Sunday, November 21, 2021

म्यानचेष्टर सिटीको सहज जित

६ मंसिर, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आइतबार एभरटनलाई ३-० ले पराजित गरेको छ । यस जितपछि सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमै फर्किएको छ  ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि रहिम स्ट्रर्लिङ, रोड्री र बेर्नार्डो सिल्भाले गोल गरे ।

रहमि स्ट्रलिङले ४४ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

रोड्रीले ५५औं र बर्नार्डो शिल्भाले खेल सकिन चार मिनेट अघि गोल गरेपछि सिटीले सहज ति हात पारेको हो ।

जितपछि सिटी १२ खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । सिटी लिग लिडर चेल्सी भन्दा तीन अंकले पछि छ ।

एभर्टन १५ अंकसहित ११ औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/2ZaMHpd

No comments:

Post a Comment