Sunday, November 21, 2021

इटालियन सिरी ए मा नापोलीको पहिलो हार

६ मंसिर, काठमाडौं । शीर्ष स्थानको नापोलीले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएर पनि नापोली साविक विजेता इन्टर मिलानसंग ३-२ ले पराजित भयो ।

घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोग्लु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे ।

नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल गरे ।

खेलको १७औं मिनेटमा जेलिन्स्कीको गोलबाट नापोलीले अग्रता बनाएको थियो । तर २५औं मिनेटमा हाकनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पेरिसिकले ४४औं मिनेटमा गोल गरेपछि इन्टरले पहिलो हाफमै अग्रता लियो । मार्टिनेजले ६१औं मिनेटमा गोल गरेपछि इन्टरले ३-१ को अग्रता बनायो ।

७९औं मिनेटमा मर्टेन्सले गोल गर्दै नापोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि थप गोल गर्न नसक्दा सिजनको पहिलो हार बेहोर्‍यो ।

हारपछि पनि १३ खेलबाट ३२ अंक रहेको नापोली गोल अन्तरमा एसी मिलानलाई पछि पार्दै शीर्ष स्थानमा छ ।  अघिल्लो दिन मिलान फियोरेन्टिनासँग पराजित भएको थियो ।

जितपछि इन्टर भने १३ खेलबाट २८ अंक जोडेको छ । इन्टर तेस्रो स्थानमा छ ।



from Online Khabar https://ift.tt/3xi0dE8

No comments:

Post a Comment