Monday, April 15, 2024

काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

४ वैशाख, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । बिस्का जात्राको अवसरमा वैशाख ४ गते एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ मा तथा वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए ।

टोखामा वैशाख २ गते बिहान तीनवटा रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा गरिएको थियो । त्यसपछि कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

वैशाख ३ गते दिउँसो ३ बजे गणेश र कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा गरी सिन्दूरजात्रा गरी रथ उठाएको थियो । सोही दिन साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको थियो । त्यसपछि स्थानीय भक्तजन रातभर भजनकीर्तन गरी जाग्राम बसेका थिए ।



from Online Khabar https://ift.tt/ui6cCAL

No comments:

Post a Comment