Friday, April 5, 2024

चेन्नाईको दोस्रो हार, हैदराबाद ६ विकेटले विजयी

२४ चैत, काठमाडौं । इन्डिएन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ ।

शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले 3७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले अविजित १० रनको योगदान गरे ।

। चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो ।

चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन,  रुतुराज गायकवाडले २६ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एक/एक विकेट लिए ।

यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाट पाँचौं स्थानमा छ । रनरेटका कारण हैदराबादभन्दा लखनउ एकस्थानमा माथि चौथो स्थानमा रहेको छ ।

सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।



from Online Khabar https://ift.tt/BDGlwoM

No comments:

Post a Comment