Friday, October 1, 2021

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुआत

काठमाडौं । माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ ।

मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले पराजित गर्‍यो ।

बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो ।
सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ ।



from Online Khabar https://ift.tt/3orq0Y4

No comments:

Post a Comment