Tuesday, April 30, 2024

सप्तरीमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट

१९ वैशाख, जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।

साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको उनले बताए ।

कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।



from Online Khabar https://ift.tt/wEh3gba

Monday, April 29, 2024

६ संकेतले बताउँछन्, हाम्रो मन शुद्धीकरण गर्न जरुरी छ

तन अर्थात् शरीरको बारेमा त हामी धेरै हेक्का राख्छौं । कुनै कुरा अपच भयो, विषाक्त भयो भने शरीरलाई शुद्धीकरण गर्नतर्फ लाग्छौं । उपवास बसेर हुन्छ वा खानपानमा सतर्कता अपनाएर शरीरमा रहेको विषाक्त पदार्थ हटाउने उपाय खोज्छौं । त्यसबाहेक अरु थुप्रै विधि छन्, जसले शरीरलाई शुद्धीकरण गर्छ ।

तर मनको शुद्धीकरण ?

मन पनि बेलाबखत विषाक्त हुनपुग्छ । चिन्ता, बेचैनी, उदासी, आवेग यसैको नतिजा हो । मनमा यसबेला अनेक खराब विचार आउने गर्छ । तनको रोगभन्दा कम पीडादायी हुँदैन मनको रोग पनि । त्यसैले जब मनमा नकारात्मक कुरा हाबी हुन्छ, तब बुझ्नुपर्छ कि मन शुद्धीकरण गर्ने बेला भयो ।

यी ६ लक्षण देखापरेमा मानसिक शुद्धीकरणको आवश्यक छ भनेर बुझ्नुपर्छ ।

बारम्बार नकारात्मक सोच आएमा

कहिलेकाहीं मनमा धेरै नराम्रो कुरा मात्र खेल्न थाल्छ । उत्साह र आशा हराउँछ । ऊर्जा र जाँगर हराउँछ । इर्ष्या, घृणा र डर बढ्न थाल्छ । यस्तो स्थिति शारीरिक रोग वा कारणले मात्र नहुन सक्छ । बरु मानसिक कारणले हुनसक्छ । त्यसैले यस्तो अवस्थामा मनको शुद्धीकरण गर्न जरुरी छ ।

अति रिस उठ्न थालेमा

रिस उठ्नु आफैंमा समस्या होइन । यो हरेक प्राणीको प्राकृतिक स्वभाव हो । कुनै पनि कुरा चित्त नबुझ्दा हामीलाई रिस उठ्छ । रिसलाई मान्छेले आ–आफ्नो ढंगले व्यक्त गर्छन् वा प्रतिक्रिया जनाउँछन् ।

तर कारणबिना नै रिस उठ्न थाल्यो वा सानोतिनो निहुँमा झनक्क रिस उठ्न थाल्यो भने यो सामान्य होइन । यस्तो अवस्थामा हामीलाई धेरैजसो रिस उठिरहन्छ । त्यति मात्र होइन हाम्रो अवचेन मनले पनि रिस उठ्ने कारण खोजिरहेको हुन्छ । अर्थात् सामान्य वातारण छ भने पनि हामी केही न केही निहुँ निकालेर रिस व्यक्त गर्न थाल्छौं । यसले के बताउँछ भने हाम्रो मनलाई शुद्धीकरण गर्न जरुरी छ ।

हीनताबोध वा ग्लानि

कतिपय गल्ती, कमजोरीले गर्दा हाम्रो मनमा हीनताबोध हुन्छ । यतिबेला हामी आफूले आफैंलाई कमजोर र काम नगाल्ने सोचिरहेका हुन्छौं । अरुको सामुन्ने निर्धक्क प्रस्तुत हुन सकिरहेका हुँदैनौं । जस्तो परीक्षामा असफल भइयो, कुनै कुरामा बेइज्जती भयो भने हाम्रो मनलाई त्यसले विक्षिप्त बनाउँछ र ग्लानिभाव पैदा गर्छ । त्यस्तै कतिपय अपराध कर्मले पनि हामीलाई ग्लानिको स्थितिमा पुर्‍याउँछ । जबकि यो कुनै समस्याको समाधान होइन । ग्लानिभावले हामीलाई भित्रभित्रै नराम्ररी पिरोल्ने गर्छ । त्यसैले जतिसक्दो चाँडो यस्तो भावबाट बाहिर आउनुपर्छ । यसका लागि मनको शुद्धीकरण जरुरी हुन्छ ।

मानिसहरुसँग घुलमिल गर्नमा सकिएन भने

कतिपय अवस्थामा हामीलाई अरु मान्छेको सामुन्ने उभिन वा प्रस्तुत हुन गाह्रो हुन्छ । छरछिमेक, साथीभाइ, सहकर्मीको भीडमा जान असहज हुन थाल्छ । त्यति मात्र होइन, आफ्नै नातागोता, आफन्तकहाँ पनि हामीले सहज महसुस गर्न छाड्छौं । यसले के संकेत गर्छ भने भावनात्मक रुपमा हामी निकै कमजोर भइरहेका छौं । अतः यसका लागि मनको शुद्धीकरण जरुरी छ ।

थकान महसुस हुनु

सबैलाई काम हुने बेला कामको तनावले थकान महसुस हुन्छ । तर कुनै काम नै नगरेको अवस्थामा पनि थकान महसुस हुन्छ । हरेक समय थकान महसुस हुन्छ भने आफ्नो दिमागको ध्यान दिनुपर्ने हुन्छ । किनभने दिमागले धेरै सोच्नाले पनि दिमाग थाक्छ । जसकारण शारीरिक रुपमा पनि थकित महसुस हुन्छ । यस्तो अवस्थामा हामीलाई कुनै पनि काममा मन नलाग्ने र हरेक समयमा चिन्तित हुने गर्छ ।

मुड स्वीङ हुनु

यदि तपाईंको बारम्बार मुड स्वीङ हुने गर्छ भने यसलाई सामान्य रुपमा वा हेल्चेक्राइँ गर्नुहुँदैन । यस्तो अवस्थामा कहिले एक्कासि एकदम खुसी हुने र कहिले एकदम दु:खी हुन्छन् । मुड स्वीङको अवस्थामा के आफैं पनि थाहा हुँदैन । कतिपय अवस्थामा के कुराले खुसी दिन्छ र के कुराले दु:खी गराउँछ व्यक्ति आफैंलाई पनि थाहा पाउन सक्दैन । यस्तो अवस्थामा  आफ्नो मानसिक शुद्धीकरण गर्न आवश्यक हुन्छ । किनभने मुड स्वीङ मानसिक तनावको कारणले पनि हुन्छ ।

मनलाई कसरी शुद्धीकरण गर्ने ?

मनलाई हलुंगो बनाउने सहज उपाय भनेको आफ्नो सबैभन्दा नजिकको मान्छेसँग बातचित गर्ने हो । आफ्नो मनको कुरा गर्न सकिन्छ वा आफूलाई मनपर्ने कुनै प्रसंगमा बातचित गर्न सकिन्छ । अरुसँग घुलमिल हुन नसकेपछि कोही न कोही त यस्ता व्यक्ति हुन्छन्, जोसँग हामी मनको कुरा गर्न सक्छौं ।

यसैगरी मनलाई शुद्धीकरण गर्ने सहज विधि भनेको आफूलाई मनोरन्जनमा बढी संलग्न गराउनु हो । रमाइलो फिल्म हेरेर हुन्छ वा पुस्तक पढेर वा संगीत सुनेर, मनलाई नकारात्मक भावबाट बाहिर निकाल्न सकिन्छ ।

यस्तै घुमफिर पनि एउटा राम्रो काइदा हो । यदि मन एकदमै भारी भयो, उदासी बढ्यो, ग्लानिभाव पैदा भयो भने केही समयको विश्राम लिएर कतै घुमफिरमा निस्कन सकिन्छ ।

त्यससँगै प्राणायाम एउटा सर्वोत्तम विधि हुनसक्छ । गहिरो सास लिने, छाड्ने प्रक्रियाले पनि मनलाई हल्का बनाउँछ । योग, ध्यान, व्यायामको सोझो सम्बन्ध मस्तिष्क र मनसँग हुन्छ । यस्ता शारीरिक क्रियालाई समुचित ढंगले गर्दा मनको विकारहरु हट्छ ।



from Online Khabar https://ift.tt/3RUTAuo

धनगढीमा ४० लाख रुपैयाँको अवैध सामानसहित भारतीय पक्राउ

१८ वैशाख, धनगढी । धनगढीमा प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा प्रहरीले छापा हानेर सामान बरामद गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेको थियो । प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख ४ हजार रुपैयाँ भएको जनाएको छ ।

बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।



from Online Khabar https://ift.tt/8hJSia0

इलाम २ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत

१८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

 



from Online Khabar https://ift.tt/tfd4vMz

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो  । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए ।

प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

मन्त्रीसमेत बनेका पृथ्वीबहादुरको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भए ।

उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक/एक सिट थप्न सफल भएको छ ।

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन । तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्ति उत्साहित छ ।

 



from Online Khabar https://ift.tt/wMZRVWv

Sunday, April 28, 2024

सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमले पनि बढाए मत

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका (६ वडाबाहेक) को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।



from Online Khabar https://ift.tt/9DEChgW

वीरगञ्जमा गोली चल्यो, लाल मोहम्मद प्रकरणमा जोडिएका भारतीय नागरिक घाइते

१६ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् ।

घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् ।

३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।

आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली नेपाली नागरिकमाथि अज्ञात गिरोहले गोली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर प्रहरी अनुसन्धान अधिकांश घटनामा निष्कर्षसम्म पुगेको छैन । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाइ छ ।

मोहम्मद प्रकरणमा के हो भूमिका ?

गणेश कुमार समेत भनिने पासवान भारत, मोतिहारीस्थित रक्सौल थानाका स्थायी वासिन्दा हुन् । आन्दाजी ४१ वर्षका उनले मोहम्मद हत्यामा प्रयोग भएको हतियार व्यवस्थापन गरिदिएका थिए ।

रक्सौलबाट पासवानले पेस्तोल र त्यसमा लाग्ने गोली वीरगञ्जका २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई दिएर पठाएको थियो । उनीहरुले काठमाडौंमा आएर बब्लुले प्रयोग गरेका ‘दिनेश’ भनिने व्यक्तिलाई हतियार दिएका थिए । त्यसवापत बब्दुले उनीहरुलाई ४० हजार रुपैयाँ दिने बताएका थिए ।

हाल फरार रहेका नितिन मदनले व्यवस्थापन गरेको मोहम्मदको घर नजिकैको ‘कोशी पारि गेष्ट हाउस’मा सुटरहरु बसेका थिए । मोहम्मद मारिनु केहीअघिदेखि सुमी भनिने सुस्मिता स्याङ्तान र मेरिना भनिने ममता तिवारीले मोहम्मदको रेकी गरेका थिए ।

अनलाइनखबर अर्काइभ ।

त्यसबेला मोहम्मदको सम्पूर्ण ‘मुभमेन्ट’को विवरण ह्वाट्स एपमार्फत भारतमा पासवानलाई पठाएको भेटिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनको मोबाइलमा मोहम्मद मारिनुअघिको फोटो तथा भिडियोहरु पठाइएको थियो ।

प्रहरीले १४ असोज २०७९ मा घटनामा संलग्न रहेको आरोपमा स्याङ्तानलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनले बयानका क्रममा रेकी गरेवापत बब्बुले तिवारीको खातामा डेढ लाख रुपैयाँ जम्मा गराइदिने सहमति भएको खुलाएका थिइन् ।

‘त्यो रकमबाट मलाई केही हिस्सा दिने भनिएको थियो’, उनले भनेकी छन्, ‘त्यसपछि कोशी पारि गेष्ट हाउसमा बसेर काम गरिरहेका थियौं ।’

मोहम्मदलाई गोली लागेपछि तिवारीले आफूलाई फोन गरेर ‘अब यहाँ बस्नु सुरक्षित छैन, रक्सौल जाउँ’ भनेको उनले बयानमा भनेकी छन् । त्यसपछि दक्षिणकाली हुँदै वीरगञ्ज गएर पासवानले व्यवस्थापन गरेको कोठामा बसेको उनले भनेकी छन् । त्यहाँबाट लखनउ भएर ८–१० दिन बसेको र त्यसवापत सम्पूर्ण खर्च पासवानले नै व्यहोरेको उनले खुलाएकी छन् ।

यो घटनामा बब्लुसहित भारतीय नागरिक राजु भन्ने दिनेश, गड्डु पटेल, नितिन मदन लगायत अझै फरार छन् । नितिनले सुटरलाई होटल र नेपाल बसाइको सम्पूर्ण व्यवस्थापन गरिदिएका थिए ।



from Online Khabar https://ift.tt/6DsPQUB

Saturday, April 27, 2024

तेस्रो लगानी सम्मेलन आजदेखि, १५१ परियोजना प्रस्तुत हुने

१६ वैशाख, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

सोमबार सकिने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र २ वटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अंकट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् ।

– रासस



from Online Khabar https://ift.tt/6XVHmyL

64MP कैमरा, 66W फास्ट चार्जिंग वाले फोन की कीमत खूब गिर गई, खरीदने की भीड़!

अगर आप कोई तगड़ा 5जी फोन खरीदने की सोच रहे हैं तो आपके लिए बाज़ार में ये एक ऑप्शन हो सकता है. जानिए कितने सस्ते में घर ला सकते हैं ये 5जी मोबाइल और जानिए इसके फीचर्स के बारे में.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/kY2SdDQ

लखनउलाई पराजित गरेसँगै राजस्थान प्लेअफ नजिक

१६ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ ।

१९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए  । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए ।

लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट,  आवेश खानर रवीचन्द्रन आश्विनले एक/एक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ ।

लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०/१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/n2JOD4g

Friday, April 26, 2024

मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल

१५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आज शनिबार  हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।

यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

मतदानका दिन निर्वाचनको स्वच्छता, निश्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।



from Online Khabar https://ift.tt/BD4CARE

इलाम र बझाङमा आज मतदान हुँदै

१५ वैशाख, काठमाडौं । इलाम-२  र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।

बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।



from Online Khabar https://ift.tt/qIRf3lH

Thursday, April 25, 2024

तानसेनमा प्रतिनिधि सभा र सातै प्रदेशका सभामुखहरूको अन्तरसंवाद

१४ वैशाख, तानसेन । पाल्पाको तानसेनमा आजदेखि अन्तर व्यवस्थापिका अन्तरसंवाद भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।

कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने तयारी अनुसार कार्यक्रम आयोजना गरिएको सभामुख घर्तीले बताए ।

उनका अनुसार भेलाका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायत पाल्पा आइसकेका छन् । शनिबार सम्पन्न हुने भेलाले पाल्पा घोषणापत्र जारी गर्नेछ ।

भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्नेछन् । यस्तै अन्तर व्यवस्थापिका मञ्च, नेपालको विधान प्रस्तुति पनि लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम छ ।

भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने छन् ।

संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएकाले यस विषयमा छलफल हुने उनले बताए । तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निर्माण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ । त्यसका लागि स्थानीय र प्रदेश सरकार बलियो हुनुपर्ने उनले बताए । प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको उनले बताए ।

उनले संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निर्माण र प्रदेशका सभामुखसँगको समन्वयका लागि पनि यो भेला महत्वपूर्ण हुने विश्वास गरिएको बताए ।

सातै प्रदेशका सभामुखसहितको टोलीले पाल्पाका विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम समेत रहेको हुँदा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।



from Online Khabar https://ift.tt/KYCm79B

राष्ट्रवादको उल्झन र मौन गणतन्त्र

गत पुस १६ गते धोती दिवस मनाउन माइतीघरमण्डलमा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गर्यो । हस्तक्षेप राज्यको लागि नौलो भने थिएन । सोही दिन एकथरी मानिसले धुमधामका साथ ढाकाटोपी दिवस मनायो । धोतीलाई ‘अ’राष्ट्रिय र टोपीलाई राष्ट्रिय देख्ने जमात सानो छैन ।

गोरखाका राजा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारको अभियानदेखि हालसम्म कुनै न कुनै ढंगबाट उत्पीडित समुदाय माथि राज्यको हस्तक्षेप जारी नै छ । जंगबहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनले कानुनी रूपमै उत्पीडनको जग बसाले । त्यसैको निरन्तरतामा ‘पहाडिया राष्ट्रवाद’लाई बलियो बनाउन राजा महेन्द्रले सिंगो ३० वर्ष खर्चिए ।

गणतन्त्रसम्म आउँदा पनि महेन्द्रीय राष्ट्रवादको मृत भूतले तर्साइराख्नुको पछाडि त्यही राष्ट्रवादको भाष्यले नै काम गरिरहेको छ । यस्तो राष्ट्रवादमा एउटा जात, लिंग र भाषालाई बलशाली बनाइन्छ भने अन्य दबाइन्छ । दौरा–सुरुवाल, ढाकाटोपी, लालीगुराँस, गाई, हिमाल, झरना सबै पक्षलाई महेन्द्रले राष्ट्रियताको प्रतीकको रूपमा पञ्चायती व्यवस्थाको अभ्यासको क्रममा स्थापित गरे ।

यस्तो राष्ट्रवादको भाष्य यति बलियो छ कि त्यसको जगलाई गणतन्त्रले समेत हल्लाउन सकेको छैन । आज पनि महेन्द्रीय राष्ट्रियताको प्रतीकहरूलाई अस्वीकार गर्नेहरू अराजक र ‘अ’राष्ट्रिय तत्वको रूपमा गनिनु त्यसैको उपज हो ।

इतिहास लेखनमा राष्ट्रवाद

नेपालको व्यवस्थित इतिहास लेखन २००७ सालपछि भएको पाइन्छ । त्यो पनि दरबारभित्रैबाट लेखियो र अधिकांश इतिहास लेखन पञ्चायतकालमै भयो ।

पृथ्वीनारायणको राज्य एकीकरण, राजसंस्था, हिन्दु धर्म, दौरा–सुरुवाल, ढाकाटोपी आदि नै इतिहास लेखनको मुख्य सेरोफेरो थियो । शासक वर्गबाट विभिन्न समुदायमाथि गरिएको दमन र अत्याचारकोे इतिहासले विद्यालयदेखि विश्वविद्यालयसम्म स्थान पाउन सकेको छैन । त्यस्ता इतिहासले वैधानिकता पाउँदैन । कुनै राजा–रजौटाको जित र हारको कथा पढ्न हामी बाध्य छौं । वास्तविकता बारे हाम्रो इतिहास आज पनि मौन छ ।

१८५० सालतिर एक हजार जनसङ्ख्या सानो होइन । त्यतिबेला तामाङहरूले राज्यविरुद्ध गरेको ठूलो विद्रोहमा एक हजार जनाभन्दा बढी तामाङ काटिनुपर्यो । (दिक्पाल, राजकुमार, आदिवासी विद्रोहको इतिहास, पृष्ठ. ३५) ।

गणतन्त्रमा समेत यी इतिहासहरू पाठ्यक्रममा समावेश हुन नसक्नुको कारण के हो ? दशैं नमानेको भन्दै, १९३३ सालमा धनकुटाको रामलिहाङ र रिदाम आठपहरिया राईलाई दिएको मृत्युदण्डको विषयमा विद्यालय वा विश्वविद्यालयको पाठ्यक्रममा कहिल्यै समावेश गरिएला ? पञ्चायतमा एकोहोरो लेखिएको इतिहासको आजसम्म पनि शासन उत्तिकै छ ।

१९६६ सालताका बाङ्गे सार्की आफ्नो घरायसी सामग्री लिन भारतको शहर बेतिया पुगेको समयमा ब्रिटिश अफिसरले उनलाई ठूला आश्वासनहरू दिंदै नेपाल जाने बाटो देखाउन आग्रह गरे । उनले लोभको पछि नलागी आफ्नो मातृभूमिप्रति लगाव देखाउँदै ब्रिटिश अफिसरको आदेश अस्वीकार गर्दा मृत्युवरण नै गर्नुपर्यो । तर, सत्ताको भागेदारीमा दलितहरूले कहिल्यै स्थान पाएनन् ।

धर्मशास्त्रको व्याख्या गर्नेहरू देशको महान् हस्तीका रूपमा इतिहासका पानामा स्थान ओगट्न सफल रहे । पृथ्वीनारायणको गोरखा विस्तार अभियानमा दलितहरू बिसे नगर्ची, जसवीर कामी, मणिराम गाइने, कालु सार्की, बाङ्गे सार्की आदिको भूमिका पनि महत्वपूर्ण थियो । उनीहरूको इतिहास पञ्चायतको हुरीले रद्दीको टोकरीमा फालिदिए । हाम्रो गणतन्त्र त्यसबारे मौन छ ।

मधेशीको इतिहास त झनै नामेट पारिएको छ । मधेशीलाई २०११ सालसम्म शिवरात्रिमा (७ दिन) बाहेक अन्य समय उपत्यका पस्ने अनुमति थिएन । आउनै परे भिसा लगाउनुपर्ने प्रावधान थियो । एउटै देशभित्र बसेर पनि राजधानी आउन समेत अनुमति लिनुपर्ने कस्तो विडम्बना ? गणतन्त्रमा इतिहास यस बारे किन मौन छ ?

महेन्द्रीय राष्ट्रवादले मधेशीलाई नेपाली मान्दैनथ्यो र नेपाली भाषा बोल्न नजानेको बहानामा नागरिकता दिंदैनथ्यो । आम मधेशीको भाषालाई आज पनि नेपाली मानिएन । महेन्द्रीय राष्ट्रवादका अनुयायीहरूलाई आज पनि त्यसैकारण मधेशी, आदिवासी, जनजाति लगायतले अधिकार माग्दा विखण्डनको डरले सताउँछ । महेन्द्रको पालामा चलेको राष्ट्रवादको रोपाइँ आजसम्म लहलह झुलिरहेकै छ । (पाठक, युग माङ्गेना, पृष्ठ. २१०) ।

गीत, संगीत र साहित्यमा राष्ट्रवाद

राष्ट्रियता बलियो बनाउने नाममा गीत–संगीत र साहित्यको माध्यमबाट पञ्चायतकालमा उत्पीडित समुदायमाथि चर्काे प्रहार सुरु भयो । महेन्द्रले २०२४ सालमा चलाएको गाउँ फर्क राष्ट्रिय अभियानले आदिवासी जनजाति, दलित, मधेशीलाई प्रत्यक्ष रूपमा दबाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो । कर्मचारी लगाएर, गाउँलेलाई नेपालको महानता र गोरखाली वीर गाथा सिकाउने, नेपाली भाषा बोल्न र साहित्य पढ्न प्रोत्साहन गर्ने, राजतन्त्रको महिमा गाउन लगाउने ।

साहित्य दरबारबाट संरक्षण पाएका मानिसहरूलाई मात्र लेख्ने अधिकार थियो । गीत, संगीत र साहित्यको सेरोफेरो पनि हिमाल, पहाड, लालीगुराँस, डाँफे, झरना, दौरा–सुरुवाल, ढाकाटोपी मात्रै बन्यो । गणतन्त्रसम्म आइपुग्दा पनि दौरा–सुरुवालको हैसियत धोतीले, गाईको गैंडाले, लालीगुराँसको सयपत्रीले, डाँफेको मैनाले समान हैसियत पाउन सकेन ।

रेडियो नेपाल, गोरखापत्रले उनैको साहित्य, गीत, संगीतहरूलाई प्राथमिकता दिन थाले । स्वदेश गानको रूपमा बजाउने प्रचलन थियो । निश्चित गीत मात्रै बारम्बार बजाइराख्दा, जबर्जस्त मन पर्नु स्वाभाविक थियो । महेन्द्रीय राष्ट्रवाद निर्माणको अभियानमा त्यस समयका साहित्यकार, कवि, संगीतकारहरूको महत्वपूर्ण योगदान रह्यो ।

राष्ट्रिय गीत लेख्ने र गाउने प्रचलन पनि पञ्चायती समयमा नै भयो । प्रज्ञा प्रतिष्ठान, नाचघर गठन गरे । अनि त्यही स्कुलको उत्कर्षमा लेखियो— ‘चौतारीमा राजा भेटियो’ । बालकृष्ण समहरूले लेखे– ‘हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष !’

नेवार कवि–लेखकले नेपालभाषाको साहित्यिक आन्दोलन चलाउँदा २०२२ सालको काण्ड भयो । कविहरू जेल परे । आरोप थियो– नेपालभाषामा लेखेर उनीहरूले राष्ट्रियतामा खतरा पैदा गरे । (पाठक, उही, पृष्ठ. २१०) ।

मधेशीलाई विहारी देख्ने, दलितलाई नागरिकको दर्जा नदिने, मनोविज्ञानको पछाडि यही एकाकी राष्ट्रवादको भूमिका महत्वपूर्ण छ । आज पनि काठमाडौंको सडक र गल्लीहरूमा सभा, समारोहमा मधेशीको भीड देख्यो भने पैसामा किनेको देख्ने मनोविज्ञानको जग नै महेन्द्रीय राष्ट्रवादको हो ।

संविधानमा राष्ट्रवाद

१९१० सालमा जंगबहादुरले मुलुकी ऐन निर्माण गरेर जात प्रथाको बीजारोपण कानुनी रूपमै गर्यो । विभाजित नभएका जनजातिहरूलाई समेत मासिन्या र नमासिन्या गरी दुई भागमा विभाजन गरिदियो । दलित र मधेशीलाई नागरिकको दर्जा नै दिएन । त्यसपछि विभिन्न समयमा निर्माण भएका संविधानहरू समेत त्यसैको जगमा निर्माण हुँदै आयो ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि काठमाडौं महानगरपालिका र राजविराज नगरपालिकाले स्थानीय भाषामा कामकाज सुरु गरेका थिए । पछि सर्वाेच्चले उक्त निर्णयलाई कार्यान्वयनमा प्रतिबन्ध लगाइदियो । गणतन्त्रमा, नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले पद तथा गोपनीयताको शपथ हिन्दी भाषामा लिएपछि विवाद सर्वाेच्चमा पुग्यो ।

अदालतले उनको शपथलाई अमान्य घोषणा गरेपछि केही समय सो पद निष्क्रिय रह्यो । अन्ततः अन्तरिम संविधान, २०६३ मा गरिएको सातौं संशोधनमा मातृभाषामा शपथ लिनसक्ने व्यवस्था भएपछि संकट टरेको थियो ।

अन्तरिम संविधान २०६३ जारी भएसँगै नयाँ संविधानले नयाँ राष्ट्रिय गानलाई वैधानिकता दियो । तर २५० वर्ष अघिदेखिको उत्पीडनको मलम लगाउन नपाउँदै शासकहरू हतारिए । अनि राष्ट्रिय गानको रचना गरियो, ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ । दुई शताब्दी भन्दा धेरै समयसम्म उम्रन पनि नपाएको फूललाई सदियौंदेखि फक्रँदै आएको फूलसँग माला गाँस्न किन हतार गरियो ? अनि त्यहींबाट पुनः सुरु भयो राष्ट्रियता माथि अर्काे प्रहार ।

मनोविज्ञानमा राष्ट्रवाद

मधेशीलाई विहारी देख्ने, दलितलाई नागरिकको दर्जा नदिने, मनोविज्ञानको पछाडि यही एकाकी राष्ट्रवादको भूमिका महत्वपूर्ण छ । आज पनि काठमाडौंको सडक र गल्लीहरूमा सभा, समारोहमा मधेशीको भीड देख्यो भने पैसामा किनेको देख्ने मनोविज्ञानको जग नै महेन्द्रीय राष्ट्रवादको हो । लुम्बिनी र जनकपुरको सभ्यता नेपाली हुने अनि त्यही थातथलो बचाएर बसेका मधेशीहरूलाई विहारी देख्ने पहाडिया राष्ट्रवादको कमजोर मनोवैज्ञानिक आँखाको उपचार हाम्रो गणतन्त्रले किन गर्न सकेन ? प्रश्न भावनात्मक मात्र होइन, उत्तिकै सैद्धान्तिक छ ।

ढाकाटोपी र दौरा–सुरुवाल लगाउनेहरू भलाद्मी र इमानदार हुन्छन् भन्ने दृष्टिकोणको पछाडि यही प्रकारको राष्ट्रवादको भूमिका प्रष्टै देखिन्छ । पञ्चायतकालमा ढाकाटोपी लगाएको फोटो र नेपाली भाषा बोल्न नसक्नेलाई नागरिकता नदिने अघोषित नियम बनाइयो । नागरिकतामा ढाकाटोपी अनिवार्य गर्नु नै जबर्जस्त लादिएको महेन्द्रीय राष्ट्रवाद थियो ।

यसरी विजयी जातिलाई केन्द्रमा राखेर महेन्द्रले पृथ्वीनारायण, एकीकरण, राजसंस्था र हिन्दु धर्मको राम्रै संरक्षण गरे । त्यसैको जगमा यस्तो एकाकी राष्ट्रवादको मनोवैज्ञानिक जग बस्न गयो ।

परिवर्तनमा राष्ट्रवाद

पछिल्लो समय परिवर्तनको श्रेय १० वर्षे माओवादी युद्धलाई नै जान्छ । नेपालको इतिहासमा जनस्तरबाटै भएको माओवादी आन्दोलन संसदीय अभ्यासमा मरीच जस्तो खुम्चिएको छ । नेतृत्वको गतिविधि र आन्दोलनको एजेन्डा हेर्दा माओवादी आन्दोलनले पश्चगमनकै यात्रा समातेको छ ।

प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी शान्ति प्रक्रिया पश्चात् निरन्तर कमजोर स्थितिमा छ । जनताले गतिशीलहरूसँग अपेक्षा राख्नु स्वाभाविक रहन्छ ।

संविधान घोषणा भएलगत्तै प्रचण्डले टुँडिखेलमा माधवप्रसाद घिमिरेको गीत ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ उच्चारण गर्न भ्याए । यो राजा महेन्द्रले आफ्नो भाषणमा बारम्बार उच्चारण गर्ने पङ्क्ति थियो । गणतन्त्रको आँधी सिर्जना गर्न हिंडेको नेतृत्वले भावनामा आएर त्यो शब्द उच्चारण गर्नुका पछाडि उल्टो रूपान्तरण जिम्मेवार छ ।

एकपछि अर्काे घटनाक्रमहरू नियाल्दा गर्दा १० वर्षे सङ्घर्ष साँच्चै परिवर्तनको लागि थियो कि उत्पीडित समुदायलाई भावनामा ल्याएर युद्धमा सामेल गराउनु थियो ? यो विषय वास्तवमै खुल्ला बहसको पाटो बनेको छ ।

अन्त्यमा, विचारभन्दा माथि देश, राजा आऊ देश बचाऊ भन्नेहरू, गेरुबस्त्र धारण गर्ने कम्युनिस्टहरू त्यही एकाकी राष्ट्रवादको प्रशंसक नै हुन् भन्नेमा कुनै शंका नहोला ।



from Online Khabar https://ift.tt/XPutzmi

हैदराबाद बेंगलोरसँग पराजित

१४ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७(७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए ।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १/१ विकेट लिए ।

बेंगलोर ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ । हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता ७ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/fF3tHbC

Wednesday, April 24, 2024

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

१३ वैशाख, काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

मौन अवधिमा केके गर्न पाइँदैन ?

मौन अवधिमा चुनाव प्रचार प्रसार गर्न निषेध गरिएको हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस्, कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन्, मतदातालाई दबाव र प्रभावविना स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । शान्त वातावरणमा निर्वाचन गर्न र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न र उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार गर्न पाइँदैन । साथै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम र सामाजिक सन्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ ।

यदि आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि विशेष संयन्त्रमार्फत् सुक्ष्म अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।



from Online Khabar https://ift.tt/czpQYjy

पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

१३ चैत, काठमाडौं । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।

अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौं बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे ।

साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६, पृथ्वी शा ११, जेक फ्रेजर म्याकगर्क २३ र शाई होप ५ रनमा आउट भए । स्टब्सले तल्लोक्रममा ७ बलमा ३ चौका र २ छक्कासहित २६ रन वनाए ।

गुजरातका सन्दिप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ७३ रन खर्चिए ।

दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौं स्थानमा छ । गुजरात ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ ।



from Online Khabar https://ift.tt/KUIzEGB

Tuesday, April 23, 2024

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ ।

भिटामिन दुई प्रकारका हुन्छन्- पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ ।

कति चाहिन्छ शरीरलाई ?

मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनिक १० देखि १५ मिलिग्राम भिटामिन आवश्यक हुन्छ । त्यस्तै गर्भवती महिलालाई दैनिक सामान्य व्यक्तिलाई भन्दा ५-६ मिलिग्राम बढी चाहिन्छ ।

औसतमा २० देखि ३० मिलिग्रामसम्म आवश्यक हुन्छ । त्यस्तै गर्भावस्था, स्तनपान गराउने महिला र बिरामीहरुमा यसको मात्रालाई बढाउन र कम गर्न सकिन्छ ।

केमा पाइन्छ ?

भिटामिन ई ड्राइफ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ, सागपात, तोरी, जैतुन, तिल आदिबाट प्राप्त हुन्छ ।

भिटामिन ई अभाव भएमा के हुन्छ ?

शरीरमा भिटामिन ईको कमी भएमा आँखा कमजोर हुने, आँखा तिर्मिराउने, हिंड्दा खुट्टा लर्बराउने, शरीर कमजोर महसुस हुने, मासंपेशीहरु कमजोर हुने, शरीर हलचल गर्न गाह्रोजस्ता समस्या हुनसक्छ ।

कसरी परिपूर्ति गर्ने ?

भिटामिन ई खानपानबाट प्राप्त गर्न सकिन्छ । तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट यो भिटामिन प्राप्त हुनसक्छ । त्यसैले नियमितरुपमा खानामा तेल प्रयोग गर्नुपर्छ । तर कहिलेकाहीं भिटामिन ईको कमी भएमा परिपूरकका रुपमा खान सकिन्छ । तर चिकित्सकलाई जाँच गराएर मात्र खानुपर्ने हुन्छ, नत्र यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । भिटामिन ईको कमी दुर्लभ रुपमा मात्र हुन्छ । शरीरमा यसको अभाव एकदम न्यून भेटिन्छ ।

कसले खानुहुँदैन ?

पेटसम्बन्धी समस्या, मुटुको समस्या, रगतसम्बन्धी समस्या, कलेजोको समस्या भएका व्यक्तिलाई भिटामिन ई दिनुहुँदैन कि खानुहुँदैन । रगत पातलो गर्ने औषधि सेवन गरिरहेका व्यक्तिले यसले झन् स्वास्थ्यमा समस्या हुनसक्छ । किनभने रगत यसको अत्यधिक सेवनले रक्तस्रावको खतरा बढ्छ । त्यसैले गर्भवती महिलाले भिटामिन ईको सेवन कम गर्नुपर्छ । किनभने यसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

भिटामिन ईका फाइदा

भिटामिन ईले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ईले छालालाई सुक्खा, चाउरीपन र सूर्यको विकिरणबाट जोगाउँछ । साथै समयअगावै देखिने चाउरीपनको समस्याबाट टाढा राख्छ ।

भिटामिन ईले रातो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसकारण मुटुरोगका जोखिम कम गराउँछ । त्यस्तै महिनावारीबाट हुने दुखाइबाट टाढा राख्न मद्दत गर्छ । स्ट्रोक अर्थात् मस्तिष्कघात र क्यान्सर जस्ता दीर्घकालीन रोगबाट जोगाउँछ ।



from Online Khabar https://ift.tt/4TRwBZ2

स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

१२ वैशाख, काठमाडौं । मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले ।

लखनउलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र फेरि पनि चौका हान्दै उनले सहजै खेल जिताए ।

निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जिताउन सकेनन् ।

शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए ।

लखनउ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।



from Online Khabar https://ift.tt/onrPEgQ

Monday, April 22, 2024

इतिहासमै पहिलो पटक नेपाल आउने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

११ वैशाख, काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टी–२० विश्वकप विजेता वेस्टइन्डिजको कप्तानी रोस्टन चेशले गर्नेछन् ।

२०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा गरेको छ । तीव्र गतिका बलर ओशान थोमस, ओबेद म्याकोय, किमो पल जस्ता खेलाडी टोलीमा छन् ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल आगामी शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

ओपनर इभिन लुइस छनोटमा उपलब्ध नभएकाले र ब्रेन्डन किंग भने चोटका कारण नेपाल आउने छैनन् ।

वेस्टइन्डिज क्रिकेट टोली आफ्नो इतिहासमै पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपाल आउने वेस्टइन्डिज टोलीमा रहेका जोनसन चार्ल्सले वेस्टइन्डिजलाई २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।

२०१६ को सेमिफाइनलमा भारतलाई ७ विकेटले हराउन उनले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष मात्रै दक्षिण अफ्रिकाविरुद्ध उनले ४६ बलमा १० चौका र ११ छक्कासहित ११८ रनको सानदार शतक हानेका थिए ।

३५ वर्षीय चार्ल्सले ५८ ओडीआई र ४८ टी-२० आई खेल खेलेका छन् ।

यसैगरी यसअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने ओबेद म्याककोय पनि नेपाल आउने छन् । ओबेद वर्तमान वेस्टइन्डिजका प्रमुख बलर हुन् ।

वायाँ हाते तीव्र गतिका बलर उनले २०२२ मा दोस्रो टी-२० आई खेलमा भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

२७ वर्षीय तीव्र गतिका बलर थोमस पनि अर्का ठूला नाम हुन् । उनले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । चोटका कारण नियमित भने खेल्न सकेका छैनन् ।

वेस्टइन्डिजको टोली

रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।



from Online Khabar https://ift.tt/APkZFze

आधे दाम का हुआ Samsung का प्रीमियम फोन, 50% की कटौती देख खत्म होने लगा स्टॉक

सैमसंग फैंस के लिए बहुत अच्छी खबर है. वह ऐसे क्योंकि कंपनी के फ्लैगशिप फोन गैलेक्सी S22 की कीमत लॉन्च के बाद से अब आधी हो गई है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/HqzKph5

आज लोकतन्त्र दिवस : नयाँ नेपालको खाका कोरियो, निराशा रोकिएन

११ वैशाख, काठमाडौं । आज १८ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनर्स्थापना भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजा ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै/हटाउँदै गरे ।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो । तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो ।

२०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौं जनता सडकमा आए । काठमाडौंको चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । उनले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । यसैले यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

यद्यपि जनताका अपेक्षा पूरा नहुँदा जनतामा निराशा कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति बेला बेला असन्तुष्टि सुनिने गरेको छ । जनतामा देखिएका असन्तुसष्टिलाई बेलैमा सम्बोधन गरेर लोकतन्त्रको पारिलो घाम ताप्ने अवसर सबैलाई प्रदान गर्न सकिएको सन्दर्भमा लोकतन्त्र दिवस खास अर्थमा सार्थक बन्न सक्छ ।



from Online Khabar https://ift.tt/eUytvB1

Sunday, April 21, 2024

परदेशमै हराउँछन् नेपाली श्रमिक

१० वैशाख, काठमाडौं । दाङ घोराही उपमहानगरपालिका–१६ की लीला खड्का २०७५ साउन १३ मा वैदेशिक रोजगारीका लागि कुवेत गइन् । एजेन्ट मार्फत भारतको बाटो भएर उनी कुवेत पुगेकी थिइन् ।

त्यहाँ उनी एक जना अरबीको घरमा घरेलु कामदारका रूपमा काम गर्थिन् । त्यहाँ पुगेको वर्षदिनसम्म उनी परिवारसँग सम्पर्कमै थिइन् । अरबीको घरमा आफूले दैनिक १८ घण्टा काम गर्नु परेको कुरा परिवारलाई सुनाउँथिन् । ‘यहाँ धेरै दुःख छ भन्दै रुँदै फोन गर्थी’ आमा लालमती खड्काले भनिन्, ‘फोन पनि लुकेर गर्थी, पछि त ऊ सम्पर्कमै आइनँ ।’ २०७६ मंसिर ७ गतेदेखि परिवारसँग उनको सम्पर्क टुटेको थियो । पछि उनीसँग कुरा हुँदै आएको नम्बरमा फोन लाग्नै छोड्यो ।

अवैध रुपमा गएकाले परिवारलाई उनको खोजतलास गर्न गाह्रो भयो । ६ वर्ष हुँदा पनि उनी सम्पर्कमा आउन सकेकी छैनन् । उनी कहाँ गइन्, कसरी हराइन् भन्ने कुरा परिवारका सदस्य कसैलाई थाहा छैन ।

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका इलामका ४१ वर्षीय यमबहादुर गुरुङ पनि ५ वर्षदेखि हराइरहेका छन् । २०७६ सालको कोभिड संक्रमणकालमा परिवारसँग सम्पर्कमा नरहेका उनको अत्तोपत्तो छैन ।

सुरुमा परिवारका सदस्यहरुले उनले काम गर्ने कम्पनीमा सम्पर्क गर्न खोजेको थियो तर सफल भएन । ‘पहिले–पहिले कम्पनीमा फोन लाग्थ्यो, तर धेरै भाषा नबुझ्दा समस्या भयो’ श्रीमती रिंकु पाण्डेले भनिन्, ‘पछि त त्यो फोन लाग्नै छोड्यो ।’

श्रीमती रिंकुले श्रीमानको खोजीका लागि अनेक कोसिस गरिन् । सबै सरकारी निकाय धाइन् । तर श्रीमानको कुनै खबर आएन । ‘कोभिड महामारी फैलिएपछि हराउनुभयो’ श्रीमती रिंकुले भनिन्, ‘तर अहिलेसम्म मरे–बाँचेको पत्तो छैन ।’ आज पनि परिवारका सदस्यहरुले खोजतलास जारी राखेका छन् ।

विभिन्न माध्यमबाट वैदेशिक रोजगारमा पुगेका कतिपय नेपाली श्रमिकहरु लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् । वैदेशिक रोजगारीमा पुगेर हराइरहेकाहरु कहाँ गए, कसरी हराए भन्ने कुरा न परिवारलाई थाहा छ, न त राज्यले नै उनीहरुको खोजतलास गरेको छ ।

वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले श्रम स्वीकृति लिएर परदेश गई घाइते भएकाको उद्धार तथा ज्यान गुमाएका श्रमिकको शव फिर्ता गर्ने काम गरिने बताउँछन् । तर सम्पर्कविहीन भएका नेपाली श्रमिकहरुको हकमा खोजतलास गर्ने अधिकार बोर्डलाई नभएको उनले बताए ।

मलेसिया र खाडीमा धेरै

सरकारका कुनै पनि निकायसँग वैदेशिक रोजगारीमा गएका कति जना नेपालीहरु सम्पर्कविहीन छन् भन्ने आधिकारिक तथ्यांक छैन । तर आप्रवासी कामदारहरुको अधिकारको संरक्षण र प्रवर्द्धनमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अनुसार पछिल्लो पाँच वर्षमा रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका २६२ जना नेपालीहरु परिवारको सम्पर्कमा छैनन् । खासगरी खाडी मुलुक, मलेसिया र मध्यपूर्वका देशहरुमा पीडामा परेका आप्रवासी कामदारहरुको पक्षमा काम गर्दै आएको पीएनसीसीमा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारहरुले खोजतलासका लागि भनेर दिएको निवेदनको आधारमा हराउनेमा २४१ पुरुष र २१ महिलाहरु छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसिया, कतार, साउदी, युएई जस्ता मुलुकहरु मानिन्छ । सबैभन्दा धेरै मलेसिया गएका नेपालीहरु हराएका छन् । प्रवासी नेपाली समन्वय समितिका अनुसार पाँच वर्ष (सन् २०१९ देखि २०२४) सम्म मलेसियामा १२६, संयुक्त अरब इमिरेट्स (युएई)मा ५६, साउदी अरबमा २६, कुवेतमा १६ र कतारमा १४ जना नेपाली श्रमिकहरु हराइरहेका छन् ।

त्यस्तै जोर्डन, कोलम्बिया, माल्दिभ्स, भारत, जापान लगायतका देशहरूमा समेत नेपाली श्रमिकहरू हराइरहेका छ्न । तर मलेसिया र खाडी राष्ट्रहरुको संख्यामा यी मुलुकहरुमा हराउने नेपालीको संख्या एकदमै कम छ ।

किन हराउँछन् ?

बर्सेनि वैदेशिक रोजगारीमा गएका थुप्रै नेपाली श्रमिकहरु उतै हराउँछन् । प्रवासी नेपाली समन्वय समितिमा खोजीका लागि परेका निवेदनहरु हेर्ने हो भने पनि वार्षिक २० जनाभन्दा बढी नेपाली श्रमिकहरु परदेशमा हराइरहेका हुन्छन् ।

उनीहरु किन र कसरी हराउँछन् भन्ने कारण एउटै हुँदैन । प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम लामिछानेले हराउनुमा विभिन्न कारण भए पनि पहिलो कारण भने पारिवारिक मनमुटावले सम्बन्ध बिग्रिएपछि सम्पर्कविहीन हुने गरेको बताए । ‘परिवारका सदस्यसँग मनमुटाव र आर्थिक लेनदेन जस्ता कारणले परिवारको सम्पर्कमा आउँदैनन्’ उनले भने, ‘त्यसरी कतिले त अर्कै बिहे गरेर बसेका समेत हुन्छन् ।’

कामको सिलसिलामा सञ्चार सम्पर्क नहुने ग्रामीण क्षेत्रमा गएका,  रोजगारदाताले नै परिवारसँग सम्पर्क गर्न नदिएका, विभिन्न कारणले मृत्यु भएका तर परिवारसम्म त्यो खबर नपुगेका र विभिन्न कारणले जेल जीवन बिताइरहेका कारण पनि परिवारसँग सम्पर्क नहुने लामिछानेको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले श्रम स्वीकृति लिएर परदेश गई घाइते भएकाको उद्धार तथा ज्यान गुमाएका श्रमिकको शव फिर्ता गर्ने काम गरिने बताउँछन् । तर सम्पर्कविहीन भएका नेपाली श्रमिकहरुको हकमा खोजतलास गर्ने अधिकार बोर्डलाई नभएको उनले बताए । ‘बोर्डले परदेशमा गएका नेपालीहरुको हकमा लोक कल्याणकारीको काम गर्छ’ उनले भने, ‘त्यसबाहेक श्रमिकको खोजतलास जस्ता कामहरु बोर्डको क्षेत्राधिकार बाहिरको हो ।’



from Online Khabar https://ift.tt/DA5OZvL

Saturday, April 20, 2024

इतने कम दाम पर नहीं मिलेगा सबसे तगड़ी स्पीड वाला फोन, सस्ता देख होने लगा ऑर्डर

अगर आप ऑफर के साथ वाला कोई अच्छा सा फोन खरीदने की सोच रहे हैं तो आपके लिए फ्लिपकार्ट पर बेहतरीन मौका दिया जा रहा है. फ्लिपकार्ट से पता चला है कि वीवो के खास फोन को सस्ते में घर लाया जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/cl7WFBe

आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?

९ वैशाख, काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।

महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

राष्ट्रपति पौडेलको शुभकामना

यसैबीच महावीर जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण जैन धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले महावीरले देखाएको अहिंसा, संयम र जनकल्याणको मार्गदर्शन परिपालन गर्न आग्रह पनि गरेका छन् ।

साथै राष्ट्रपति पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

‘सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ’, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा लेखिएको छ ।



from Online Khabar https://ift.tt/tgQaHSD

10000 है बजट तो इस फोन से बेहतर कोई नहीं! सस्ते में फिर कहां मिलेगा 50MP कैमरा

अगर कम बजट वाला कोई अच्छा सा फोन घर लाने की सोच रहे हैं तो आपके लिए अमेज़न पर बेहतरीन मौका है. यहां से रियलमी के गजब के 5जी फोन को कम दाम पर खरीदा जा सकता है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/AzY2JjR

विष्फोटक ब्याटिङसँगै दिल्लीमाथि हैदराबादको सहज जित

९ वैशाख, काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए ।

हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २/२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो ।

हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।

आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए ।

दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १/१ विकेट लिए ।

राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।



from Online Khabar https://ift.tt/mlkfSVo

Friday, April 19, 2024

Samsung ने उतारा इस धांसू 5G फोन का नया वेरिएंट, कीमत है 15,999 रुपये

Samsung Galaxy F15 5G को भारत में मार्च में पेश किया गया था. अब इसका इस नया रैम वेरिएंट पेश किया गया है.

from मोबाइल-टेक News in Hindi, मोबाइल-टेक Latest News, मोबाइल-टेक News https://ift.tt/IotqpnD

आईपीएलमा लखनउसँग चेन्नाइ पराजित

८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।

लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए ।

चेन्नाइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले एक/एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र  र रितुराज गायकवाडले १७ रन बनाए ।

लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले एक/एक विकेट लिएका थिए ।

यो जितसँगै ८ अंक जोडेको  लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/kTQAaWo

गुल्मीको विद्युत सब-स्टेसनमा आगलागी

७ वैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।

जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री राखिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक वनमा आगलागीका घटनाहरु बढदै गएका छन् ।

मानवीय त्रुटिका कारणले बन जंगलमा आगलागीका घटनाहरु बढदै गएका छन् ।



from Online Khabar https://ift.tt/TYXmaGj

Thursday, April 18, 2024

प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै

७ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको समेत बदला लिने अवसर समेत छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र राम्रो लयमा पनि छन् । उनलाई साथ दिन आवश्यक छ । युएईविरुद्ध गुलशन झाको इतिहास राम्रो छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल पावर प्लेमा आक्रामक सुरुवात चाहन्छ । रोहित पौडेल, कुशल मल्ल, गुलशन झा र सन्दीप जोराले पनि जिम्मेवारी लिनुपर्छ । करण केसी र सोमपाल कामीको सुरुवाती स्पेल महत्वपूर्ण हुनेछ ।

युएईका ब्याटरको स्पिनरविरुद्ध त्यति राम्रो इतिहास छैन । त्यसैले दीपेन्द्र र ललितको स्पेल निर्णायक बन्न सक्छ । साउदी अरेवियासँगको खेलमा खेलेका प्रतिश जिसीकोे स्थानमा सोमपाल फर्किने पक्काजस्तै छ ।

युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् । एलिसान शराफुले ४ खेलमा २ अर्धशतकसहित १८९ रन बनाउँदै यो प्रतियोगितामा धेरै रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन् । आसिफ खान ४ मध्ये ३ खेलमा अर्धशतकका साथ २११ रन जोड्दै शीर्ष स्थानमा छन् ।

मोहम्मद वासिम १५८ रनका साथ पाँचौं स्थानमा छन् । बासिल हामिद, आयन खान र अली नासिर पनि मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने खुबी भएका क्रिकेटर हुन् । यसअघि जस्तो वासिममा मात्रै युएई निर्भर देखिँदैन । बलिङ युएईको कमजोर पक्ष हो ।

हेड टु हेड

नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।

आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।



from Online Khabar https://ift.tt/mJRafUQ

भारतमा लोकसभा चुनाव आजबाट, ७ मन्त्रीसहित चर्चामा छन् यी अनुहार

७ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात  सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक  पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।

पहिलो चरणमा अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान छ । यस्तै, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि आजै मतदान हुन्छ ।

पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु-कश्मीर, लक्षद्वीप, पुडुचेरी छन् । कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् ।

पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ । यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ । यता उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २  सिट र मेघालयको २  सिटमा पनि चुनाव छ । पुडुचेरी  र सिक्किममा पनि पहिलो चरणमा एक/एक सिटका लागि मतदान छ ।

पहिलो चरणको चुनावमा मोदीका मन्त्रिपरिषद्का आठ सदस्यको भविष्य निर्धारण हुनेछ ।

पहिलो चरणको चुनावमा यी प्रमुख नेता चुनावी मैदानमा छन् ।

नितिन गडकरी

संघीय सडक तथा पारवहन मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुरबाट चुनावी मैदानमा छन् । गडकरी यस चुनाव क्षेत्रबाट ह्याट्रिकको कोसिसमा छन् । उनले सन् २०१४ मा पहिलोपटक यहाँबाट चुनाव जितेका थिए । सन् २०१४ मा त्यस क्षेत्रबाट सातपटक सांसद भएका कंग्रेसका नेता विला मुत्तेमवारलाई हराउँदै उनी चयन भएका थिए । सन् २०१९ मा उनले कंग्रेसका नाना पटोलेलाई पराजित गरेका थिए । यसपटक कंग्रेसले उनकाविरुद्ध विकास ठाकरेलाई मैदानमा उतारेको छ ।

किरण रिजिजू

केन्द्रीय उद्योग मन्त्री किरण रिजिजू अरुणाञ्चल पश्चिमबाट चुनावी मैदानमा छन् । यस क्षेत्रबाट उनले सन् २००४ मा पहिलोपटक चुनाव जितेका थिए । सन् २००९ को चुनावमा उनले हार व्यहोर्नुपर्‍यो भने सन् २०१४ मा जित निकाले । यस्तै सन् २०१९ मा पनि उनी विजयी भएका थिए । यसपटक उनको प्रतिस्पर्धा अरुणाञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री तथा कंग्रेसका प्रदेशअध्यक्ष नबाम तुकीसँग हुनेछ ।

सर्बानन्द सोनेवाल

सर्बानन्द सोनेवाल केन्द्रीय जलमार्ग, बन्दरगाह मन्त्री छन् । उनी असमको डिब्रुगढबाट लोकसभा उम्मेदवार छन् । भाजपाले केन्द्रीय पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेलीको टिकट खोसेर सोनेवाललाई उम्मेदवार बनाएको हो । सोनेवाल हाल राज्यसभा सदस्य छन् । उनी असमका पूर्व मुख्यमन्त्री समेत हुन् । सन् २०१४ मा उनले लखीमपुरबाट चुनाव जितेका थिए । सोनेवाल सन् २०१४ मा समेत मन्त्री भएका थिए ।

 संजीव बालियान

मोदीको मन्त्रिपरिषदमा बालियान मत्स्य, पशु चिकित्सा राज्य मन्त्री छन् । उनी मुजफ्फरनगरबाट उठेका छन् । सन् २०१४ मा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सन् २०१९ मा पनि उनले राष्ट्रिय लोकदलका चौधरी अजीत सिंहलाई पराजित गरेर सांसद भएका थिए ।  यसपटक उनको भिडन्त इन्डिया गठबन्धनका समाजवादी पार्टीका उम्मेदवार हरेन्द्र मलिसँग हुनेछ ।

जितेन्द्र सिंह

प्रधानमन्त्री कार्यालयमा राज्य मन्त्री छन् जितेन्द्र सिंह ।  उनी जम्मु कश्मिरबाट चुनावी मैदानमा छन् । उनी पनि ह्याट्रिकको दौडमा छन् । यसपटक उनको प्रतिस्पर्धा कंग्रेसका चौधरी लाल सिंहसँग हुँदैछ ।

भुपेन्द्र यादव

केन्द्रीय पर्यावरण तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव राजस्थानबाट सांसद बन्ने दौडमा छन् । उनले कंग्रेसका ललित यादवसँग प्रतिस्पर्धा गर्नेछन् । लोकसभाका लागि यादवको यो पहिलो प्रतिस्पर्धा हो । यसअघि उनी सन् २०१२ मा  राज्यसभा सदस्य थिए ।

अर्जुन राम मेघवाल

केन्द्रीय कानुन मन्त्री अर्जुन राम मेघवाल राजस्थानको बिकानेरबाट लोकसभा सदस्यको उम्मेदवार छन् । उनका बलियो प्रतिस्पर्धी कंग्रेसका गोविन्द राम मेघवाल हुनेछन् । अर्जुनले सन् २००९ मा पहिलोपटक त्यहाँबाट चुनाव जितेका थिए । त्यसपछिका २०१४ र २०१९ को लोकसभामा पनि उनी विजय भएका उम्मेदवार हुन् ।

चुनावी चर्चामा रहेका यी उम्मेदवार

विप्लव कुमार देव

विप्लव कुमार त्रिपुराका पूर्व मुख्यमन्त्री हुन् । उनी पश्चिम त्रिपुराबाट उठेका छन् । उनको प्रतिस्पर्धा कंग्रेसका प्रदेशअध्यक्ष आशिष कुमार साहसँग हुनेछ ।

त्यस क्षेत्रमा सन् १९९६ देखि सन् २०१४ सम्म मार्क्सवादी कम्युनिस्ट पार्टीको दबदबा थियो । भाजपाले पहिलोपटक सन् २०१९ मा त्यहाँ चुनाव जितेको थियो । त्यसबेला भाजपाबाट प्रतिमा भौमिकले चुनाव जितेकी थिइन् ।

ए राजा

तमिलनाडुकी नीलगिरी लोकसभा सिटमा  ए राजा उठेका छन् । कंग्रेसका उनले केन्द्रीय मत्स्य पशु चिकित्सा तथा डेरी मन्त्री एल मुरुगनसँग प्रतिस्पर्धा गर्नेछन् । ए राजाले सन् २००९ मा त्यहाँबाट जित हात पारेका थिए । सन् २०१९ मा पनि उनी पाँच लाख भन्दा बढी मतले राज्यसभामा विजयी भएका उम्मेदवार हुन् । उनी पहिलोपटक लोकसभामा लड्दैछन् ।

कार्ति चदंबरम

तमिलनाडुको शिवगंगाबाट कार्ति चिदंबरम चुनावी मैदानमा छन् । उनी कंग्रेसका पुराना नेता पी चिदंबरमका छोरा हुन् । पी चिदंबरम त्यस क्षेत्रबाट सात पटक सांसद भइसकेका नेता हुन् । सन् २०१ ४ मा कार्ति त्यस क्षेत्रमा पराजित भएका थिए भने सन् २०१९ मा उनले चुनाव जितेका थिए । यसपटक उनले भाजपाका देवनाथन यादवसँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्नामलाई

अन्नामलाई तमिलनाडु भाजपाका अध्यक्ष हुन् । उनी कोयंबटुरबाट लोकसभाका लागि भिड्दैछन् । उनले डीएमकेका नेता गणपति पीसँग प्रतिस्पर्धा गर्नेछन् । अन्नामलाई पूर्व प्रहरी अधिकारी समेत हुन् ।

तमिलिसाइ सौन्दर्यराजन

पुडुचेरीका उपराज्याल तथा तेलंगानाको राज्यपाल पदबाट राजीनामा दिएका सौन्दर्यराजन चेन्नई दक्षिणबाट लोकसभा सदस्य बन्ने दौडमा छन् । भाजपाका उम्मेदवार उनको प्रतिस्पर्धा डिएमकेका थमिजाची थंगापांडिएनसँग हुनेछ । यस क्षेत्रमा २० लाख बढी मतदाता रहेका छन् । यो तमिलनाडुको दोस्रो ठूलो निर्वाचन क्षेत्र हो ।

गौरव गोगाई

कंग्रेसले गौरव गोगाईलाई असमको जोरहाटबाट उम्मेदवार बनाएको छ । गौरव पूर्व मुख्यमन्त्री तरुढ गोगाईका छोरा हुन् । सन् २०१९ मा त्यहाँबाट भाजापका तपन कुमार गोगाईले चुनाव जितेका थिए । गोगाईले त्यहाँ भाजपाका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जतिन प्रसाद

उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारमा मन्त्री रहेका जतिन प्रसाद पीलीभितबाट उम्मेदवार छन् । भाजपाले त्यहाँका निवर्तमान सांसद वरुण गान्धीलाई यसपटक टिकक दिएन । उनले समाजवादी पार्टीका भवत शरणसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने छ । जतिन प्रसाद कंग्रेस छोडेर भाजपा गएका पात्र हुन् । उत्तर प्रदेशमा उनी भाजपाका ब्राम्हण अनुहार हुन् ।

नकुल नाथ

मध्यप्रदेशका पूर्व मुख्यमन्त्री कमल नाथका छोरा नकुल नाथ छिंदवाडाबाट चुनावी मैदानमा छन् । कमल नाथ १९८० पछि त्यस क्षेत्रबाट ९ पटकसम्म सांसद भएका व्यक्ति हुन् । सन् २०१९ मा पनि कंग्रेसका नकुल नथान नै त्यहाँ उम्मेदवार थिए । उनले भाजपाका उम्मेदवारलाई ३७ हजार बढी मतले पराजित गरेका थिए । मध्यप्रदेशको लोकसभाको २९ सिटमध्ये कंग्रेसले जितेको एक सिट त्यही थियो । नकुल नाथ यसपटक भाजपाका जिल्ला अध्यक्ष विवेक बन्टीसँग भिड्नेछन्।

इमरान मसुद

कंग्रेसका नेता इमरान मसुद उत्तर प्रदेशका सहारनपुर सिटमा उम्मेदवार छन् । उत्तर प्रदेशको पश्चिमी यस क्षेत्रमा कडा प्रतिस्पर्धा छ । यस क्षेत्रमा कंग्रेस, भाजपा र बहुजन समाज पार्टीबीच त्रिपक्षीय भिडन्त छ ।  मसुदका काका पाँचपटक लोकसभा सांसद बनेकाले उनलाई केही सहज हुने अपेक्षा कंग्रेसको छ ।

 



from Online Khabar https://ift.tt/X12hYqB

Wednesday, April 17, 2024

पहाडी क्षेत्रमा वर्षा हुने, पश्चिम तराईमा हावाहुरीको सम्भावना

६ वैशाख, काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानका साथै बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ ।

 

 



from Online Khabar https://ift.tt/UewSvNi

आईपीएलमा गुजरात दिल्लीसँग पराजित

६ वैशाख, काठमाडौं  । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् ।

दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २/२,  खलिल अहमद र अक्षर पटेलले एक/एक विकेट लिए ।



from Online Khabar https://ift.tt/nsU62pZ

Tuesday, April 16, 2024

बटलरको शतकमा राजस्थानको रोमान्चक जित

५ वैशाख, काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले  ।

बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७ औं शतक हो । यस सिजनमा बेंग्लोरविरुद्ध १०० रन बनाएका थिए । अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो । पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए । पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए । अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए ।

एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

यशस्वी जैसवाल १९, सञ्जु स्यामसन १२, रविचन्द्रन आश्विन ८ र शिम्रन हेटमायर डक आउट भए । कोलकाताका हर्षित राना, सुनिल नारायण र बरुण चक्रवर्तीले दुई/दुई विकेट लिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनटस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्कासहित सर्वाधिक १०९ रन बनाए । नारायणको यो आईपीएल करिअरको पहिलो शतक हो । फिलिप साल्ट १०, रघुवंशी ३०, श्रेयस ऐर ११, आन्द्रे रसेल १३ र रिंकु सिंहले २० रन बनाए ।

राजस्थानका आवेश खान र कुलदीप सेनले दुई/दुई विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक/एक विकेट लिए । राजस्थान ७ खेलमा ६ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ।



from Online Khabar https://ift.tt/nc7Q6Ti

Monday, April 15, 2024

काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

४ वैशाख, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । बिस्का जात्राको अवसरमा वैशाख ४ गते एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ मा तथा वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए ।

टोखामा वैशाख २ गते बिहान तीनवटा रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा गरिएको थियो । त्यसपछि कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

वैशाख ३ गते दिउँसो ३ बजे गणेश र कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा गरी सिन्दूरजात्रा गरी रथ उठाएको थियो । सोही दिन साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको थियो । त्यसपछि स्थानीय भक्तजन रातभर भजनकीर्तन गरी जाग्राम बसेका थिए ।



from Online Khabar https://ift.tt/ui6cCAL

Sunday, April 14, 2024

दूतावासले भन्यो – इजरायलमा नेपाली सुरक्षित छन्

३ वैशाख, काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ ।

दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ ।

यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।



from Online Khabar https://ift.tt/WnPdtQl

रोहितको शतकका बाबजुद चेन्नाइसँग हार्‍यो मुम्बइ

३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो ।

२०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए ।

इशान किसनले २३,  तिलक बर्माले ३१ र टिम डेभिडले १३ रन बनाए । अरु कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा मुम्बइ चेन्नाइसामु निरीह भयो ।

मुम्बइलाई रोक्न चेन्नाइका मतिशा पाथिराना एक्लैले जम्मा २८ रन खर्चेर चार ओभरमा चार विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।  रुतुराज गायकवाडले ६९,  शिभम दुबेले ६६ रनको योगदान गरे । रचिन रविन्द्रले २१, महेन्द्रसिंह धोनीले २० र र्डेल मिचेलले १७ रन बनाए ।

मुम्बइका हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले एक/एक विकेट लिए ।

यो खेल जितेसँगै चेन्नाइ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बइ ८औं स्थानमा रहेको छ ।



from Online Khabar https://ift.tt/gVoWnte

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

मोटोपनले दुई अवस्थामा प्रत्यक्ष असर गर्छ । पहिलो- गर्भधानको बेला, दोस्रो- गर्भावस्थामा ।

गर्भावस्थामा मोटोपन एक बाध्यात्मक अवस्था हो । जबकि मोटोपनले यसबेला धेरै किसिमको हानि गर्ने जोखिम हुन्छ ।

खासगरी गर्भावस्थामा हामीलाई धेरै भोक लाग्छ । यसो हुनुमा लेप्टिन नामक हार्मोन जिम्मेवार छ । यो हार्मोन रगतमा बढेपछि हामीलाई भोक लाग्छ । यही कारण हामी धेरै खान थाल्छौं । नतिजा, मोटोपन बढ्छ ।

यसले गर्ने खास असर भनेको अरु हार्मोनको गडबडी हो । जस्तो, स्ट्रोजन, प्रोजिस्टेरोन, पोल्याक्ट्रिन हार्मोन गडबड हुन थाल्छ । यसले गर्दा महिनावारी अनियमित हुने, महिनावारी भएपनि रगत धेरै जाने र कतिपयलाई महिनावारी बन्द हुनसक्छ । डिम्बाशयमा पनि जुन अण्डाहरु निस्किनुपर्ने हुन्छ, त्यो निस्किंदैन । यस्तो अवस्थामा गर्भधारण गर्न नै समस्या हुन्छ । अर्थात् सहज गर्भधान हुँदैन ।

गर्भधारणअघि मोटोपन भए के हुन्छ ?

मोटोपनको पनि भिन्न मात्रा छ । सामान्य भन्दा बढी नै मोटोपन छ भने गर्भधानमा नै त्यसले समस्या ल्याउन सक्छ ।

त्यसैले यस्तो अवस्थामा गर्भधान गराउनुअघि परामर्श लिनु उत्तम हुन्छ । यसले गर्दा गर्भधानको सम्भावना बढी हुन्छ र भ्रूणमा विकास हुने बच्चामा पनि विकार आउँदैन ।

यसमा सामान्यदेखि अनुसन्धानमूलक जाँच गरिन्छ । मानौं, श्रीमान र श्रीमतीमध्ये श्रीमती मात्र मोटी छिन् भने रगतको जाँच गरिन्छ । जसमा थाइराइड, मधुमेह, उच्च रक्तचाप समस्या छ कि छैन भनी हेरिन्छ । त्यस्तै कुनै वंशाणुगत समस्या छ कि छैन भनेर पनि जाँच गरिन्छ ।

अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रेमा पाठेघरको अवस्था ठीक छ कि छैन भनेर जाँच गरिन्छ । पुरुषको शुक्रकीटको पनि जाँच गरिन्छ । शुक्रकीटको उत्पादन, मात्रा, बनावट कस्तो छ भनेर हेरिन्छ ।

केही गरी गर्भधारण गर्ने महिलाको तौल हुनुपर्ने भन्दा एकदमै बढी छ भने व्यायाम गर्न, खानपानमा ध्यान दिन र अहिले भएको तौल भन्दा १० प्रतिशत कम गर्नुपर्छ । किनभने गर्भावस्थामा यत्तिकै पनि तौल बढ्छ । त्यसकारण गर्भधारण गर्नुभन्दा पहिला नै धेरै तौल छ त्यसमाथि गर्भाधारण गरिसकेपछि यत्तिकै पनि १० देखि १६ किलो बढ्छ । त्यसले आमा र भ्रूणमा जटिलता देखिने हुन्छ ।

मोटोपनले बच्चा र आमालाई के समस्या हुनसक्छ ?

आमामा आवश्यक्ताभन्दा बढी मोटोपन छ भने गर्भ तुहिने जोखिम उच्च हुन्छ । १२ हप्ता न्युरल ट्युब डिफेक्टको समस्या हुनसक्छ । जन्मजात शिशुमा मस्तिष्क र मेरुदण्डको गम्भीर समस्या हो । शिशुमा मुटुको समस्या, समयमा भन्दा अघि नै जन्मिने अर्थात् पूर्वजन्म हुने, शिशुको तौल कम हुने समस्या हुन्छ । त्यस्तै आमालाई मोटोपनका साथै मधुमेहको समस्या भएमा एकदमै बढी तौल भएको बच्चा जन्मिने हुन्छ । जस्तै चार-पाँच केजी हुन्छ ।

आमाको मोटोपनको कारण उच्च रक्तचापको समस्या भएमा पाठेघरभित्र नै भ्रूण खेर जाने, मरेको शिशु जन्मिने, बच्चाको वृद्धिविकासमा समस्या हुनसक्छ । यो भयो शिशुमा हुनसक्ने समस्या ।

एकदम मोटो भएमा मधुमेह, उच्च रक्तचापको समस्या प्रि-एक्लेम्पसिया र एक्लेम्पसिया हुने जोखिम बढी हुन्छ । प्रि-एक्लेम्पसिया भनेको गर्भावस्थामा हुने एक निश्चित प्रकारको उच्च रक्तचाप हो । यसबेला महिलाको शरीर अनियन्त्रित रुपमा चल्छ यसलाई नै एक्लेम्पसिया भनिन्छ ।

मोटोपनले बाँझोपन हुन्छ ?

मोटोपनको कारण महिला र पुरुष दुवैको शरीरमा हार्मोनको गडबडी हुन्छ । जसकारण डिम्बासयबाट निस्किने अण्डा र शुक्रकीटको गुणस्तर कम हुँदै जान्छ । जसकारण गर्भाधारण हुने सम्भावना कम हुन्छ । गर्भ बसिहालेपनि खेर जाने जोखिम बढी हुन्छ । गर्भधारण गरेको तीन महिनामा नै खेर जाने हुनसक्छ । किनभने एउटा राम्रो भ्रूण तयार हुन राम्रो अण्डा र शुक्रकीट हुनुपर्छ । यसरी बारम्बार खेर गएमा गुणस्तर कम हुँदै गएर बाँझोपन हुने जोखिम हुन्छ ।

किन मोटोपन भएकी गर्भवती महिलालाई सिजेरियन गरिन्छ ?   

गर्भावस्थामा मोटोपन भएकै कारण सिजेरिन गर्नुपर्दैन । तर गर्भवती महिलामा मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप जस्ता समस्या छन् र भ्रूणको तौल आवश्यकता भन्दा कम वा बढी (मेडिकल भाषामा माइक्रोजोमिक बेबी) छ भने शल्यक्रिया गर्न सुझाइन्छ ।

तर मोटोपन भएपनि केही समस्या देखिएको छैन भने प्राकृतिक डेलिभरी गर्न सकिन्छ । प्राकृतिक डेलिभरीको पनि छुट्टै साइड-इफेक्ट हुन्छन् । लामो समय ‘लेबर पेन’ हुने, औषधिले काम नै नगर्ने, पाठेघरको मुख नखोलिने पनि हुनसक्छ । यस्तो अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्छ । किनकि यसले आमा र शिशुलाई समस्या निम्त्याउन सक्छ ।

डेलिभरी गर्नुअघि आमा र बच्चालाई केही समस्या छ कि छैन भनेर जाँच गरेर मात्र भजाइनल वा शल्यक्रिया गर्ने भन्ने निर्णय लिइन्छ । तर प्रायजसो गर्भावस्थामा मोटोपन भएकालाई समस्या हुने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

मोटोपन आईभीएफ सजिलै हुन्छ ?

आईभीएफ र प्राकृतिक गर्भधारणमा खासै फरक छैन । प्राकृतिकमा गर्भधारणमा महिलाको अण्डा र पुरुषको शुक्रकीटभित्र आफैं गर्भनलीमा मिलन भई भ्रुण तयार हुन्छ र पाठेघरमा बस्छ । आईभीएफमा महिलाका अण्डा र शुक्रकीटलाई बाहिर निकाल्छौं र गुणस्तर अण्डा छानेर त्यसमा शुक्रकीट राखेर भ्रूण बनिसकेपछि पाठेघरमा राखिन्छ । मोटोपनको समस्या भएकाले प्राकृतिक गर्भधारण गर्दा आईभीएफ नहुने वा कम हुने भन्ने हुँदैन । किनभने हार्मोनको गडबडीले हुन्छ ।

पाठेघरको भित्री एन्ड्रोमेन्टियम विकसित नहुने, त्यो नभएपछि भ्रूण राम्रोसँग विकास हुनसक्दैन । त्यसैले मोटोपन छ भने पहिला मोटोपन कम गर्नुपर्छ ।

यसपछि आईभीएफ गरेमा मात्र सफल हुने सम्भावना हुन्छ नभए त्यो पनि असफल हुने सम्भावना बढी हुन्छ । आईभीएफ गर्नेबित्तिकै बच्चा बस्न नै भन्ने हुँदैन, ५० देखि ६० प्रतिशत बस्ने सम्भावना हुन्छ भने ४० प्रतिशत हुँदैन । कतिपय अवस्थामा राम्रो भ्रूण राख्दा पनि गर्भ नबस्ने वा खेर जाने हुन्छ । इम्प्लान्टेसन गर्ने ठाउँ राम्रो छैन, भ्रूण बसेपनि विकास हुने वातावरण सिर्जना भएको छैन भने पनि खेर जान्छ ।

पहिलो तीन महिना र अन्तिम तीन महिनामा भ्रूण खेर जाने जोखिम हुन्छ ।

गर्भावस्थामा मोटोपन के कारणले हुन्छ ?

मोटोपनको एक मुख्य कारण वंशाणुगत हो । घरपरिवारमा सबैजना मोटो भएमा पनि गर्भावस्थामा मोटोपन हुनसक्छ ।

खानपानको जस्तै जंकफुड, मैदाजन्य खानेकुराको अत्याधिक सेवन, धुम्रपान र मद्यपान गर्ने कारणले मोटोपन हुन्छ । क्यालोरीयुक्त खानेकुरा धेरै खाएको छ तर त्यसअनुसार व्यायाम नभएमा, निद्रा नलाग्ने र तनावका कारण पनि मोटोपन हुन्छ ।

थाइराइड, मधुमेह, दम जस्ता रोग भएमा पनि मोटोपन हुनसक्छ । परिवार नियोजनको औषधि र डिप्रेसनको औषधि सेवन गर्नेलाई पनि मोटोपनो सम्भावना धेरै हुन्छ ।

कसरी व्यवस्थापन गर्ने ?

सुरुमा त मोटोपन के कारणले भइरहेको छ त्यो पत्ता लगाउन जरुरी हुन्छ । कसैलाई खानपिनको कारणले भएको हुनसक्छ भने कसैलाई रोगको कारणले हुनसक्छ । त्यसैले कारण पत्ता लगाएर त्यही अनुसार आफ्नो दैनिक दिनचर्यालाई परिवर्तन गर्ने र चिकित्सकको परामर्शअनुसार औषधि उपचार गर्नुपर्छ ।

योग तथा व्यायाम गर्ने, स्वस्थ र सन्तुलन आहारको सेवन गर्न सकिन्छ । तारेको, भुटेको, पोलेको भन्दा पनि उसिनेको वा स्टिम गरेर बढी खाने गर्नुपर्छ । सकेसम्म दिनमा तीन-चार लिटर पिउने, स्क्रिन हेर्न समय कम गर्ने गर्नुपर्छ ।

फलफूल र विषाक्त हालेर नै उब्जाएको हुन्छ । सागसब्जी पकाउनु वा काँचै खानुअघि पनि सोडियम बाइ कार्बोनेट हालेर आधादेखि एक घण्टा डुबाएर राख्ने र त्यसपछि मात्र खाने गर्न सकिन्छ । यसरी आफ्नो दिनचर्या व्यवस्थित गर्न सकेमा धेरैजसो समस्या आफैं हटेर जान्छन् ।



from Online Khabar https://ift.tt/i4HaNZL

Saturday, April 13, 2024

राजस्थानले पन्जाबलाई ३ विकेटले हरायो

२ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ ।

पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ।

पन्जाबका कागिसो राबडा र साम कुरानले दुई/दुई तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५/१५ बनाए ।

राजस्थानका अभेस खान, केशव महाराजले दुई/दुई तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले एक/एक विकेट लिएका थिए ।

राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं क्रममा छ ।

६ अंक जोडेका कोलकाता नाइटराइडर्स, चेन्नाइ सुपर किंग्स, लखनउ सुपर जायन्ट, सनराइज हैदराबाद र गुजरात टाइटान्स क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

 

 



from Online Khabar https://ift.tt/TcQedHW

गुल्मीमा हातहतियारहरु नवीकरण गर्न प्रशासनको ताकेता

२ वैशाख, गुल्मी । गुल्मीमा हातहतियारहरु नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

प्रशासनले सूचना जारी गर्दै गृह मन्त्रालयको ०८० चैत २३ को निर्देशन एवम् जिल्ला सुरक्षा समिति गुल्मीको मिति ०८०चैत ३० को निर्णयानुसार यस जिल्लामा दर्ता भएका हातहतियारहरु नियमानुसार म्याद भित्र नवीकरण नभएको भए तत्काल नवीकरण गर्न आग्रह गरेको हो ।

इजाजतपत्र नलिएका, नभएका हातहतियारहरु एवम् ५ वर्षभन्दा बढी अवधिसम्म नवीकरण नभएका हातहतियारहरु  वैशाख मसान्त भित्रमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा यथाशीघ्र बुझाउन सूचनामा उल्लेख छ ।

अन्यथा नियम विपरीतका सम्पूर्ण हातहतियारहरु तत्काल जफत हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।



from Online Khabar https://ift.tt/GhTOKpr

Friday, April 12, 2024

तयार भयो ३२ सय मेगापिक्सेलको संसारकै ठूलो डिजिटल क्यामरा, खोल्नेछ ब्रम्हाण्डको रहस्य

अन्तरिक्षको अध्ययनका लागि वैज्ञानिकहरुले विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामरा निर्माण गरेका छन् । उक्त क्यामराको लेन्स ३२ सय मेगापिक्सेलको छ ।

एलएसएसटी नामको उक्त क्यामरालाई दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको भेरा सी रुबिन अब्जरभेटरीमा राखिनेछ ।

यो क्यामराले ब्रम्हाण्डका रहस्यहरुको खुलासा गर्ने अपेक्षा गरिएको छ । यो क्यामरा तयार पार्नका लागि वैज्ञानिकहरुले २० वर्षको समय लगाएका थिए । यसलाई रुबिन अब्जरर्भेटरीस्थित सिमोनी सर्भे टेलिस्कोपमा राखिनेछ । यो क्यामराले अन्तरीक्षको एचडी तस्वीर खिच्ने अपेक्षा वैज्ञानिकको छ ।

यो क्यामराले डार्क म्याटर, डार्क इनर्जी, आकाशगंगा तथा सौर्यमण्डलको अध्ययन गर्नमा सहयोग गर्नेछ, र त्यसको शानदार तस्वीर खिच्नेछ ।

उक्त क्यामरा बनाउनका लागि अमेरिकाको नेशनल साइन्स फाउन्डेसन र अमेरिकी ऊर्जा मन्त्रालयले सहयोग गरेका छन् ।

NSF NOIRLab ले सो क्यामराको निर्माण गरेको हो । क्यामराको आकार एउटा सानो कार जत्रै छ। क्यामराको वजन ३ हजार केजी छ ।

यसको अगाडिको लेन्सको व्यास १.५ मिटर अर्थात् ५ फिटको छ । त्यस्तै दोस्रो लेन्स ३ फिट चौडा छ । यी दुबै लेन्सलाई विशेष प्रकारले तयार गरिएका भ्याकुम च्याम्बरमा सेट गरिएको छ। यो क्यामरालाई प्याक गरेर ८ हजार ९८० फिट उचाइँमा रहेको टेलिस्कोप सम्म पूराइनेछ।

यो क्यामरा चिलीको एन्डिज पर्वतमा रहेको सेरो पेचोनमा लगिनेछ र त्यहाँ रहेको सिमोनी सर्भे टेलिस्कोपमा जडान गरिनेछ । अर्थात् यसले तत्कालैबाट अन्तरिक्षको तस्वीर लिन सुरु गर्नेछ ।

युनिभर्सिटी अफ वाशिंटनका प्राध्यापक जेल्को इभेजिकका अनुसार क्यामराले अन्तरीक्षका नयाँ फिल्महरु ब्नाउनेछ, गज्जबका तस्वीर तथा भिडियोहरु कैद गर्नैछ ।

यो क्यामराबाट कैद गरिएका तस्वीरहरु यतिधेरै विस्तृत हुनेछन् कि तपाइँले २५ किलोमिटरको दूरी टाढा रहेको गल्फ बलको समेत एचडी तस्वीर खिच्न सक्नुहुनेछ । यसले पूर्णिमाको चन्द्रमाको गज्जको तस्वीर लिनसक्छ।



from Online Khabar https://ift.tt/NEWeYCp

चुहियो आइफोन १६ सिरिजको डिटेल्स, यस्ता हुनेछन् फिचर्स

एप्पलको आगामी आइफोन, अर्थात् आइफोन १६ सिरिज लञ्च हुनका लागि अझै महिनौँ बाँकी छ । तर बजारमा आगामी आइफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भईरहेका छन् । हुनत, यस्तो भएको पहिलो पटक भने होइन । एप्पलको कुनै नयाँ फोन सार्वजनिक हुने बित्तिकैबाट आउँदो नयाँ सिरिजका बारेमा चर्चा हुन सुरु भईसकेको हुन्छ ।

एप्पलले आगामी सेप्टेम्बरमै आइफोन १६ सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यसअघि नै आइफोन १६ मोडेलका डमी फोटोहरु, ब्याट्री तथा अन्य विभिन्न डिटेल्सहरु सार्वजनिक भएका छन् ।

के हुनेछ खास ?

हालै आइफोन १६ सिरिजको एउटा डमी तस्वीर सार्वजनिक भएको छ । आइफोन १६ मा एप्पलले एक्सन बटन राख्नेछ, जुन फिचर आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्समा उपलब्ध छ । यसका अलावा फोनको दायाँ भागमा क्याप्चर बटन पनि हुने बताइएको छ ।

यसमा प्रयोगकर्तालाई जूम गर्ने फिचर पनि उपलब्ध हुनसक्नेछ । आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्सको स्क्रिन साइज चाहीँ आइफोन १६ र आइफोन १६ प्लसभन्दा ठूलो हुनसक्नेछ।

ीचनिया सोसल मिडिया प्लाटफर्म विबोमा एकजना टिप्स्टरले आगामी आइफोन १६ सिरिजको ब्याट्रीको विवरण पनि सार्वजनिक गरिदिएका छन् । जस अनुसार आइफोन १६ मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री उपलब्ध हुनेछ । त्यस्तै प्लस भेरिएन्टमा ४००६ मिलिएम्पियर आवर र आइफोन १६प्रोमा ३३५५ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ। आइफोन १६ प्रो म्याक्समा चाहीँ ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुने बताइएको छ । त्यसैले आइफोन १५ को तुलनामा आइफोन १६ मा शक्तिशाली ब्याट्री रहनेछ ।

 



from Online Khabar https://ift.tt/yAKpk3d

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

१ वैशाख, काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

१२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।



from Online Khabar https://ift.tt/EtLjriR