थियो । लगतै नेपाल उद्योग परिसंघले एक्स्पो आयोजना गर्न लागेको हो ।



from Online Khabar https://ift.tt/o2LZEwk

No comments:

Post a Comment