Saturday, October 23, 2021

टी-२० विश्वकप : इंग्ल्याण्डद्वारा साविक विजेता वेष्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता इंग्ल्याण्डले साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डले टी-२० विश्वकपमा पहिलो पटक वेस्ट इन्डिजलाई हराएको हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको लागि ओपनर जोस बट्लरले अविजित रहँदै २४ रन बनाए । कप्तान इयान मोर्गन सात रनमा अविजित रहे ।

जासन रोय ११, जोनी बेयर्सटोले नौ, मोइन अली तीन र लियाम लिभिङस्टोन एक रन बनाएर आउट भए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले एक विकेट लिए ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज इंग्लिस बलर सामु टिक्न सकेन र १४.२ ओभरमै ५५ रनमा अलआउट भएको थियो ।

वेष्ट इन्डिजमा लागि क्रिस गेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

इंग्ल्याण्डका लागि आदिल रसिदले २.२ ओभरमा २ रन मात्र खर्चेर चार विकेट लिए । मोइन अली र टायमल मिल्सले समान दुई/दुई विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनले समान एक/एक विकेट लिए ।



from Online Khabar https://ift.tt/3E7a3e4

No comments:

Post a Comment