Monday, April 8, 2024

कांग्रेसको संसदीय दलको बैठक बस्दै

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

समिति गठन नभए बैठक चल्ने नदिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन् । कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो । दलको बैठकमा यसबारे पनि छलफल हुनेछ ।



from Online Khabar https://ift.tt/F216hI8

No comments:

Post a Comment