Saturday, October 2, 2021

कांग्रेस विराटनगर महानगरको सभापतिमा चापागाईं निर्वाचित

१७ असोज, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन ।

देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवाररलाई पराजित गर्दै चापागाईं निर्वाचित भएका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकट हुन् ।

आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईंले २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे ।

सभापतिका उम्मेदवार सन्तोष न्यौपाने देउवा पक्षका हुन् ।

१४औं महाधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो ।

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।



from Online Khabar https://ift.tt/3uBymgL

No comments:

Post a Comment