Sunday, November 21, 2021

रियल शीर्ष स्थानमा

६ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले आइतबार दश खेलाडीमा समेटिएको ग्रानडालाई ४-१ ले पराजित गरेको छ । यस जितपछि रियल अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

ग्रानडाको मैदानमा भएको खेलमा रियलका लागि मार्को असेन्सियोले २५औं र नाचो फर्नान्डेजले २५औं मिनेटमा गोल गरे । ग्रानडाका लुइस सुआरेजले पहिलो हाफमा एक गोल फर्काएका थिए ।

तर दोस्रो हाफमा भिनिसियस जुनियरले ५६औं मिनेटमा गोल गरेपछि रियलले ३-१ को अग्रता बनायो ।

६७औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटियो । त्यसको दुई मिनेटपछि ग्रानडाका प्रशिक्षक रोबर्टो मोरेनोले पनि रातो कार्ड पाए ।

त्यसपछि रियलका लागि फर्लान मेन्डीले ७६औं मिनेटमा चौथो गोल गरे ।

जितपछि रियल १३ खेलबाट ३० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । रियलले सेभियालाई २ अंकले पछि पारेको छ । १३ खेलबाट ११ अंक मात्र रहेको ग्रानडा रेलिगेसन जोनमै छ ।



from Online Khabar https://ift.tt/3nCSQnq

No comments:

Post a Comment