Sunday, November 21, 2021

टोटनहमको पुनरागमन जित

६ मंसिर, काठमाडौं । प्रिमियर लिगमा  आइतबार राति भएको खेलमा टोटनहमले एक गोलले पछि परेको स्थिति उल्टाएर लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।

टोटनहमको मैदानले लिड्सले ४४औं मिनेटमा ड्यानिएल जेम्सको गोलबाट अग्रता लिएको थियो ।

तर दोस्रो हाफमा टोटनहमले पुनरागमन गर्दै दुई गोल फर्कायो। एमिल होजवर्गले ५६औं मिनेटमा टोटनहमका लागि बराबरी गोल फर्काए भने ६९औं मिनेटमा सर्जियो रेगुइलोनले विजयी गोल गरे ।

जितपछि १२ खेलबाट १९ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ । लिड्स १२ खेलबाट ११ अंकसहित १७औं स्थानमा छ ।



from Online Khabar https://ift.tt/3CEckfL

No comments:

Post a Comment