Wednesday, June 1, 2022

इटलीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

१९ जेठ, काठमाडौं । युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक-एक गोल गरे । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

 



from Online Khabar https://ift.tt/PGyZQOW

No comments:

Post a Comment